Download Bulbul : Episode-16



Listen to Bulbul Episode-16 [December 16,2009].

रात्री बसाइ को यो सोह्रौँ अंक मा "रातो गुलाफ/गुलाब विशेष बुलबुल" तथा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि अच्युत घिमिरे र दिनेश निरौला उपस्थित हुनुभएको छ ।

कुनै बेला एउटा सिपाही र एउटी राजकुमारी बीच प्रेम बस्यो । राजकुमारी सिपाहीको प्रेम जाँच्न वा ऊ संग ठट्टा गर्न बेला बेला उसको प्रेमलाई अनेक प्रकारले जाँच्ने गर्थिन् । सिपाही राजकुमारीको प्रेममा चुर्लुम्म डुबिसकेको थियो । राजकुमारीले जे प्रस्ताव राखे पनि आफ्नो प्रेम सत्य रहेको देखाउन ऊ हरदम तयार बस्थ्यो ।

एकदिन राजकुमारीलाई रमाइलो गर्न मन लाग्यो । उनले सिपाहीलाई बोलाएर भनिन् – तिमी मलाई साँच्चै प्रेम गर्छौ भने मलाई भोलि बिहान एउटा रातो गुलाब उपहार ल्याएर देऊ नत्र म तिमीसंग प्रेम गर्दिन । अर्कै राजकुमार संग बिहा गरेर गइदिन्छु । सिपाही हुन्छ सिवाय केही भन्न नसकेर फक्र्यो । राजकुमारीको बगैंचामा सबै सेता गुलाफका मात्र बोट थिए । त्यो देशैभरि रातो गुलाबको बिरुवा थिएन । निरास सिपाही बगैंचामै बसी विरह गर्न थाल्यो ।

साँझ पर्दै गएपछि एकजोडी बुलबुल चरा त्यहीं बास बस्न आए । निरास सिपाहीको विरह सुनेर बुलबुल जोडीले सोधे – के भयो तिमीलाई ? किन यसरी विलाप गरिरहेका छौ ? सिपाहीले आफ्नो समस्या बतायो । भोलि बिहान सम्म रातो गुलाफ राजकुमारीलाई दिन नसके उनी अर्कै देशको राजकुमारसंग बिहा गरेर जाने र आफ्नो प्रेम निरर्थक हुने सबै सुनायो । त्यसपछि बुलबुल जोडीले उसलाई वचन दिए – भोलि बिहान यही बगैंचामा राजकुमारीलाई लिएर आउनू रातो गुलाफको व्यवस्था हामी गरिदिनेछौं ।

सिपाही आश्वस्त भएर घर फर्कियो । त्यस रात रातभरि राजकुमारीको बगैंचामा प्रेम विरहका गीत गजलहरु सुनिए । राजकुमारीको मन अत्यन्तै पुलकित भयो । बिहान सबेरै सिपाही आयो । राजकुमारीले सोधिन् – रातो गुलाफ खोइ ? सिपाहीले राजकुमारीलाई बगैंचामा लिएर गयो । राजकुमारीका बगैंचामा सबै गुलाफहरु राता थिए । सिपाही र राजकुमारी अगाडि बढ्दै गए । बुलबुल चरीका जोडीहरु अझै गाउँदै थिए विरह गाना ।
नजिक पुगेपछि देखियो भाले बुलबुल आफ्नो छातीलाई गुलाफको बोटको काँडामा घोच्दै रगतले सेता गुलाफहरु रातो पार्दै थियो । पोथी बुलबुल रुँदै विरह गाना गाउँदै थिई । पोथी बुलबुलको गायनमा जति जोड हुन्थ्यो त्यति नै जोडले भाले बुलबुल आफ्नो शरीरलाई काँडामा घोच्थ्यो । यसरी रगत बग्दा बग्दा भाले बुलबुलले सबै गुलाफहरु रंगाएर रातो बनायो अनि उसको प्राण गयो । भालेको मृत्यु संगसंगै पोथी बुलबुलको विरह गायन पनि बन्द भयो र उसको पनि प्राणको गति रोकियो । दुवै चरा गुलाफका बोटबाट भूइँमा झरेर अमर भए ।
Bulbul is a Radio Program (a gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network. Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

Download: Bulbul Episode-16 [December 16,2009]

Alternate Download Link: Download Bulbul  
[Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

4 comments :

  1. Really I cannot Forgot "BulBul" presented by Achyut Ghimire and The Sound From Background (Studio).

    ReplyDelete
  2. Really I cannot Forgot "BulBul" presented by Achyut Ghimire and The Sound From Background (Studio).
    pramod.mahato@yahoo.com

    ReplyDelete
  3. Really I cannot Forgot "BulBul" presented by Achyut Ghimire and The Sound From Background (Studio).

    ReplyDelete