कर्णाली अञ्चल अझ मुगु जिल्ला । नेपालको ७५ औं जिल्ला । शिक्षा, स्वास्थ्य, सुबिधा र अन्य मानव विकास सुचकांकहरुले हेर्दा । हुन त हेर्ने आँखा फरक फरक हुन सक्छ तर सम्भावनाका किरण भन्दा पनि निराशा का बादलहरु बाक्लो भएको यो ठाउँको जनजिविका का केही झलकहरु यि तस्विरहरुमा देखिन सक्छन ।
परम्परागत पहिरन र श्रृङ्गारमा मुगाली युवतीहरु । यो पहिरन स्थानिय क्षेत्रमा नै उत्पादन हुने कपासलाई कातेर तयार गरिन्छ ।
एकपटक स्तम्भकार सि. के. लाल ले मुगूमा युवतीहरु (?) नभेटेको गुनासो गरेका थिए । औसत आयु निकै कम (४० को हाराहारिमा ) बाँच्ने मुगूका युवतीहरु को मुस्कान अर्को खड्किने कुरा हो मुगूमा ।
कर्णालीको किताप: परिक्षा सकिएपछी र च्यातचुत भएर आइपुगेका पुस्तकहरु खोला किनारमा जलाउनको लागि लगाइएको थुप्रो । समयमा र कामलाग्ने हालतमा नपुग्दा पुस्तकको महत्व पोको पार्न मात्र हुने गरेको छ ।










शिरिष को फूल को भुमिका तथा कथा 'मैले नजन्माएको छोरो':









6 प्रतिक्रिया:
Thank you very much bro for sharing these photos...
कर्णाली को कथा व्यथा भोग्नेलाई मात्र थाहा छ हैन र ?
एकदमै मार्मिक !! औसत आयु ४० वर्ष र किताबका डल्ला देख्दा त नेपालमा पनि यस्तो ठाउँ छ है जस्तो लाग्छ !! आफ्नै देशलाई पनि चिन्न सकिएको छैन अहिलेसम्म......
४-५ वटा तस्विरले धेरै कुरा बोलेका छन । कर्णालीको मर्मले सोच्न बाध्य बनायो !
terai lai herena bhanne haru lai yo dekhaunu parne...
(that Nepal Government has been ignoring not only terai but every other part of nepal other than KTM).
:(
Really Wonderful pictures Milan dai...
Touching...
साँच्चिकै मन छुने तस्वीरहरु!! खै कहिले आउलान् मुगुवासीहरुले समेत अनुभूत गर्न सक्ने गरी नयाँ नेपाल भन्न पाइने दिनहरु...
Post a Comment