Suscribe via RSS

Saturday, November 07, 2009

Karnali : Scenes Beyond The Screen

|
कर्णाली अञ्चल अझ मुगु जिल्ला । नेपालको ७५ औं जिल्ला । शिक्षा, स्वास्थ्य, सुबिधा र अन्य मानव विकास सुचकांकहरुले हेर्दा । हुन त हेर्ने आँखा फरक फरक हुन सक्छ तर सम्भावनाका किरण भन्दा पनि निराशा का बादलहरु बाक्लो भएको यो ठाउँको जनजिविका का केही झलकहरु यि तस्विरहरुमा देखिन सक्छन ।


परम्परागत पहिरन र श्रृङ्गारमा मुगाली युवतीहरु । यो पहिरन स्थानिय क्षेत्रमा नै उत्पादन हुने कपासलाई कातेर तयार गरिन्छ ।


एकपटक स्तम्भकार सि. के. लाल ले मुगूमा युवतीहरु (?) नभेटेको गुनासो गरेका थिए । औसत आयु निकै कम (४० को हाराहारिमा ) बाँच्ने मुगूका युवतीहरु को मुस्कान अर्को खड्किने कुरा हो मुगूमा ।


कर्णालीको किताप: परिक्षा सकिएपछी र च्यातचुत भएर आइपुगेका पुस्तकहरु खोला किनारमा जलाउनको लागि लगाइएको थुप्रो । समयमा र कामलाग्ने हालतमा नपुग्दा पुस्तकको महत्व पोको पार्न मात्र हुने गरेको छ ।


मुगुको अझ भनौ देशकै गौरव रारा ताल: अन्तरराष्ट्रिय महत्वका सिम्सारहरु मध्य एक यसमा पाइने एक प्रकारको हिमाली माछा विश्वमा अन्त कतै पनि पाइन्न । यसमा त विश्वकै सबैभन्दा उचाइमा पाइने भैंसी पनि आहाल खेल्छ ।


उभिन खोज्ने कलीला खुट्टा .................कोर्नु छ आँफै तिमीले गोरेटो .........

7 प्रतिक्रिया:

Aakar said...

Thank you very much bro for sharing these photos...
कर्णाली को कथा व्यथा भोग्नेलाई मात्र थाहा छ हैन र ?

Prabesh said...

एकदमै मार्मिक !! औसत आयु ४० वर्ष र किताबका डल्ला देख्दा त नेपालमा पनि यस्तो ठाउँ छ है जस्तो लाग्छ !! आफ्नै देशलाई पनि चिन्न सकिएको छैन अहिलेसम्म......

Dilip Acharya said...

४-५ वटा तस्विरले धेरै कुरा बोलेका छन । कर्णालीको मर्मले सोच्न बाध्य बनायो !

N K M said...

terai lai herena bhanne haru lai yo dekhaunu parne...
(that Nepal Government has been ignoring not only terai but every other part of nepal other than KTM).
:(

Eternal said...

Really Wonderful pictures Milan dai...
Touching...

Dhruba Panthi said...

साँच्चिकै मन छुने तस्वीरहरु!! खै कहिले आउलान् मुगुवासीहरुले समेत अनुभूत गर्न सक्ने गरी नयाँ नेपाल भन्न पाइने दिनहरु...

Anonymous said...

Really liked the photos. Touched the very core of my heart. If anyone has any more, please share it.

Hamro Circle Update

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^