KUCC 12th AGM & Wel-Come Program 2009

Kathmandu University Computer Club (KUCC) को १२ औँ साधारण सभा तथा पहिलो वर्ष का विद्यार्थीहरुको स्वागत कार्यक्रम आज नोभेम्बर १ तारिख का दिन काठमाडौँ युनिभर्सिटि को सिभि रमन अडिटोरियम मा सम्पन्न भएको छ । कार्यक्रम मा KUCC को वार्षिक काम को समिक्षा गरिएको थियो भने, आगामी वर्ष का KUCC का योजनाहरु पनि प्रस्तुत गरिएको थियो ।

काठमाडौँ विश्वविद्यालय का रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर को प्रमुख आतिथ्य मा सम्पन्न कार्यक्रम मा स्कुल अफ इन्जिनियरिङ का डिन, प्रोफेसर डक्टर भोला थापा को पनि उपस्थिति थियो । कार्यक्रम को सुरुवात मा KUCC का निवर्तमान Vice President आकाश दिप शाक्य तथा क्लब का General Secretary अभिषेक सिंह ले २००८-०९ मा क्लब ले गरेका गतिविधिहरु को बारेमा जानकारी दिनुभएको थियो भने Treasurer आशरा श्रेष्ठ ले क्लब को आर्थिक विवरण पेश गर्नु भएको थियो ।

कार्यक्रम मा काठमाडौँ विश्वविद्यालय का रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर ले कम्प्युटर डिपार्टमेन्ट तथा शिक्षक विद्यार्थी को हित का लागि विश्वविद्यालय ले आवश्यक पुर्वाधारहरु मा विशेष जोड दिने उल्लेख गर्दै, विश्वविद्यालय सदैव सहयोग गर्न कटिबद्ध रहेको कुरा व्यक्त गर्नुभएको थियो । त्यस्तै स्कुल अफ इन्जिनियरिङ का डिन, प्रोफेसर डक्टर भोला थापा ले क्लब का कृयाकलापलाई विगत १२ वर्ष देखि आफूले नजिकै बाट नियालिरहेको बताउँदै, क्लब को गतिबिधिहरु को समिक्षा गर्नुभएको थियो । कार्यक्रम मा क्लब ले विभिन्न समयमा आयोजना गरेका विभिन्न कार्यक्रम का सहभागि तथा उत्कृष्ट भएका विद्यार्थीहरुलाई प्रोफेसर डक्टर भद्रमान तुलाधर ले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रम कै अवसर मा स्कुल अफ इन्जिनियरिङ का डिन, प्रोफेसर डक्टर भोला थापा, Undergraduate Program Coordinator, असिस्टेन्ट प्रोफेसर पुरुषोत्तम खरेल लाई क्लब का तर्फबाट Token Of Love रजिस्ट्रार, प्रोफेसर डक्टर भद्रमान तुलाधर ले प्रदान गर्नुभएको थियो ।

12th Annual General Meeting सँगै, क्लब को नयाँ पदाधिकारीहरु को चयन गरिएको थियो । सन् २००९-१० का लागि गठन गरिएका क्लब का पदाधिकारीहरु को नामावली यसप्रकार रहेको छ:
President – Asst. Prof. Anup Baskota
Vice President – Binayaraj Shrestha
General Secretary - Kumar Prasad Dahal
Club Secretary – Sulabh Bista
Treasurer – Smritti Bhatta
General Members:
Sandesh Shakya
Abiral Shakya
Rabin Subedi
Ocean Karki
Ishwor Pokharel
Ashara Shrestha
Anish Timsina
Narayan Sundar Sonepa
Pragya Kadariya

नयाँ पदाधिकारीहरु को गठन सँगै, क्लब का Vice President विनयराज श्रेष्ठ ले क्लबले आगामी वर्ष गर्ने कार्यक्रमहरु बारे चर्चा गर्नुभएको थियो । सदा झैँ यस वर्ष पनि क्लब ले निम्न कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य राखेको छ:
Seminars
E-Card Competation
ICT Awarness Program
Website Design Competition
Project Instruction Classes
Software Meet 2010
Galaincha Project Training
KUCC Sports Fest
KUCC Express 2010
Participation in CAN InfoTech 2010

कार्यक्रम को अन्त्य मा Club Secretary तथा Kathmandu University Open Source (KUOSC) का Coordinator सुलव विष्ट ले ओपन सोर्स को क्षेत्रमा क्लबले आगामी वर्ष गर्ने कार्यक्रमहरु को चर्चा गर्नुभएको थियो । कार्यक्रम मा विष्ट ले ओपन सोर्स को बारेमा विद्यार्थीलाई धेरै भन्दा धेरै जानकारी दिने उद्देश्य रहेको बताउँदै आगामी वर्ष मा निम्न कामहरु गर्ने बताउनु भएको थियो:
Project Competition Based on Open Source
LTSP Training
Publication of KUOSC Newsletter
ICT Awareness Program
Security Analysis Group

१० बजे देखि सुरु भएको कार्यक्रम ग्रुप फोटोसेसन सँगै १२ बजे सकिएको थियो । कार्यक्रम को सञ्चालन स्मृति भट्ट ले गर्नु भएको थियो भने त्यसपछि को समय मा प्रथम वर्ष का विद्यार्थीहरुको स्वागतार्थ स्वागत कार्यक्रम २००९ गरिएको थियो । कार्यक्रम मा विद्यार्थी तथा शिक्षकहरु को उल्लेखनिय सहभागिता रहेको थियो । कार्यक्रम बेलुका ४ बजे समापन भएको थियो ।

क्लब को वार्षिक साधारण सभामा क्लब को बार्षिक म्यागजिन KUCC Express सार्वजनिक गर्ने प्रचलन भएपनि, प्रेस मा भएको ढिलाइ का कारण म्यागजिन भोलि मात्र सार्वजनिक हुनेछ । तर म्यागजिन को डिजिटल अंक भने यहीँ बाट अहिले नै डाउनलोड गरेर पढ्न सकिनेछ ।


0 प्रतिक्रिया :

Post a Comment