Download Bulbul : Episode-12



Listen to Bulbul Episode-12 [November 22,2009].

You are listening to 12th episode of Bulbul. 

Bulbul is a Radio Program (a gajal program). Bulbul is presented by Achyut Ghimire and broadcasted via Ujyalo 90 Network. Dinesh Niraula is technically assisting this program. Thanks to BULBUL Team for bringing such a wonderful program.

आइतबार को दिन बज्ने यो आज को अन्तिम बुलबुल हो । आगामी अंक देखि बुलबुल प्रत्येक बुधबार प्रसारण हुनेछ । आज को बुलबुल मा पारिजात विशेष केही रात्री गन्थन लिएर आएका छौँ ।

You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com

बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ ।  यही कारण हो, हामीले पनि गजलको यो कार्यक्रम नामकरण गरेका छौं - बुलबुल भनेर । शुरुमा यो शब्द सुन्नेलाई अनौठो लाग्न सक्छ तर क्रमिक रुपमा यसको अर्थ खुल्दै जानेछ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।

सम्स कैस राजीको भनाइ अनुसार स्त्रीहरुसितको वार्तालापलाई नै गजल भनिन्छ । यदि यो परिभाषालाई मान्ने हो भने हाम्रो वार्तालापमा सभ्यता, शील, माधुर्य र विराम हुनु जरुरी छ । कुरामा भावनात्मक मादकता प्रतिबिम्बित हुनुपर्छ अनि पो वार्तालापको मिठास रहन्छ । गजलको दाश्रो अर्थ हरिणको त्यो करुणमय स्वर हो, जब ऊ सिकारी कुकुरहरुको पञ्जामा फसेको बेला निकाल्दछ । त्यो अवस्थामा हरिणको घाँटीबाट यति हृदयविदारक स्वर निस्कन्छ कि सिकारी कुकुरहरु पर हट्न थाल्छन् । हरिणको त्यो स्वर नैराश्यताको प्रतिक्रिया हो । असहायताको चरमोत्कर्षमा प्राण रक्षाको एक प्रयास हो । साहित्यिक शब्दावलीमा यसैलाई “गजालुल कल्व” अर्थात् (हरिणको दर्दनाक स्वर) भनिन्छ । यो परिभाषासंग पाकिस्तानी गजल गायक गुलाम अली पनि सहमति जनाउँछन् ।

Download: Bulbul Episode-12 [November 22,2009]

0 प्रतिक्रिया :

Post a Comment