Suscribe via RSS

Thursday, November 26, 2009

तिमी, म र कफी

| |
तातो चुस्कीसँगै शुरु हुन्छ, हाम्रो कफी गफ
गुलियो कफि, त्यसमाथि तिम्रो मिठो मुस्कान
कति आनन्दित छ यो पल !

शिशिर यामको घामभन्दा प्रिय लाग्छ
तातो कफी, अनि तिम्रो सामिप्यता
साँच्चै रोज्न गाह्रो छ !

हाम्रो गफ कहिल्यै टुङ्गिन मान्दैनन
समय बगिरहेछ, कफी सेलाउँदै जान्छ
कतै हाम्रो सम्बन्ध पनि चिसिने त होइन ?

तिमी छिट्टै सपना बुन्न थाल्छ्यौ
कति सम्भव छन्, कति असम्भव
अन्जान मै नटुटुन् तिम्रा सपनाहरु !

हतार नगर, अझ तिता यथार्थ सुनाउनु छ
अनि कयौँ घुट्की लिनै छन्
चिसो कफी अनि तिता स्वादहरु ।

-मुकुन्द भण्डारी
बायोटेक तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

5 प्रतिक्रिया:

Ashesh said...

गज्जव लाग्यो कविता ।

राजेश बुढाथोकी 'नताम्स' said...

निकै राम्रो कविता । कफि सँगै जिवन सुरुवात अनि जीवन अन्त्य बिम्बले सबै कुरा बोलेको देखिन्छ ।

आकार जी, कहिलेकाँही तपाईको ब्लग खोल्नै गारो हुन्छ । जति कोशिस गरेपनि खुल्दै खुल्दैन । म त प्रभावित भएको छु । मेरो ब्लग लिष्टमा तपाईको अपडेट पोष्ट पि्रभियू देख्छु अनि तपाईको ब्लग खोल्छु तर खुल्दैन । किन यस्तो भएको होला । छिटै समाधान गनुहोला ।

Aakar said...

म पनि समाधान को खोजि मा चु, सकेसम्म मिलाउने प्रयत्न गर्दैचु, तर पनि खै, के भइरेहको च, मैले थाहा पाउन सकेको छैन ।

Eternal said...

Sachai coffee guff yettikai ramailo huncha.... :)

Kabita sarai maan paryo ;)

mukunda bhandari said...

thanks 4 comments.
life ma coffee guff miss garnu hudaina hai.hehehehe

Post a Comment

Leave your comment here.

Recent Posts

हाम्रो नेपालमा !

हाम्रो नेपालमा !
उता फोन उठाउनेले हलो’ भनेसि मैले कोदालो’ भन्नु परेन त ? फरक मत त राख्नै परो नि !
Cartoon By:

Read Aakar Post In Your Inbox...
Enter your email address:

Delivered by FeedBurner

web tracker
user(s) online

Leave your message here

Follow aakarpost on Twitter

Hamro Circle Update

अभिलेखालय

^