विरानो काठमाडौँ

आज तिनै बाटोहरु हिँड्दैछु, जुन बाटो विगत मा पनि धेरै पटक हिँडिएको थियो तर पनि आज को हिँडाइ बेग्लै लाग्यो, खै किन किन आज यही बाटो को बारेमा पनि धेरै सोच्न मन लाग्यो । हुन त यो बाटो सँग मेरो के नै सम्बन्ध छ र, तर पनि आज मलाई केही छुटेको जस्तो, केही बिराए जस्तो, खै कस्तो कस्तो लागिरहेछ । त्यही बाटो को छेउछाउ, वरिपरि हेर्दै हिँड्दा लाग्यो, काठमाडौँ विरानो भइसकेछ ।

केही महिना या भनौँ हप्ता अघि सम्म देखिएका घरहरु थिएनन्, त्यस ठाउँ मा ठूला ठूला घरहरु बन्दै रहेछन् । केही हप्ता अघि सम्म फुलेका त्रिचन्द्र छेउ का शिरिष का फूलहरु फुलेका थिएनन् । हुन त यो प्राकृतिक कुरा भयो, तर पनि मलाई काठमाडौँ विरानो लाग्यो । साँझ पर्न अझै केही घन्टा बाँकि छ अनि मेरो आँखा घरिघरि मोबाइल मा पुगिरहन्छ । मैले ट्विटर मा लेखेँ, ‘एट काठमाडौँ’ ।

बागबजार माथि को पुल, धेरै नै व्यस्त छ, अनि पुलमुनि त्यत्तिकै भिडभाड छ । ट्राफिक घोडा मा चढेर जाम खुलाउने प्रयास गर्दैछन् । म नियाल्दै छु, त्यो सडक, त्यो घन्टाघर, रानीपोखरी अनि शिरिष का फूल का बोटहरु । थाहा छैन, के सोच्दैछु तर पनि मेरो मन मा आशा को सञ्चार भइरहेको छ । बाटो हिँड्नेहरु हिँडिरहेछन्, वास्ता कस्ले पो कस्को गर्छ र ? संसार स्वार्थी छ अनि यसै मा म छु, तिमी छौ, उनीहरु छन्, तपाइहरु हुनुहुन्छ, हामी सबै छौँ, मात्र सबै का बाहाना फरक छन्, सोचाइ फरक छन् ।

एकसमय थियो, म काठमाडौँ को गल्ली गल्ली एक्लै हिँड्ने गर्थेँ, त्यसमध्ये पनि सबैभन्दा बढि पुतलिसडक, बागबजार ओहोर दोहोर गरेको छु । तर आज तिनै बाटोहरु हिँड्न मलाई दिक्क लागिरहेको छ, थाहा छैन किन यस्तो लागेको हो तर विनाकाम, विनाअर्थ को घुमाइ भएर यस्तो लागेको होला । तर साँच्चि यति नरमाइलो, अनि यति दिक्दार लागेको थिएन ।

यस्तो समय नि थियो, जब काठमाडौँ जाने भने पछि, म भन्दा पहिले मन उडेर पुग्थ्यो, धेरै योजनाहरु बुन्थ्यो, साँच्चै एउटा रमाइलो बाहाना हुन्थ्यो काठमाडौँ जान को लागि । तर अफसोच अब म सँग कुनै बाहानाहरु छैनन्, कुनै काम छैन, कसैलाई भेट्नु छैन र पो म निरुद्देश्य हानिन्छु काठमाडौँ २८ किलो बाट बस चढेर । एकसमय म रहर ले बाहान बनाइ बनाइ काठमाडौँ हानिन्थे तर अहिले कर र बाध्यता ले मन नलागि नलागि काठमाडौँ हानिनुपर्छ । एक पटक २-३ महिना मा काठमाडौँ जाने म, हप्ता को २ पटक पनि धेरै पटक काठमाडौँ पुगेँ तर अहिले फेरी यो मान्छेहरु को भिड देखेर, त्यो धुवाँ, धुलो देखेर, मान्छे का व्यवहार देखेर काठामाडौँ जान मन लाग्दैन । मेरो लागि काठमाडौँ विरानो हुँदैछ ।
म बिस्तारै सिक्दै छु, कसले कसरी प्रयोग गर्छ, कसरी बिर्सिन्छ, अनि कसले कति महत्व दिन्छ, यो काठमाडौँ मा ।
यो स्वार्थीहरु को भिड मा मैले निस्वार्थीहरु खोज्नु मेरो मुर्खता मात्रै हो, किनकी म पनि स्वार्थीहरु भित्रै पर्छु तर त्यति फरक हुन्छ, कुन कुरा को लागि स्वार्थी बनिएको छ । हो म स्वार्थी छु, किनकी म एकैछिन हाँस्न चाहन्छु, अरु को साहारा लिएर तर हिजो आज एउटा प्रख्यात भनाइ मेरो दिमाग मा बारम्बार ठोकिन्छ, ‘To be happy we must not be too concerned with others.’ अर्थात आफू खुशी हुन को लागि अरु को धेरै वास्ता गर्नुहुँदैन रे । म बिस्तारै सिक्दै छु, कसले कसरी प्रयोग गर्छ, कसरी बिर्सिन्छ, अनि कसले कति महत्व दिन्छ, यो काठमाडौँ मा । सबै का आ-आफ्नै समस्या हुन्छन् अनि सबैका लागि आफ्ना कुरा विकराल हुन्छन् तर पनि कहिलेकाँहि हाँस्न मन लाग्छ मन खोलेर उनीहरुलाई देखेर ।

यस्तै यस्तै सोच्दै पुरानो बसपार्क मा ओर्लिँए । काम केही थिएन, कुनै मिसन थिएन अत: म सँग त्यो बागबजार हुँदै पुतलीसडक पुग्नु बाहेक केही विकल्प थिएन । तर बागबजार पुगेपछि मलाई धुलिखेल नै फर्कन मन लाग्यो, कारण यो भिड मा मेरो तिल जति पनि महत्व छैन भन्ने मैले बुझ्दैथिएँ । अनि फेरी गाडि चढेँ धुलिखेल नै फर्कन को लागि तर पनि फेरी ओर्लिएँ वानेश्वर मा, वानेश्वर को भिड छिचोल्न मन लाग्यो ।



‘हरे कृष्ण, हरे राम’ भन्दै ३-४ जना सेता कपडा अनि चन्दनधारीहरु भजन गाउँदै थिए, धार्मिक किताबहरु बेच्ने जुक्ति लाउँदैथिए फुटपाथ मा मान्छेहरु को भिड बटुलेर । म पनि त्यही भिड मा मिसिएँ एकछिन । घडि हेरेँ ५ बज्दैछ, खै कता कता मनमा नजानिँदो आशा को सञ्चार हुँदैछ, तर मैले बिर्सेछु, काठमाडौँ अर्कै भइसकेको छ, विरानो भइसकेको छ । हो नि अन्तराष्ट्रिय सम्मेलन केन्द्र संविधान सभा भवन भइसकेको छ अनि निर्वाचन आयोग उपराष्ट्रपति को कार्यकक्ष बनिसकेको छ । अत: यसरी नै अर्थ लगाउँदै जाँदा थाहा पाएँ, काठमाडौँ विरानो भइसकेछ । एउटा को रिस अर्को माथि पोख्ने थलो भएको छ । उदाहरण आफ्नै अगाडि छ नि, एउटा ले बिगो गर्छ, सारा जनता ले टायर को धुँवा झेल्नुपर्छ ।
बितेका पुरानाकुराहरु बिर्सेर अगाडि बढ्नुपर्छ रे, नराम्रा कुराहरु सम्झने मेरो बानी नभएपनि ती रमाइला अनि राम्रा कुराहरु मैले बिर्सन सकेको छैन, काठमाडौँ को ।
बितेका पुरानाकुराहरु बिर्सेर अगाडि बढ्नुपर्छ रे, नराम्रा कुराहरु सम्झने मेरो बानी नभएपनि ती रमाइला अनि राम्रा कुराहरु मैले बिर्सन सकेको छैन, काठमाडौँ को । हुन त केही महिना नै भइसक्यो काठमाडौँ विरानो भएको, यो काठमाडौँ यस्तो सहर रहेछ जहाँ संवेदना प्राय: सुन्य नै हुँदोरहेछ । हो काठमाडौँ संवेदनाहिन भएको छ, अस्ति कै दिन पनि चाबेल मा स्वयम्भु यातायात ले ३ जना ठहरै पार्‍यो ।

भक्तपुर देखि तिनकुने सम्म को धुलो खाँदै, काठमाडौँ को दर्शन गर्ने रहर ले मात्रै पनि म काठमाडौँ आउँथे, याद ताजा गर्न को लागि तर अब आउने छैन, बाध्यता नपरि । मन मा कुनै आश राख्ने छैन, किनकी काठमाडौँ ले मेरो आशलाई सँधै निराश बनाउँछ । साँच्चै, विरानो भयो काठमाडौँ मेरा लागि ।

शुक्रबार, कात्तिक २०, २०६६
काठमाडौँ ।

8 comments :

  1. बितेका पुरानाकुराहरु बिर्सेर अगाडि बढ्नुपर्छ रे,

    nice sayin aakar G

    ReplyDelete
  2. रत्नपार्क, वानेश्वर, पुतलीसडक अनि अरू बिभिन्न ठाउँहरूको भीडभाँडले म पनि निसास्सिने गर्छु । साँच्चै आकारजी,यो मान्छेको कोलाहाल अनि भीडमा कसलाई कसको पो मतलब हुन्छ होला र है ? बिरक्त लाग्छ मलाई पनि । तर तपाईँलेनै भनेजस्तो, पुरानो कुरा विर्सेरै अघि बढ्दा जितिने रहेछ । समय सधैँ कहाँ एकनासको भइरहदोँ रहेछ र!!

    ReplyDelete
  3. आकार जी, बाँच्न नसकिने भयो अब नेपालमा । कसैलाई कसैको चिन्ता छैन् । अर्कालाई पछारेर, लडाएर र हराएर खान पल्केकाहरुलाई के वास्ता यस्तो कुराहरुको । जनताहरुले निरन्तर दुःख पाइरहेका छन् ।

    काठमाण्डौंको भिडभाड, अस्तव्यस्ताको नजिकबाट मूल्याकंन गर्न पाएको छुइन । एक त विद्यार्थी जीवन, कहिल्यै छुट्टी नमिल्ने पेशाले गर्दा म त कुजिँएको एकैठाउँमा । पत्याउनु हुन्न होला अहिलेसम्म म काठमाण्डौं गाकै छैन् । यहाँको पढाई सकेर काठमाण्डौंतिरै बसाई सरौं भन्ने ठानेको थिए । आशै मारो यो तपाईको पोष्टले ।

    तपाईका आत्मालोचना हामीमाझ बाँड्नुभएकोमा धन्यावाद दिन चाहन्छु है ।

    ReplyDelete
  4. साच्चै आकारजी ले भन्नु भए जस्तै काठमाडौँ बिरानो भै सकेको छ | यहाँ कसैले कसैको वास्ता गर्दैनन | कसरि कमाउने भन्ने मात्र सोच छ सबैको | मोज मस्तीको बाटोहरु टन्न छन् यहाँ तर कमाइको बाटोहरु कम छन् , प्राय सबै मान्छेमा एक किसिमको बितृष्णा छ | निसास्सिएका छन् सबै यो काठमाडौँको भिड भाडमा,कोहि शान्त छैन, सबै असान्त, कहिले कहिँ त लाग्छ मलाई यो काठमाडौँ छाडेर अन्त टाढै जाउ, कसैले नदेख्ने ठाउमा जाउ, अनि त्यहि बसु, तर बाध्यता, सबै सोचेको जस्तै कहाँ हुन्छ र | मलाई पनि बिरक्त लाग्छ यो परिबर्तित काठमाडौँ देखेर |

    ReplyDelete
  5. म बिस्तारै सिक्दै छु, कसले कसरी प्रयोग गर्छ, कसरी बिर्सिन्छ, अनि कसले कति महत्व दिन्छ, यो काठमाडौँ मा ।
    आकार जी तपाईंले यहाँ काठमाडौँ को प्रसँग उठाउनुभयो तर यो वास्तवमै सवै तिर लागु हुन्छ जस्तो लाग्छ जुन मेरो अनुभबले बताइरहेछ.. सुन्दर लेखको लागि धन्यवाद तपाईंलाई !

    ReplyDelete
  6. साच्चै आकारजी ले भन्नु भए जस्तै काठमाडौँ बिरानो भै सकेको छ | यहाँ कसैले कसैको वास्ता गर्दैनन | कसरि कमाउने भन्ने मात्र सोच छ सबैको | मोज मस्तीको बाटोहरु टन्न छन् यहाँ तर कमाइको बाटोहरु कम छन् , प्राय सबै मान्छेमा एक किसिमको बितृष्णा छ | निसास्सिएका छन् सबै यो काठमाडौँको भिड भाडमा,कोहि शान्त छैन, सबै असान्त, कहिले कहिँ त लाग्छ मलाई यो काठमाडौँ छाडेर अन्त टाढै जाउ, कसैले नदेख्ने ठाउमा जाउ, अनि त्यहि बसु, तर बाध्यता, सबै सोचेको जस्तै कहाँ हुन्छ र | मलाई पनि बिरक्त लाग्छ यो परिबर्तित काठमाडौँ देखेर |

    ReplyDelete
  7. आकार जी, बाँच्न नसकिने भयो अब नेपालमा । कसैलाई कसैको चिन्ता छैन् । अर्कालाई पछारेर, लडाएर र हराएर खान पल्केकाहरुलाई के वास्ता यस्तो कुराहरुको । जनताहरुले निरन्तर दुःख पाइरहेका छन् ।

    काठमाण्डौंको भिडभाड, अस्तव्यस्ताको नजिकबाट मूल्याकंन गर्न पाएको छुइन । एक त विद्यार्थी जीवन, कहिल्यै छुट्टी नमिल्ने पेशाले गर्दा म त कुजिँएको एकैठाउँमा । पत्याउनु हुन्न होला अहिलेसम्म म काठमाण्डौं गाकै छैन् । यहाँको पढाई सकेर काठमाण्डौंतिरै बसाई सरौं भन्ने ठानेको थिए । आशै मारो यो तपाईको पोष्टले ।

    तपाईका आत्मालोचना हामीमाझ बाँड्नुभएकोमा धन्यावाद दिन चाहन्छु है ।

    ReplyDelete