Suscribe via RSS

Monday, November 09, 2009

नकरात्मक चिन्तन पनि आवश्यक

| |
वैज्ञानिकहरु का अनुसार खराब मुड सदैव नराम्रो हुँदैन । नकरात्मक भावनाले कहिलेकाँहि राम्रो निर्णय लिने क्षमता बढाउँछ । यसबाट स्मरणशक्ति समेत राम्रो हुन्छ । खराब मुडले व्यक्तिविशेषको सोचलाई धेरै हदसम्म स्पष्ट पार्ने अस्ट्रेलियन साइन्स जर्नल मा प्रकाशित अध्ययन प्रतिवेदन मा उल्लेख गरिएको छ ।

युनिभर्सिटि अफ न्यु साउथ वेल्सका प्रा. जोसेफ फार्गोसका अनुसार खराब मुडका व्यक्तिहरु आलोचक का रुपमा मात्रै हुन्न्, उनीहरुले आफ्नो छेउछाउ मा बढि ध्यान दिइरहेका हुन्छन् । यस्तै बेला उनीहरुले कसलाई विश्वास गर्ने वा नगर्ने भन्ने विचारिरहेका हुन्छन् ।

प्रा. जोसेफ फार्गोसका अनुसार अध्ययन मा के सावित भएको छ भने खराब मुडले हामीलाई विद्यमान स्थिति बुझ्न र त्यस अनुरुप प्रतिक्रिया दिन तुलनात्मक रुप मा बढि सक्षम बनाउँछ ।

यो अध्ययनका बेला खराब र राम्रो मुड को प्रभाव जान्न अध्ययन मा संलग्नहरुलाई बेग्लाबेग्लै फिल्म देखाउनु को साथै उनीहरुको जीवनको राम्रा र नराम्रा घटनाहरुलाई सम्झनसमेत भनिएको थियो ।



स्रोत: कान्तिपुर

3 प्रतिक्रिया:

Eternal said...

Nice one....
Negative and positive thinking both are a part of human mind :)

Keshab Ghimire said...

जिरो % नेगेटिव भयो भने त फेरी पागल नै हुन्छ नि ८०% मात्र पोजेटिभ हुनु पर्छ २०% चाही नेगेटिभ | नत्र जिबन चल्दैन | हामीले प्रयोग गर्ने बिजुलीको कुरा नै गरुम न, नेगेटिभ को महत्व कति हुन्छ भनेर | नेगेटिभ ध्रुब नभई काम नै हुन्न |

Nepaliko Aawaz said...

nice thing to know thank you for information i liked the article.

Post a Comment

Leave your comment here.

Blog Widget by LinkWithin

हाम्रो नेपालमा !

हाम्रो नेपालमा !
'शानेवानी' जति 'नेवानि' गर्दिएँ ! अनि यो 'खाने बानी' लेख्या ठाउँमा त क्यै गर्नु नपर्ला कि, हाकि सा'प ?
Cartoon By:

Read Aakar Post In Your Inbox...
Enter your email address:

Delivered by FeedBurner

web tracker
user(s) online

Leave your message here

नेपाल खबर

अभिलेखालय

www.aakarpost.com on Facebook

Free Hit Counter
^