जगदीश घिमिरे, 'अन्तर्मनको यात्रा’ र मेरो अनुभव

ठै ! अब ता मेरा दिन गै’गए ’ जगदीश दाइको यो मार्मिक विस्फोटनलाई मैले “ईमोस्नल ब्ल्याकमेल”को नाउँ दिएको छु । लेख्दा पनि आफू कति भावविह्वल हुनुहुन्थ्यो होला, मेरो मन त पतिङ्गर बनाएर उडाइदिनुभयो । २-३ सय पेजको उहाँको जीवनोपन्यास ‘अन्तर्मनको यात्रा’ पढ्दा मेरो मन सुरुको दुई-तीन पेजमै मैनबत्तीझैँ पग्लेको थियो । खुब रोएँ । तर आँसु एकथोपा पनि झारिन । सोचेँ, मृत्यूको घन्टी बजेको थाँहा पाउँदा त जगदीश दाइ सन्तोषका साथ बाँच्न प्रयत्नरत हुनुहुन्छ भने म त स्वस्थ छु, हट्टा-कट्टा छु, किन आँसु झार्ने ? यी आँसु म जगदीश दाइकै लागि बचाएर राख्ने छु ।
हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बाँच्न सक्नु नै बुद्धिमानी हो ।
‘मल्टिपल माइलोमा’ क्यान्सरको घातक रुप, विना पूर्व सूचना मृत्युको आवाज दिने ज्यान घातक रोग रे । हे भगवान ! माइलोमा तिमी नै लैजाउ, हामीलाई चाहिँदैन । त्यसले फेरी अर्को जगदीश दाइलाई सिकार नबनाओस् र फेरी अर्को प्रतिभाको विछोड नेपाली पाठकहरु सहन नसक्लान् । सङ्कुचित नेपाली विचारधारा र खोक्रो नेपाली जीवन शैलीप्रति व्यङ्ग्यवाण प्रहार गर्दै दाइ लेख्नुहुन्छ, “यहाँ (नेपालमा) जस्ता मर्दा लिएरै जाने होइन” । वरिपरि हेरेँ, कोही रहेनछन् , मै’लाई ताकेको जस्तो लाग्यो ।

स्वस्थ्य जीवनको फराकिलो आभाष दिलाउने क्रममा उहाँ भन्नुहुन्छ, ‘हरेक दिनलाई, हरेक छिनलाई जीवनको अन्तिम दिन र छिन मानेर बाँच्न सक्नु नै बुद्धिमानी हो ।” म सोचेको सोचेकै भएँ, अगाडी बढ्न मन दर्‍हो बनाउनै पर्ने भयो ।
के सोचेर पढ्न शुरु गरेँ, कुन सोचका साथ किताब टुङगियो, कल्पना गर्न सक्दिन । अन्तर्मनको यात्राको अनुभवले धैरै पाठ सिकायो । समाजको उदाङ्गो चेहेरा देखेँ ।
जगदीश दाइको ‘अन्तर्मनको यात्रा’ मेरो लागि एकदम कष्टप्रद रह्यो । के सोचेर पढ्न शुरु गरेँ, कुन सोचका साथ किताब टुङगियो, कल्पना गर्न सक्दिन । अन्तर्मनको यात्राको अनुभवले धैरै पाठ सिकायो । समाजको उदाङ्गो चेहेरा देखेँ । एक ठाउँमा उहाँ लेख्नु हुन्छ ‘चारैतिरबाट चेपारे वाणीहरु वर्षिए । जीवन त्यही चेपारे यथार्थ हो’ । वाहा ! जगदीश दाइलाई मेरो दुवै हातको सलाम । अझ उहाँको वोली र व्यवहारको फरक सम्बन्धी दृष्टिकोण र उदाहरुण मेरो जीवनमा झनै लागू भएको पाएँ । म बढि बोल्दो रहेछु, काम र कर्तव्य ढुस । :P

उहाँको मन्थली घुम्ने मन जाग्यो । सामुदायिक विकासबारे खुब बुझ्न मन लाग्यो । एकपटक तामाकोशीको पवित्र पानीले घाँटी भिजाउन मन लाग्यो । फेरी डर लाग्यो, कतै तामाकोशीको ओरीपरी विस्तार भइरहेका भवननिर्माणका कार्यहरुले कतै मेरो धोकोलाई पोको बनाएर मिल्काउने त होइनन् । 
‘मान्छेले अरुको मुल्याङकन गर्दा आफ्नो मुल्याङकन गर्छ’ जगदीश दाइ त्यसै भन्नुहुन्छ !
‘मान्छेले अरुको मुल्याङकन गर्दा आफ्नो मुल्याङकन गर्छ’ जगदीश दाइ त्यसै भन्नुहुन्छ “अन्तर्मनको यात्रा” मा । सत-प्रतिशत सही लाग्यो । अरुको प्रगति देखि नसहने केहि कालोमनका तत्वहरुको विषमय वचन र खोक्रो आदर्श झारेको याद आयो । अनि बल्ल बुझेँ उनीहरु त आफ्नै मुल्याङ्कन पो गरिरहेका रहेछन् । तीनीहरुलाई खुच्चिङ, फेरिपनि खुच्चिङ !! र जगदीश दाइको लामो आयूको कामना ।

-शेखर के सी
मिडिया स्टडिज, तेस्रो वर्ष
काठमाडौँ विश्वविद्यालय ।

8 comments :

  1. एउटा महान व्यक्तित्वको महान विचारको चर्चा सुन्दर र भावपूर्ण शब्दहरुमा! "अन्तर्मनको यात्रा" मैले पनि पढेको छु र धेरै रोएको छु; कतै खुशीले, कतै पिडाले, कतै नेपाली हुनुको गर्वले र कतै हाम्रो घिनलाग्दो राजनीतिप्रतिको लाजले!
    हरेक सचेत नेपालीले पढ्नै पर्ने किताब हो यो।

    ReplyDelete
  2. shekhar, nice write-up! pragati hudai chha hai j hos!!

    ReplyDelete
  3. nice posting. hope to read "अन्तर्मनको यात्रा" ....

    ReplyDelete
  4. जगदीश घिमिरे जी 'अन्तर्मनको यात्रा’ पुस्तक पढे पश्चात उहाँको प्रशंसक नै भएको छु । रातभरि उहाँको पुस्तक पढ्दै आँशु खसालेको छु, जीवन जीउन नजानेर । आशा र अभिलाषा हराएकाहरुका हरुलाई उहाँको पुस्तक पढ्न अनुरोध गर्न चाहन्छु ।

    "Hopes makes Everything, Anything possible."

    ReplyDelete
  5. nice posting. hope to read "अन्तर्मनको यात्रा" ....

    ReplyDelete
  6. shekhar, nice write-up! pragati hudai chha hai j hos!!

    ReplyDelete
  7. Krishna pd sapkotaAugust 1, 2012 at 11:50 AM

    Bahut marmik book 6. jagadisko junsuka book padna layak 6n

    ReplyDelete
  8. realy a nice book!!! very touching with realities of life!thnx to my dad dat i hapened to luk n read it---!!!! it's realy inspirational!

    ReplyDelete