सायद ब्लग मै हालिएको वा, त्यो साइट मा त्यससम्बन्धि फिचर या समाचार भएको भएपनि त्यो फोटो र क्याप्सनलाई जायज मान्न सकिन्थ्यो । मैले भुमिका त धेरै बाँध्दै छु जस्तो लाग्यो तर मेरो विचार मा सहमत हुनुहुन्छ या हुनहुन्न त भन्न सक्दिन तर त्यो फोटो अनि क्याप्सन यस्तो थियो ।
पोखराको न्युरोडमा अग्लो घरमा राखिएको होर्डिङ बोर्डले छेकिएको माछापूच्छ्रे हिमाल।
यो माथि को फोटो ले के भन्न खोजेको मैले बुझ्न सकिन । होर्डिङ बोर्ड मा रहेको विज्ञापन देखाएको हो कि ? पोखरा को न्युरोड को अग्लो घर भनिएको हो कि ? या माछापूच्छ्रेछेकिएको देखाउन खोजेको हो बुझ्न सकिएन । मलाई त यतिसम्म लाग्यो कि कुनै समाचार नपाएर या भनौँ फोटो नै नपाएर वा आमनागरिक लाई वेकुब बनाउन नागरिक न्युजले यो फोटो राखेको होला ।
हुन त फोटोग्राफि को मन्त्र मलाई थाहा छैन । आफू पनि भा-का नभा-का जस्तो सुकै फोटो पनि फेसबुक मा हालिराको हुन्छु, कहिले के भन्दै त कहिले के भन्दै । तर पनि यो फोटो, एक समाचार साइट नागरिक न्युज मा देख्दा चाँहि मलाई चित्त बुझेन । के यो माथि को फोटो को कुनै तुक छ, साइट को मुख्यपृष्ठ मै देखाउन । कोही फोटोग्राफि मा एक्सपर्ट हुनहुन्छ भने, मलाई यो माथि को फोटो को विशेषता बताइदिनुहुन्थ्यो कि ???









21 प्रतिक्रिया:
निकै राम्रो बिषय रैछ!
अग्लो घरमा राखेको बोर्डले हिमाल छेक्यो भन्ने बुजे जस्तो लग्यो मैले त। अरुले के बुज्नु भयो कुन्नी?
शायद प्रचार नै होल तर हिमाल चै पक्कै छेक्य छ त्यो त मन्नै पर्छ ....
ठिकै लाग्यो हौ मलाई त !! समाचारमा बारम्बार पोखरामा अनियन्त्रित घर र होर्डिङ बोर्डले गरेर हिमालको सुन्दरता छेकियो भनेर आइरहेको हुन्छ । त्यहि भन्न खोजेको होला । यस्ता होर्डिङ बोर्डले हिमाल नै छेकिएर प्राकृतिक सुन्दरतामा ह्रास आयो भन्न खोजेको होला हौ !! ठिकै देखेँ त मैले !!
तस्बिर र कट्लाइन सहि अर्थमा राख्न सकियो भने हजार शब्दको समाधान एकै तस्बिर बनिदिन्छ। नागरिक न्युजको लेखाइ अनुसार पोखरामा बनिरहेका अग्ला घरले गर्दा प्राकृतिक सौन्दर्यता प्रती कसैले चासो नराखेको कुरा इङ्गित गरेको हुनुपर्दछ।
हिमाल छेकिएको छ।होर्डिङ बोर्डले हिमालको सुन्दरतामा ह्रास ल्यायो देखाउन खोजेको जस्तो लाग्यो मलाई।
मलाई पनि प्रज्वलजीको जस्तै सोच आयो, यो फोटो हेर्दा ।
फोटो र क्याप्सन राम्रो छ । पोखरामा अग्ला घर बनाउन निषेध गरिएको छ । हिमाल नै पोखराको गहना हो त्यसलाई छोप्ने गरि होर्डिड राखिएको तिर ध्यान आकर्षण गराउनका लागि राखिएको तस्विर र क्याप्सन ठिक मान्नु पर्छ ।
यो भन्दा राम्रो प्रस्तुती गर्न सकिन्थ्यो कि भन्नु भाको भे यहाँको कुरा १६ आना सही हुन्थ्यो ।
सायद सहरका अग्ला घर र होर्डिङ बोर्डले सुन्दर हिमालको दृश्य छेकिएकोले, हिमालको सौन्दर्यलाई ढाकिरहेको छन्, भन्न पो खोजेको हो की! साथै लेकाली जी भने झै कसैले चासो नराखेकोले नागरीकहरु लाई सचेत गराउन खोजीएको हो की?
नेपाल एक सास्कीर्तिक भौगोलिक धरातल ले भरिपूर्ण देश हो र इनै कारण ले गर्दा नेपालमा बिदेशी मुद्रा आर्जन गर्न सकियको छ र यसरी सास्कीर्तिक सम्पदा हरुको दुरुपयोग हुनेगरी होडिङ बोर्ड हरु राख्न दिनुहुदैन जस्तो मलाई लगेको छ उही गुल्मेली कान्छो
यहाँहरु सबैको विचार पढेपछि भने, आफ्नै बुझाइ मा गल्ति भएको महशुस गरेँ । यहाँहरु को अन्तर्कृया को लागि धन्यवाद ! तर पनि भन्न मन लाग्यो, सायद त्यो क्याप्सनलाई परिमार्जित गरिएको भए बुझ्न धेरै सजिलो हुनेथियो ।
-आकार
मलाई चाँही यो फोटोग्राफर ले पनि नेपाल का सबै मान्छे जस्तै घर जग्गाको दलाली गर्छन् जस्तो लाग्यो.. त्यो बोर्ड राखेको भन्दा वर को हरियो घर बिक्रिमा छ रे...एन आर एन साथीहरुलाई भनिदिनुहोला
It reminds me one case by (then) kantipur about the construction of an overhead bridge at pulchok (in front of Lalitpur Municipal. Office). The photographer took the pic in such a way that it obstructed one of the stupa there and they created news out of it.
:)
It is all about angle.
;)
खै के भन्ने, यो फोटो ले त नेपालका एड एजेन्सीहरू तराइ पाहाड हुदै हिमालको चुचुरो सम्म पुग्न सक्छन, माछापूच्छ्रे मा होडिङ अड्काउने ठाउ नभएर मात्र यहाँ राखेको जस्तो लाग्यो, हा हा हा हा हा
आकार जी, मलाई पनि फोटो र क्याप्सन ठिकै लाग्यो । नागरिकले क्याम्पसनलाई अझ परिष्किृत गरेर लेखेको भए राम्रो हुनेथ्यो । फोटोमा गतिलो क्याप्सन नभएमा पाठकहरु अल्मलिन्छन् भन्ने कुरा नि थाहा भयो ।
"मानव निर्मित संसारले कसरी छेकीरहेको छ सुन्दर माछापुछ्रेलाई पोख्रेली बासीहरूलाई चिहाउनबाट"
कहिलेकाहीँ कुनै चिज यत्तिकै सुन्दर बनिदिन्छ । मलाई खिचाइ र पृष्ठभूमि कडा लाग्यो ।।
खै के भन्ने, यो फोटो ले त नेपालका एड एजेन्सीहरू तराइ पाहाड हुदै हिमालको चुचुरो सम्म पुग्न सक्छन, माछापूच्छ्रे मा होडिङ अड्काउने ठाउ नभएर मात्र यहाँ राखेको जस्तो लाग्यो, हा हा हा हा हा
नेपाल एक सास्कीर्तिक भौगोलिक धरातल ले भरिपूर्ण देश हो र इनै कारण ले गर्दा नेपालमा बिदेशी मुद्रा आर्जन गर्न सकियको छ र यसरी सास्कीर्तिक सम्पदा हरुको दुरुपयोग हुनेगरी होडिङ बोर्ड हरु राख्न दिनुहुदैन जस्तो मलाई लगेको छ उही गुल्मेली कान्छो
हिमाल छेकिएको छ।होर्डिङ बोर्डले हिमालको सुन्दरतामा ह्रास ल्यायो देखाउन खोजेको जस्तो लाग्यो मलाई।
शायद प्रचार नै होल तर हिमाल चै पक्कै छेक्य छ त्यो त मन्नै पर्छ ....
निकै राम्रो बिषय रैछ!
Post a Comment