Kathmandu Cycle City 2020

हाम्रो एउटा सपना छ, शान्त सडक, मुख्य सडकका दुइतिर फराकिला साइकलमार्ग अनि सिमित सवारीसाधन मात्र । काठमाडौंको स्वच्छ वातावरणमा साइकल यात्रीहरु आ-आफ्ना गन्तव्यतफ गुडिरहेका छन् । स्कूलतर्फ होस या कार्यालयतर्फ, विहान बेलुका, अनि पर्यटक हुन वा यात्रु निर्धक्कसाथ साइकल सयर गर्दै ।

जलवायु परिवर्तनको प्रसग संगै जोडिन आउछँ पृथ्वीको तापमान वृद्धि, हरितगृह प्रभाव अनि ओजनतहको विनाश । १९९७ को क्योटो प्रोटोकल (Kyoto Protocal) ले वातावरणलाइ प्रत्यक्ष असर पार्ने ग्रिन हाउस ग्यास (Green House Gases) GHG को मात्रालाइ सुन्तुलन राख्न मपदण्ड वनाइसकेको छ । प्रमुखत : GHG विकास निर्माणका कार्यहरु तथा यातायातका साधनवाट निस्कने गर्दछ । नेपालजस्तो देशमा विकास निर्माणका कार्यहरुले प्राथमिकता पाउनुपर्ने अवस्थामा तपाइ हामीमा एउटा जिम्मेवारी आउँछ कार्बन फुट प्रिन्ट (Carbon Foot Print) को न्यूनिकरण । अहिले Carbon Foot Print को न्यूनिकरण अन्तराष्टिय बहस वनेको अवस्थामा, नेपालमा पनि थुपै गोष्ठी, सम्मेलन भइरहेका छन् , तर ति कती सफल भए भन्ने कुरा विश्लेषण गर्नु आवश्यक छ ।

यही समस्याको समाधानको बाटो खोज्दा एउटा प्रसंग उठ्यो , काठमाण्डौ साइकल सिटी २०२० (Kathmandu Cycle City 2020) सुन्दा अचम्म लाग्ला...... काठमाण्डौ अनि साइकलको सहर , अनि हाम्रा ति चारपाङग्रे गाडीको के काम ...... कसले चढ्ला त्यो नाथे साइकल ........ के हाम्रो कार चढ्ने सपना तुहाउन मिल्छ ........ वाहियात अथावा यस्तै यस्तै ।

काठमाण्डौका असंख्य सवारी साधनवाट निस्कने धुवाँबाट केवल वायु प्रदुषण मात्र होइन, ग्रिन हाउस ग्यासले पृथ्वीमा छिर्ने खतरानाक UV-ray जोगाउने ओजन तहको विनाश गर्छ । यसवाट हुने प्राकृतिक विनाश निरन्तर रह्यो भने हाम्रो आउँदा पुस्ताले अहिलेको विश्वमानचित्र एकादेशको कथा जस्तै बन्न के बेर ।

बेलाबेलामा हुने इन्धन अभावका बेला हामी हप्तौ कुरेर भारतको भरपर्न बाध्य छौ । अहिले विद्युतीय सवारी, वयोडिजेलका प्रंसग उठिरहेका छन् । तर त्यसको वयवहारिकतामा सजिलै प्रश्न उठ्छ । त्यसैगरि काठमाण्डौंका सडकहरु त्यसै पनि साघुरा छन् त्यसमाथि अव्यवस्थित ट्राफिक, अनि घण्टौ जाम । त समाधन के ...?

एउटा साइकल लिएर हिडनुस, तपाइ त्यो जामलाइ सजिलै काटदै समयमै गन्तव्य पुग्न सक्नुहुन्छ । मुख्यसडक होस या सहायक वा थोत्रा गल्लीहरु, तपार्इ सहजै यात्रा गर्न सक्नुहुन्छ । जहाँ एउटा कार गुड्ने ठाउँ हुन्छ, त्यहाँ तिनवटा साइकल कुदाउन सकिन्छ । तपाइ साइकल चलाउदा न त कुनै इन्धन वाल्दै हुनुहुन्छ न त वातावरणलाइ असर पर्ने ग्यासफाल्दै हुनुहुन्छ, तपाइ शारिरिक व्यायाम गर्दै हुनुहुन्छ ।

सोच्नुस त्यो सार्वजनिक यातायात जसमा तपाइलाइ उकुसमुकुस कोचिन पर्ने छ , अनि जोखिमपूर्ण छतको यात्रा, यी सब कुराको मुक्ति पाउनुहुन्छ । सन् २०२० सम्ममा काठमाण्डौलाइ साइकल शहरको विकास गर्ने सपना देखेर बन्यो Kathmandu Cycle City 2020 Group.

काठमाण्डौमा साइकलको प्रयोग बढाउनु र अन्य सवारीसाधनको संख्या सिमित राख्नु यसको मुख्य उद्देश्य हो तर यसको अर्थ यो होइन कि साइकलमात्र गुडोस । प्रथमत: काठमाण्डौमा युवा जनचेतना अभियान संचालन गर्ने , अनि विभिन्न क्याम्पस, विद्यालय , शैक्षिक जगत, सविधानसभा सदस्य, सेलिब्रेटी, मिडिया तथा बैद्धिकसमाजसंग समन्यवय गर्ने उद्देश्य लिएर Nov21, शनिवार, २००९ का दिन काठमाण्डौ, ललितपुर र भक्तपुरमा साइकल र्‍याली गर्दैछ ।

TNW (Team for Nature & wildlife) अन्तर्गत रही, climate watch alliance को सहयोगमा अनिल चित्रकार, वि.के. दलित, आशिक मल्ल सल्लाहकार रहेको यो समुहले आयोजन गर्ने यो साइकल र्‍यालीको प्रमुख उद्देश्य जलवायु परिवर्तन बारे जनचेतना जगाउने, सरकारी नितिको कार्यन्वयनमा भइरहेका ढिलासुस्तीलाइ घच्घच्याउने रहेका छन । आउनुहोस् सहभागी हुनुहोस, तपाइको सहभागिता उदाहरणिीय वनेर सवैलाइ आफ्नो कर्तव्यबोधको सम्झना दिलाओस ।

दिर्घकालिन कार्यका रुपमा आफै वा सरकारी निकायसंग सहकार्य गरि काठमाण्डौंमा सम्भावित साइकल रुटका निम्ति सर्भे तथा नक्सा बनाउने, अन्य सवारी साधनको संख्या सिमित गर्ने, ट्राफिक व्यवस्थापन, सरकारी निकायसंग साइकल मार्ग, रुटको सकेत, साइकल पार्किङ्ग, तथा अन्य पूर्वाधारको निर्माणको निम्ति दवाव दिने रहेका छन् । त्यसैगरि अहिले सम्भावनामा देखिएको कोटेश्वरदेखि भत्तपुरसम्मको विस्तारित सडकमा साइकल मार्गको प्रस्ताव राख्ने । अनि तत्काल "साइकल शुक्रवार" (Cycle Friday) को कार्यक्रम अन्तर्गत साइकल प्रयोगलाइ प्रोत्साहित गराउने । यो त रह्यो हाम्रो सपना ।

त्यसो भए आउनुहोस, तपाइ पनि एउटा सपना देख्नुस, तपाइ अनि तपाइको मिल्ने साथी निर्धक्क साथ गुड्नुस कहिले असन त कहिले मंगलबजारका साघुरा वाटा । कैले भक्तपुरका स-सना गल्ली चहार्नुस अथवा कुनै नयाँ ठाँउ खोज्नुस जुन तपाइलाइ मात्र थाहा होस् । अनि भविष्यका सन्ततीलाइ देखाउनुस् एउटा सुन्दर, स्वच्छ अनि हरियाली काठमाण्डौ ।

-मुकुन्द भण्डारी
Bio Tech 3rd year
Kathmandu University

3 comments :

  1. कन्सेप्ट एकदमै राम्रो हो ! सुरुमा चिनमा जाँदा बाटोमा खोला बगेजस्तो साईकल देखेर अनौठो लागेको थियो तर पछि बिस्तारै बानी पर्‍यो र थाहा भयो कि यो एकदमै वातावरण मैत्री र सजिलो साधन रहेछ ।

    काठमाण्डौंमा पनि ४-५ बर्ष अगाडि देखि यो कुरा सुन्दै आएको हो तर खै कहिले चाही वास्तविकतामा आउने हो !!!

    ReplyDelete
  2. hope this group will work.

    ReplyDelete
  3. hope this group will work.

    ReplyDelete