विश्व साइकल यात्री पुष्कर शाह का रोचक अनुभव र अनुभुतिहरु



Listen to World Cyclist Puskar Shah's experience in his own voice.

विश्वमा शान्ति फैलिरहोस् भन्ने कामना का साथ साइकल चढेर विश्व विजय गर्न ११ वर्ष अघि निस्किएका थिए पुष्कर शाह । दोलखा का पुष्कर शाह एसएलसी सकेर उच्च अध्ययन को लागि भनेर काठमाडौँ आए, तर उनको मन काठमाडौँ मा अड्न सकेन, फलस्वरुप उनी विश्व साइकल यात्रा मा निस्किए । अनि साइकल यात्रा सुरु गरेको ११ वर्षपछि उनले आफ्नो साइकल यात्रा सकिएको घोषणा गरे ।

काठमाडौँ साइकल सिटि सन् २०२० अभियान ले काठमाडौँ विश्वविद्यालय मा आयोजना गरेको एक कार्यक्रम मा उनै पुष्कर शाह आइएपुगेका थिए, अतिथि बनेर । उनी भन्दै थिए, हिमाल को माइनस ५ डिग्री तापक्रम देखि लिएर, मरुभुमी को ५० डिग्री तापक्रम मा दौडिएका क्षणहरु छन् । अनि फुटपाथ मा मस्त निदाएको रातहरु देखि लिएर, पाँच तारे होटल मा निन्द्रा नलागेका रातहरु छन् । हो, उनै पुष्कर शाह, जसले साइकल बाट विश्व विजय गरेको छ । आज उनकै यात्रा का रोचक अनुभवहरु हामी सुनाउँदै छौँ, उनकै आवाज मा ।

अफ्रिका मा लुटिएको क्षण देखि, मेक्सिको मा अपहरणमा परेका क्षणहरु उनी सम्झन्छन् । जिवन का ११ वर्ष साइकल को पाइडल खियाएर बिताएका उनले आउँदो वैशाख मा सगरमाथा चढ्ने योजना बनाएका छन् । आमा ले दिएको १०० रुपैँया साथ मा राखेर साइकल यात्रा सुरु गरेका उनले, अफ्रिका मा २ वर्ष बिताएछन् । अफ्रिका मा हुँदा धेरै पटक उनी ठगहरु र लुटेराहरु को फन्दामा परेछन् । उनका रोचक अनुभव र अनुभुति का संगालोहरु सुन्नुहोस्, उनकै आवाज मा । उनले मृत्युलाई पनि नजिकै देखेँ भन्छन्, जब उनी मेक्सिको मा अपहरणमा परेका थिए, तर त्यसै बेला नेपालीहरु बहादुर हुन्छन् भन्ने कुरा पनि सावित गरिदिएछन् । मेक्सिको मा अपहरण मा पर्दा ज्यान नै जान लागिसकेको अवस्था मा, उनले अपहरणकारीलाई मुक्का हानेर भाग्न सफल भएछन् ।

आफ्ना जिवन को अमुल्य ११ वर्ष साइकल हाँकेर बिताएका पुष्कर शाहलाई सरकार ले केही गरिदिएन भनेर ठूलो गुनासो पनि रहेछ । बाहिर भएको भए, युरोप या अमेरिका भएको भए, साइकल बाट विश्व विजेता गर्ने भनेर ठूलो सम्मान हुनेथियो, सरकार ले हरेक कुरा को व्यवस्था गरिदिने थियो । उनी भन्छन् 'तर दुर्भाग्य, सरकारलाई त कसले के गर‍ेर आयो केही थाहा छैन' । खैर, यी कुराहरु को अर्कै बहस होला, तर अहिले लाई चाँहि उनका साइकल यात्रा का रोचक अनुभवहरु सुन्नुहोस् । उनका आवाजमा रहेको, उनका अनुभवहरु साँच्चै रमाइला छन्, तपाई को समय बेक्कार खेर जाने छैन ।

माथि को अडियो डाउनलोड गर्नुहोस् ।

2 comments :