भाग्यले ठगिएको मान्छे

धन मलाई कता कता ठुलो रैछ भन्ने लाग्न थाल्छ, स्कुल को वादविवाद प्रतियोगिता मा मैले 'धन भन्दा बिद्या ठुलो' भन्ने बिषय मा बिद्या को पक्ष मा उभिएर धेरै पटक प्रथम भएको सम्झन्छु, आज धन सँग हारेको जीवन बाँच्न कती गाह्रो भैरहेछ ।

बुवाले सायद पैसा पाउनु भएन क्यारै! नत्र भाले नबास्दै निस्केको मान्छे, यती बेला सम्म त आइ सक्नु पर्ने हो। साँझको ६ बजिसकेको थियो। तल टारबारी तिर नजर घुमाए, दुई जना मान्छेहरु आउँदै गरेको देखे। निकै माथि आइ सकेपछि मजाले चिन्छु ,बुवा को साथ मा फर्से राउत रहेछन। मन निकै खुशी हुन्छ, बुवा ले पकाइ कुनै उपाय लगाइसक्नु भएको भन्ने ठुलो आशा लाग्छ।

"बनिबुतो गरेर खान्की पनि छोरा ले खान छाडि सक्यो, उसको सबै साथी हरु गाइघाट ट्युसन पढ्न झरिसक्यो रे, खाली झोक्याएर मात्रै बस्छ, आज्कल त्यती मन लगाएर पढ्दैन पनि । " आफ्नो समस्या बुवा ले फर्से राउत लाई सुनाएको म प्रस्टै सुन्छु माथि घर बाट। त्यतिखेरै लाटी दिदी ले पनि बाख्रा जंगल बाट ल्याइपुर्‍याउनु हुन्छ। "मितबाउ बोको त साह्रै सानो रैछ नि त ? बेच्ने बेला त कहाँ भएको हो र? दु:ख ले पो साइला किनि देउन भनेको" बुवा ले फर्से लाई गरेको अनुरोध म सुनिरहन्छु र मन मनै भन्छु किनिदिए नि हुने नि ।

दिदी को शब्द आउने भए सबै ले बुझ्थे होलान, ङार ङार- ङुर ङुर गरेर लाटी दिदी कराउन थालनु हुन्छ, मेरो नजर दिदी को अधर्न चोली माथि पर्छ, घरी आफ्नो चोलो छाम्दै घरि भात्किन लागेको घर को छानो देखाउदै घरि पेट छाम्दै अनी घरि बुवा को टालेको कुर्था देखाउदै कराउनु हुन्छ, म उहा को आँखा मा प्रस्त देख्छु बगेको आँसु, म उहा को ईशारा शब्द जती कै प्रस्ट बुझ्दछु, उहा को ईशारा नै मेरो मन पोल्न काफी छ। म पाल्ने दु:ख गरेर अनी तँ सस्तो मा अरु लाई बेच्ने भनेर कराउदै, घर को छाना के ले छाउने हो, आँङ देखिसकेको छ के ले जिउ ढाक्ने हो, आउँदो बर्खा को अनिकाल मा के खाने हो भनेर म बेच्न दिन्न भनेर बुवा लाई कराउदै हुनुहुन्छ। पछी मलाई हेरेर आँसु पुछ्दै दिदी घर भित्र छिर्नु हुन्छ। सानो बोको दिदी लाई पछ्याउदै म्या-म्या गर्दै घर भित्र पस्न खोज्छ। म ओबानो आँखा लिएर बोको समात्छु।

"मितबाउ म तपाईं ले भने जती त दिन सक्दिन ९०० म दिए चाँहि लगिदिउला", "साइला मौका पर्‍यो भन्दै मा गरीब लाई साह्रै नमार न लगिदे गरीब लाई सार्है नठग न ", " त्यसो भए अरुलाई नै बेच्नु म चैँ लैजान सक्दिन "मेरो सोझो सोचाइ मा १५०० त जो सुकै ले पनि किन्न सक्ने खाल को छ, नदिउ त छोरो को पढाई छुट्छ, एक छिन् घोरिएर बुवा ले फर्से राउत कै मोल मा कुरा मिलाउनु हुन्छ अनी १०० सापटी सहित् जम्मा १००० बुवा को हात मा थम्याएर फर्से बाटो लाग्छ बोको दोहर्यौदै।

भोलिपल्ट सानु दिदी र म गाइघाट लाग्छौ। चन्डिथुम्का ननिस्कुन्जेल् सम्म गांउ लाई हेरिरहन्छु, हरेक पाइला मा मलाई दिदी को फाटेको चोली,चुहिन लागेको घरको छानो अनी आउदो बर्खा को अनिकाल सम्झिरहन्छु। एका तिर पढ्न पाइने भयो भनेर ज्यादै खुशी छु, मेरो पाइला यती चाडो चाडो चल्छ, डेड दिन को लाग्ने बाटो मा ४ नबज्दै मुर्कुची झरिपुग्छु। सिधै सिजाली बाट ड्रम ट्रक चढेर मोतिगडा आइ पुग्छौ। प्रकाश दाइ ले कोठा को व्यवस्था मिलादिनु हुन्छ, मोतिगडा चोक नजिकै। भोली पल्ट बिहान् दिदी र म गाइघाट मा डि एम सर र एक जना अर्को सर को मा दिउँसो को ट्युसन व्यवस्था गरेर हामी फर्कन्छौ, गर्मी निकै बढेको रहेछ, २०५५ साल चैत्र को महिना हो। त्रियुगा को किनार मा सिसौ को रुख मुनी दिदी भाइ बिसाउछौ। मलाई नुहाउन मन लाग्छ पानी मा, दिदीलाई भनेर म आधा घण्टा जती पानी मा डुबुल्की मार्दै नुहाउछु अनी डेरा तिर लाग्छौ हामी ।

मेरो निकै अबेर सम्म पढेर सुत्ने बानी, दिदी चाडै निदाउनु हुन्छ, नयाँ कोठा म निकै निदाउने कोशीस गर्छु, निन्द्रा लाग्दैन। घरि घर सम्झन्छु घरि नजिकिदै गरेको एस् एल सि परिक्षा। आँखा पिरो भए पछि मलाई एकाएक झपक्कै निद्रा लागे जस्तो हुन्छ, म निदाएको हो या अनिदो थाहै पाउदिन, कोठा अचुक अध्यारो छ। मेरो सिधा अगाडि झ्यालमा एक जना अग्लो मान्छे सेतो कपडा मा उभिरहेको जस्तो देख्छु। त्यो मान्छे एक्कासी बोल्न थाल्छ" आज तलाई त्रियुगा को दोष लागेको छ "

मलाई बिहानै निन्द्रा ले छोड्छ तर दिदी निदाइरहनु भएको छ , म दिदी लाई उठाउछु र रात भरी को घटना सुनाउछु," भाइ त बहुलाउँछस " भन्नु हुन्छ दिदी। मैले जोर परेवा मा भाकल समेत गरेको कुरा सुनाउँछु दिदी लाई अनी अली बिसन्चो जस्तो पनि लागेर आउछ मलाई ।

समय र भाग्य ले पनि गरीब लाई नै ठग्दोरहेछ, म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो भने झै मलाई पनि त्यस्तै हुन्छ। मलाई ढाडभरी घाऊ आउछ, रात मा सुत्नै नहुने गरी पोल्छ, शरीर काटेर खुर्सानी को धुलो छरे जस्तै पोलिरहन्छ, म ट्युसन पनि जन नसक्ने मा पुग्छु। बोक्से को जिल्ला अस्पताल मा गएर चेक पनि गराए । साधारण हो भनेर दुई पेज को औषधी लेखिदिन्छन डाक्टर। औषधी पसल मा गए पछी थाहा हुन्छ औषधी त २००० भन्दा बढी को रहेछ। म अती आबश्यक जती किनेर म फर्कन्छु डेरा तिर।

घाऊ झन्-झन बढ्दै जान्छ। भोली पल्ट पुन: म अस्पताल गएर चेक गराउछु, खै सबै औषधी लिएको, यो सबै गलत औषधी परेछ,पसले लाई चेन्ज गर्नु भन्नु भनेर मलाई पठैदिन्छन। म पसल मा आएर मेरो समस्या बताउछु तर पसले मान्न तयार हुन्न। मेरो दु:खाइ को क्रम झन झन बढीरहेको थियो, म देउरी को हेल्थ पोस्ट सम्म पनि पुगे, मैले अब त्यो औषधी खाने या न नखाने दुबिधा मा परे, मलाई डाक्टरहरु प्रति एक किसिम को घ्रिणा बढ्यो। मेरो दिदी ले मलाई सेवा गरिरही।

चैत्र को गर्मी मा जिउ को पोल्ने घाऊ कती पिडाडायी हुन्छ। मलाई गाडी गूडिरहेको सडक मा किचिएर मर्न मन लागेको थियो तर मलाई आफ्नो घर को माया ले त्यसो गर्न दिएन। साथीहरु आउँथे यो त मर्ने नै भयो भन्थे जान्थे, उनीहरु लाई यो पिडा के थाहा। मेरो दु:खाइ झन झन गाह्रो हुँदै थियो। कसै कसैले माया पनि गर्थे मेरा अनन्य मित्र बि बि उ दैनिक आउने गर्थ्यो, कती मेरा मिल्ने साथीहरु पनि आएनन, हुन त सबैले सबैको पिडा मा सामेल हुनै पर्छ भन्ने के छ र! सम्पन्न साथीहरु आएनन, धेरै मान्छे हरु शब्द ले बेदना बुझ्दछन तर मर्म ले बुझ्दैनन,हुने खाने र हुँदा खाने बिच को दुरी मैले त्यसै दिन बाट थाहा पाएँ ।

घर बाट पढ्न भनेर ल्याएको सबै पैसा सकिएको ले अब त्यहाँ बस्ने स्थिती रहेन। मैले गाउँ को अध्यक्ष लाई पनि अनुरोध गरे , खोक्रो हात पर्‍यो त्यस पछी मैले साथी बि बि लाई म घर जानु चाहन्छु भनेर दु:ख बिसाए। उसले साथी हरु सँग मिलेर ९० रुपैया चन्दा सङ्कलन गरेछ, बाटो लाग्ने दिन त्यो पैसा लिएर उ मेरो डेरा मा आयो। मेरो मन ले त्यो चन्दा लिन नमाने पनि परिस्थिती ले मेरो हात अगाडि बढायो, म त्यो पैसा खर्च लिएर म बैनी र बडीमा सँग गाउँ तिर लागे ।
बाटो भरी मन रोइ रह्यो, बैनी ले सबै झोला बोकेकी छे, बहिनी लाई अगाडि लाएर म बिच-बिच मा म रुन्छु। घाउ ले मेरो आङ कुहिसकेको हुन्छ। धनीहरु बिरामी हुँदा शहर झर्छन म भने गाउँ तिर लाग्दैछु । गरीब लाई गरीबी ले यसरी पछाडि ढकेल्दो रहेछ मान्छे बन्न बाट। म आफ्नो भाग्य लाई थुक्दै डिल्लिबर को उकालो घुम्टी हरु मा जिवन लाई घुमाउदै घुमाउदै अनी घाउ को पिपहरु लाई चुहाउँदै र आसुँहरु ले बाटाहरु ओसिलो पार्दै हिँडिरहन्छु।

हिंडेको नौ दिन मा म पुन: घर पुग्दा बुवा छक्क पर्नु हुन्छ। एक पटक त निकै गाली गर्नु हुन्छ तर घाऊ देखे पछी केही भन्नु हुन्न। जाने सम्म को घरायसी दबाइहरु गर्नु हुन्छ। घर मा भएको सबै कुखुराहरु बुट्ट्याएर बिभिन्न भुतहरु को पूजा आजा गर्नु हुन्छ। किनेर ल्याएको दबाइ नखा भन्नु हुन्छ तर म एउटा आशा बोकेर खाइरहन्छु, मलाई बाच्नु छ।

नियती ले पनि कस्तो खेल खेल्दो रहेछ, अशक्त र गरीबहरु लाई नै दिन पनि लाग्दो रहेछ, मेरो भविष्य म अन्धकार देख्न थाल्छु अनी बुवा को बुढो शरीरलाई हेर्छु। मलाई यस्तो लाग्छ सिउँडीहरु बगर मै उम्रन्छन, हुर्कन्छन्, फुल्छन र बगर मै झर्छन। उपलब्धी को नाम मा केही हुँदैन। तर म अझै हरेको हुन्न नियती सँग लडिरहन्छु, सुत्न पटक्कै मिल्दैन, रातभरी बसेर उज्यालो पार्नु पर्छ। धेरै दिन काटे पछी केही कम भएको महसुस हुन्छ मलाई अब म बाच्छु हन्ने आशा फेरी पलाएर आउछ।

मनभरी निकै पिर र चिन्ता बढ्छ, करिब् महिना दिन देखी मेरो हात ले किताब छोएको छैन। पढेको कुर पनि आधा भन्दा बढी बिर्सिसके। एक त शरीरिक पिडा आर्को तिर मानसिक पिडा म दुब्लाएर छाला हड्डी मात्रै हुन्छु। पढ्ने मन हुँदा हुँदै पनि अब पढ्ने मन लाग्दैन, पढे पनि अब एस.एल.सी दिन जाने स्थिती छैन। पैसा को पनि कुनै बिकल्प पनि छैन। धन मलाई कता कता ठुलो रैछ भन्ने लाग्न थाल्छ, स्कुल को वादविवाद प्रतियोगिता मा मैले 'धन भन्दा बिद्या ठुलो' भन्ने बिषय मा बिद्या को पक्ष मा उभिएर धेरै पटक प्रथम भएको सम्झन्छु, आज धन सँग हारेको जीवन बाँच्न कती गाह्रो भैरहेछ । यस्तो हुँदो रहेछ भनाइ र भोगाइ को फरक। एस.एल.सी प्रथम श्रेणी मा पास गरेर समाज को लागि केही गरौँ भन्ने मेरो सोच तल सुनकोशी सँगै बगेर गएको जस्तो लाग्न थालछ, प्रथम श्रेणी नभए पनि सामेल हुन पाए हुनेथ्यो भन्ने लागिरहन्छ। बुवालाई कसरी फेरि पैसा माग्ने होला उहाँ ले कसरी पैसा बटुल्नु हुन्छ र, कुनै बैकल्पिक मार्ग देख्दिन, जीवन का सबै बाटहरु बन्द छन् केबल असफलता,गरिबी, रोग सिवाय।

मलाई थाहा छ भोली परिक्षा सेन्टर तिर नलागे परिक्षा दिन पुगिँदैन। रातभरी निद्रा लाग्दैन, विकल्पहरु सोच्दा सोच्दा पागल हुन्छु, बुवा पनि त्यसरी नै सोचिरहनु भएको होला, आधा रात सम्मा उहाँ खुइया गर्नु हुन्छ, शायद आफ्नो जीवन बाट हार खाँदै हुनु भएको होला। कस्तो यो असहाय जीवन हगी, गरीब कोही नहुदो रैछ संसार मा। आधा रात तिर कता कता आमा लाई सम्झना पुग्छु र धिकार्छु " तिमी जस्ता आमाहरु ले फेरी फेरी यो धर्ती मा आफ्न नानीहरु लाई आफ्नो कोख मा बास नदिनु, तिम्रै जस्ता आमाहरु का कती सन्तानहरु आज मेरै दु:ख काट्दै छन्।

आमा को याद मा डुबिरहेको बेला आमा ले चलाऊनु हुने कालो बाकस को याद आउछ। म दियो बत्ती लिएर बाकस भएको ठाउँ मा पुग्छु, बाकस भित्र प्लास्टिक का काला र मैला पोका भेट्छु। म सानो हुँदा बुवा ले भन्नु भएको एउटा कुरा सम्झन्छु, कतै आमा को याद आयो भने बाकस भित्र तेरी आमा ले लाउने सुन छ त्यसैलाई हेरेर चित्त बुझाउनु। म पोका खोल्छु आमा ले लगाउने गर्नु भएको मुन्द्री रहेछ। बत्ती को उज्यालो म जग जग बलिरहेको मुन्द्री निकै राम्रो लाग्छ । मन ले त पटक्कै मान्दैन तर परिस्थिती लाई मन ले स्विकार्नै पर्दो रहेछ। मलाई एउटा आइडिया आउँछ, अब यस्लाई नै धरौटि राखेर एस.एल.सी दिन जान्छु। मन निकै दुख्छ पछी मैले निखन्न सकिन भने मैले आमा को चिनो पनि गुमाउने छु तर लाग्छ आमा त गुमाइ सकिस तँ किन अब यो चिनो को माया गर्छस। म मन लाई भन्दा बढी मस्तिस्क लाई बढी प्राथमिकता दिनु पर्ने देख्छु।

जोर जाम गरेको सय रुपैया र आमा को मुन्द्री लिएर म परिक्षा सेन्टर तिर लागे। बुत्कु स्वारो कटे पछी बाटो माथि हेरेर स्रद्दा का दुई थोपा आसुँ चुहाउछु मेरो हजुर आमा को चिहान लाई, राकुला खोला तर्दा बुवा ले चाडहाउनु भन्नु भएको सुकी पैसा चढाएर रिकिली उकालो लाग्छु म। म जीवन को उकाली चढ्दै छु, मान्छेहरु चन्द्रमा मा पुगे तर म सँग सेन्टर सम्म पुग्ने खर्च छैन, मन भरी बिभिन्न भावना हरु लाई बिछ्याउदै म थानागाउँ पुग्छु। शरीरिक कम्जोरी ले गर्दा मलाई हिंड्न निकै गाह्रो हुन्छ, फर्केर फेरी हेर्छु, त्यो पुर्सुनेटार,जस्ले परिवर्तन को एउटा आशा पालेको छ, खै कस्लेगर्ने परिवर्तन ।

कटारी झरी पुगे। पसल पसल मा मैले चाहारे, कसैले मेरो मुन्द्री लाई राख्न मानेनन। दिउसो भइसकेको थियो, मेरो आकाश मा भने धपक्कै अध्यारो भयो। अन्त मा एउटा माडवारी कहाँ गएर आफ्नो ब्यथा रुँदै सुनाउन थाले, उसको मन अली पग्लिएछ। बल्ल बल्ल १०% ब्याज्दर मा ६०० दिन राजी भयो, म मन मनै खुशी ले नाचे, कस्तो हगी क्षण क्षण मा खुशी हुने यो मन पैसा ले गर्दा । म त्यो ६०० लिएर बस चाडह्नै लाग्दा अरु ४ जना चिनेका साथी हरु पनि भेट हुन्छन, उनी हरु गाईड किन्न कटारी आएका रहेछन।

हामी गराँस पुग्छौ हाम्रो परिक्षा सेन्टर, धेरै साथीहरु ले स्कुल वरिपरि नै डेरा लिएका रहेछन, साथीहरु हैन तँ सन्चो भइस भनेर छक्क पर्छन, तर मेरो साथी बि बि लाई म आउछु भनेर पुरा विश्वाश थियो, म जान्ने भएको ले सबैसाथी हरु हाम्रो मा जाउ हाम्रो मा जाउ भनेर तान्छन तर म बिबिले खोजेको डेरा तिर नै लाग्छु।

बल्हा सघारा , धनुषा

--
-के बि चाम्लिङ्ग राई
हाल: अफगानिस्तान

23 comments :

  1. कस्तो मर्मस्पर्शी कथा! साह्रै मन प-यो। गरीब नेपालीको बेदनालाई कस्तरी खुलस्त पारेको छ। पढ्न थालेपछि रोकिन मनै लागेन। तर अन्त्य भईसकेको हो र? मलाई त अझै धेरै बाँकी छ जस्तो लाग्छ।

    ReplyDelete
  2. के बि ब्रो को कथा मा मार्मिकता र सामाजिक यथार्थ दुबै छ साथै यात्रा बर्णन ले गर्दा झन रोचक हुन पुगेको छ

    दुइटा कुरा:

    लाहुरे को पीडा बारे धेरै लेखिसकियो पीडा हुनु एउटा कुरा हो र पीडा लाई जितेर समाधान को बाटो खोज्नु अर्को कुरा

    दोस्रो, चर्को ब्याज मा रिन दिने काम मारवारी ले मात्र गर्दैनन अझ भन्ने हो भने पहाड तराइ का रैथाने साहू बा हरुले झनै बढी सोशण् गरेका छन

    ReplyDelete
  3. hello there, how are you?
    would you mind to follow my blog?

    ReplyDelete
  4. हो साँच्चै राम्रो कथा पढ्न पाईयो । साथै बिध्यार्थी कालका निक्कै घट्नाहरु स्मरण गरायो यो कथाले ।

    ReplyDelete
  5. Sachai maan chun....prastuti KB ji...Kati ramro rachana padna paiyo... :)

    ReplyDelete
  6. केबी दा, हजुरको यो मन-मुटु छुने कथा पढेर मैले त मन थम्न नै सकिन। भित्र कत पसेको जस्तो लाग्यो तपाईंको यो प्रस्तुतीको लागि तरिफ योग्य शब्दहरु मसँग छैन। एउटा एस.एल.सी को बिषयबस्तुलाई लिएर यत्ती मार्मिक ढंगले प्रस्तुत गर्नु नै धेरै ठुलो कुर हो। म त तपाईंको फ्यन हो। यस्तै यस्तै मिठो कोसेलीहरु हामीलाई दिदै गर्नु होल है दा।

    बनको दढेलो बनै भरी, मनको दढेलो मनै भरी!
    मेरो मन त फाटेछ हेर, हजुरको यि शब्द भरी !!


    भाई,
    अशेष

    ReplyDelete
  7. hi k.b. aurule ta yeslai katha bhaneka rahe6n.hami ta sathma hurkeko best memoreal and real yar thanks for mail me.

    ReplyDelete
  8. मर्मस्पर्शी कथा! साह्रै मन प-यो।

    ReplyDelete
  9. कथा राम्रो लाग्यो, good stuff !!

    ReplyDelete
  10. Always remember money is not everything; but make sure that you have made a lot of it before talking such nonsense. - Warren Buffet
    स्कुलको वादविवाद प्रतियोगितामा जस्ले जिते पानि अहिलेको पुँजिवादि दुनिया मा भने यि अमेरिकि धनाढयको भनाइ लागु हुन्छ....

    ReplyDelete
  11. मन छुने कथा । बेसाहारा जीवनको मार्मिक प्रस्तुती ।
    आकार जी लाई ब्लगले दोस्रो बर्ष पुरा गरेकोमा हार्दिक बधाई ।

    ReplyDelete
  12. साह्रै मन छुने कथा। मन नै कस्तो कस्तो भएर आयो। अनि आकारजीलाई दोस्रो बर्षमा प्रबेशगर्नु भएकोमा बधाई र धेरै धेरै शुभकामना छ।

    ReplyDelete
  13. राम्रो कथाको लागि धन्यबाद...

    अनि दोश्रो बर्ष गाँठको बधाई पनि |

    ReplyDelete
  14. जीवनको यथार्थलाई राम्ररी पस्किनुभएको छ ।
    तर भाग्यबाट थगिएको भनेर वास्तविकताबाट भाग्न मिल्दैन ।

    ReplyDelete
  15. Pathak barga ma mero pani Dhanyebad. Ma tehi lekh ko yeuta patra tehi BB RAI hun. Kb ra mero ta yestai yestai dherai athertha pida haru bajhiyeka chhan. Kb ko lekha ghau ko pida, paisa ko athartha athero pan ka kura ani afno barema yehi nirlajja lekhnu kasailai laj hola yethartha hamro tehi thiyo. Sochne lai ramro article lagla yesta dherrai dherai real article haru aaudai chha pratiksha garnu hola.

    BB RAI
    Newcastle Pacific Ocean

    ReplyDelete
  16. aakarjee lai dhanyabad ani badhaai .
    katha sarhai man chhune lagyo .

    ReplyDelete
  17. Thank u kb dai tapaiko lekh padhda afnu bidhayathi jivanko yad ayo ra mutuma bhakkano pardai pardai ra ankha bata asu jhardai jhardai lekh padhe, kasam dai maile dhanteko haina bigatka dinharulai samjhera yo man roirayo agadi ko nepkin paperle asu puchdai yo comment lekhdai chu la.dhera nepaliko katha betha ho yo.I wish to u for the further artical plz.

    Mahendra

    ReplyDelete
  18. मार्मिक भावनालाई सुन्दर शब्दहरुमा उन्नुभएको रहेछ । साह्रै मन छुने हजुरको यो प्रस्तुती अनि सिर्जनाका लागि तम्सिएका ती औलाहरुलाई अझ सशक्त रुपमा चलाऊनुस् । कलमका ती टुप्पाहरुबाट सिर्जनाका नौला कथाहरु अझै प्रस्फुटित हुँदै जाओस् । यसरी नै साहित्य जगतमा एउटा चम्किलो तारा भएर उदाउनुस्, हरपलको शुभकामना !!

    मणिकलाल घिसिङ

    ReplyDelete
  19. Thank u kb dai tapaiko lekh padhda afnu bidhayathi jivanko yad ayo ra mutuma bhakkano pardai pardai ra ankha bata asu jhardai jhardai lekh padhe, kasam dai maile dhanteko haina bigatka dinharulai samjhera yo man roirayo agadi ko nepkin paperle asu puchdai yo comment lekhdai chu la.dhera nepaliko katha betha ho yo.I wish to u for the further artical plz.

    Mahendra

    ReplyDelete
  20. Pathak barga ma mero pani Dhanyebad. Ma tehi lekh ko yeuta patra tehi BB RAI hun. Kb ra mero ta yestai yestai dherai athertha pida haru bajhiyeka chhan. Kb ko lekha ghau ko pida, paisa ko athartha athero pan ka kura ani afno barema yehi nirlajja lekhnu kasailai laj hola yethartha hamro tehi thiyo. Sochne lai ramro article lagla yesta dherrai dherai real article haru aaudai chha pratiksha garnu hola.

    BB RAI
    Newcastle Pacific Ocean

    ReplyDelete
  21. Sachai maan chun....prastuti KB ji...Kati ramro rachana padna paiyo... :)

    ReplyDelete
  22. hello there, how are you?
    would you mind to follow my blog?

    ReplyDelete
  23. hi k.b. aurule ta yeslai katha bhaneka rahe6n.hami ta sathma hurkeko best memoreal and real yar thanks for mail me.

    ReplyDelete