Suscribe via RSS

Saturday, July 04, 2009

हवन

|


Listen to Neelam Karki's Story 'Hawan' in RadioBachan.

आज को रेडियोवाचनमा पनि केही छोटा कथाहरु लिएर आएका छौँ । निलम कार्की ‘निहारिका’ को कथा संग्रह ‘हवन’ बाट अच्युत घिमिरे केही कथाहरु वाचन गर्दै हुनुहुन्छ भने प्रविधि मा साथ दिइरहनुभएको छ, अनिल मन्डर ले ।

‘हवन’ कथा संग्रह मा रहेका ४ वटा कथाहरु आज वाचन गरिँदैछ । 'खरिद बिक्रि', 'परिशिष्ट मृत्यु', 'हवन' र 'एकै मृत्यु का दुईरुप' गरि आज ४ वटा कथाहरु प्रशारण गरेका छौँ । सामाजिक यथार्थ र सामाजिक धरातलमा रहेर लेखिएका कथाहरु सबै यथार्थपरक छन् ।

खरिदबिक्रि कथामा बेचिएका चेलीहरु या भनौँ जबरजस्ति यौन पेशा मा संलग्न गराइएका चेलीहरु बारे लेखिएको छ । शरिरलाई मासु भन्दै कथा मा प्रयुक्त गरिएको छ । त्यस्तै परिशिष्ट मृत्युमा पनि बाँचुन्जेल कसैले नहेर्ने तर मरेपछि चाँहि सबैले हाइहाइ गर्ने प्रवृत्ति सत्य घटना भन्दै लेखिएको छ । अनि कथासंग्रहको शिर्ष कथा 'हवन' मा चाँहि सन्तानप्राप्तिका लागि एउटा पुरुष ले धेरै महिला बिबाह गरेको उल्लेख छ, 'हवन' शीर्षक ले नै धेरै भनिरहेको छ, कथा को बारेमा । 'एकै मृत्यु का दुईरुप' कथा ले चाँहि त्यही जनयुद्धकाल को तिता दिनहरु को स्मरण गराउँछ । एकै घरका दाजुभाइ, एउटा सिपाही भएर मरेको अर्को माओवादी कमान्डर भएर मरेको हृ‍दयविदारक घटनालाई कथा मा उतारिको छ । मुख्यत: कथामा प्रयुक्त शब्दहरुले हामीलाई नजाने कहाँकहाँ छोइरहेको हुन्छ ।

निलम कार्की 'निहारिका' को लेखाइ यथार्थलाई खोतल्दै गएको छ । अनि प्रत्येक कथाहरु को आफ्नै छुट्टै विशेषता छ । सामान्यत: समाज मा घट्नेगरेका विकृति, विसंगति तथा घरेलु हिंसा को वरिपरि रहेर कथाकारले कलम चलाउनुभएको छ । हुन त कथाकार को जिवन पनि कथा भन्दा कुनै कमि छैन, निलम जी ले आफ्नो बारेमा लेखेको कुरा पनि यहाँ अच्युत घिमिरे पढेर सुनाउनुहुँदैछ ।

-माथिको अडियो डाउनलोड गर्नुहोस् ।

5 प्रतिक्रिया:

Eternal said...

Really Really touching stories....and Achyut dai's reading is mindblowing....simply wonderful as per the story...and characters.....loved it thnks a lot

नेपालियन said...

निकै राम्रो लाग्यो हवन कथा। समसामयिक छ , सधै भइराख्ने नेपाली चेलीको पिडा।
अब छुट्टै प्रसंग दौंतरीमा ब्लगर भेला - यसबारेमा थप जनाकारीको लागी http://dautari.org/हेर्नुहोला साथै अन्य ब्लगर मित्रहरुलाइ पनि जानकारी गराउनुहोला।

Anuj Ghimire said...

You are doing awesome job sharing these programs. Looking forward for more of the stories.
God Bless You.

नेपालियन said...

निकै राम्रो लाग्यो हवन कथा। समसामयिक छ , सधै भइराख्ने नेपाली चेलीको पिडा।
अब छुट्टै प्रसंग दौंतरीमा ब्लगर भेला - यसबारेमा थप जनाकारीको लागी http://dautari.org/हेर्नुहोला साथै अन्य ब्लगर मित्रहरुलाइ पनि जानकारी गराउनुहोला।

Anuj Ghimire said...

You are doing awesome job sharing these programs. Looking forward for more of the stories.
God Bless You.

Hamro Circle Update

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^