चाहेर जून सकिँदैन एक्लै छुन

चाहेर जून सकिँदैन एक्लै छुन
गाह्रो रै’छ बसेर एक्लै रुन
कुनै पानी ले पनि नसक्ने रै’छ
यो मनको पिर व्यथा धुन

तिमी रुँदै गयौ मैले रुँदै तिम्रो हात छाडेँ
एउटै चाहना भएर पनि अन्त नै यात्रा मोडेँ
आफ्नैले लात हानेपछि यो छातिमा मूलबाटो खनाएँ
फूलले हान्दापनि काँडा भन्दा साह्रो दुख्ने बनाएँ
चाहेर जून…

भत्केको बाटो छुटेको यात्रा कति गाह्रो रै’छ हिँड्न
झरेको फूललाई कस्ले सक्छ र फेरी हाँगामा जोड्न
ढल्यो शितल छहारी सक्दिन म कुनै चौतारी बनाउँन
न सक्छु म तिम्रो यादहरुलाई आफ्नै चितामा जलाउन
चाहेर जून…

-के बि चाम्लिङ्ग राई
बाँस्बोटे, उदयपुर
हाल: अफगानिस्तान

7 comments :

  1. mukunda undestinedJune 23, 2009 at 7:58 AM

    aakar g...
    nice poem hai

    ReplyDelete
  2. के बि चाम्लिङ्ग राईजी
    तपाईंको लेख पढ्दा त कसैले तपाईंलाई साथ दिन छोडेको हो कि भन्ने पो लाग्यो मलाई त, हेर्नुस् यो जिन्दगी नै यस्तै छ यहाँ एक्लै जन्मिन्छ अनी मर्नु पनि एक्लै पर्छ । त्यसैले साथ कसैले छाड्यो भनेर निरास नहुनु ।

    ReplyDelete
  3. Really heart touching expression KB Chamling Ji...
    Tragedy bhaye pani bhawana ko gahiraima dubera poem lekhnu bhayeko prastha huncha...tesaile dherai maan choyo hai...

    ReplyDelete
  4. दुखको कविता रहेछ ...राम्रै छ...

    ReplyDelete
  5. एउटै चाहना भएर पनि अन्त नै यात्रा मोड्ने आफै त रहेछ नि ! जसले आफै छातीमा मुलबाटो खनेछ र फुलले हान्दा पनि काडा भन्दा दुख्ने बनाएछ ! ओ हों, खै त छाडी जाने बैगुनी को दोष~! दोष जति सबै आफ्नै देख्छु म त !

    ReplyDelete
  6. विरही भावलाई साह्रै राम्रोसंग पस्किनुभयो चाम्लिङ्गजी! अरु पनि जाओस्।

    ReplyDelete
  7. एउटै चाहना भएर पनि अन्त नै यात्रा मोड्ने आफै त रहेछ नि ! जसले आफै छातीमा मुलबाटो खनेछ र फुलले हान्दा पनि काडा भन्दा दुख्ने बनाएछ ! ओ हों, खै त छाडी जाने बैगुनी को दोष~! दोष जति सबै आफ्नै देख्छु म त !

    ReplyDelete