Suscribe via RSS

Saturday, June 20, 2009

झोला

|


Listen to Krishna Dharabasi's Story Jhola in RadioBachan.

आज को रेडियोवाचन मा लिएर आएका छौँ, कृष्ण धारावासी को झोला कथासंग्रह बाट ‘झोला’ शिर्षक को कथा । वाचन गर्दैहुनुहुन्छ अच्युत घिमिरे भने प्रविधिमा राम श्रेष्ठ हुनुहुन्छ । २०६० मा प्रकाशित झोला कथा संग्रह मा रहेको कथा ‘झोला’ वाचन गरिँदैछ ।

कथा मा, कथाकार धारावासी आफैँ उपस्थित भएकाछन् । घरमा झुण्ड्याइराखेको झोला मा कुनै अपरिचित ले ल्याइएको पत्र रहेछ, लेखक त्यही पत्र पढेर यहाँ सुनाउँदैछन् । कथामा कथाकार ले आफ्नो घरको परिवेश को पनि वर्णन गर्दैछन्, श्रीमती, आमा, छोरा सबैछन् कथा मा । त्यो अपरिचितको पत्र लेखक हामीलाई सुनाउँदैछन् ।

त्यो पत्र मा लेखिएको छ । मेरी आमा को सानैमा बिहे भयो, मेरो बुबा सँग । बुबाको यो दोश्रो बिहे थियो, आफूभन्दा ४० वर्ष कम उमेर की केटी सँग मेरो बुबाको बिहे भएको थियो । म ११ वर्ष को थिँए । एकदिन, बुबा को मृत्यु भयो, मेरी आमा सती जानुपर्ने भयो । म उहाँ सती होइन भन्छु, बुबाले सती नजानु भनेको कुरा सबैलाई सुनाउँछु तर मेरो कुरा कसैले सुन्न चाहेनन् । सबै भन्छन्, अब यिनी सती भइसकिन् । आमा एकहोरो हुनु भयो, नारीहरु सबै मेरी आमालाई र मलाई सहानुभुतीको नजरले हेरिरहेकाथिए । त्यहाँ उपस्थित नारीहरु आफ्ना श्रीमान का आँखामा आफ्नो आयु खोजिरहेका थिए । सबैजना सती बिधि गर्न व्यस्त थिए, मेरो कुरा कसैले सुनेन, मेरी आमालाई जिउँदै जलाउने भए, सती को नाम मा । लाश लिएर मलामी घाटतिर लागे, आमालाई श्रृंगार गराएर लाश सँगै हिँडाए । तमोर नदि को घाटमा बाहुन सती बिधि गर्न थाले, बिधि पुरा भएपछि, मेरी आमालाई चिता माथि राखे, अनि आमा को काखमा मेरो बाबुको टाउको राखियो, ठूल्दाजुले चिता मा आगो लगाउनुभयो । यसरी मेरी आमा लाई मेरो मरेको बाबुसँगै जिउँदै जलाएर खरानि बनाए, अब म टुहुरो भएँ ।

दिनहरु बित्दै थिए, म दिनहुँ गाईवस्तु चराउन जान्थेँ, एक दिन अचानक मैले मेरी आमालाई जंगलमा भेटेँ । जलाइसकेकी मेरी आमा कसरी जिउँदै भइन्... यदी यसकथा को पात्र ले आफ्नी आमालाई भेटेकै भएपनि, के त्यो समाज ले उनको आमालाई बाँच्न देला त ? सती गइसकेकी आइमाईलाई कसैले घरमा आश्रय देलान् त ? जलेर खरानी भइसकेको मान्छे, जिवित हुन सक्ला त ? जवाफ को लागि तपाईले यो रेडियोवाचन को पुरै अंक सुन्नुपर्नेछ ।

धारावासी का कथाहरुमा नारीवादी दृष्टिकोण पाइने गरिएको छ । यस कथामा सतिप्रथा को चर्चा गरिएको छ, अनि सतिप्रथा को उन्मुलन गर्ने श्री ३ चन्द्रशमशेर को पनि सम्झना गरिएको छ । एउटा कारुणिक र दर्दानाक कालखण्ड को याद यो कथाले गराउँछ । सती को नाम मा जिउँदै जल्नुपर्दा को पिडा यसकथाले प्रस्तुत गरेको छ । जिउँदै जल्नुपर्दा को जस्तो पिडा अरु केही होला त ? म त सम्झिसम्झि झस्किन्छु, यस्तो प्रथा कसले चलाएछ, लोग्ने मरेपछि जिउँदै जल्नुपर्ने । अनि फेरी सोच्नपुग्छु, सतीहरु कसरी जिउँदै चिता मा बस्थे होलान्, उनीहरु को मनोदशा के हुन्थ्यो होला । सोच्दै जाने हो भने, यो दलदल मा फस्दैँ गइन्छ ।

हुन त अहिले सतिप्रथा उन्मुलन भइसकेको छ तर पनि यस्तै किसिमका रुढिवादी चलनहरु नेपाल का कुनाकानी मा अझै व्याप्त छन्, संस्कारका नाउँमा । जेहोस्, सती प्रथा को उन्मुलन गर्ने श्री ३ चन्द्रशमशेर लाई हार्दिक धन्यवाद, उनले त्यो बेला पहल नगरेको भए थाहा छैन, अझ कति नारीहरुले सति को नाउँमा जल्नुपर्थ्यो होला । सतीप्रथा को विषयवस्तु र सती को पिडा लेख्नुहुने, कृष्ण धारावासीलाई हार्दिक धन्यवाद ।

रेडियोवाचन का श्रृंखलाहरु उपलब्ध गराइदिनुहुने, कार्यक्रमका प्रस्तोता अच्युत घिमिरेलाई हार्दिक धन्यवाद अनि कार्यक्रम मा बजेका गित संगित का स्रष्टाहरुलाई पनि हार्दिक धन्यवाद । सम्भव भएसम्म, अर्को हप्ता यस्तै कुनै एक भाग को कथा लिएर, अच्युत घिमिरेका साथ रेडियोवाचनमा उपस्थित हुनेछौँ । स्मरण रहोस्, यी श्रृंखलाहरु केही समय पहिले रेडियो एचविसी एफएम बाट बजिसकेका छन् ।

मेरो कुरा:
पहिले भने अनुसार मैले, आज डा. वानीरा गिरी को उपन्यास ‘कारागार’ प्रशारण गर्नुपर्ने थियो । ‘कारागार’ प्रशारण को लागि तयार पनि थियो तर अब म सायद एक डेढ महिना जति ब्लगमा नियमित हुनसक्दिन जस्तो लाग्यो । ढोकैमा आएको परीक्षा अनि त्यससँगै सुरु हुने विदा का कारण एक डेढ महिना जति ब्लग बाट टाढा भइन्छ जस्तो लाग्दैछ । अत: ‘कारागार’ को अंकहरु नियमित रुपमा प्रशारण गर्न सक्दिन जस्तो लाग्यो, अनि फेरी ती अंकहरु को प्रशारण मा नियमितता भएन भने, रेडियोवाचन खल्लो लाग्ने ठहर गर्दै, आज को लागि एक अंक मा सकिने धारावासी को कथा प्रशारण गरेको हुँ । अर्कोकुरा, रेगुलर नहुँदा नहुँदै पनि बिच बिचमा चाँहि उपस्थित हुन सक्छु है, अनि यहाँहरु का ब्लगहरु पनि चहार्दै गरौँला । सम्भव भएसम्म, अर्को साता पनि यस्तै एक अंक को कथा लिएर उपस्थित हुनेछौँ । अत: म यहीँ बाट, केही महिना ब्लगमा रेगुलर नभइने जानकारी गराउँदै विदा भए हैँ त ।

-माथिको अडियो डाउनलोड गर्नुहोस् ।

15 प्रतिक्रिया:

Sweta said...

This is such an nice story. Really aja Chandra Shumsher le testo nagareka bhaye...k hune thiyo hola....aja samma kati nari haruko tesari bali chadeko cha....
But sochda...yo physical rup ma thiyo...but mentally...kati nari haru sati gayeko chan kunni ?

Anyways....thnks for this story...really wonderful...

Sujan Sharma said...

Thank you, Aakar ji & Achut Ji.

casa da poesia said...

"sangham saranam gacchami"

Kishor said...

In fact I have already listened this story in the FM before, but enjoyed listening to it again here..
Thanx for posting.. :)

Milan said...

यो कथा मलाई सबभन्दा मन परेको कथा मध्ये एक हो | आकार जीलाइ धन्यबाद छ है !

तर धराबासीको यो कथा संग्रहका अरु कथाहरु भने खासै राम्रा छैनन ..

chudamani said...

आकारजी कृष्णदाइ आफू धाराबासी नभएको र धराबासी चाहीं भएको भन्नुहुन्छ "आफ्नै उपनामको चर्चा" शीर्षक निबन्धमा | तर हरेकले अनुमान गर्ने भनेको भने धाराबासी नै हो | यो कुरा त्यहीं निबन्धमा पनि चर्चा भएको छ |
रेडियो वाचन राखेर धेरै राम्रो गर्नु भएको छ | कामबाट थाकेर आउँदा "पेन किलर" भएको छ यो |
धन्यवाद |

Ujjwol said...

The hindi background music/song during telling story is so irritating and painful for ears.Arghhhhhhhhhh!!!!!!
Story and recording is nice.
What a great issue ? There was many bad things on the name of tradition. This is one of them.
Chandra Shumsher did a great job...

Anonymous said...

aakar ji thank you for this one."radha" pani rakhnus na please?

Aakar said...

Dear Visitor,
will be podcasting Radha soon.Just wait few weeks.

Regards,
aakar

Anonymous said...

Thank you, Aakar ji & Achut Ji.

Joshi Sarthak said...

thanks for the audio...

Narayan Gaire said...

Thanks Achyutjee & Aaakarjee. I have already listened this story before 8-10 years ago in Swar Sangam programm in Radio Nepal by Nawaraj Lamshal. I wanted to listen again and my wish is fulfilled again. Thanks for sharing. Its very very nice.

Narayan Gaire said...

Thanks Achyutjee & Aaakarjee. I have already listened this story before 8-10 years ago in Swar Sangam programm in Radio Nepal by Nawaraj Lamshal. I wanted to listen again and my wish is fulfilled again. Thanks for sharing. Its very very nice.

Joshi Sarthak said...

thanks for the audio...

Anonymous said...

aakar ji thank you for this one."radha" pani rakhnus na please?

Hamro Circle Update

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^