प्रवृत्ति

विगत केही दिन यता, म भिन्नै महशुस गर्दैछु, निसास्सिएको जस्तो गुम्सिएको जस्तो । त्यो भन्दा बढि हिन भावना ले सताइरहेछ । म मष्तिष्क ले भन्दा मन ले सोच्ने भएको छु, अनि मन ले सोच्दा धेरै नै गल्तिहरु हुने रहेछन्, धेरै नै हिन भावनाहरु आउँदारहेछन् ।

मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन !


म के गरौँ, कसो गरौँ साह्रै अलमल र दुविधमा परेको छु । म धेरै रिसाउनथालेको छु, झ्वाट्ट रिस उठ्न थालेको छ अनि बुझ्दैछु हानी आफैँलाई नै भइरहेको छ । यहाँ कोही के भन्छन् कोही के, अनेक अर्थ छन् सबैका । मेरो कुरा सुन्नेहरु, सुनेर पनि बुझ्दैनन् या बुझ्नचाहँदैनन् । या म नै कुरा बुझाउन नसक्ने भएको हुँ कि जस्तो पनि लाग्छ । कुरा त हो पनि, अनि आफूले गरेका हरेक कुरा ठिक छ भन्ने ठान्छु , म अलि अल्प कुरा गर्छु, कुरा पुरा हुन पाउँदैन अनि त्यसैको धेरै अर्थ निकाल्छन्, मान्छेहरु । पुरै कुरा भन्न नसक्नु मा मेरो गल्ति हो या, आधि कुरा मात्र सुनेर अरु अर्थ लगाउनेहरु या सुनेर पनि सुन्न नचाहने र बुझेर पनि बुझ्न नचाहनेहरुले गर्दा यसो भएको त हैन ।

जब जब यस्ता हिन भावनाहरु ले सताउन थाल्छन् म प्राय: नन्द हाङ्खिम ले एकाङ्की "वास" मा लेखेको कुरा (“मलाई आजकल यस्तो लाग्दैछ कि, म कुनै अनजान सभ्यताको एउटा भग्नावशेषमा बाँचेको बेमहत्व को सालिक हुँ, आकार रुपरहित शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन !”)सम्झन पुग्छु । अनि लाग्छ सायद मेरै लागि लेखिएको होला । सायद आफ्नै स्वभाव कस्तो छ, थाहा नपाएर पनि मैले आफ्नो मुल्याङ्कन गर्न नसकेको हुँला ।

यो कस्तो परिस्थितिमा म आइपुगेको छु, आफैँलाई थाहा छैन । मात्र लाग्छ नन्द हाङ्खिमले भनेजस्तै म एउटा कुनै शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन !

मलाई पनि थाहा छ यसो हुँदै छ भनेर, अनि यो पनि थाहा छ म जे गर्दैछु र सोच्दैछु, धेरै नराम्रो सोच्दैछु । अनि आफैँ यसको उपचार के होला भनेर पनि खोज्दैछु । तर यहाँ फेरी धेरै अर्थ लाग्ला, धेरै सोच्नु पनि हुँदैन । धेरै सोच्नु हुँदैन भन्दै, म आफैँ धेरै सोच्ने भएको छु, कुरा बुझाउन खोज्छु तर त्यो कुरा नै अपुरो रहिदिन्छ । सायद, अब मैले आफ्नो टाउको भित्ता मा ठोक्काउनु बाहेक कुनै विकल्प छैन । यहाँ सुनेर बुझिदिने र एकैछिन भएपनि गन्थन सुनिदिने श्रोता को कमि भएको महशुस हुन्छ, कहिँलेकाँहि ।

मेरो दिमाग बोधो भएको छ, म आफैँ अलमल मा परेको छु, छक्क परेको छु, आफ्नै बानी देखेर आफैँमाथि हाँस उठ्छ, आफैँमाथि रिस उठ्छ किनकी म हिजोआज राम्रो भन्दा नराम्रो कुरा धेरै सोच्ने भएको छु । नराम्रो कुरा मा दिमाग घुम्ने गरेको छ, अनि मेरो कुरा कसैले सुनिदिन्छन्, समाधान को साँचो हातमा थमाइदिन्छन् भन्ने झुठो आश लिइरहेको हुन्छु । तर मेरा आशहरु निराशामा बदलिन्छन्, मन कुँडिन्छ जब कसैले कुरा बुझेर पनि बुझ्न चाँहदैन, पुरै कुरा सुन्न चाँहदैनन्, अनि आफ्नो निचोड सुनाउँछन् । टेन्सन सबैको आ-आफ्नै, तपाई पनि छक्क पर्दैहुनुहोला, यसको गन्थन किन पढ्दैछु भनेर । लेख्दिन भन्दा पनि नलेखिरहन सकिन, धेरै गुम्सिएँ भने केही नराम्रो होला कि, झन् धेरै नराम्रो सोचिएला कि भन्ने जस्तो लाग्यो । आफैँ देखि आफैँ डराएर भागेको जस्तो लागिरहेको छ, मन विचलित भएको छ, हिनताबोधि भावना उर्लेर आएको छ, मनोवैज्ञानिक त्रास लागिरहेको छ ।

मनोवैज्ञानिक रोग को शिकार त म भएको छैन जस्तो लाग्छ । आँफैलाई धिक्कार लाग्छ मैले, विश्वास गरेर पनि विश्वास गर्न नसकेको जस्तो, कुरा बुझाउन खोजेर पनि बुझाउन नसकेको जस्तो । सबै कुरा थाहा हुँदा हुँदै पनि, अनि धेरै विश्वास लाग्दा लाग्दै पनि म झस्किरहेको छु, तर किन झस्किरहेको छु, आफैँलाई थाहा छैन । अनि यहि कुरा भनेँ भने, फेरी अर्को कुरा सुरु हुन्छ, किन विश्वास लाग्दैन, भनेर । तर म भन्छु, विश्वास अधिक लाग्छ, यति धेरै लाग्छ कि भनेर साध्य छैन । अनि फेरी आफूलाई हिन भावना ले सताउन थालेपछि, म आफूलाई सम्हाल्न नसक्ने हुन्छु । अनि कसैले कुरा सुनिदेला भनेर प्रतिक्षारत रहन्छु, तर कुरा आधि मात्र हुन्छ । न मैले बुझाउन सक्ने न अरु ले बुझ्न सक्ने। अनि फेरी अर्को कुरा सुरु हुन्छ यसकै कारण ले, अनि म आफैँलाई भासमा भासिइरहेको जस्तो लाग्छ, सारा संसार अन्धकार भएको जस्तो लाग्छ ।

आखिर यो हिनमनोवृति बाट म छुटकारा पाउन खोजिरहेको छु, जहाँसम्म मलाई लाग्छ म नराम्रो मान्छे पक्कै होइन तर पनि मेरो व्यवहार आफैँलाई अनौठो लाग्न थालेको छ । म धेरै रिसाहा भएको छु, विनाकाम र अत्यन्तै फितलो कुरा मा पनि म वादविवाद गर्ने भएको छु, मलाई जसैगरि पनि जित्नै पर्ने भएको छ । यस्तो हिनभावना ले सताउँदै गर्दा लाग्छ, कतै म मेरा साथिहरु त गुमाइरहेको छैन ? म मान्छेहरु को भिडमा एक्लो भएको त छैन ? म धेरै नै निराशावादी भएको त हैन ? मैले चाहिने भन्दा बढि, सोचिरहेको त छैन ? म किन कोही व्यक्ति विशेष माथि हावि बन्न खोजिरहेको छु ? खासमा हिन भावन किन उब्जिरहेको छ ? मलाई यो मन पर्ने, त्यो मन नपर्ने भएको छ, अनि म अरुलाई पनि किन म जस्तै बनाउन खोज्दै छु ? मलाई मन पर्ने सबैकुरा के अरुलाई मन पर्नुपर्छ भन्ने हुन्छ र ? अथवा भनौँ मलाई नराम्रो लाग्ने कुरा अरुलाई पनि नराम्रो लाग्नुपर्छ भन्ने छ र ? म सोच्न नसक्ने भएको छु । यहाँ पनि म भन्न चाहेर पनि भन्न सकिरहेको छैन । कारण म भन्न सक्दिन । तर म मेरो प्रवृति किन यस्तो भएको होला भनेर सोचमग्न छु । यसको चुरो कुरा मा पुगेर, निदान भेट्टाएँ भने यहाँहरु लाई त्यतिखेर त्यो कुरा पनि बाँडौँला । अहिलेलाई म यही हिनमनोवृत्ति बाट छुटकारा पाउन यसैको उपचार खोज्न हिँडे है त !

23 comments :

  1. कहिलेकाहीँ यस्तो हुनु स्वाभाविक हो आकार भाइ! तर आत्तिनु हुँदैन। आफूले विश्वाश गर्न सक्ने र मनका कुरा खोल्न सक्ने कसैसंग सल्लाह लिँदा हुन्छ। कहिलेकाहीँ आफ्ना कुराहरु, कुण्ठा, निराशा कसैले पूरै सुनिदियो भनेपनि धेरै कुरा ठीक हुँदै आऊँछ।

    ReplyDelete
  2. आकारजी, मलाई त यस्तो लाग्छ- यसतो अवस्था आउनु कुनै रोग र हाम्रो कमजोरी नभई हाम्रो 'मन'हुनुकै दोष हो । यो मन जोसुकैसँग हुँदैन आजकाल । भावुकता र संवेदनशीलता हाम्रो कमजोरी भइदिन्छ । संसारमा हरेक मान्छे (फुटपाथदेखि महलका) जीवनमा एक न एकचोटि या धेरैचोटि यस्तो भावदशामा आफूलाई डुबेर खत्तम भइसकेको हनुभव गर्छन् । सबैजना बेलाबेलामा हतासापनबाट गुज्रिन्छन्, यसमा शङ्कै छैन । तपाईँ मात्र एक्लो होइन । तपाईँले लेख्‍नुभएका यी कुराहरूमा तपाईँले विवेकको स्तरबाट सबै कुरा बुझे पनि (खासमा समस्या र समाधान तपाईँ आफैँले यो लेखोटमा पैल्याइसक्नुभएको देखेँ मैले)अनुभूति र मनको स्तरले त्यो बुझ्न मानिरहेको छैन । (मनलाई पूरा काबुमा ल्याउन त ध्यान-ज्ञामकै कठिन संसारमा जानुपर्छ, त्यो अर्को कुरा हो ।) तर तपाईँको यस्तो मानवसुलभ भावना धेरै समयको उथलपुथलभन्दा पनि अल्पकालीन समस्या हो, टरेर गइहाल्छ आशा गर्नुस् ।

    तपाईँ र मेरो समस्यालाई समरूपमा राखेर हेरेँ मैले, म पनि हीनताबोध, निराशा र आकुलव्याकुलले नराम्रोगरी पराजित भएर मनको कोठाभरि उकुसमुकुस भइरहन्छु । तपाईँले भन्नुभए जस्तै यस्तो बेला आफ्नो कुरालाई कसैले बढ्ता महत्व देओस् भन्ने भाव जाग्छ, कोही पक्का स्रोता साथी भइदेओस् छेउमा भन्ने लोभ लाग्छ । अनि आफ्नै कुरा सर्वेसर्वा लाग्छ, आफूलाई नै मुख्य ठानिदिए हुन्थ्यो भन्ने । समग्रमा भन्दा Extra care को अपेक्षामा हामी हुन्छौँ । तर यो त नहुनुपर्ने नै सोच हो । किनभने अस्तित्वको आ-आफ्नै दृष्‍टि र ठाउँमा आफ्नो अर्थ र महत्ता हुन्छ, तपाईँले कसैले (यही प्यारो,प्यारी मान्छे भन्ने छ भने पनि)बढ्ता ध्यान देओस्, हीन भावना हटाउन सत्सङ्ग देओस्, शून्यता हटाइदेओस् भन्ने सोच्नुहुन्छ, तपाईँको हिसाबमा त्यो आवश्यक र स्वाभाविक हुन्छ, तर त्यो मान्छेको पनि आफ्नै चाहना, स्वतन्त्रता र अलग संसार छ। पाईँका जस्तै भावहरू छन् । अब कसले कसको केयर गरेर, कम्पनी दिएर साध्य !? यसर्थ जति नै आन्तरिक भुइँचालो आए पनि आफैँले सम्हाल्नु छ आफूलाई, आफैँले हीनताको जरो उखेल्नु छ ।

    मैले के-कति बुझेँ-बुझिनँ, अझ समस्या पो थपेँ कि ? अन्यथा भएमा माफ पाऊँ आकारजी ।

    ReplyDelete
  3. I am feeling hurt....really ...after reading this feels like....being so close...to you I am so far...and this post made me even more far than you....

    ReplyDelete
  4. के भयो त यार तिमीलाई त्यस्तो ???

    ReplyDelete
  5. केहि दिन अगाडि एउटा आर्टिकल मेरो ईमेलमा फर्वार्ड भएर आएको थीयो:
    "Life is not a bed of roses, then is life a bed of thorns?” भन्ने ।
    सबैले गज्जब छ भन्थे, मैले भने टाईटल नै गलत भएकोले पढ्दै पढींन । जिन्दगीलाई ‘गुलाफ’ कि ‘काँडा’ भनेर छुट्ट्याउन खोज्नु नै गलत हो । किनकी गुलाफ भएको ठाउँमा काँडा त हुन्छ नै । जिन्दगी गुलाफ हो कि काँडा हो भनेर विबेचना गर्नु नै गलत हो, किनकि यो दुबैको जोड हो ।

    कसले भनेको हो अहिले याद आएन, तर तपाईको पोष्ट पढेपछि अर्को एउटा कोटेशन पनि सम्झें
    "There is nothing called a permanent problem, its only a challenge or an opportunity to learn"
    जिवनमा समस्या नआउने हैनन, --सबैलाई आउँछन--अनी जे आउँछ, त्यो जान्छ पनि ।

    No one is in control of your happiness but you; therefore, you have the power to change anything about yourself or your life that you want to change.
    -Barbara De Angelis

    ReplyDelete
  6. After reading your post, I feel that you are suffering from emotional problems, which is now common among youths like us in the society like ours. There are many problems that we can't share, in fact we can't make others understand what we feel. It is complicated. There are social, cultural and emotional barriers, which is creating troubles for young people in society.
    Think Positive, we think that whatever we think is right and we only know the truth. But remember truth doesn't exist in itself, it lies in the method. The truth for you may not be the same for others. So don't care abt what other think about you.
    Another important method is 'Self Counseling'. You can use ur own experiences and knowledge to counsel urself, remember it helps a lot. I'm just sharing some of my experiences, don't think it otherwise. Remember nobody in this world has that magical key to happiness, it comes from inside. Self-help is the best help. :)

    ReplyDelete
  7. आकार ब्रो, माथि साथीहरुले भनिसक्नु भो एस्ता भावना सामान्य हुन सबैलाई हुन्छ तर लामो समय टेन्सन हुन्छ र नोर्मल खाना निद्रा र दैनीकी मा बाधा पुग्छ भने मनोबैज्ञानीक सल्लाह लिनुस्

    ReplyDelete
  8. अनि आकार ब्रो को अग्यात मित्र जी, तपाईं किन hurt हुनुभाको... जीवन यस्तै हुन्छ..हाम्रो सबै भन्दा ठुलो कमजोरी जे कुरामा पनि चिन्ता गर्ने बानी हो...

    no matter what, life goes on...

    ReplyDelete
  9. I can feel what you are going through. I must say surrounding is the main problem. While I read I think you are again...moving away from the problem rather than solving it. You have the power to throw out the feelings that hurts you..You just throw out this...feeling...that u can't be understood....Here I am.....I remember the lines you told yesterday....
    You are feeling insecure...you are denying your feelings. Friends, society, family...you are fearing.......I can excatly feel this...
    Kishor is exactly right that you are moving through...emotional crisis.....this happens.. and its normal when you are in such a situation ...
    Previously, I was feeling that I am responsible for all this...I was thinking that this post is directed towards me....I was fleeing...Right ?
    But here I say...I am always wid you....ever and forever...Here my ears are ready to listen...you...here I am...to help you in every step....My dearest friend....

    Ekalkate dai, Hurt hunu ali kasto kasto lagera ho...

    ReplyDelete
  10. कहिले काहि यस्ता समस्याहरु आउनु स्वभाबिक जस्तो लाग्छ मलाई (आफ्नो अनुभवमा)तर त्यसरि निराशको बादलाई फैलाएर मनस्थिति कमजोर हुन दिनु हुदैन जस्तो लाग्छ आकार जी । भनिन्छ नि- सम्हालिन्छ कहिले मन, कहिले त्यसै अतालिदिन्छ । आसा छ छिटै यो कुराबाट छुटकारा पाउनुहुनेछ ।

    ReplyDelete
  11. ...Well hard times...Anil ? We sometimes...fall in such things.....and situation...BUT we also have got some power to handle all this. The power lies in you.....
    I remember this son g by Mariah Carey
    There's a hero if you look
    inside your heart...
    you don't have to be
    afraid of what you are...
    ....so when you feel like
    hope is gone
    look inside you
    and be strong
    And you'll finally see the truth
    "THAT A HERO LIES IN YOU "

    ReplyDelete
  12. आकार जी
    "म एउटा कुनै शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! "
    यस्तो भावना कुनै कुनै न बेला शायद हामी सबैले महशुश गरेका हुन्छौं, यस्तो सोचाइ हिनताको सूचक मात्र होइन यसभित्र आत्म र अस्तित्वको खोजी लुकेको छ । एकपक्षीय अर्थ लगाएर बारंबार एउटै कुरामा नअल्झिई हरेक प्रवृत्तिलाइ सकारात्मक दृष्टिले हेर्न सकियो भने तपाइको मनका तरंगहरु कुनै समस्या हैन, यी केवल मानवीय स्वभाव हुन्, समस्याकै रुपले बढ्न खोजे भने पनि लेखोट भित्रको तपाइँको विश्लेषणात्मक विचारहरु आफै समाधान हुन् । मेरो कामना -उपचार छिट्टै भेट्नुस र हास्दै फर्कनुस .......:)

    ReplyDelete
  13. यहाँहरु को अमुल्य सुझाव, सल्लाह र हौसला को लागि हार्दिक धन्यवाद ! लाग्दैछ, मैले यसको निदान को बाटो देख्दैछु । सायद, अब म नर्मल हुने प्रक्रिया मा छु । अनि मेरो पोष्ट ले मेरी साथी को चित्त दुखेकोमा सरी भन्न पनि चाहन्छु, र यहिँ बाट भन्छु अब म यस्तो हिन भावना ले ग्रस्त भएर बस्नेछैन ! म यसको निदान मा लागेँ है ! :)

    ReplyDelete
  14. मैले भन्न आँटेको धेरै कुरा माथी साथीहरुले भनिसक्नु भएछ ।

    "Impossible, it self consists I M Possible. "

    "Arrow goes forward only after pulling in to backward. Bullet goes forward only after pressing the trigger backward. Every human being will get happy only after facing the difficulties in their life path… So do not afraid to face your difficulties. They will push you forward."

    “Life can give you a hundred reasons to cry, But you can give life a thousand reasons to smile”

    ReplyDelete
  15. Hehe....

    Chitta dukhya jasto matra bha ho...bujhera bichar garda...chitta dukhena....hehe Sorry bhannu pardaina ni dear....

    ReplyDelete
  16. आकर जी मैले बुझे तपाईंको कुरा । यस्तो भावना मलाई पनि आएको थियो केही समय अगाडि । एही भावना आएको कारणले मैले केही समय ब्लग नै चलाऊन छाडे । पोस्ट गर्न मन नै लाग्दैनथ्यो न त कमेन्ट गर्न नै । अरुको ब्लग पोस्ट पढेर मनमा कमेन्ट आए पनि खै के हुन्थ्यो लेख्न मनै लाग्दैनथ्यो । यो त ब्लग को मात्रै कुरा हो आकर जी । अरु काम म पनि तेस्ताइ हो केही पनि गर्न मन नलाग्ने, मानिसहरु नगिकै आएर बस्दा समेत झर्को लग्ने, कसैले केही बोल्दा पनि बिनकारण् रिस उठ्ने, गर्थ्यो ।

    एक त यो बेला नै तेस्ताइ हो । अनी आफुले गरेको काम सफल भएन भने पनि युबा अवस्थामा छिट्टै निरशाको भाव आउछ, भबिस्यको चिन्ताले सताउछ । जबकी थाहा छ त्यो चिन्ता आउनु पर्ने कुनै कारण नै छैन । तै पनि सताउछ । म के गर्न सक्छु र ? भन्ने भाव आउछ ।यस्तो समस्या धेरै पटक आउछ र कन्ट्रोल भएन भने चै केही गर्नु पर्छ | सबै कुरा मन नै हो मनलाई कन्ट्रोल गर्न कोशीस गर्नुहोस् |

    ReplyDelete
  17. ढिलो आएछु यता - ठ्याक्क यौटा अवस्थालाई मात्र हेरेर के को पो निचोड निस्कन्छ र ? त्यसको अगाडी र त्यसको पछाडीलाई पनि समेट्ने हो भने तपाईंको अवस्था त्यही रहँदैन भन्नेमा विश्वास गर्छु म । 'सँधै चिन्तित रहु तब तिमीलाई कुनै चिन्ताले सताउन सक्नेछैन ' भन्ने पनि मान्छु म । त्यसैले Take it easy.

    ReplyDelete
  18. यहाँहरु को अमुल्य सुझाव, सल्लाह र हौसला को लागि हार्दिक धन्यवाद ! लाग्दैछ, मैले यसको निदान को बाटो देख्दैछु । सायद, अब म नर्मल हुने प्रक्रिया मा छु । अनि मेरो पोष्ट ले मेरी साथी को चित्त दुखेकोमा सरी भन्न पनि चाहन्छु, र यहिँ बाट भन्छु अब म यस्तो हिन भावना ले ग्रस्त भएर बस्नेछैन ! म यसको निदान मा लागेँ है ! :)

    ReplyDelete
  19. आकार जी
    "म एउटा कुनै शिलालेख हुँ, जसलाई कसैले पढ्न सक्दैन, बुझ्न सक्दैन, बुझेर पनि महत्व रहँदैन.... सायद म केही पनि होइन, केही होइन ! "
    यस्तो भावना कुनै कुनै न बेला शायद हामी सबैले महशुश गरेका हुन्छौं, यस्तो सोचाइ हिनताको सूचक मात्र होइन यसभित्र आत्म र अस्तित्वको खोजी लुकेको छ । एकपक्षीय अर्थ लगाएर बारंबार एउटै कुरामा नअल्झिई हरेक प्रवृत्तिलाइ सकारात्मक दृष्टिले हेर्न सकियो भने तपाइको मनका तरंगहरु कुनै समस्या हैन, यी केवल मानवीय स्वभाव हुन्, समस्याकै रुपले बढ्न खोजे भने पनि लेखोट भित्रको तपाइँको विश्लेषणात्मक विचारहरु आफै समाधान हुन् । मेरो कामना -उपचार छिट्टै भेट्नुस र हास्दै फर्कनुस .......:)

    ReplyDelete
  20. अनि आकार ब्रो को अग्यात मित्र जी, तपाईं किन hurt हुनुभाको... जीवन यस्तै हुन्छ..हाम्रो सबै भन्दा ठुलो कमजोरी जे कुरामा पनि चिन्ता गर्ने बानी हो...

    no matter what, life goes on...

    ReplyDelete
  21. After reading your post, I feel that you are suffering from emotional problems, which is now common among youths like us in the society like ours. There are many problems that we can't share, in fact we can't make others understand what we feel. It is complicated. There are social, cultural and emotional barriers, which is creating troubles for young people in society.
    Think Positive, we think that whatever we think is right and we only know the truth. But remember truth doesn't exist in itself, it lies in the method. The truth for you may not be the same for others. So don't care abt what other think about you.
    Another important method is 'Self Counseling'. You can use ur own experiences and knowledge to counsel urself, remember it helps a lot. I'm just sharing some of my experiences, don't think it otherwise. Remember nobody in this world has that magical key to happiness, it comes from inside. Self-help is the best help. :)

    ReplyDelete
  22. केहि दिन अगाडि एउटा आर्टिकल मेरो ईमेलमा फर्वार्ड भएर आएको थीयो:
    "Life is not a bed of roses, then is life a bed of thorns?” भन्ने ।
    सबैले गज्जब छ भन्थे, मैले भने टाईटल नै गलत भएकोले पढ्दै पढींन । जिन्दगीलाई ‘गुलाफ’ कि ‘काँडा’ भनेर छुट्ट्याउन खोज्नु नै गलत हो । किनकी गुलाफ भएको ठाउँमा काँडा त हुन्छ नै । जिन्दगी गुलाफ हो कि काँडा हो भनेर विबेचना गर्नु नै गलत हो, किनकि यो दुबैको जोड हो ।

    कसले भनेको हो अहिले याद आएन, तर तपाईको पोष्ट पढेपछि अर्को एउटा कोटेशन पनि सम्झें
    "There is nothing called a permanent problem, its only a challenge or an opportunity to learn"
    जिवनमा समस्या नआउने हैनन, --सबैलाई आउँछन--अनी जे आउँछ, त्यो जान्छ पनि ।

    No one is in control of your happiness but you; therefore, you have the power to change anything about yourself or your life that you want to change.
    -Barbara De Angelis

    ReplyDelete
  23. के भयो त यार तिमीलाई त्यस्तो ???

    ReplyDelete