म छोरी

म छोरी, म आइमाई जात, म नारी । आज म तृप्ती अनुभव गरिरहेको छु । मलाई लाग्छ आज मेरो जित भएको छ, आज म आनन्दले भरिपुर्ण छु । उ हेर, मेरी आमा चिच्याई चिच्याई रोइरहेकी छिन्, उता बुवा पनि त्यस्तै । साना साना भाइबहिनी चाँहि बुझ्दैनन्, यस्तो ठूलो कुरा । सायद तपाई को अनुमान मिल्न सक्छ… हो म अब यस संसार मा छैन, म मरिसेकेकी छु, हो म मरिसकेकी छु । हो, मैले आफूले आफैँलाई मृत्यु दिएकी छु र म यो गर्व को साथ बताउँदैछु । हो, मैले आत्महत्या गरेँ । अनि यही आत्महत्या को विषयमा धेरै प्रश्न उठिरहेकाछन्, मान्छेहरु कानेखुशी गर्दैछन् । त्यो छिमेकी आइमाई, उ हेर्नुस् खासखुस गर्दैछिन् । मेरो चरित्र मा दाग लगाउँदैछन्, म मा नभएको खोट र दाग पनि देखाउन खोज्दैछन् उनीहरु ।

समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप ।

मलाई पनि यस्तो लान्छना लाग्नु स्वभाविक हो । तर भित्री कुरा त कसलाई थाहा हुन्छ हैन र ? के हामी अरु को मन पढ्न सक्छौँ र ? धेरै के भन्नु तर मैले आफूलाई चाँहि मृत्यु दिँए । कम्ति गाह्रो भएन, यो निर्णय लिन मलाई । “People fight for freedom and people die for freedom”, यो वाक्य ले मलाई निकै छोएको थियो, आखिर स्वतन्त्रताको कुरा न उठ्यो (?)

आज शरीर बाट पनि, स्वतन्त्र भएको अनुभव गर्दैछु, उ हेर्नुस् मेरो शरीर माथि फूल चढाइदिँदैछन्… आमा त रुँदा, रुँदा मुर्छित हुन भएछ । विचरा मेरा साना भाइ बहिनी… उनीहरु को चाँहि माया लागिरहेको छ । बुवा पनि रोइरहनु भएको छ, हेर त हाम्रो घरमा कति भिड बढेको मान्छे को । स्थिति कस्तो खराब बनेको छ… उफ ! कस्तो नराम्रो परिस्थिति…

रोएको त म पनि थिँए, कसैले मेरो आशुँ पटक्कै देखेनन् । जब आँशु सकिन थाले, तब बोल्न पनि छाँडे, पागल जस्तै भौँतारिन पनि थालेँ । आत्महत्या रहर र बाध्यता दुवै बन्न पुगे । आज बल्ल मैले शान्ति पाएको छु, असिम आनन्द को अनुभुति भएको छ । आखिर म एउटा निर्णय गर्न त स्वतन्त्र भएँ…

याद आयो, Suicide Note त भुसुक्कै बिर्सेको । अब अरुले के भन्लान् भनेर यो नि लेखेको छु, अनि आफू चरित्रहिन नभएको कुरा बुझाउन खोजेको छु । तपाई यो पत्याउनुहुन्न भने पनि केही छैन तर सबैले गर्ने रित ‘फलो’ गरेकी छु… आखिर स्वन्त्रतालाई सावित गर्नै पर्‍यो । अलिकति बढि इमोशनल छ जस्तो लाग्यो तर पनि लेखेँ… अलिकति रोएँ पनि अनि अलिकति हाँसे पनि…

श्वास फेर्दैछु र फाल्दैछु,
अभिशापित जिवन अनयास बाँच्दैछु
मुल्य छैन यो जिवनको भनि, म किन जिउँदैछु
व्यर्थ जिवन जिउन संघर्ष किन गर्दैछु ।

भावनाहरु आउँथे होलान्
तर निशब्द म टोलाइरहेकी छु
बाँच्न मन छैन भनि म भन्दैछु
मृत्यु देखेर किन काँप्दैछु ।।

मृत्यु भयानक छ पक्कै पनि । ‘डर’ मृत्युको सबैलाई, तर मैले आफैँलाई मृत्यु दिँए । सबैले आत्महत्या गर्नेलाई काँतर भन्छन्, म उनीहरुलाई ‘साहसी’ भन्छु । एउटा कुरा ले म उनीहरुलाई आधार बनाएर आत्महत्या गर्दैछु र अर्कोकुरा, आत्महत्या चानचुन कुरा हुँदै होइन । आफ्नो जिवन… जुन जिवन विरलै पाइन्छ… अनि त्यो विरलै पाइने जिवनको अन्त्य आफैँले गर्नु कम्ति साहस को कुरा हो (?)

लाग्दैछ, छोरी भएर जन्मिनु ठूलो अभिशाप हो । जिवन जुन नारीबाट सुरु हुन्छ, त्यसैलाई, त्यही शरीर र आत्मालाई म, अभिशाप को संज्ञा दिइरहेकी छु ।

घरमा कुरा आयो, “उ इन्जिनियर रे, अमेरिकामा बस्छ रे, धनि, ह्‍यानसम, खान्दानी छ रे” । म २० भर्खर… दुई दशककी उमेर की… उसको उमेर थाहा भएन । भर्खर ब्याचलर पढ्दैछु, पढाइमा कहिले दोश्रो हुनु परेको छैन र ब्याइफ्रेन्ड नभएकी, हुन त प्रस्ताव नआएको होइन । सायद म कसैलाई प्रेम गर्छु कि जस्तो लाग्छ तर यो चाँहि पक्का थाहा छैन…Crush मात्र हुनसक्छ …

अब यति पढेको पनि कुनै अर्थ रहेन, किन भने विवाह मेरो लक्ष्य होइन । मेरो सपना हो धेरै पढ्ने र धेरै लेख्ने, केही गरेर देखाउने… तर विहे को कुरा ले सबैकुरा अस्तव्यस्त भयो । त्यसमा म त्यो केटा जसलाई म पलपल सराप्छु तर त्यसको केही दोष छैन । जिवन यति अस्तव्यस्त भयो कि मैले आफ्नो विकल्प को अगाडि मात्र एउटै बाटो देखेँ, त्यो हो ‘मृत्यु’ । मलाई के थाहा, ‘विजय मल्ल’ को “अनुराधा” को जस्तो परिस्थिति मेरो जिवन मा पनि आउँछ भनेर । फरक यति हो कि, “अनुराधा” ले अरुको हत्या गर्न अघि सरिन भने मैले आफ्नै स्वयम को !

पक्कै पनि छोरी हुनु अभिशाप बन्यो मलाई । छोरी भएकै कारण मलाई घरबाट पन्छाउन खोजिएको हो । मलाई पन्छाएपछि जिम्मेवारी पुरा हुने… म एउटा घाँडो, बर्डन मात्रै… कुनै अपरिचितलाई जिम्मा लगाएर उनीहरु मलाई पन्छाउन खोज्दैछन् । मलाई सँधै पाहुना को संज्ञा दिन्छन्, हो विवाह गर्नुपर्छ, बाँचेको भए गर्थेँ होला… तर आफैँ केही गर्न सक्षम भएपछि… कसैमाथि निर्भर भएर होइन, आफ्नै खुट्टा मा उभिनसक्ने भएर । तर यो २० वर्ष को उमेर मा हुनलागेको यो बिहे को म विरोध गर्छु । के मैले विरोध जनाइन होला त ? गरेँ नि, तर आखिर मेरो केही लागेन, म उनीहरुका अगाडि लाचार बनेँ । मलाई अहिले बिहे गर्ने इच्छा छैन, तर उनीहरुलाई जसरी भए पनि आफ्नो दायित्व पुरा गर्नु छ ।

मलाई लाग्छ, म मा मानविय संवेदना बाँकि छैन, त्यसैले मलाई आफू कुनै पालिएको जनावर जस्तो लाग्दैछ… भेडा बाख्रा जस्तो… बेला बेला मा चराउन लाने, घाँस हालेको खाने र ठूलो मोटो घाटो भएपछि बेचिने… र चुपचाप ‘कसाई’ सँग आफ्नो बलिदान को लागि जाने…

आफू त्यस्तै भएजस्तो लाग्छ । म न प्रतिकार गर्न सक्षम छु न त केही गर्न नै । विरोध गर्दा पनि नसुनिएको भएकोले, मेरो फेरी विरोध गर्ने क्षमता पनि भएन । तर पनि यत्ति चाँहि सोचेँ कि ‘कसाई’ को पछि लागेर जानुभन्दा, आफैँलाई मृत्यु दिने निर्णय गरेँ । अहिले नै विहे गर्नु,मेरा लागि मृत्यु समान हुनेछ र त्यो बाँचेर मर्नुभन्दा आत्महत्या धेरै सजिलो हुने हुँदा आत्महत्याको निर्णय लिएकी हुँ ।

लौ, जलाउने बेला भइसकेछ । सबैजना निकै रोइरहेकाछन् । यो नि एउटा नाटक नै रहेछ । बाँचुन्जेल केही कुरा नसुन्ने, केही परवाह नगर्ने… तर अहिले छाति पिटिपिटि रोइरहेकाछन् । लौ, जा मरिदिएँ म त… तर म हारिँन नि… मैले जिँते, मैले बिहे गरिन । आफ्नो मृत्यु को सन्तोष लिँदैछु । Old Man and Sea को कुरा याद आयो, ‘Man can die but can never be defeated’ । आज मैले मरेर पनि विजय प्राप्त गरेकी छु । भइन त म, विजयी ? म छोरी !!!

पुनश्च: आत्महत्या भन्ने कुरा सपनामा पनि सोच्नु हुँदैन । यति अमुल्य जिवन, कुनै पनि हालतमा खेर फाल्नुहुँदैन । तर कथामा, कसैको वास्तविकता मा डुबेर लेखिएकोले, धेरैलाई भ्रम पर्न सक्छ । भ्रम मा नपर्नुस् है ! - श्वेता

17 comments :

  1. खोइ के भन्ने श्‍वेता जीलाई ? गाली गर्नु कि त्यस्तो नकारात्मक कुरालाई बढावा दिने हो भन्दै । कि वाह यस्तो पनि प्रयोग भयो नेपाली कथासाहित्यमा भनेर स्याबासीको धाप दिनु ? अलमलियो मन । श्रीधर खनालको हास्यव्यङ्ग्यात्मक निबन्धकृति 'नमरी संसार देखिन्न' पढेको थिएँ, आफू मरेपछि आफन्तजन र वरिपरिका परिवेशले जनाएको प्रतिक्रियाप्रति म पात्रको बखान सारै चित्तबुझ्दो रूपमा प्रस्तुत गरिएको छ । त्यसैको झल्को दियो तपाईँको कथाले । कथाको हदसम्म यसको प्रस्तुति ठीकै छ, एउटा कला र प्रविधि देखिन्छ यसमा । । तर फेरि पादटिप्पणीमा 'कसैको वास्तविकतमा डुबेर लेखेको' भन्नुभएको छ। यसर्थ यो सामाजिक व्यथा पनि हो ।

    छोरी मान्छे आज कतिपय घरमा यस्तै आवाजहीन बाँचेका छन्, सन्तान को रूपमा जन्मिएर पनि तिनले सन्तानको हैसियत पाएका छैनन् । ती वस्तुभाउसरह अघोषित मोलमोलाइमा विरानो मान्छेको शरणमा पारिन्छन् । अचम्मको संस्कार ! आज हाम्रो समाजमा जता हेर्‍यो विसङ्गति र आवेगका लप्का मात्र छन्, जसको ज्वालामा यस्ता आत्महत्या सहजै स्वीकृत भइरहेछ । छोरीहरू त झन् घरमै असुरक्षित छन्, के कुरा गर्ने ? भावनात्मक पक्ष ख्याल नगर्ने घर घरभन्दा बढी त चिडियाखाना हो । यस्तो विकृत पाटोमा तपाईँको कथाले खुब काम गर्नेछ, यही आशा राखेको छु पाठकीय तवरबाट । अस्तु ।

    ReplyDelete
  2. मर्नु र बाँच्नु त आफ्नो इच्छा को कुरा हो ..अरु ले यसै गर भनेर कहाँ भन्न मिल्छ र ? तैपनि यसो बुझी हेर्दा मर्ने उपयुक्त कारण चाहिं मैले देखिन | मन लागेन भने गर्दिन भने भै हाल्यो नि !

    ReplyDelete
  3. ओहो...... ल है ढोगी दियेँ मैले त निहुरिएर...... अति नै राम्रो र गजबको शैली । अब ति हाम्रा पण्डितहरुले लेख्ने दिन ओरालो लागे जस्ता छन् । "समाजमा केटा ले आत्महत्या गर्‍यो भने, “टेन्सन” ले, या अरु कुनै वाहाना… अनि किशोरी केटी ले आत्महत्या गरी भने, ‘गर्भवति भएको’, कि ‘प्रेम मा धोका पाएको’ वा सिधै ‘चरित्रहिन’ भएको आरोप ।" - यो लाइनबाट नेपाली समाजको अति नै राम्रो चित्रण ।। "छोरीको जन्म, हारेको कर्म" सुनेपछि लेखेको हो यो ? कि धाराबासिको "राधा" पढेपछि ?

    ReplyDelete
  4. केहि प्रतिक्रिया लेख्नै आएन ।

    ReplyDelete
  5. हाम्रो समाजको कटु वास्तविकतालाई गज्जबसंग उतारेको छ कथाले। मिलनन भाइले भनेजस्तो विद्रोहको बाटो सबैभन्दा ठिक हुन्थ्यो होला तर त्यो बाटो सबैले लिनसक्ने सजिलो बाटो होईन।
    हाम्रो समाज अझै यस्तै छ, कथामा देखिएजस्तै, छोरीलाई "त्यसैले मलाई आफू कुनै पालिएको जनावर जस्तो लाग्दैछ… भेडा बाख्रा जस्तो… बेला बेला मा चराउन लाने, घाँस हालेको खाने र ठूलो मोटो घाटो भएपछि बेचिने… र चुपचाप ‘कसाई’ सँग आफ्नो बलिदान को लागि जाने…" अवश्थामै राखिएको छ अझै। यो समस्या 'शिक्षित' भनिने परिवारमा अझ बढी छ।

    ReplyDelete
  6. Nice, This is first time I'm reading you in Nepali I guess. Very strong message to the Society. But I agree with your end-note rather than story.
    Suicide is not the solution. It obviously takes lot of courage to end your life, but you can set a true courageous example by leading ur life against all odds. Like Thomas Edition said somewhere - 'Many of Life's failures are people who didn't realise how close they were when they gave up'..... :)

    ReplyDelete
  7. यो इज्जत भन्ने कुरा सब बकवास हो..ब्ल्याक्मेल् गर्ने हतियार हो.. अचेल त धेरै सजिलो छ तुलनत्मक रुपमा जे गरे पनि.. म सबै खासगरि केटी मान्छेहरुलाई फ्रन्सेली लेखिका सिमोन दे बुवार को सेकेन्ड सेक्स भन्ने किताब पढने सुझाब दिन्छु.. उनी अत्यन्त साहसि महिला थियिन..नेपालमा पनि छन धेरै साहसि महिलाहरु.. उन्ले आजीवन विवाह गरिनन.. धेरै आत्मबिश्वास पाउनु हुनेछ..सो किताब को नेपाली र हिन्दी अनुवाद पनि पाइछ... तर नेपाली अनुवाद भन्दा डा. कल्पना हो कि कसले हो अनुवाद गरेको हिन्दी अनुवादमा भावर्थ राम्रो छ.. नभये नेपाली अनुवाद अली गाह्रो र नमिलेको भएपनी पढे हुन्छ.. नेपाली मा पैरवी ले प्रकाशन गरेको छ.. नेट मा पनि पाईन्छ उन्को बारेमा..

    विकिपेदिआ एन्ट्री यहाँ छ

    http://en.wikipedia.org/wiki/Simone_de_Beauvoir

    ReplyDelete
  8. म तपाईंको लेख्ने शैली मन पर्‍यो। राम्रा कुराहरु उठाउनु भएको छ तर कता कता नकरात्मक कुरालाई सकारात्मक प्रमाण दिएर नजानिदो पाराले केही बढवा दिए जस्तो लाग्यो। नकरात्मक भए पनि सत्य चाँही हो है.
    सुन्दर प्रस्तुतीको लागि धन्यवाद है

    ReplyDelete
  9. 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता'

    बर्षौं देखि धार्मिक ग्रन्थहरुमा यस्तो श्लोक लेखेर राख्ने तर नारीको कदर त परै जाओस उसको समानताको सबै हक अधिकार खोसी दोश्रो दर्जामा उभ्याएर साघुरो जीवन जिउन बाध्य पार्ने समाजको एउटा सानो चित्र हो यो । जसमा नारी मनको आकांक्षा र रहरहरु निमोठिनुको पिडा प्रतिबिम्बित भएको छ ।

    ReplyDelete
  10. हिजो देखी यो कथा पढेर केहि लेख्न खोजेको मेरो बाट यो पेज नखुलेर हैरान !।

    मैले भन्न आँटेको धेरै कुरा माथी साथीहरुले भनिसक्नु भएछ । लेखन र शैली र घटनाक्रमको प्रस्तुती मलाई पनि मन पर्‍यो । तर म पनि कथाको यस्तै अन्त हुनुपर्थ्यो त भनेर सोध्ने हो भने, आफैं मर्न पर्ने स्थिति आईपर्दा पनि बिद्रोहको आँट नगर्ने कथाको पात्रको निर्णयलाई 'बेठिक' ठहर्‍याउँछु ।

    ReplyDelete
  11. लेखन शैली र यसको अर्थ निकै गहिरो छ, म पढ्दा पढ्दा बिचमा धेरै पटक रोकिएको छु । भन्ने कुरा सबै भनिसकिएको छ । अत: म मा शब्द बाँकि रहेको छैन । साँच्चै, यसले हृदय को कुनै तारलाई निकै नै छोएको छ ।

    ReplyDelete
  12. Thank you all for your comments.....
    Well, it is a pessimistic story...Why only we create such a character...who wins always...who is morally sound....spritually strong...The above Character is "anti-hero" , the character lacks the heroic capacity..the normal heros.. So creating this character was just a try.. Are stories written only of those who succed ? Shouldn't a story be written about those who fail in life....
    At some point I regretted creating such a foil character....Well the response is just opposite of what I have thought of...and this is my first fiction written in Nepali...so there must be many mistakes...I think I realised the mistakes ...that will be taken into consideration...
    Thank you all for such an wonderful comments...

    ReplyDelete
  13. sweeta ji
    what i see in this story is going through from pessimistic to optimistic.

    you know one thing god gives you what you want but not how u think but how he think.

    in this story i see the her dreams became true. she want to stand in her leg. i see her standing. but i don't know sweeta ji did u see or not. she took the decision standing her self.

    so i conclude it as optimistic

    ReplyDelete
  14. Yeah, it’s socking……
    I mean when I came here in Kathmandu I notice most of girls married in 16-23 age. Here people think after get mature no body (men) read y for married with her daughter.

    We should change our thinking!!!

    This society need to change there thinking about it!!!

    ReplyDelete
  15. Thank you all for your comments.....
    Well, it is a pessimistic story...Why only we create such a character...who wins always...who is morally sound....spritually strong...The above Character is "anti-hero" , the character lacks the heroic capacity..the normal heros.. So creating this character was just a try.. Are stories written only of those who succed ? Shouldn't a story be written about those who fail in life....
    At some point I regretted creating such a foil character....Well the response is just opposite of what I have thought of...and this is my first fiction written in Nepali...so there must be many mistakes...I think I realised the mistakes ...that will be taken into consideration...
    Thank you all for such an wonderful comments...

    ReplyDelete
  16. लेखन शैली र यसको अर्थ निकै गहिरो छ, म पढ्दा पढ्दा बिचमा धेरै पटक रोकिएको छु । भन्ने कुरा सबै भनिसकिएको छ । अत: म मा शब्द बाँकि रहेको छैन । साँच्चै, यसले हृदय को कुनै तारलाई निकै नै छोएको छ ।

    ReplyDelete
  17. हाम्रो समाजको कटु वास्तविकतालाई गज्जबसंग उतारेको छ कथाले। मिलनन भाइले भनेजस्तो विद्रोहको बाटो सबैभन्दा ठिक हुन्थ्यो होला तर त्यो बाटो सबैले लिनसक्ने सजिलो बाटो होईन।
    हाम्रो समाज अझै यस्तै छ, कथामा देखिएजस्तै, छोरीलाई "त्यसैले मलाई आफू कुनै पालिएको जनावर जस्तो लाग्दैछ… भेडा बाख्रा जस्तो… बेला बेला मा चराउन लाने, घाँस हालेको खाने र ठूलो मोटो घाटो भएपछि बेचिने… र चुपचाप ‘कसाई’ सँग आफ्नो बलिदान को लागि जाने…" अवश्थामै राखिएको छ अझै। यो समस्या 'शिक्षित' भनिने परिवारमा अझ बढी छ।

    ReplyDelete