Bus Experience

बस अति नै भिड छ । पुतलीसडक चोक, बागबजार, डिल्लीबजार जाने सबै बाटोमा मान्छे नै मान्छे ले भरिएका छन् । मान्छे पनि कति हुन्, सबै आ-आफ्नै धुनमा मस्त र व्यस्त छन् । सदा, पुतलीसडक बाट कोटेश्वर जाने म, आज भने पुतलीसडक बाट चाबहिल तिर लाग्दैछु । नेपाल यातायात, काठमाडौँ मा सडक मा गुड्ने गाडिहरु मध्ये मलाई सबैभन्दा मन पर्ने ब्रान्ड !

चाइनिज गाडि नै हो क्यार, यो नेपाल यातायात का गाडिहरु, गाडि सानो सानो भएपनि, ठूला ठूला झ्यालहरु छन् । अनि, जोकोही ले अनुमान गरेभन्दा तेब्बर मान्छे एउटै गाडिमा चेपिएकाहुन्छन् । हुन त आफ्नो टाइम छ गाडि को, हरदम ड्राइभर घडि हेर्दै गाडि चलाउँछन् । अत: नेपाल यातायात चढ्दा प्राय: ढिलो हुँदैन, यदि धेरै ठूलो जाम मा फसिएन भने ।

आज म मात्र एक्लो छैन, मेरो साथ मा दाजु पनि हुनुहुन्छ, हामीलाई सुकेधारा पुग्न हतार छ । दाजुले बसपार्क जाउँ भन्दा भन्दै मैले नेपाल यातायात सुझाएँ । यो गाडि मा चढ्दा थाहा हुन्छ कि, खुट्टा मा पनि आँखा हुनु जरुरी छ भनेर । एउटा पाइला राख्न पनि धेरै सोच्नुपर्छ, यस्तो सकस हुन्छ कि, गाडि मा उभिँदा केही मा समाउनुपर्ने जरुरी हुँदैन । चारैतिर नै मान्छे बाट घेरिएका हुन्छौँ, तातो श्वास मा बाफ्फिरहेका हुन्छौँ । त्यसमाथी कन्डक्टरले एकसाइड समातेर पछाडि जानुस त भन्दा बसमा भा’को सबैको मथिंगल रिंगिन्छ । तर आज यसो भएको छैन, भर्खर गाडि आएर रोकिएकोले होला, हामी दुइजनाले चढ्ने बित्तिकै सिट पायौँ ।

पुतलीसडकबाट नेपाल यातायात चढ्दा सिट पाइयो भन्दा आफूलाई भाग्यमानी मान्नुपर्छ । दाँया साइडमा, डबल सिट छ भने वाँया साइडमा सिंगल सिट छ । हामी दुई दाजुभाइ, दाँया तिर को सिटमा बस्यौँ, तर एउटैमा होइन । एक – एक जना फरक सिटमा बस्यौँ । गाडि भरिन थाल्यो, मान्छे को भिड बढ्यो । घडि हेर्दै ड्राइभर ले गाडि कुदाए । कुदाउन पनि धेरै नै कुदाउँछन्, नेपाल यातायात चाँहि अरुको तुलनामा ।

भाटभटेनी मा एउटी बुढि आइमाई बसमा चढिन, साथ मा उनको नाती वा यस्तै कोही थियो २०-२२ वर्ष जतिको । सिटमा बसेको कोही भलाद्‍मी बोले, बुढिआमालाई सिट छोडिदिउँ, तर उनीभने आफैँ सिटमा लपक्क टाँसिएका थिए, छोड्नुपर्ला भनेर । ती भलाद्‍मीले त्यति नभन्दै, दाजु ले सिट छोडिदिसक्नुभएको थियो, ती बुढीआइमाई लाई । बुढी गजक्क परेर, सिटमा बसिन, दाजु त्यहीँ कोचिएर उभिनुभयो, मैले मेरो सिटमा बस्नलाई भनेँ, भै’गो तैँ बस् भन्नुभएकोले म नै बसेँ सिटमा ।

गर्मीहुन थालेको छ, गाडिमा कोचिएका मान्छेहरुको श्वास ले । सम्झँदा पनि गज्जब लाग्छ, त्याँ कसैलाई अहिलेको माहामारी फैलिएको स्वाइन फ्लु लागेको भए, मान्छे जति सबै सोत्तर हुनेथिए । गाडि वालुवाटारमा रोकियो, ती बुढिआइमाई सँगै सिटमा रहेकी एकजना को स्टप आइपुगेकोले उनी ओर्लिन । म सोच्दैथिँए, अब दाजु बस्नुहुन्छ होला, अनि दाजु पनि तयार हुनुहुन्थ्यो बस्नलाई । जब दाजु बस्न थाल्नुभयो, ती बुढीले हातले छेकिन र उनकै आफन्तीलाई सिटमा राखिन, त्यही अघि सँगै आउने केटालाई ।

झनक्क रिस उठ्यो मलाई, तर चुपचाप नै थिँए । दाजुलाई हेरेँ, दाजुले मलाई हेर्नुभयो, भित्र भित्र रिस उठेको भए पनि हामी हाँस्यौ । लाग्यो, बेक्कार छोडिएछ, यति कठिन यात्रा मा त्यो सिट त्यो बुढीलाई । आफू कोचिएर भएपनि, सिट छाडिदिएको तर ती बुढीले सम्झिनन् । साँच्चि, गुन गर्ने जमाना गएछ कि जस्तो लाग्यो । हुन त यो सम्मान सँग पनि जोडिएको कुरा हो । वृद्ध वृद्धा को सहयोग र सम्मान गर्नुपर्छ, त्यो थाहा छ अनि गरिएको पनि छ तर कहिँलेकाँहि यस्तो हुँदा चाँहि भने, बेक्कारमा यसो गरिएछ जस्तो लाग्छ । कम्तिमा ती बुढि आइमाईले एकपटक सोध्नु त पर्थ्यो । घर पुगियो तर बाटो भरि त्यही कुरा मनमा आइरह्‍यो । त्यती सम्मान का साथ ती बुढी आईमाईलाई सिट छोडिदिएको तर उनले त पछि आफैँलाई बस्न दिइनन् । कस्तो संस्कार आएछ, हामीमा !

नेपाल यातायात मा सिट पाउँदा, युद्ध जितेको अनुभव सायद यसै कुरा ले पनि होला । यस्ता कुराहरु प्राय: गाडिहरुमा घटिरहेका हुन्छन् । लाग्छ, संवेदना त सबै मा शुन्य छ । कुनै महिला बच्चा लिएर बसमा चढिन् भने, त्यही सिट नछोड्ने मान्छे नै अगाडि बोल्छ, उहाँको लागि सिट छोड्दिउँ, उ भन्छ मात्रै तर सिट बाट टसमस हुँदैन । अनि कहिलकाँहि त्यही पहिलेको कुरा ले पनि आफूलाई पनि सिट छोड्न मन लाग्दैन । तर पनि मन ले मान्दैन, अनि फेरि त्यहीँ कोचिएर उभिन्छु, अरु कसैका लागि सिट छोड्दै । अनि त्यो सिट मा पछि अरु नै कोही आएर बसिदिन्छन्, एकपटक बसौँ भनेर पनि भन्दैनन्, म सहिदिन्छु, अब त्यही परको स्टप त हो नि भन्दै ।

7 comments :

  1. मेरो त घर नै झन् नेपाल यातायातको अन्तिम बिसौनी हो बालकुमारी ! सबैभन्दा बढि हिँड्नुपर्ने रूटमा पर्ने भएकाले प्राय: यसैमा चढिन्छ । जाँदा त जहिले आनन्द हु्न्छ शुरूमै चढेर सीट पाईन्छ । फर्कँदा भने अन्तिम बिसौनी नआउञ्जेल उभिनै पर्छ । भाग्य दह्रो भए कोटेश्वरबाट सीट पाईन्छ । अनि मानवीय संवेदनाको त के कुरा गर्नु !! मानवीय संवेदनाभन्दा नेपाल यातायातकै कुरा गर्न रमाईलो !!

    ReplyDelete
  2. dami lekha, maile pani aanubhav gareko

    ReplyDelete
  3. Great writeup... Ma pani 2 barsa lagatar chadeko Nepal yatayat, perfect analysis of situation. Mutual experience here, we don't care these small things but you have written it very lively. Keep it up.

    ReplyDelete
  4. I have suffered like this...while I used to travel by bus...and the people grrr....I don't know why they are so senseless....u grace yourself choosing Nepal Yatayat..and I had to chose a micro bus...and whts more irritating vechile than a micro bus...three people are adjusted in two people's seat...Uff... Girls are asaulted too....in the pack bus...uff

    So many vechile run in the street...why they are still so pack..is it because everyone...each of us have to reach the destination so fast..then what may be the next reason...

    ReplyDelete
  5. very nice and interesting article...
    I think it was experinced by many people in their daily life.....

    ReplyDelete
  6. some unlucky days, i am compelled to use Nepal Yatayat! I share the similar experience!!

    ReplyDelete
  7. Great writeup... Ma pani 2 barsa lagatar chadeko Nepal yatayat, perfect analysis of situation. Mutual experience here, we don't care these small things but you have written it very lively. Keep it up.

    ReplyDelete