मेरो कथा

देखे पनि नदेखेको जसरी बाटो लागे दुवै । खै, कसरी यस्तो भएका हुन्, पहिले त यस्तो थिएनन्, सबैमा यही जिज्ञासा छ । हरदम सँगै रहने उनीहरु अहिले परिचितहरु को भिडमा पनि अपरिचित बनेर हिँडिरहेकाछन् । कसैले सोधेमा जवाफ दिन्छन्, ‘थाहा छैन, त्यस्को बारेमा मलाई के मतलब, जब उसले मलाई आफ्नो मान्दैन भने, उसको जिन्दगीमा मेरो केही भ्यालु छैन भने’ । दुवै को जवाफ एउटै हुन्छ, सबैसँग तर अफसोच उनीहरुको जवाफ सुन्ने एउटै साझा मान्छे कोही छैन । यदि दुवै को कुरा एउटैले सुन्ने हो भने सायद, उनीहरु बिच को दुरी रहँदैनथियो । एक अर्काको नजरमा नराम्रो बनेर हिँड्दैन थिए होलान् ।

आज पनि भेट भएको थियो तर न उसले बोलायो न उनले बोल्ने इच्छा नै देखाइन् । दुवै एउटै रेष्टुरेन्टमा पुगेकाछन् तर टेबल बेग्लै छ । अनि दुवै विपरित दिशा तिर फर्किएकाछन् । उनीहरुलाई हेर्दा लाग्दैन कि, उनीहरु कुनै समय सँगै थिए ।

हुन त अफिस जाने बाटो पनि एकै छ, अनि दिनहुँ देख्छन् तर पनि नदेखेको, नचिनेको नाटक गर्छन् । हुन त उनीहरु बिच केही भएकै थिएन । सुनाउँदा पनि सबै हाँस्नेछन्, उनीहरु को मनमुटाव को कारण सुनेर । (फेरी भनुँ भने नि, आफ्नै बेइज्जत हुन्छ, भन्दिन म पनि, उनीहरु जेसुकै गरुन् ।) तर पनि उनीहरु दुवै आफ्नो अडान मा अडिग छन् । अनि आफूलाई मात्र सही र अर्कोलाई गलत ठानिरहेकाछन् । एउटा इमोशनल ब्ल्याकमेलिङ गरिरहेकाछन् दुवैजना, दुवैजना आफूप्रति सहानुभुति खोजिरहेकाछन् । (एक अर्को, आगो र पानी हुनु पर्ने मा, दुवै आगो भएपछि समाधान पनि प्राय: असम्भव नै छ हैन र ?) दुवै भित्र भित्रै आफैँ पिल्सिरहेकाछन्, रोइरहेकाछन् । तर पनि यो सत्य हो कि, अब फेरी उनीहरु एक हुनेछैनन्, बरु जिन्दगी भर एकअर्कालाई सम्झेर रोएरै बिताउनेछन् दिनहरु । त्यो सामिप्यता को आभाष सँधै खड्किरहनेछ ।

जब जब दुवैलाई एकअर्काको याद आउँछ, तव दुवैको पारो तात्छ तर फेरी एकछिन मा लल्याकलुलुक हुन्छन् । अनि तिनै पुराना दिनहरु सम्झिन्छन् । त्यो अविष्मरणिय पहिलो भेट सम्झिन्छन् (हुन त भेट पनि मैले नै गराइदिएको हुँ), केही क्षण पुराना कुरामा हराउँछन् । दुवै एक अर्कालाई धिक्कार्छन्, दुवै एकअर्का माथि दोष थोपरेर आफू पानी माथि को ओभानो बन्न खोज्छन् ।

पहिले जोसँग एकपटक कुरा नगरी चित्त बुझ्दैनथियो, जो एकअर्काका आफ्ना हरेक कुराहरु बाँढ्थे तर आज उनीहरु एकशब्द पनि बोल्दैनन् । उनीहरु एउटै नदिका दुइ किनार भएका छन्, जुन आपस मा मिल्न असम्भव छ । सुन्दैछु, दुवैजना धेरै टाढा जाँदैछन् रे, अब कहिले पनि भेट्दैनन् रे ! तर पनि एकान्त मा सम्झेर रुने गर्छन् रे ! म सम्झाउन सक्दिन उनीहरुलाई ।

उनीहरु बिचको मनमुटाव को कारण मै थिँए । तर म यो कुरा उनीहरु दुवैलाई भन्न सक्दिन, बुझाउन सक्दिन । म केही भन्न सक्दिन्, म देखिएको यथार्थलाई चुपचाप हेरिरहन मात्र सक्छु । उनीहरुले पनि चिनेका छैनन् मलाई, तर उनीहरुले मेरो भरपुर उपयोग गरेकाछन् । हुन त मैले नै भेट गराइदिएको हुँ उनीहरुलाई तर आखिर मा उनीहरु बिच फाटो ल्याउने कारक पनि म नै बन्न पुगेँ । म हुँ ‘नेपाल टेलिकम को नेटवर्क’ ।

उनीहरुलाई मिलाउन, म नसक्ने भएको छु । के तपाई उनीहरुलाई सम्झाउन सक्नुहुन्छ ? के उनीहरुलाई सम्बन्धको फाटो को कारण ‘मोबाइल को नेटवर्क’ हो भनेर भन्दिनसक्नुहुन्छ ? फेरी उनीहरुलाई सँगै हेर्ने रहर थियो, तर सायद मेरो यो रहर, रहर मै सिमित हुनेहोला । साँच्चै, के तपाई उनीहरुलाई मिलाउन सक्नुहुन्छ ? प्लिज भन्दिनु न उनीहरुलाई, सम्झाइदिनु न उनीहरुलाई ! हैन, कसैलाई त भनिदिनोस् न यार, मेरो कथा, मेरो दुरावस्था ।

15 comments :

  1. kasto satire handeko...
    I am feeling so akward reading this...Afterall Nepal Telecom is responsible...
    I hope I understood everything what you want to say.....
    Aba sadhai dos Nepal Telecom lai hahahaha

    ReplyDelete
  2. hahaha.. Nice one.... Yo story lai NTC ko nikamma hakim harulai forward garnu parne... teso gare kaso hola...hehehehe

    ReplyDelete
  3. story ta ramro chha nai tesmathi satire ta jhan danger chha ... kunai newspaperko front pagema chhapne ho bhane newspaper lastai bikchha... NTC ko sahi kaamlai sahi dhanga bata prasthut gareko chau yaar....

    ReplyDelete
  4. हा हा हा! दामी गयो!!

    ReplyDelete
  5. एकदमै खतरा लेख लाग्यो मलाई !!!

    ReplyDelete
  6. जसले जे सुकै भनुन, दोष जति सबै त्यसको मात्र कहा हो र? अली अली त त्यसको भर परेर त्यसलाई बोक्नेको पनि छ है ।

    ReplyDelete
  7. बद्लीरहेको समयको नयाँ प्रेम कथा ... वा वा romantic, funny, serious.... सब छ..... drama खालको ....nice

    ReplyDelete
  8. Aakar's new track like of Ravi of Bir Hospital...nice to see this kind of new tracks....Ramro cha ....keep writting this kind of new tracks more hai

    ReplyDelete
  9. हन होउ, के गर्‍या यो अनिल बाबूले !? ख्यालख्यालमै झ्याल परे जस्तो । स्वाद चाहिँ नयाँ आयो है ।
    नेटवर्कको दोष त भनियो, तर खासमा दोष चाहिँ कसैको छैन है । सबै खेला समय र परिस्थितिको । फोनको नेटवर्कमा झुन्डिएको सम्बन्ध पनि के सम्बन्ध । उहिले हाम्रा जीबाहरू केगरी पिरती गाँस्थे हुनन् !

    ReplyDelete
  10. बढो मज्जाको लेख हा हा । राम्रो छ है आकारजी अझै राम्रो राम्रो पढ्न पाइयोस

    ReplyDelete
  11. thanx aakar ji,well,download garera sunna milne chhoto ra mitho katha haru,news haru daily upload garidinu bhaye dekhi,hami sarai tapai prati aabhari hune thiye.

    Thank you for your assist.

    ReplyDelete
  12. I'll try my best.Thank you for listening.

    ReplyDelete
  13. बढो मज्जाको लेख हा हा । राम्रो छ है आकारजी अझै राम्रो राम्रो पढ्न पाइयोस

    ReplyDelete
  14. हन होउ, के गर्‍या यो अनिल बाबूले !? ख्यालख्यालमै झ्याल परे जस्तो । स्वाद चाहिँ नयाँ आयो है ।
    नेटवर्कको दोष त भनियो, तर खासमा दोष चाहिँ कसैको छैन है । सबै खेला समय र परिस्थितिको । फोनको नेटवर्कमा झुन्डिएको सम्बन्ध पनि के सम्बन्ध । उहिले हाम्रा जीबाहरू केगरी पिरती गाँस्थे हुनन् !

    ReplyDelete