Skip to main content

Posts

Showing posts from May, 2009

I have always been away from political since the very beginning I have been hearing from so many people the same thing that "Politics is the dirty game. So, this kind of surrounding made me go away from politics. But one thing has always fascinated me, or let me say one woman, one Italian-Indian woman who leads congress in India , yes I am talking about Sonia Gandhi..."Sonia Gandhi" for me is the idol in something called politics, though I know least about her, or let me say I give a damn !! to politics. One event before five years I clearly remember because I have watched this ardently in Television. Yes, that was Election in India before five years...Although I don't remember so many things one event for me remains unforgettable.I remember the clash whether to make Sonia Gandhi Prime Minister or not. A leader Uma Bharati I guess came up with"Hunger strike" and similarly a fake publicity seeker stood up in a car among cameras and police with a gun in h

Listen to 5th episode of Lolita. लोलिता सँगको बसाइमा आज पाचौँ अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को पाचौँ अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को पाचौँ अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो । प्रोफेसर हम्बर्ट, लोलितालाई लिएर सहर सहर मा डुलिरहेकाछन् । विभिन्न सहरका प्राय: जसो सबै होटल, मोटल चहारिरहेकाछन् ।

देखे पनि नदेखेको जसरी बाटो लागे दुवै । खै, कसरी यस्तो भएका हुन्, पहिले त यस्तो थिएनन्, सबैमा यही जिज्ञासा छ । हरदम सँगै रहने उनीहरु अहिले परिचितहरु को भिडमा पनि अपरिचित बनेर हिँडिरहेकाछन् । कसैले सोधेमा जवाफ दिन्छन्, ‘थाहा छैन, त्यस्को बारेमा मलाई के मतलब, जब उसले मलाई आफ्नो मान्दैन भने, उसको जिन्दगीमा मेरो केही भ्यालु छैन भने’ । दुवै को जवाफ एउटै हुन्छ, सबैसँग तर अफसोच उनीहरुको जवाफ सुन्ने एउटै साझा मान्छे कोही छैन । यदि दुवै को कुरा एउटैले सुन्ने हो भने सायद, उनीहरु बिच को दुरी रहँदैनथियो । एक अर्काको नजरमा नराम्रो बनेर हिँड्दैन थिए होलान् । आज पनि भेट भएको थियो तर न उसले बोलायो न उनले बोल्ने इच्छा नै देखाइन् । दुवै एउटै रेष्टुरेन्टमा पुगेकाछन् तर टेबल बेग्लै छ । अनि दुवै विपरित दिशा तिर फर्किएकाछन् । उनीहरुलाई हेर्दा लाग्दैन कि, उनीहरु कुनै समय सँगै थिए । हुन त अफिस जाने बाटो पनि एकै छ, अनि दिनहुँ देख्छन् तर पनि नदेखेको, नचिनेको नाटक गर्छन् । हुन त उनीहरु बिच केही भएकै थिएन । सुनाउँदा पनि सबै हाँस्नेछन्, उनीहरु को मनमुटाव को कारण सुनेर । (फेरी भनुँ भने नि, आफ्नै बेइज्जत हुन्छ, भन्द

If you are currently in Nepal then you might be facing problems with the ever changing politics and load shedding schedule. This has disrupted the Nepalese public life and created a sense of frustration. At these times, how do you know what people are asking from the government? The angry public and frustration has always caused people to come out on the roads and revolt to the government. At these times, very few – I think, know of the existence beyond the chaos of Nepal, particular all those bureaucrats working on their desk that doesn’t have a computer – forget the internet, there lies a mass of people connected in virtual World. In global terms – we call it Online Social Network. In simple words, it’s an online society where people from different part of the world connect to share their views and thoughts. Few examples are Facebook , Twitter and different blogs written by people. I have been involved in the social network for almost a year; I have, in my network, Nepalese friends

Listen to Ghimiray Sunil. वर्षा सुरु भयो साथी, अब हेर भेल ल्याउँछ, काग ले पनि खानलाई, अब हेर बेल ल्याउँछ ! फुस्रा नारा फुस्रै बसे, अलिपछि धुस्रा बने, रोक्नुपर्ने उम्किसक्यो, चिप्लो पार्न तेल ल्याउँछ ! प्रथम भएस, प्रथम भएस केही बाट उर्दी आए, जसले भने नियमित र आंशिक समेत फेल ल्याउँछ ! उठ अब नसुत भो, अगाडि आउ मित्र तिमी समर्थन छ हाम्रो तिम्लाई, जसले अब मेल ल्याउँछ ! वर्षा सुरु हुन्छ साथी, अनि साँच्चै भेल ल्याउँछ, कागले पनि खानलाई, हेर साँच्चै बेल ल्याउँछ ! -घिमिरे सुनिल मदन भण्डारी मेमोरियल कलेज रातोपुल, काठमाडौँ । माथिको अडियो डाउनलोड गर्नुहोस् ।

कुनै अरुलाई पठाइएको ईमेल तपाईको ईनबक्स आइपुग्यो भने तपाईलाई कस्तो लाग्छ ? या भनौँ तपाईले पठाएको ईमेल अरुलाई पुग्यो भने कस्तो महशुस हुन्छ ? अझ अरु कसैलाई पठाएका धेरै गोप्य कुराहरु तपाईले आफ्नो इनबक्समा सरासर आउन थाल्यो भने, तपाई के सोच्नुहुन्छ, के गर्नुहुन्छ ? आज म आफूले भोगेको कुरा चर्चा गर्दैछु । मेरो ईमेल [email protected] मा केही महिना देखि एउटा कम्पनीलाई पठाइको ईमेलहरु आउनथाले । हुन त सबैभन्दा पहिले गुगल ले नै आफ्नो ईमेल हो भनेर भेरिफाइ गर्नुभनेर एउटा इमेल पठाएको थियो । तर म निकै कन्फ्युजनमा परेँ, कारण आफूले नबनाएको ईमेल लाई किन आफ्नो भनेर भेरिफाइ गर्न लगाइरहेछ भनेर, अनि त्यस ईमेल को लिंकमा क्लिक गरिन, लाग्यो झुक्किएर मेरो इनबकक्स मा आइपुगेको होला । कारण कहिलेकाँहि, गुगलले मलाई दोहोर्‍याएर ईमेल पठाउने गरेको छ, पहिलो ईमेल झुक्किएर आएको भन्दै । न कसैले एकाउन्ट ह्‍याक गर्न लागेको हो कि भन्ने शंकाको कारण पनि मैले त्यो ईमेल भेरिफाइ गरिन । कुरा यत्तिमै टुंगिएको थियो । त्यो कुरा बिर्सिसकेको थिँए, तर केही दिनपछि मेरो ईनबक्समा एउटा कम्पनी को ईमेल आयो । मैले केही सोच्नै सकिन, किन यस्तो ईम

Listen to 4th episode of Lolita. लोलिता सँगको बसाइमा आज चौथो अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को चौथो अंक वाचन गर्दैछन्, अच्युत घिमिरे र प्रविधी मा साथ दिइरहेकाछन् अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को चौथो अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी अमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो । तपाईलाई रेडियोवाचनमा, लोलिता को वाचन कस्तो लाग्दैछ । प्रतिक्रियाको आशा मा रहेकाछौँ ।

Listen this audio by Ghimiray Sunil. च्यात्तिसक्यो तिम्रो धोती, कति अझै बटार्दैछौ, खुस्किसक्यो तिम्रो बोली, कति अझै सपार्दैछौ ! विचरा को खुट्टा तानी, अनि के नै गर्ने तिम्ले, तिम्रो हुति छैन भन्दै, कति अझै कोतार्दैछौ ! बाँकि रह्‍यो नेपाल नै, विर हुँ भनि देखाउनलाई, त्यसलाई पनि फेल भन्दै, कति अझै लोपार्दैछौ ! बुढो बरु खाँटि रै'छ, कुबेला मै आँप झारे, वृध्दलाई माया गर, कति अझै झपार्दैछौ ! माथिको अडियो डाउनलोड गर्नुहोस् । -घिमिरे सुनिल मदन भण्डारी मेमोरियल कलेज रातोपुल, काठमाडौँ ।

अनलाइन ब्लग र फेसबुक मिठो सम्बन्ध तिमी म, हामी तिखा नजरहरु घनिष्ठ मित्र चियो र चर्चो सँग सँगै हिँडेको प्रेमी प्रेमिका मनको कुरा उनलाई थाहा छ म पनि बुझ्छु एसम्एस बिग्रेको नेटवर्क झगडा पार्छ फुकेको मन धेरै परिवर्तन खुला सोचाइ फरक सोच निचोड त एउटै कस्तो अचम्म साथ रहनेछ सुन्ने र सुनाउने धन्यवाद है !

Listen to 3rd episode of Lolita. लोलिता सँगको बसाइमा आज तेस्रो अंक लिएर हामी उपस्थित भएका छौँ । रेडियोवाचनमा “लोलिता”को तेस्रो अंक वाचन गर्दैछन्, अच्युत घिमिरे भने प्रविधीमा साथै रहेकाछन्, अनिल मन्डर । भ्लादिमिर नावोकोभ को विश्वविख्यात उपन्यास लोलिता को तेस्रो अंक आज सुनाउँदै छौँ ,आज को रेडियोवाचनमा । केशरी हुमगाईव्दारा नेपाली मा अनुवादित उपन्यास “लोलिता”, प्रोफेसर “हम्बर्ट र लोलिता” बिच को यौनसम्बन्धमा आधारित उपन्यास हो । एउटा बुढो प्रोफेसर र कलिली केटी बिच को सम्बन्ध को वर्णन गरिएको यो उपन्यास, विश्व कै सर्वाधिक विवादाश्पद उपन्यास हो । हम्बर्ट को सार्लट सँग बिहे भयो… हम्बर्ट सयनकक्ष मा पनि सार्लटलाई लोलिता सम्झन्थे… सार्लट र हम्बर्ट बिच झगडा… सार्लट को गाडि दुर्घटनामा मृत्यु हुन्छ… लोलिता र हम्बर्ट सँगै… यस्तै यस्तै कथा सँगै उपन्यास अगाडि बढेको छ । तपाईलाई रेडियोवाचनमा, लोलिता को वाचन कस्तो लाग्दैछ । प्रतिक्रियाको आशा मा रहेकाछौँ ।

“SAFE SCHOOL: EVERY GIRL’S RIGHT” (बालिकाहरुको लागि विद्यालयमा सुरक्षित वातावरण कायम गरियोस) भन्ने नारा सहित आज मे १५, २००९ का दिन एम्नेस्टि इन्टरनेसनल, काठमाडौँ विश्वविद्यालय युथ नेटवर्क धुलिखेल को आयोजना मा सचेतना र्यारली सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय को गेट देखि सुरु भएको र्या्ली २८ किलो हुँदै, धुलिखेल बजार परिक्रमा गरि सञ्जिवनी स्कुलमा गएर सभामा परिणत भएको थियो । र्याली पछि भएको सभालाई प्रमुख अतिथि, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, काभ्रे जिल्ला का डिएसपि सन्दिप भन्डारी, एम्नेस्टि नेपाल च्याप्टर का प्रतिनिधि लगायतले सम्बोधन गर्नुहुँदै महिला माथि हुने हिंसा तथा दुर्व्यवहार र महिला अधिकारहरु को चर्चा गर्नुभएको थियो । कार्यक्रम मा, रोट्राक्ट क्लब धुलिखेल का प्रतिनिधि, जिल्ला शिक्षा कार्यालय काभ्रेका प्रतिनिधिहरु लगायत काठमाडौँ विश्वविद्यालय तथा धुलिखेल बोर्डिङ का विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । Note: All these photos are taken by me from mobile.

बस अति नै भिड छ । पुतलीसडक चोक, बागबजार, डिल्लीबजार जाने सबै बाटोमा मान्छे नै मान्छे ले भरिएका छन् । मान्छे पनि कति हुन्, सबै आ-आफ्नै धुनमा मस्त र व्यस्त छन् । सदा, पुतलीसडक बाट कोटेश्वर जाने म, आज भने पुतलीसडक बाट चाबहिल तिर लाग्दैछु । नेपाल यातायात, काठमाडौँ मा सडक मा गुड्ने गाडिहरु मध्ये मलाई सबैभन्दा मन पर्ने ब्रान्ड ! चाइनिज गाडि नै हो क्यार, यो नेपाल यातायात का गाडिहरु, गाडि सानो सानो भएपनि, ठूला ठूला झ्यालहरु छन् । अनि, जोकोही ले अनुमान गरेभन्दा तेब्बर मान्छे एउटै गाडिमा चेपिएकाहुन्छन् । हुन त आफ्नो टाइम छ गाडि को, हरदम ड्राइभर घडि हेर्दै गाडि चलाउँछन् । अत: नेपाल यातायात चढ्दा प्राय: ढिलो हुँदैन, यदि धेरै ठूलो जाम मा फसिएन भने । आज म मात्र एक्लो छैन, मेरो साथ मा दाजु पनि हुनुहुन्छ, हामीलाई सुकेधारा पुग्न हतार छ । दाजुले बसपार्क जाउँ भन्दा भन्दै मैले नेपाल यातायात सुझाएँ । यो गाडि मा चढ्दा थाहा हुन्छ कि, खुट्टा मा पनि आँखा हुनु जरुरी छ भनेर । एउटा पाइला राख्न पनि धेरै सोच्नुपर्छ, यस्तो सकस हुन्छ कि, गाडि मा उभिँदा केही मा समाउनुपर्ने जरुरी हुँदैन । चारैतिर नै मान्छे बाट घेरिएका

Listen to 2nd episode of Lolita. केशरी हुमागाईव्दारा अनुवादित भ्लादिमिर नावोकोभ को विवादास्पद र बहुचर्चित उपन्यास “लोलिता” को दोश्रो अंक लिएर आजको रेडियोवाचनमा उपस्थित भएका छौँ । २० औँ शताब्दि का प्रख्यात कथाकार तथा उपन्यासकार भ्लिदिमिर नावोकोभ ले लोलिता उपन्यास मा “हम्बर्ट को आफ्नी झट्केली छोरी लोलिता प्रतिको यौनाभावको खुलासा” गरेकाछन् । आजको रेडियोवाचन को बसाइमा संसारभर करोडौँ प्रति बिक्रि भइसकेको उपन्यास “लोलिता” को यो दोश्रो अंक हाम्रा लोकप्रिय रेडियोकर्मी अच्युत घिमिरे वाचन गर्दैहुनुहुन्छ, २५ औँ पृष्ठदेखि । लोलिता हिँड्दा हिँड्दै आएर रोकिइ … श्रीमती हेज… प्रोफेसर हम्बर्ट… प्रोफेसर हम्बर्ट लोलितालाई यौनको आँखाले हेर्दैछन्… । अनौठो सम्बन्ध र एकदमै विवादास्पद उपन्यास लोलिता, यस्तै यस्तै प्रसंगहरु सँग अघि बढ्दै जान्छ । अच्युत घिमिरे को वाचनमा सरल र सहज लागेको “लोलिता” को कथा मैले भनिरहनु जरुरी लाग्दैन । यहाँहरु ले सुनेर नै मुल्यांकन गर्नसक्नुहुन्छ । जब जब, श्रीमती हेज घरबाहिर हुन्थिन तब प्रोफेसर लोलितालाई चलाउने र जिस्क्याउने नियत ले हरदम लोलिताकै वरिपरि घुमिरहेका हुन्थे । यह

अपवाद ! हो कोहि पनि अपवाद हुँदैन । अनि रोग ले सानो ठूलो पनि भन्दैन, हो अपवाद केही अनि कोही पनि छैन । यस्तै वियषवस्तुलाई समेटेर बनाइएको एचआइभि सँग सम्बन्धि छोटो नेपाली चलचित्र "अपवाद" लिएर आएका छौँ । HIV Short Movie Competition मा एवार्ड जित्न सफल नेपाली छोटो चलचित्र "अपवाद" ले साँच्चै एउटा फरक कोण बाट विषयवस्तुलाई मज्जाले अगाडि बढाएको छ । Watch Nepali Short Movie: Apabad मैले यसै चलचित्रको सेरोफेरोमा रहेर, अहिलेको नेपाली चलचित्रका व्यस्त नायक राजबल्लभ कोइराला सँग, अनलाईन कुरा गरेको थिँए । सन्देशमुलक छोटो फिल्म खेल्दा आफूलाई निकै रमाइलो र नौलो अनुभव भएको नायक राजबल्लभ कोइरालाले बताए । नेपाली व्यवसायिक चलचित्र चाँहि यस्तो विषयवस्तुमा बनाउन सकिँदैन भन्दै उनले भने, यहाँ त मान्छेलाई बुझाउनै गाह्रो छ, कल्ले हेर्ने त्यस्तो चलचित्र । युवाहरुलाई लक्षित गरेर तयार गरिएको चलचित्र अपवाद, नेपाली टिभि च्यानलहरुबाट पनि प्रसारण भैसकेको जानकारी नायक कोइरालाले हामीलाई गराए । नेपाली चलचित्रहरुमा अहिले सर्वाधिक व्यस्त रहेका नायक कोइराला, ले सामाजिक सन्देश दिन को लागि यस्ता कुराहरु को अ

Listen to this Poem. नदेखिकनै अनि नभेटिकनै जादु टुना या मोह एकलकाँटे भइयो सम्झनामा आइरहने दिनरात तर साँच्चि तिम्रो अनुहार देखेकै छैन । नदेखिकनै देखेको जस्तो नभेटिकनै भेटेको जस्तो हरे, मलाई यो के भो ! कुराइ लामो लाग्दैछ अनि अझै कुर्दैछु कहिले त भेटिएला साइत हेर्दैछु । मनमा छन् कुरा धेरै गर्नुपर्ने र भन्नुपर्ने सोध्दैछु जवाफ मनबाटै भन्छौ, भेट्नैपर्छ आफूले चेकजाँच गर्नैपर्छ ! नदेखिकनै अनि नभेटिकनै विश्वासमा छु कल्पनामै भएपनि तिम्रो अनुहार हेर्छु । अरुलाई उडन्ते कथा जस्तो मेरो मगज सन्केजस्तो तर हैन, नदेखिकनै देखेको जस्तो नभेटिकनै भेटेको जस्तो हरे, मलाई यो के भो ! -माथिको अडियो डाउनलोड गर्नुहोस् ।

Listen to Lolita Online. साप्ताहिक कार्यक्रम रेडियोवाचन को आज को श्रृंखला देखि भ्लादिमिर नावोकोभ को उपन्यास "लोलिता" वाचन गरिँदैछ । रेडियोवाचनका लागि अच्युत घिमिरे, लोलिता वाचन गर्दैहुनुहुन्छ र प्रविधिमा साथ दिइरहनुभएको छ, साथी अनिल मन्डरले । केशरी हुमागाईले नेपाली मा अनुवाद गर्नुभएको यो उपन्यास "लोलिता" एक बहुचर्चित, विश्वप्रख्यात र विवादास्पद उपन्यास हो । अत्यन्त व्यस्तताको कारण, यस श्रृखंला को बारे लेख्न अहिले असमर्थ छु । यौनमा आधारित यो उपन्यास, तपाईलाई कस्तो लाग्दैछ, हामी जान्न चाहन्छौँ । यहाँहरुले आफ्ना प्रतिक्रियाहरु सिधै अच्युत घिमिरेलाई [email protected] मा पठाउन पनि सक्नुहुन्छ । सुन्दै रहनुहोला रेडियोवाचन, धन्यवाद !