Skip to main content

Palpasa Cafe: Episode - 8



Listen to 8th episode of Palpasa cafe.

नेपालय ले प्रकाशन गरेको, नेपाल को तत्कालिन माओवादी जनयुद्ध झल्काउने नारायण वाग्लेको उपन्यास “पल्पसा क्याफे” को अन्तिम अंक को वाचन, आज को रेडियो वाचन को यो बसाइमा, अच्युत घिमिरे वाचन गर्दैहुनुहुन्छ ।

क्रिष्टिना मसँग लहसिँदै छे – चाहन्छे भने कस्तो किसिम ले – म पल्पसा लाई भुल्ने छैन – क्रिष्टिना ले सोधेकी थिई, तिमीले किन किस गरेको ? – तिमीले के सोच्यौ भने, पश्चिमा केटीहरु सजिलै अरुसँग सुतिदिन्छन् – यस्तै यस्तै गन्थन सँगै आज को रेडियोवाचन सुरु भएको छ । क्रष्टिनालाई पर्खँदैछ दृश्य आफ्नो ग्यालरीमा, अनि दृश्य क्रिष्टिना सँग विगतमा गरेका कुराहरु सम्झँदैछ ।

ग्यालरीमा जापानीज जोडीहरु आएकाछन् । उनीहरु नियालेर उसका चित्रहरु हेर्दैछन् । उ आफ्नो सपना बताउँदै छ, उ पहाड मा क्याफे खोल्न चाहन्छ । दृश्य सपनाहरु सजाउँदैछ, अरुलाई बुझाउँदैछ ।

जापानिजहरु ग्यालरीमा हुँदै केहि सादा पोशाक का सुरक्षाकर्मीले अपहरण को शैलीमा दृश्यलाई लिएर जान्छन् । उसलाई सुरक्षाकर्मीहरु ले कहिँ टाढा लान्छन्, उ अपहरित हुन्छ, अवस्था अज्ञात रहेको छ, उसको आँखा मा पट्टि बाँधिएको छ, दृश्य को ईच्छा छ, जुनसुकै हिरासत मा राखिएपनि, राखिनेठाउँमा एउटा झ्याल होस्, जसको आधारमा दिन त रात छुट्टयाउन सकियोस् ।

कार्यक्रम प्रस्तोता अच्युत घिमिरे, “पल्पसा क्याफे” मा पात्र दृश्यको अपहरण सँगै दृश्यको कथा सकिएको जनाउँदिँदै, अब नारायण वाग्ले कै कथा बाँकि अंशका समावेश भएको कुरा बताउँदै अगाडि थप्छन् - “नारायण वाग्लेलाई कार्यक्रम को यो खण्डमा प्रत्यक्ष समावेश गराउने हाम्रो योजना, देशको अहिलेको विकराल परिस्थिति का कारण सफल हुनसकेको छैन । सञ्चारका साधन मा रहेको अवरोध, बजारभरि व्याप्त कर्फ्युका आदेश अनि बाटोघाटो मा सञ्चारकर्मीको धरपकड का कारण उहाँसँग प्रत्यक्ष सम्पर्क सम्म हुन सकेको छैन भन्न मलाई यतिबेला अप्ठ्यारो लागिरहेको छैन ।” स्मरणिय रहोस्, रेडियोवाचन मा यी अंकहरु प्रशारण भइरहँदा, तत्कालिन समयमा ज्ञानेन्द्र को शाही शासन थियो । जुन समयमा मोबाइलहरु काटिएका थिए, मिडियामा सेन्सरसिप थियो, देशका विभिन्न भागमा कर्फ्यु लगाइएको थियो, सञ्चारकर्मीहरु कुटिएका थिए । अहिले यी कुराहरु सुन्दा, यो पनि पल्पसा क्याफे कै पाटो हो जस्तो लाग्छ, कथा भित्र पनि अर्को कथा भनिएको सायद यही नै होला । तत्कालिन समयमा अच्युत घिमिरे को यही भनाइलाई लिएर मैले डायरीमा केही लेखेको थिएँ, तर मैले अहिले खोज्दा भेट्न सकिन, भेटेको खण्डमा म मेरो डायरीबाट “पल्पसा क्याफे” तत्कालिन रेडियो एचविसि बाट प्रसारण भइरहँदा नेपाल को राजनितिक घटनाक्रम के घटिरहेको थियो, नेपाल को स्थिति के थियो भनेर लेख्ने छु ।

अब को पल्पसा क्याफे को बाँकि अंकमा नारायण वाग्ले आफैँ उपस्थित भएकाछन्, जसबाट उपन्यास झनै जिवन्त लागेको छ । लेखक भन्दैछन् –“दृश्य हराएको धेरै भयो, जति नै खोजखबर गरेपनि उसको पत्तो लाउन सकिएन । त्यसपछि दृश्य सँग सम्बन्धित तथ्यहरुका आधारमा मैले उपन्यासलाई अन्तिम रुप दिँए ।” उपन्यास कसरी लेखियो भन्ने कुरा पनि लेखकले अब का बाँकि अंकहरुमा हामीलाई बुझाउँदैछन् । अनि विभिन्न ठाउँमा लेखक आफैँ स्पस्ट हुन सकेको छैनन् भन्ने कुरा पनि लेखक ले यसमा खुलाएकाछन्, साथै पाठक को कल्पनाशिलता को भरपुर उपयोग गर्न सकिने ठाउँहरु धेरै नै रहेकाछन्, उपन्यास “पल्पसा क्याफे” मा ।

जेमिनी ले फोन गर्छे, लेखकलाई कारण लेखक तत्कालिन सम्पादक हुन् कान्तिपुर दैनिक का । भेटेर कुरा गर्नु छ, जेमिनीले भनेकीले लेखक ले जेमिनीलाई भेट्छन् । एउटी वेपत्ता साथिको खोजिमा रहेकीछिन्, जेमिनी । जेमिनीले वेपत्ता साथि पल्पसा हो भन्छे, “पल्पसा मारिसकेकी छ, तर परिवार अझसम्म पनि वेपत्ता भनेर पल्पसा को खोजिगरिरहेकाछन् ।” लेखकलाई के गरौँ के गरौँ भयो, उपन्यास प्रकाशन मा जान ठिक्क परेको छ, त्यहीदिन जेमिनी पल्पसा खोज्दै आइपुगेकी छ । लेखकले भने “अब पल्पसा फर्कन्न” साथै जवाफ जान्नको लागि यो पढ भनेर एउटा टाइप गरिएको उपन्यासको कपि जेमिनिलाई थमाउँछन्, जहाँ बाहिर प्रष्ट लेखिएको छ “पल्पसा क्याफे” ।

रेडियो वाचन को आठौँ अंक सहित, पल्पसा क्याफेको वाचन पुरा भएको छ । एउटा कहालिलाग्दो समय वर्णन गर्न सफल रेडियोवाचनमा पल्पसा क्याफे को वाचन यहाँहरुलाई राम्रो लाग्यो होला भन्ने हाम्रो ठम्याइ छ । कार्यक्रम सुनेर प्रतिक्रिया जनाउनुहुने सबैलाई धन्यवाद । साथै, पल्पसा क्याफेका अंकहरु उपलब्ध गराइदिनुहुने कार्यक्रम प्रस्तोता अच्युत घिमिरे लाई हार्दिक धन्यवाद । प्रविधिमा साथ दिनुहुने, अनिल मन्डर लगायत कार्यक्रममा प्रयोग भएका गित संगितका श्रष्टाहरुलाई पनि हार्दिक धन्यवाद । कार्यक्रम का सबन्धमा केही प्रतिक्रया भए, यहाँहरु ले सिधै कार्यक्रम प्रस्तोता अच्युत घिमिरेलाई ghimireachyut@gmail.com मा ईमेल गर्न सक्नुहुनेछ ।

आगामी हप्ता, हामी उपन्यास पल्पसा क्याफेका सम्पुर्ण अंकका डाउनलोड लिंक सहित पल्पसा क्याफेका सम्बन्धमा केही साथिहरुका धारणाहरु लिएर उपस्थित हुनेछौँ, साथै सम्भव भएसम्म पल्पसा क्याफे को सेरोफेरोमा रहेर लेखक तथा सम्पादक नारायण वाग्लेसँग गरिएको कुराकानीपनि हामी सुनाउने छौँ । अब को केहि हप्ता भित्र रेडियोवाचन को दोश्रो श्रृंखला मा रुसी लेखक "भ्लादमिर नोवोकोभ" (Vladimir Nabokov) को प्रसिद्ध उपन्यास “लोलिता” लिएर उपस्थित हुने जमर्को गरिरहेका छौँ, सुन्दैरहनुहोला “रेडियो वाचन” ।

Comments

  1. खै के भा' हो, यो भाग मेरोमा चलेन हो। मेरोमा मात्रै हो कि के हो?

    नया बर्षको शुभकामना सहित !

    दिलीप आचार्य

    ReplyDelete
  2. Thank you Aakar ji for Palapasa Series.. I really enjoyed it... I appreciate your effort... Keep up the good work.. :)

    ReplyDelete
  3. आकार जी सुनाइबाट प्रभाबित भएर मैले पनि पल्पसा क्याफे को उपन्यास खरिद गरेको छु। अन्तिम पोस्टको लागि धन्यबाद ।
    नयाँ बर्षको मंगलमय शुभकामना तपाई लगायत पाठक र ब्लगर हरुमा। निरासाका खाडल हरुमा आसाका मिठा पालुवाहरुले भरिभराउ गराउदै जाओस नयाँ बर्षले । खुसि र उमंगका बहार संगै नबिन सोच र सृजनाले झलमल्ल बनाइदेओस तपाइको आगामि दिनहरु ।

    ReplyDelete
  4. Oi, sou o Clausewitz. Quer conhecer alguma coisa sobre o Brasil, então passe lá no Blog do Clausewitz. Um abraço

    ReplyDelete
  5. स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै -

    यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म नव बर्ष २०६६ को उपल्क्षमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

    ReplyDelete
  6. पूर्वको मधूरो
    घाम नयाँ होस् ।
    बदलियोस् नारा
    काम नयाँ होस् ।
    फेरियोस् युग
    नयाँ होस् जमाना ।
    नव वर्ष २०६६ को
    हार्दिक शुभकामना

    ReplyDelete
  7. Just found it.... Have to start with the first part.

    Thank you very much.
    Will try to tell everybody about it too.

    And Happy New Year to everybody.

    ReplyDelete
  8. Just found it.... Have to start with the first part.

    Thank you very much.
    Will try to tell everybody about it too.

    And Happy New Year to everybody.

    ReplyDelete
  9. आकार जी सुनाइबाट प्रभाबित भएर मैले पनि पल्पसा क्याफे को उपन्यास खरिद गरेको छु। अन्तिम पोस्टको लागि धन्यबाद ।
    नयाँ बर्षको मंगलमय शुभकामना तपाई लगायत पाठक र ब्लगर हरुमा। निरासाका खाडल हरुमा आसाका मिठा पालुवाहरुले भरिभराउ गराउदै जाओस नयाँ बर्षले । खुसि र उमंगका बहार संगै नबिन सोच र सृजनाले झलमल्ल बनाइदेओस तपाइको आगामि दिनहरु ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हेए माईट [कथा]

अनि मैले पनि “हेए माईट” भन्न थालेँ।

जिन्दगीको २३ बर्ष “नमस्कार”, “ओई”, “ओहो! के छ हालखबर”, “भाइ, सुन त”, “दाइ सुन्नुस् त” जस्ता सम्बोधनबाट वार्तालाप सुरु गरेर सकियो। त्यसपछि पलायन भईयो। त्यहाँ एक दशक बिताउँदा आफ्नै पारामा “हेलो” “हाई”, “एक्स क्युज मी”, “ए ! तपाई नेपाली हो” जस्ता सम्बोधनले वार्तालाप सुरु गरियो । अर्को अर्थमा भन्दा, यसैमा बानी परिसकेको थियो, त्यहाँ यही ढगंले बोलाउनु पर्छ भन्ने थिएन। मान्छेहरू सम्बोधन गरेकै आधारमा व्यवहार गर्दैनथे। आफुलाई जे ठिक लाग्छ त्यही अनुसार सम्बोधन गर्दा हुन्थ्यो। त्यसपछि जिन्दगीको नयाँ अध्याय सुरु गर्न गुँड सारेर बिल्कुलै नयाँ ठाउँमा लागियो।


१४ घन्टाको फ्लाईटबाट निस्केर ईमिग्रेसनमा पुग्ने बित्तिकै एउटा पुलिस आएर “हेए माईट” भन्यो। यताकाले “माईट” भन्छन् भनेर त पहिलै यता आएका साथीहरूले च्याटमा “अ’राईट माईट” भनेको सुनेको थिएँ तर के, कति, कस्तो ठाउँमा, कति मात्रामा “माईट” प्रयोग गर्नु पर्ने हो भनेर चाँहि राम्रो संग बुझेको थिईन। ईमिग्रेसन सकेर बाहिर पुग्ने बित्तिकै एउटा साउथ एसियन उबर ड्राईभर “हेए माईट” भन्दै आयो र छुट्ने बेलामा “अ’राईट माईट” भनेर गय…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.
Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

Download Tihar Dhun and Deusi Bhailo Songs

Listen to Deusi Bhailo Songs.

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ ।

Download Tihar Songs: Bhailini/Bhailo - भैलो

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Shruti Sambeg : Radha [Review & Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up.Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban.Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went.Radha faces a…

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो…