पछाडि सर्नुस् त

“पछाडि सर्नुस् त”, राम्रैसँग ले बोलेको भएपनि, उसलाई झनक्क रिस उठ्यो, अर्को को कुरा सुनेर । २०६५ साल को अन्तिम दिन, भोलिपल्ट नयाँवर्ष भएका कारण अधिकांश बसहरु भरिएका छन् मान्छे ले । जाने हतारो सबैलाई छ, काठमाडौँ नै जानुछ सबैलाई, सहर मा रमाइलो गर्नलाई । फोहोर को डंगुर काठमाडौँमा, खानेपानी को हाहाकार काठमाडौँ मा, प्रदुषित वातावरण काठमाडौँ मा, सबैलाई यी कुराहरु थाहा भएपनि तर सबैको मन मा काठमाडौँ मा एउटा सानो घर भइदिए हुन्थ्यो भन्ने लाग्ने गर्छ ।

२०६५ साल को अन्तिम शनिबार विना कुनै पुर्व योजना, हाम्रो ७ जना को टोली धुलिखेलबाट मेलम्ची हान्निएको थियो, छत यात्रा गर्दै । मेलम्ची को धुलो बाटोमा छत मा बसेर धुलो खानेमा थियौँ, मदनमणि अधिकारी, लक्ष्मीप्रसाद खतिवडा, आशीष लुँइटेल, प्रवेश पौडेल, ईशान गजुरेल, शेखर के सी र म । सायद, यही “पछाडि सर्नुस् त”, भन्ने डाइलग सुन्नु नपरोस्, कोचिनु नपरोस् भन्ने मनसाय ले नै हामी छत मा चढेका थियौँ (?), साथ मा नयाँ बाटो र ठाउँ खुल्ला ठाउँमा बसेर हेर्नु को मज्जा पनि त बेग्लै छ । ट्राफिक नियम को उछित्तो काट्दै हामी बसको छत मा बसेर काभ्रे र सिन्धुपाल्चोकका ठाउँहरु कौतुहलता पुर्वक हेर्छौँ । अझ साल भन्ने रुख फूल्दा, त्यतिसारो बास्ना आउँछ भन्ने थाहा नभएका हामी, बस जंगल बिचबाट गुडिरहँदा, पर्फ्युम को बासना कहाँबाट आयो भनेर यताउता खुबै हेर्नेगर्थ्यौँ । अनि हाम्रो यात्रा भरि अन्जु पन्त को गित “यो यात्रा सुनौलो” ले साथ दिइरहेको थियो । थकित र गलित अनुहार मा, धुलो बिच पुरिएका हामीहरु, मेलम्ची करिब ३ घन्टा को यात्रा पछि पुगेका थियौँ । बस यात्रा मा बाटोभरि साथ दिएको ईन्द्रावती खोला मा पनि हामीले आफूलाई डुबायौँ । चैत को महिना, खोलो निकै सानो थियो तर पौडि खेल्न नआउनेलाई बगाउन सक्ने चाँहि थियो है । थकाउने र गलाउने त्यो यात्रा अनि त्यसपछि, इन्द्रावतीमा लगाइएको डुबुल्की, अनि त्यसपछि खाइएको खाना, निकै रमाइलो भएको थियो ।

यिनै कुराहरु सम्झनामा संगाल्दै, २०६५ साल को अन्तिम दिन म पनि काठमाडौँ हान्निएको छु । बस त चढियो, तर निकै प्याक रहेछ, जसोतसो वनेपा बाट एउटा सिट चाँहि पाएँ । जुन सुन्न मन लाग्दैन थियो, त्यही डाइलग भनिरहन्छ खलासी पनि । कोही मान्छे चढ्यो, भनिहाल्छ “पछाडि जानुस् त, पछाडी खाली छ” । उकुसमुकुस भएर चेपिएका प्यासेन्जर कराउँछन्, “काँ जाने पछाडि, अब त पछाडी को सिसा फुटाए मात्र हो” । कोही महिला बस चढ्न आउँछिन तर सिट खालि नभएको गुनासो गर्छिन, तब खलासी र कन्डक्टर एकसाथ बोल्छन, “सबै लोकल हुन्, उ त्यै पल्लो स्टपमा पुगेपछि खालि हुन्छ” । खालि हुँदैन भन्ने जान्दा जान्दै पनि, चढ्नै पर्छ । फेरी नयाँवर्ष लागेको कारण पनि सबै बसहरु मा भिड छ । मान्छेहरु अटाइ-नअटाइ छन्, छतभरि पनि मान्छे नै मान्छे छन् । खलासी भाइ फेरी कराउँदै आए, “पछाडी सर्नुस् त, खालि छ पछाडी” । यो कुरा सुन्दा, एक पाइलो सार्ने ठाउँ नहुँदा, अनि तातो स्वास मा बाफ्फिएर बसमा उभिएका मान्छे को कन्सिरी तात्नु स्वभाविक नै हो । अनि भिडबाट फेरी एउटा आवाज सुनिन्छ, “सिट मुनि त खाली नै रहेछ” । भिडबाट नजानिँदो, हाँसो छुट्छ, खलासी भाइ त्यही नै भनिरहेको हुन्छ “पछाडी सर्नुस त्” । कहिलेकाँहि त, यस्तै सामान्य कुरा मा पनि बबाल हुने गर्छ, तर आज चाँहि त्यसो भएन, म कानमा मोबाइल को हेडसेट घुसारेर गित सुन्न थाल्छु ।

सिटमा बसेको छु, तर मेरो काँध मा अरुकै ज्यान छ । उभिएका मान्छे ले नै मलाई थिचेका छन् । “यस्तो भिड देख्दा देख्दै, नचढ्नु नि” एउटा ले गुनासो गर्छ, चढ्ने व्यक्ति भन्छ, “अरु पनि यस्तै त हो नि, सबैलाई जानु छ”, बिचमा कन्डक्टर बोल्छन्, “पछाडी सर्नुस् त” ।

8 comments :

  1. हा हा !! मलाई पनि साह्रै रिस उठ्छ यार यो पछाडि सर्नुस् त ले !!!

    ReplyDelete
  2. अली अली सास्ती नपाई मस्ती कहा हुन्छ र ? अनिल जी, जे होस सात जना ब्लगरको घुमघाम मस्ती (तस्वीर त मैले हेरेको फेसबुकमा, पढ़न पनि पाइयो )रमाइलो लाग्यो ।

    ReplyDelete
  3. sathi ho...yastai samanya janta ka kura haru bare maile pani blog garne bichar gareko chu...kripaya herdinu hola...

    ReplyDelete
  4. कुरा रमाइलो होइन सास्तीको । आफू अगाडी पर्नलाई अरुलाई पछाडी धकेल्ने नीति भएकाको देशमा यस्तै हो ।

    ReplyDelete
  5. चाडबादमा यस्तै हो। तर बसको छत्मा बसेर जोखिम लिनु नहुने। जेहोस् नयाँ बर्षको लेख पढेर रमाइलो लाग्यो , अब तपाईंको facebook मा picture हेर्नु पर्‍यो तेसो भये।

    ReplyDelete
  6. sathi ho...yastai samanya janta ka kura haru bare maile pani blog garne bichar gareko chu...kripaya herdinu hola...

    ReplyDelete
  7. फेरी पढें त मैले

    ReplyDelete