Skip to main content

एउटा मरिरहेछ

विर हस्पिटल को आकस्मिक कक्ष, निकै नै दौड धुप छ । डाक्टरलाई, नर्सलाई भ्याइनभ्याइ छ, परिचय नखुलेको एक अपरिचत को शरीरमा धुकधुकी बाँकि छ । डाक्टरहरु उसलाई बचाउन प्रयासरत छन्, तर अफसोच हस्पिटल मा उसलाई चिन्ने कोही छैनन् । एउटा लावारिश नै भन्दा पनि हुन्छ, यतिखेर सम्म पनि परिचय खुल्न सकेको छैन उसको ।

उसलाई राखिएको कक्ष को एक कुना मा उसलाई बाटो मा भेटेर उपचारार्थ ल्याउने नर्स शैली उभिएकि छिन् । शैली को हात मा एउटा डायरी छ, जुन घटनास्थल मा उक्त अपरिचित सँगै फेला परेको थियो तर त्यसमा कहिँ पनि नाम लेखिएको छैन तर दर्जनौँ पेजहरु भरिएकाछन्। शैली विर हस्पिटल कै नर्स हुन्, उपचार मा उनी आफ्नो संलग्नता जनाउँदैछिन् । शैली ले त्यो घाइतेलाई कुपण्डोल को बाग्मती पुल मा भेटेकि थिइन ।

भर्खर झिसमिसे साँझ परेको थियो, एउटा बत्तासिएर गएको निजी गाडिले उसलाई अर्थात रविलाई ठक्कर दिएको थियो, ऊ ढुन्मुनाउँदै लड्यो, त्यो निजी गाडि एकपटक पनि नरोकिइ पत्पत धुवाँ उडाउँदै कुद्‍यो । त्यही गाडि पछि पछि ट्याक्सीमा आउँदै गरेकि शैली ले घाइतेलाई देखिन्, अनि आफ्नो, एउटा नर्सको दायित्व निभाउन, त्यो घाइतेलाई विर अस्पताल को आकस्मिक कक्षमा पुर्‍याएकी थिइन् ।

बेडमा लम्पसार परेको घाइते रवि को अनुहार उज्यालो र चम्किलो छ, तर उसको अवस्था ठिक छैन, जे जस्तोसुकै भएपनि डाक्टरहरु ले आश मारेका छैनन् । रवि गहिरो निन्द्रा मा रहेको छ, तर अनुहार हेर्दा लाग्छ अहिले नै उठेर बोलीहाल्छ, मुस्कुराए झैँ लाग्दै छ ।

रात छिपिँदै छ, बाहिर कोलाहाल, होहल्ला र फोहोर को डंगुर छ । विर हस्पिटल को कम्पाउन्ड बाहिर यौनकर्मी महिलाहरु को भीड छ, उनीहरु आफ्नो शरीर को यति र उति दाम लगाउँदैछन् । पछाडि भित्ता मा टोलसुधार समितिले “यो ठाउँमा यौन कार्य गर्न मनाही छ” भनेर लेखेको छ । तर यौनकर्मी महिलाहरु हस्पिटलकै कम्पाउण्ड को आड लिएर आफ्नो दामकाम गरिरहेकाछन् । वटुवाहरु आफ्नो गन्तव्यमा पुग्न हतार गरिरहेकाछन् ।

अरुका भाग्य बताइदिनेहरु, हातहेरिदिनेहरु पनि अब फुटपाथबाट उठ्दैछन्, उनीहरु को आफ्नै ठेगान छैन तर सबैका भविष्य बताइदिनेगर्छन् । माथि आकाशे पुलका पसलहरु पनि उठ्दैछन् । आकाशे पुल मा निलो चलचित्रका सिडि बेच्नेहरु भने,विस्तारै “दाइ, नेपाली ब्लु – नेपाली ब्लु” भनेर हात मा सिडि थमाउन खोज्दैछन्, वटुवाहरुलाई सिडि बेच्न खोजिरहेकाछन् ।

खुलामञ्चमा कुनै पार्टिको आमसभा रहेछ, त्यहाँ बाट पनि मान्छेहरु धमाधम निस्कँदैछन्, यसकारण पनि विरहस्पिटल बाहिर मान्छेहरु को धेरै भिड छ । पर महांकाल को मन्दिर बाट मधुरो घन्टिको आवाज सुनिँदैछ, सडक बालबालिका झुण्ड झूण्ड मा छन् । महांकाल को अगाडि अशक्त, असहाय माग्नेहरुको भिड देखिन्छ, बत्तिको उज्यालो मा । सँगै रहेको सैनिक मञ्च को गेटमा एक सैनिक जवान पहरा दिइरहेकाछन् । गाडिहरु आफ्नै रफ्तारमा कुदिरहेकाछन्, मोटरसाइकल चालकहरु नियम मिचिरहेकाछन् । अनि वटुवाहरु पनि आकाशे पुल छाडेर, सिधै तलबाटै व्यस्त सडक काटिरहेकाछन्, तर छेउ को भित्तामा लेखिएको छ, “बाटो काट्न आकाशे पुलको प्रयोग गरौँ” ।

डम्पिङ साइट का स्थानिय सँग को विवाद अनि महानगरपालिका कै कर्मचारीहरुको आन्दोलनका कारण फोहोर को डंगुर सडक छेउ थुप्रिएको छ । त्यो फोहोर को सिधा असर हस्पिटल मा परिरहेको छ, हस्पिटल को वाताबरण नै दुषित बनिरहेको छ । सबै, नाक थुनेर हिँडिरहेकाछन् ।

रत्नपार्क तिर पनि भिडभाड नै छ । माइक्रो, टेम्पो र बसहरु एकहोरो हर्न बजाइरहेकाछन् । लगनखेल, सातदोबाटो, नयाँवानेश्वर, कोटेश्वर भन्ने आवाजहरु धेरै सुनिँदैछन् । उता पारिपट्टि रानीपोखरी को डिलमा रहेको शान्तिवाटिका मा गणेशमान सिंह उभिइरहेकाछन् । अनि उनकै सालिक को तल एउटा संगठन विभिन्न मागहरु राखेर रिले अनशनमा बसेकोछ । हिँड्नेहरु पनि अचम्म मानेर हेर्छन्, ती अनशनकारी को अगाडि पनि त्यही फोहोर को डंगुर थुप्रिएको छ ।

उता रत्नपार्क भित्र “मुकुन्दे” को भाषण सकिएको छ । खासमा मुकुन्दे रत्नपार्क भित्र एउटा रुखमाथि चढेर दिनहुँ भाषण गर्ने गर्छ, सबै भन्छन् मुकुन्दे खुस्केट हो तर उसको क्रेज बढ्दैछ । मुकुन्दे रुखमा चढेर भाषण गर्न थालेपछि वरिपरिका सबै मानिस भेलाभएर उसको भाषण सुन्न थाल्छन् । सबैकुरा प्रस्टरुपले भनिरहेको छ, अनि सबैकुरा सत्य छन् तर पनि उ एक सन्काहा र पागल नै हो । तर अहिले रात परेकोले मुकुन्दे पनि वासस्थान खोज्दैछ, रात काट्न का लागि ।

हस्पिटल मा घाइते रवि छट्पटाइरहेको छ, सायद मृत्यु को याचना गरिरहेको होला, डाक्टरहरु उसलाई बचाउन प्रयासरत छन् । एउटा जिवन र मृत्यु सँग संघर्ष गरिरहेको छ तर सहर मदमस्त बन्दै छ । रातसँगै रात्रिजिवनमा रमाउनेहरु सल्बलाउँदैछन् । न्युरोड गेट तिर पनि भिडभाड छ , केटिहरु को जमात छ, सायद उनीहरु काठमाडौँ का सम्भ्रान्त परिवारका छोरीहरु हुन्, जो रात्रिजिवनमा मदमस्त हुने सुरमा छन् । केटाहरु को हुल पनि कम छैन, केटाहरु को हुल तिनै केटीहरु को पछि पछि लागेको छ । केटिहरु पनि के कम, ती केटाहरु आफ्नो पछि पछि आउँदैछन् कि छैनन् बेलाबेला मा चियो गर्दैछन्, अनि छिल्लिएर नानाथरी बोल्दैछन् ।

घन्टाघर ले ९ बजेको संकेत बजाइसकेको छ, सडकमा मान्छे र गाडिको संख्यामा कमि आएको भएपनि, फोहोर को दुर्गन्ध टाढासम्म फैलिएको छ । लोडसेडिङ को समय नपरेकोले बत्तिको उज्यालो छ, बत्तिको उज्यालो मा पानी नभएको रानीपोखरी टल्किएको छ । अनि हस्पिटल को क्यालेन्डरमा चैत महिना पल्टिरहेको छ ।

जिन्दगी को भरोसा नहुने रहेछ, जतिखेर जे पनि हुनसक्छ, जिन्दगी मा पुर्णविराम लाग्न सक्छ । केही घन्टा अघिसम्म रवि पनि ठीकै थियो, अरु जत्तिकै सबल थियो, सक्षम थियो, एउटा राम्रो पेशामा थियो । तर अहिले एकैछिन को हतार भनौँ या एक निमेष को घटनाले उ जिवन र मृत्युसँग संघर्ष गरिरहेको छ । घन्टाघर ले १२ बजेको संकेत गर्‍यो, मध्यरात मा सारा सहर लगभग मस्त निन्द्रा मा छ तर हस्पिटल मा कोलाहाल छ, रुवाबासी चलिरहेको छ । पलपल मा भर्ना भइरहेकाछन्, अनि केही पलपल मा सारा संसारलाई चटक्क छाडेर निकै लामो यात्रामा निस्किरहेकाछन्, कहिले नफर्किने गरि । रविको पनि कुनै ठेगान छैन, उ पनि उसको मायालाग्दो परिवारलाई चटक्क छाडेर कहिले नफर्किने गरि यात्रा मा जानसक्छ । घरपरिवारलाई रुवाउँदै उ निकै टाढा जानसक्छ, तर यो सहरलाई केही फरक पर्ने छैन ।

यहाँ पलपल मा नयाँ जन्मिरहेछन् अनि पलपल मा टाढा भइरहेकाछन्, मरिरहेकाछन् । तर सायद यतिखेर सम्म पनि उसको परिवार भने बेखबर हुन सक्छ किनभने उसको परिचय खुलेको छैन । अनि यो सहरमा यस्ता दुर्घटनाहरु दर्जनका संङ्ख्यामा हुन्छन् , यहाँ को मर्छ को बाँच्छ केही ठेगान छैन । हस्पिटल मा एउटा मरिरहेछ, सहर मस्त निन्द्रामा छ, फेरि भोलि त बिहान हुँदैछ ।
-कथा-
फोटो: फ्लिकर डटकम

Comments

  1. Feels like narrator is someone having great knowledge about the running world which is so much absurd. May be life is like this when one borns, the same moment other dies! The story is potraying the reality. So the story can be read as another realistic story, form accident to prostitutes to blue movies to girls enjoying night life...to someone giving speech to Ganesh Man singh...
    And above all the instance of "Ghantaghar" time and again reminding us the "time" that is running and Ravi is counting minutes of his life....
    Wonderful...realistic

    ReplyDelete
  2. कथा ले मन छोयो....तर जति दुखी भए नि बास्ताबिक्तालाई त स्वीकार गर्ने पर्छ...

    ReplyDelete
  3. AAKAR jee ,
    Katha ta man chune khalko rahecha aakarji, Photo ta jhatta herda kasto darlagdo halnu bhayeko, tar katha padhisake pachi photo bhava khulne rahecha.

    Ani Aakar jee Thanks For Inform me about the problem in my Blog. I think, i have fix it. Hope you will let me know if there is still same problem.
    Thanks

    ReplyDelete
  4. कथा वास्ताबिक्ता सँग निकै नजिक छ, लेखाई राम्रो र सरर बगेको छ ।

    ReplyDelete
  5. मलाई त कुनै घटना जस्तो नै लागेको थियो तर अन्त्यमा कथा पो रहेछ वास्तबिकता बोकेको कथा । आकार जी धन्यबाद ।

    ReplyDelete
  6. कथा एकदम राम्रो छ

    ReplyDelete
  7. म पनि आधासम्म त साँच्चिकै घटना होला भनेर पढ्दै थिएँ। समसामयीक बिषयबस्तुको सशक्त चित्रण ।

    ReplyDelete
  8. कस्तो राम्रो कथा !!!

    ReplyDelete
  9. "एउटा जिवन र मृत्यु सँग संघर्ष गरिरहेको छ तर सहर मदमस्त बन्दै छ । अनि यो सहरमा यस्ता दुर्घटनाहरु दर्जनका संङ्ख्यामा हुन्छन् , यहाँ को मर्छ को बाँच्छ केही ठेगान छैन । हस्पिटल मा एउटा मरिरहेछ, सहर मस्त निन्द्रामा छ, फेरि भोलि त बिहान हुँदैछ ।" Aakarpsot ji chhuyo chattakai yo line harule.. Katha Kathmandu le......

    ReplyDelete
  10. कथा ले मन छोयो....तर जति दुखी भए नि बास्ताबिक्तालाई त स्वीकार गर्ने पर्छ...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post