Skip to main content

Palpasa Cafe: Episode - 3



Listen to Palpasa Cafe-3.
पल्पसा क्याफे को तेस्रो अंक सुन्नुहोस् ।

दृश्यको ग्यालरी मा पल्पसा को पहिलो प्रवेश सँगै आज को रेडियो वाचन मा पल्पसा क्याफे को तेस्रो श्रृङ्खला अगाडि बढेको छ । फोटोग्राफर छिरिङ, गायक किशोर आदि धेरै साथिहरुको जमघट छ, दृश्यको ग्यालरीमा । एउटी डच केटीको सल्लाह मा दृश्यले आफ्नो ग्यालरीको कायापलट गरेको छ । कर्णप्रिय स्वरमा रेडियोकर्मी अच्युत घिमिरे वाचन गरिरहेछन्, नारायण वाग्लेको पल्पसा क्याफे को तेस्रो अंक ।

राजदरबार हत्याकाण्ड घट्न पुग्छ २०५८ जेठ १९ गते । सबै अस्तव्यस्त सबै त्रसित अनि भयभित बन्न पुग्छन् । राती आएको टेलिफोन सँगै दृश्य झस्कन पुग्छ, राजपरिवार को हत्या भयो भन्ने खबर ले । बिबिसी, सिएनएन ले काठमाडौँ का काठमाडौँ फलाक्न थाल्छन् । राजपरिवार को हत्या का कारण मर्माहत बन्न पुगेका युवाहरुका अनियन्त्रित भिडहरु छन् , टोलबासीमा खैला बैला छ, अनि असुरक्षित महशुस गर्छन् सबैजसो । सबै पसल बन्द छन्, राजा र राजपरिवार को हत्या भै'सकेको छ, अनि वेहोशी मै राजा घोषित भएका युवराज को पनि मृत्यु भै'सकेको छ, सडक मा कर्फ्यु लगाइएको छ, कर्फ्युकै विच हाम्रा राजाको दाहसंस्कार हुन्छ, अनि अर्का राजा घोषणा गरिन्छन् । सडकमा युवाहरुको अनियन्त्रित भिड छ । युवाहरु कपाल मुण्डन गरेर झुण्ड झुण्ड बनाइ राजपरिवारको पाँचै जना रहेको फ्रेम सहितको फोटो बोकेर हिँडिरहेकाछन् । कपाल नखौरने, फोटो नबोक्ने त युवाहरुका तारो बनेका छन् । दृश्य पनि दरवबारमार्ग अगाडि घाइते हुन्छ, आफ्नै प्रश्न का कारण ले ।



दृश्यको पुरानो साथि सिद्धार्थ सँग दृश्यको अकास्मात भेट हुन्छ । सिद्धार्थ जनता को मुक्तिको लागि भन्दै लडेको छ, उ माओवादी हो । उनीहरु दुई बिच नयाँ सत्ता र पुरानो सत्ता का बारेमा कुरा चल्छ । विरेन्द्र को वंशनाश सँगै, राजतन्त्र को अन्त्य भयो, भन्ने ठम्याइ छ । विरेन्द्र को वंशनास नभएको भए, सायद नेपाल को राजनितिक परिवेश ले अर्कै मोड लिने थियो । गाउँगाउँमा नयाँ सत्ता आइसकेको जिकिर गर्छ, सिद्धार्थ । अनि दृश्य पनि सिद्धार्थसँगै नयाँ सत्ता हेर्न पछि लाग्छ । यहाँ बाट दृश्यको देश दौडाहा सुरु हुन्छ, उ पनि नयाँ सत्ता हेर्न गाउँतिर हानिन्छ, सिद्धार्थको साथ लागेर ।

गाउँगाउँ बाट जनताको मुक्तिका लागि भन्दै स्कुल पढ्दै गरेका किशोर, किशोरी धमाधम माओवादीले लगिरहेकाछन् । ६३ औँ पृष्ठ बाट सुरु भएको आजको वाचन ९५ औँ पृष्ठ मा पुगेर टुङ्गिन्छ ।

सन् २००५ को मदन पुरस्कार जित्न सफल “पल्पसा क्याफे” को यो अंक सुन्दा, हामीलाई कुनै उपन्यास नभइ, इतिहास पढिरहेको र सुनिरहेको जस्तो लाग्छ । साँच्चै भन्दा, हामीले “पल्पसा क्याफे” मा भनिएका प्रत्येक संवादलाई मनन गर्ने हो भने, सबै कुराहरु, सबै घटनाहरु चलचित्र हेरिरहेको जस्तो लाग्छ । तपाई हामी आफैँ, पल्पसा क्याफे मा लेखिएको हरेक परिस्थिति र हरेक दृश्यलाई आफ्नो कल्पना शक्तिले चलचित्र जस्तो हेर्न सक्छौँ, मनन गर्न सक्छौँ । साँच्चै, यो अंक एकदम ध्यान दिएर सुन्नुहोस्, हरेक कुराहरु तपाईको आँखा अगाडि चलचित्रका दृश्य झैँ तपाई देखिरहनुहुनेछ ।


नारायण वाग्ले को लेखाइ अनि रेडियोकर्मी अच्युत घिमिरे को वाचन, साँच्चै एक अपुर्व आनन्द को महशुश गर्न सकिन्छ । सायद, मैले अनुभव गरेका कुरा यहाँ म लेख्न सक्दिन, तपाईहरु यो अंकलाई अनुभव गर्नुहोस्, के कस्तो लाग्यो, प्रतिक्रिया व्यक्तगर्नुहोस् । यहाँहरुले सिधै प्रस्तोता अच्युत घिमिरेलाई ghimireachyut@gmail.com मा ईमेल गरेर पनि आफ्नो प्रतिक्रिया जनाउन सक्नुहुन्छ ।

अंक ३ मा उल्लेख भएका, राजदरबार हत्याकाण्ड सम्झँदा अझै आङ जुरुङ् हुन्छ, त्यसबेला को परिस्थिति आफ्नै आँखा अगाडि नाच्न थाल्छ, हरेक कुरा चलिचित्रको दृश्य झैँ आफैँ छर्लङ्ग भएर आउँछ । हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ भनेर नारा लगाउने युवाहरु अहिले सबै गणतन्त्रवादि भै’सकेकाछन्, राजपरिवार को वंश विनाशमा मर्माहत भएका सबै, अहिले नागरिक भइसकेका राजा को पनि खोइरो खनिरहेकाछन् । छक्क पर्छु, कहिँले काँहि, के यहाँ भनेका घटनाहरु के नेपाल मै घटेका थिए ??? त्यस्तै सिद्धार्थ सँग, नयाँ सत्ता हेर्न निस्केको दृश्य जब गाउँमा पुग्छ, त्यहाँ स्कुल जाने उमेरका किशोर किशोरी धमाधम माओवादिले लगिरहेकाछन् । अनि उपन्यासमा त्यसबखत प्रयोग भएका संवाद ले मलाई साँच्चै भावुक बनाएको थियो, त्यहाँ भएको बाबु र छोरी बिच को संवाद अनि दिदी र भाइ बिच को संवाद अनि सिद्धार्थ र ती गाउँले बुढा विचको संवाद । नजानिकनै ती संवादहरुले हामीलाई खै, कहाँ हो कहाँ छोइरहेकाछन् । म ती सबै कुराहरु चलचित्र हेरे जस्तो अनुभव गरिरहेकोछु, अनि फेरि लाग्छ, साँच्चै नेपाल मा त्यस्तो पनि भएको थियो विगतमा ।

मेरो विशेष अनुरोध छ, यो अंक ध्यान दिएर सुन्नुहोस्, त्यहाँ प्रयुक्त शब्दहरु, संवादहरु सुन्नुहोस् । अच्युत घिमिरे को वाचन शैली सुन्नुहोस, अनि नेपथ्यमा बजिरहने रविशंकर आदिका सांगितिक धुन सुन्नुहोस्, आफूलाई तनावरहित छाडिदिनुहोस् ,तपाईका अगाडि हाम्रा विगत छर्लङ्ग भएर आउँछ ।

केहि वर्ष पहिले नै रेडियो बाट बजिसकेका यी रेडियोवाचन का श्रृंखला कस्तो लागिरहेको छ, हाम्रो जान्ने इच्छा छ । रेडियोवाचन का श्रृंखला उपलब्ध गराउने अच्युत घिमिरेलाई हार्दिक धन्यवाद । साथै, प्रविधिमा साथ दिइरहेका अनिल मन्डर लाई पनि धन्यवाद, यति मिठो संयोजनका लागि । रेडियोवाचनमा प्रयोग भएका गित-संगितका श्रष्टाहरुलाई पनि हार्दिक धन्यवाद, सायद गित संगित विना यी रेडियो वाचनका श्रृंखलाहरु अपुरो नै हुन्थे होला । सुन्दै गर्नुहोला, रेडियोवाचन । अब का केही श्रृंखला मा नेपाल को जनयुद्धकाल को चित्र पाउनुहुनेछ, नेपाली जनताले भोगेर आएको त्यो कालखण्डलाई अनुभव गर्नसक्नुहुनेछ ।

Comments

  1. ..niaki ramailo laageko 6. thikai 6 ni majjale dhyaan lagaaer sunne 6u ni ... kin yasto abasar bat banchit rahanu ni ?

    ReplyDelete
  2. Aakar,
    I listened Palpasa cafe in "Radio Bachan" after I read palpasa cafe. No doubt the style of reading the book and his voice match the character Drishya. Book is awesome. The character drishya, Palpasa, Hajur Aama, Nanu, Sidhartha became very friendly with me. It reminds me the respecful distance between(Sista Duri) Palpasa and Drishya which Narayan Wagle mentioned in one chapter.
    Thank you for posting this.

    ReplyDelete
  3. very intresting!!

    and

    HAPPY HOLY

    ReplyDelete
  4. Thanks for the update...listened this third part..three times...its so touching..the voice , presentation...and ofcourse the novel....thank u so much aakar...
    gud luck...

    ReplyDelete
  5. shurty sambeg dherai ramailo program ho. samannya katha lai pani achut ghemire ko greatful bachan capacity le dherai nai intresting hun6. ajhai lamo samaya samma chaldai jayous mero yehi suvacamamna xa

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Download Tihar Dhun and Deusi Bhailo Songs

Listen to Deusi Bhailo Songs.

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ ।

Download Tihar Songs: Bhailini/Bhailo - भैलो

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.
Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

हाम्रो नेपाली किबोर्ड अब आइफोनमा

बहुप्रतिक्षित हाम्रो नेपाली किबोर्ड अब आइफोन/आइप्याडमा उपलब्ध भएको छ । हाम्रो पात्रो तथा एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको सफलता पछि, हाम्रो पात्रो टिमले आइफोनको लागि यो नयाँ किबोर्ड सार्वजनिक गरेको हो ।


एन्ड्रोइड नेपाली किबोर्डमा झैँ यस किबोर्डमा पनि हामीले प्रयोग गर्दै आएको नेपाली रोमनाइज्ड किबोर्ड, नेपाली ट्रेडिसनल (बकमन) आदि लेआउटहरु समावेश गरिएकोछ । एपस्टोरबाट किबोर्ड डाउनलोड गरेर आइफोनको सेटिङमा यो नयाँ किबोर्ड 'एड' गरेपछि, जुनसुकै एपमा सरर नेपाली टाइप गर्न सकिन्छ । हाम्रो पात्रो किबोर्डमा नेपालीमा 'अटो सजेसन'हरु देखाउने हुँदा, टाइपिङ छिटो हुन्छ ।


आइफोन / आइप्याडको लागि हाम्रो किबोर्ड एप डाउनलोड गर्नुहोस्

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite.

I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…??

The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author..

I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pain…because…

एन्ड्रोइडका लागि हाम्रो नेपाली किबोर्डको नयाँ भर्सन उपलब्ध

ट्विटरमा हाम्रो किबोर्डको नयाँ भर्सन आयो भन्ने ट्विट देखेपछि, प्लेस्टोरबाट अपडेट गरेर यो ब्लग हाम्रो किबोर्डको परिक्षण गर्न सिधै ट्याबलेटबाट लेख्दैछु।

हाम्रो किबोर्ड प्रयोग गरेर छिटोछिटो लेख्ने कसरत गर्दैछु। हेरौँ कत्तिको छिटो लेखिन्छ कत्तिको गल्ति हुन्छ। पहिले मोबाइल/ट्याबलेटमा यो किबोर्ड प्रयोग गरेर लामा लामा लेख लेख्न झन्झटिलो थियो तर माथिका यी ३ लाइन लेख्दा कहिँकुनै ठाउँमा गल्ति भएन, ल्याग भएन। भनेको कुरा मज्जाले लेख्न सकियो। पहिलेको भन्दा छिटो टाइप पनि गर्न सकेँ।
२-३ महिना पहिले मैले ट्याबलेटबाटै ब्लग लेख्ने विचार गरेको थिँए। लेखेँ पनि तर दुई प्याराग्राफ टाइप गर्न पनि लगभग १ घन्टा जति लागेको थियो। तर यो  नयाँ अपडेटेड किबोर्ड प्रयोग गरिरहँदा अचम्ममा परेकोछु। "कि" एकपटक थिचिसकेपछि फेरि दोहोर्याएर हेर्नू नपर्ने भएको छ।
मदनपुरस्कार पुस्तकालयले बनाएको रोमनाइज्ड युनिकोड मैले २००७ देखि नै प्रयोग गर्न थालेको हुँ, त्यसबेला रोमनाइज्ड किबोर्डबारे ब्लग लेख्दा एमपिपिको साइटबाट करिब २०० पटक उक्त किबोर्ड डाउनलोड भएकोथियो, अहिले पनि आकारपोष्ट्मा त्यही किबोर्ड बारेको ब्लग सबैभन्दा धेर…