Palpasa Cafe: Episode - 2










Listen to Palpasa Cafe Online.

एउटा विशिष्ट साहित्यिक रेडियो कार्यक्रम “रेडियो वाचन” का अव का केही शृङ्खला मा हाम्रा लोकप्रिय रेडियोकर्मी “अच्युत घिमिरे” ले सन् २००५ को “मदन पुरस्कार” जित्‍न सफल कान्तिपुर का पुर्वसम्पादक “नारायण वाग्ले” ले लेख्नुभएको उपन्यास “पल्पसा क्याफे” वाचन गर्नुहुनेछ । व्दन्दकाल को सशक्त चित्रण गर्न सफल, “पल्पसा क्याफे” माओवादी जनयुद्धको परिवेश मा लेखिएको एक उत्कृष्ट कृति हो । विगतमा घटेका कुराहरुलाई एकदमै सुक्ष्म रुपले चित्रण गरिएको, “पल्पसा क्याफे” नेपालय ले प्रकाशन गरेको हो ।

हाम्रा लोकप्रिय रेडियो प्रस्तोता- अच्युत घिमिरे को आवाज मा सजिएको रेडियो वाचन को यो पहिलो बसाइ मा हामीले “पल्पसा क्याफे” को पहिलो अंक प्रसारण गर्‍यौँ । यी रेडियोवाचन का अंकहरु केही वर्षपहिले नै, रेडियोबाट प्रशारण भै’सकेकाछन् । कर्णप्रिय स्वरका धनि अच्युत घिमिरे को आवाजमा सजिएको यो श्रृंखला यहाँहरुले मन पराउनुहुनेछ भन्ने आशा तथा विश्वास लिएका छौँ, रेडियोवाचन को यो अंकलाई प्रविधिमा अनिल कुमार मन्डर ले साथ दिएका छन् । कुनै समयको लोकप्रिय रेडियो कार्यक्रम यहाँ अनलाइन सुन्दा यहाँहरुलाई कस्तो लागिरहेछ, जान्ने उत्सुकता हामी मा रहेको छ । यहाँहरुले सिधै प्रस्तोता, अच्युत घिमिरेलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ । श्रोता र प्रस्तोता विच सिधै सम्पर्क कायम भए, यहाँहरुको आकांक्षा जान्ने मौका हामीले पाउने थियौँ । यो एउटा रेडियो कार्यक्रम, अनि तपाई र हामी विच श्रोता र प्रस्तोताको दुरी । अनि तपाइहरु विना, हाम्रो यो काम निर्रथक छ, अत: सल्लाह, सुझाव, ताली र गाली को अपेक्षा सदैव गर्दछौँ ।

प्रविधि र परिस्थितले साथ दिएसम्म हाम्रो यो रेडियोवाचनमा पल्पसा क्याफेका अंकहरु साप्ताहिक रुपमा शनिबार का दिन प्रशारण गर्दैजानेछौँ । यो कार्यक्रम मात्र यहाँहरुको लागि हो, जो साहित्य मनपराउनुहुन्छ, जो स्रष्टाहरुको सम्मान गर्नुहुन्छ, यसर्थ हाम्रो अनलाइन रेडियो कार्यक्रम को अनधिकृत प्रयोग यहाँहरुले गर्नुहुनेछैन भन्ने हामीले आशा तथा विश्वास लिएका छौँ ।

8 comments :

  1. Thank you so much for the second part...
    Its really nice to listen it here online..
    Wonderful blogger wonderful blgog wonderful writing...

    ReplyDelete
  2. Just awesome! really enjoyed it! Thanks

    ReplyDelete
  3. धन्यबाद आकार जी पल्पसाको पर्खाइको तिर्खा मेटाउनु भएकोमा ।

    ReplyDelete
  4. Thanx Aakar ji...it's really wonderful listening Palpasa Cafe online..

    ReplyDelete
  5. yo palpasa cafe ko pahilo ra dosro anka feri rakhnu paro bhanne mero agraha cha...
    yo upanyas ko barema dherai charcha paricharcha haru sune ko le yo sunne iccha mero pani jagera aayecha..aba padu bhane yo upanyas ma sanga chaina teslai sunauna ta bahnera yeso blog khole ko ta kam nai garena...yesari pani bhayo ta hajur!! yeso milayera chai yesko barema kei garam na ta.. ..
    Yo pahilo ra dosro anka ka prabidhik gadabadi haru lai sachhayera feri rakhne bebastha milauna mero agraha cha ...huna ta tesro anka le kam gariracha tara k garne suru batai sunam bhanne ichha k..
    la ta hajur tapai ko jai hos!!!!

    ReplyDelete
  6. जीवन जी, प्रतिक्रियाको लागि धन्यवाद !
    पहिलो र दोस्रो अंक राखिएको साइटमा पाटपुर्जा फेर्ने काम धमाधम हुँदैछ, सायद केही दिनभित्रै बनिसक्छ होला अनि यहाँले सुन्न सक्नुहुनेछ, यदि ५-६ दिन भित्र पनि बनेन भने, अर्को व्यवस्था गरौँला । ढुक्क हुनुस्, म यहाँलाई निराश पार्दिन । तपाईले १०-१५ दिन भित्रमा पहिलो र दोस्रो अंक सुन्न पाउनुहुनेछ ।
    धन्यवाद !

    ReplyDelete