Skip to main content

Posts

Showing posts from February, 2009

मेरो आउने बाटो हेरी, चौतारीमा कुर्छे होली । मेरो चिनो जालीरुमाल, सेतीछेउ धुन्छे होली ।। आँखाभरि आसुँ लिई, वाटो छेक्न खोज्ने उनी । मेलापात आउँदाजाँदा, लुकिछिपि रुन्छे होली ।। चाँडै आउने वाचा गर, तिम्रो यादले मर्छु भन्थी । फर्की आउला कै'ले भनि, दिन मै'ना गुन्छे होली ।। एक्लो हुँदा कै'लेकाँहि, तस्विर हेरी रुन्छे होली । कै'ले टाँसी छातिभरि, कै'ले ओठ चुम्छे होली ।। -मुकुन्द "अनडेस्टिनी" बायोटेक, दोश्रो वर्ष काठमाडौँ विश्वविद्यालय ।

22 Feb 2009 मा FOSS (Free and Open Source Software) Nepal तथा HLCIT (High Level Commission of Information Technology) ले संयुक्त रुपमा Digital Freedom For a Free Society भन्ने नाराका साथ आयोजना गरेको “Workshop on Free and Open Source Software for Media Persons”, विषयक एकदिने कार्यक्रम मा मैले एक ब्लगरको हैसियत ले सहभागिता जनाएको थिँए । FOSS Nepal को रेगुलर कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम, मिडिया मा काम गर्ने व्यक्तिहरुलाई Free and Open Source Software बारे बुझाउन HLCIT को सभाहल सिंहदरबार मा गरिएको थियो । विवेक पौडेल ले सञ्चालन गर्नुभएको कार्यक्रमलाई Opening Session, Orientation Session, Technical Session: Demo and Hands-on र Refreshment गरेर ४ वटा भागमा बाँडिएको थियो । ठिक १० बजे भनिएपनि १५-२० मिनेट ढिलो सुरु भएको कार्यक्रम मा अतिथिका रुपमा नेपाली टाइम्सका प्रकाशक-सम्पादक वरिष्ठ पत्रकार कुन्द दिक्षित, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव अर्जुन कार्की, HLCIT का सेक्रेटरी डा. मदन परियार, HLCIT का VC तथा ईन्जिनियर सरोज देवकोटा, HLCIT का आजिवन सदस्य मनोहर भट्टराई आदि हुनुहुन्थ

धरहरा सँगै को पार्क मा आइपुगेको छु । मध्यान्न को १२ बजेको छ । फागुन महिना भएर होला, गर्मी को आभास भै’रहेको छ । केही वर्ष अघि सम्म हेर्न मात्र पाइने धरहरा केही वर्ष देखि चढ्न मिल्ने भै’सकेको छ । त्यही भएर, यहाँ धरहरा चढेर काठमाडौँ हेर्न खोज्नेहरु को भिड छ । एउटा कुना को बेन्च मा म बसिरहेको छु, प्लान केही छैन । त्यही पुल्चोक देखि हिँडेर आएको थकाइ मार्न बसिरहेको छु । “पल्पसा क्याफे” को अडियो पेनड्राइभ मा राखेर ल्याँए भर्खरै, अच्युत दाइबाट, कति खेर सुनौँ जस्तो भै’रहेको छ । म कसैलाई पर्खिरहेको पनि छैन पार्क मा, तर पनि म बसिरहेको छु, विनाकाम पार्क मा । बाहिर होहल्ला छ, गाडि को घ्यारघ्यार को आवाज आइरहेको छ । थकाइ मार्ने पार्क त हो, तर शान्त छैन । सबै आ-आफ्नै पारामा छन्, कोही एक्लै छन्, कोही ग्रुपमा छन्, कोही साथिहरु सँग छन् त कोही सपरिवार आएका जस्ता देखिन्छन् । त्यसै बस्न अल्छि लाग्यो, एउटा फ्यान्टा ल्याएँ, सेल्फ सर्भिस रहेछ । त्यो सानो बोतल को फ्यान्टा पनि १ घन्टा लाएर सिध्याँए, सायद म अझै केहिबेर यही पार्क मा बस्ने वाहाना खोज्दैथिँए । मान्छेहरु को आगमन बाक्लिएको जस्तो लाग्छ । सबै बेन्च र कु

FOSS Research and Training Center, Brihaspati Vidya Sadan मा गत फेव्रुअरी ७ शनिबार का दिन FOSS InfoMela 2009 सम्पन्न भएको छ । खुला र सफ्टवेयर स्वतन्त्रता को लागि संघर्षरत संस्था FOSS Nepal ले आफ्नो नियमित कार्यक्रमहरु अन्तर्गत उक्त कार्यक्रम को आयोजना गरेको थियो । FOSS Nepal ले आयोजना गरको कार्यक्रमलाई D2LABS, KU (Kathmandu University), HLCIT (High Level Commission of Information Technology), Digit Trust आदि संघसंस्थाहरुले पनि सहयोग गरेका थिए । करिव १ दर्जन जति स्लटहरु राखिएको FOSS InfoMela 2009 को उद्‍घाटन प्रमुख अतिथि वातावरण, विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले गर्नुभएको थियो । उद्‍घाटनका क्रम मा, मन्त्री साहले सरकार ले नयाँ नेपाल निर्माण का लागि “७ ई” को अवधारणा ल्याउन लागेको बताउनुभएको थियो । उहाँले ७ अंक नेपाल को सन्दर्भमा शुभ भएको भन्दै ठट्यौलो पारामा विभिन्न राजनितिक प्रसंगहरु पनि जोड्नुभएको थियो । विवेक पौडेल ले सञ्चालन गर्नुभएको कार्यक्रम को सभापतित्व FOSS Nepal का सुविर प्रधानाङ्ग ले गर्नु भएको थियो । कार्यक्रम मा FOSS Research and Training Center को उद्‌घाटन पनि मन्त्री