Skip to main content

लोडसेडिङ जिन्दावाद !!!

हामी नेपाली को बानी नै नराम्रो, हरेक कुरा मा हामी कमेन्ट गर्छौँ । अझ सरकार को कामकारवाही प्रति त सँधै प्रतिपक्षी कै व्यवहार गर्छौँ, भन्या ! जे मा नि कमेन्ट गर्न हामी साह्रै खप्पिस छौँ के, अब घरमै पनि पहिले खाना खायो, अन्तिम मा कमेन्ट गर्दिहाल्छौँ, यो तरकारी मा नुन चर्को रै’छ । यी त भए, साधारण कुरा अनि प्राय: नोटिस पनि गरिँदैन । तर राष्ट्रिय स्तरमा भए गरेका त हामी हरेक कुरा मा खोट देख्छौँ, कमेन्ट गर्दिहाल्छौँ ।

तपाईहरुलाई थाहा छ, अहिले १६ घन्टे लोडसेडिङ को चर्चा चारैतिर छ, जो सँग भेट भो, कि त्यही कुरा बाट गफ सुरु गर्छ, अनि फेरी उही सरकारलाई धारे हात लाउँछ । ए बाबा ! हैन, सबैको किन दिमाग भ्रष्ट भा’को होला, लोडसेडिङ शब्द सुन्ने बित्तिकै । लोडसेडिङ को फाइदा कति छ, कति , ख्वै कोही पनि बुझ्नै चाहँदैनन् भन्या ! भन्छन् नि, मान्छेहरु “चर्चित हुनु छ भने, कि त राम्रो काम गर्नुपर्छ रे, कि साह्रै नराम्रो काम”, बिचका काम गर्नेहरु त सदा पेन्डुलम नै रहन्छन् । न उनीहरु को कहीँ चर्चा, न कहीँ खोजखबर, अस्तित्व नै नभएजस्तो, या भनौँ डायनोसर का प्रजाती लोप भए जस्तै बिचका त काम गर्ने त लोप नै भएर जान्छन् !


अधिकांश ले भन्छन्, विदेश मा “नेपाल” भन्ने ठाउँ भन्दा प्राय: ले त्यो अर्कै शहर “नेपल्स” भन्ने बुझ्छन् रे ! अनि उनीहरुलाई बुझाउन, उही “सगरमाथा” को कुरा गर्नु पर्छ रे ! तर अब लोडसेडिङ को देश भनेर पनि ठ्याक्क पत्ता लगाउँछन् रे, “नेपाल” भन्दा । लोडसेडिङ त हाम्रो गौरव को कुरा पो हो त !

तपाईहरुलाई थाहा छ, जसरी अँध्यारो पछि, उज्यालो आउँछ हो त्यसरी नै नेपाल पनि “नयाँ नेपाल” बन्ने तरखर मा छ रे ! अब भैरा’को लाई एक्कासी नयाँ भन्दा धेरै नेपाली को मुटु ले नथाम्ला भनेर, नयाँ बनाउनुभन्दा पहिले, एकपटक नेपाललाई अन्धकार मा विचरण गरा’को मात्रै हो रे, यो कुरो कल्ले बुझ्ने ? अनि अहिले अन्धकार भएपछि, पो पछि एकदम नयाँ नेपाल बन्छ त !

जलस्रोत को दोश्रो धनी देश भनेर नेपाल कहलिएको छ, अब त्यो भन्दा बढि गौरब को कुरा, लोडसेडिङ को देश भनेर चिनिएको छ । नेपाल र नेपाली त साह्रै युनिक पो छन् त हो ! याद गर्नु भा’छ, नेपाल को राष्ट्रिय झण्डा पनि विश्वका अरु देशका झण्डा भन्दा पृथक छ या भनौँ युनिक छ । हाम्रो देश युनिक छ नि, विश्व कै अग्लो शिखर सगरमाथा छ । अझ नेपालीहरु को बानी पनि साह्रै युनिक छ के ! युनिक भन्ना को मतलब जस्तो परिस्थिति मा पनि बाँच्न सक्छन् नेपालीहरु । उहीले विर बलभद्र पानी विना युद्ध लडेकै हुन् । हामी पनि बाँचेकै छौँ, पानी बिना, बत्ति बिना । डिजेल र पेट्रोल को अभावमा पनि बाँचिएकै हो ।

दैनिक १६ घन्टा लोडसेडिङ हुने देश नेपाल हो, आहा ! कति पृथक छ हाम्रो पहिचान । अनि लोडसेडिङ भो भनेर, सरकारलाई गाली गर्नेहरुको जत्था देख्दा पनि साह्रै कन्सिरी नै तातेर आउँछ भन्या । अस्ति केही सित गोप्य वार्ता भा’थ्यो के, लोडसेडिङ को बारेमा । अनि लोडसेडिङ को फाइदा थाहा पाएर म त तिन छक् नै परेँ नि ।

अब देश नयाँ बनाउने बेला, पहिले नै उज्यालो भयो भने, नेपाल नयाँ बन्दै बन्दैन । अनि अर्को कुरा, काम गर्नुपर्ने बेलामा नेपालीहरु चाँहि टिभि हेर्न मै व्यस्त हुन्छन् । अब बिजुली नभएपछि, उनीहरु टिभि हेर्दैनन्, कम्प्युटर चलाउँदैनन्, व्यर्थमा जाने समय अब काम मा उपयोग हुने भो । तपाईलाई थाहा छ, लोडसेडिङ ले गर्दा बेरोजगारी समस्या त पुरै हल नै पो भएको छ त ! पहिले पो, केही ले जागिर खान्थे, अफिस, कलकारखाना जान्थे, अनि जान नपाउनेहरु चाँहि हामी बेरोजगार भनेर कुर्लन्थे । तर अब त हामी सबै बराबरी हौँ नि, सबै बेरोजगारी भएपछि, कसको रिस गर्ने हैन त ? उही सत्ता बाहिर बस्दा, फुर्ति हाँक्ने अनि सत्ता मा गएपछि लुरुक्क पर्ने जस्तै त हौँ नि हामी नेपाली पनि । अब कोहि पनि अफिस नजाने भएपछि, पहिले काम पाइएन भनेर कराउनेहरु पनि चुप भैहाले नि । अनि थाहा छ, पहिले चोर डाका लाई कति गाह्रो पर्थ्यो लुट्न, तर अहिले कति सजिलो छ उनीहरुलाई । चारैतिर अन्धकार हुन्छ, उनीहरु आनन्द ले जान्छन् अनि घर फोरेर निस्कन्छन् । उनीहरुको माग प्रति सरकार कति सजग छ, १२ घन्टा मा चोर्न नभ्याउलान भनेर १६ घन्टा नै लोडसेडिङ गर्देका छन् । कम्ति मा सरकारमा बस्नेले कम्तिमा चोर फटाहा का कुरा त सुनेकाछन् । अत: उनीहरुले हाम्रा लागि केही गरेनन् भनेर कराउनु व्यर्थ छ है !

लोडसेडिङ को फाइदा र महिमा भन्दै जाने हो भने, यहाँ नै नअटाउला भन्ने पिर छ आफूलाई चाँहि । धेरैलाई थाहा नहोला, यही लोडसेडिङ गराएर जनतालाई राहत दिनको लागि, उहिले मर्मत गर्नुपर्ने टर्वाइनहरु अहिले सम्म पनि मर्मत गरिएको छैन । मर्मत खर्च करोडौँ लाग्दोरहेछ, अत: मर्मत गरेन भने यहाँ को पैसा विदेश नजाने भो, अनि सोचौँ त नेपाल कति धनि हुन्छ । आजको पत्रिका मा नै छापिएको छ नि, कुलेखानी को मिसिन मर्मत गर्न भारत लाने भइयो रे, मर्मत खर्च १ करोड भन्दा बढि लाग्छ रे । कम्ति मितव्ययी छौँ त हामी खर्च गर्ने सिलसिला मा, त्यही त उहिले देखि बिग्रिएका मिसिनहरु मर्मत गरिएको छैन, पैसो विदेशिने भय ले । यहाँहरु कत्ति को जानकार हुनुहुन्छ, कालीगण्डकी को मिसिन मा गडबढि आएको धेरै महिना भैसक्यो, कुलेखानी मा पनि ४ वटा जति मिसिन ले काम नै गर्दैनन्, ४६-४७ सालतिरै अरुण बनाउने कुरा उठेर अलिकति काम पनि गरिसकेको रहेछ, अनि पछि आयोजना त्यसै तुहाइएछ । अस्ति भर्खर उद्‍घाटन गरिएको मध्यमर्स्याङ्दि पनि दोब्बर समय लगाएर बनाइएको रहेछ । पोहोर, तामाकोशी लामा बगर को पनि धेरै चर्चा चलेको थियो, काम उही कछुवाको गति मा हुँदैछ रे ।

अर्को गज्जब को कुरा, मोबाइल को नेटवर्क ठीक छ, भनेर देखाउन को लागि पनि लोडसेडिङ गरिएको रहेछ । कसरी भन्नुहोला, अब लोडसेडिङ भएपछि, बेलामा मोबाइल को ब्याट्रि चार्ज गर्न पाइँदैन, अनि आधा भन्दा बढि मोबाइलहरु सबै स्विच अफ हुन्छन् । त्यसपछि, बाँकि रहेका मोबाइलमा नेटवर्क को समस्या हुँदैन भन्ने, हाम्रा प्रगतिशील नेताहरुको निष्कर्ष छ ।

त्यस्तै वातावरण जोगाउन को लागि पनि लोडसेडिङ गर्नुपरेको अर्काथरी को भनाइ छ । लोडसेडिङ का कारण वातावारण मा वायुप्रदुषण को मात्रा घटेको छ । अब, लोडसेडिङ नहुँदा, सबै कलकारखाना चलेका थिए, अनि त्यसबाट निस्कने धुँवा धुँलो ले वातावरण मा निकै नकरात्मक असर पारेको थियो । तर अब वातावरण मा धेरै सुधार हुनेछ, किनभने, अधिंकाश उद्योगहरु बन्द भैसकेकाछन् ।

जेहोस् अरु केही नभएपनि, लोडसेडिङ को देश भनेर परिचित हुन पाइएको छ, संसार भर, सायद यही नै हाम्रो लागि नयाँ नेपाल का नेताहरुले दिएको उपहार होला ! साथीहरु लोडसेडिङ भनेर अब गनगन नगरौँ है धेरै, बरु हाम्रो पृथक पहिचान या भनौँ परिचयलाई आत्मसात गरौँ, सरकार को काम कारवाही लाई धेरै कमेन्ट नगरौँ, आखिर कमेन्ट गरेर पनि के फाइदा छ त, हैन र ??? आफ्नै समय को सत्यानाश !!!

Comments

  1. ???????????????
    ????????????????
    ??????????????????
    ???????????????????????????????????????? haha...no comment..............................

    ReplyDelete
  2. Lol.. uff sarai nai unique vayou hami nepali haroo pani hahaha .. Aba ta blogging garna chodera chorna tira po laagnu paryo kya .16 hrs pratidin ma 2-3 ta computer ta kaso haat napariyela ta haha

    ReplyDelete
  3. साँच्चै, मेरो एकजना साथीले 'च्याट'मा भन्दै थीयो "आजकल नेपालमा मानिसहरुको पारिवारीक सम्बन्ध सुध्रीरहेको छ रे" किन भन्दा, बत्ति नभएपछि टीभी, कम्प्युटर केहि नचलेका कारण सबैजना संगै बसेर कुराकानि गरेर समय काट्छन त्यसैले रे ... । अब के गर्ने ?, लोडसेडिङ मु्दावाद भनेपनि गरको बत्ती नबल्ने भएपछि जिन्दावाद! नै त भन्ने होला!!!

    ReplyDelete
  4. "जलस्रोत को दोश्रो धनी देश नेपाल"...this is a wrong statement....I don't know how we were fed with this. A year or two ago (I think) there was discussion on a fellow Nepali blogger's site about how a Nepali student studying in Russia wrote a thesis on the 83,000 MW (not sure abt the exact figure) theoretical hydro potential, and suddenly Nepal was "जलस्रोत को दोश्रो धनी देश"...
    I double checked if we are second in anything related to hydro-power, water resource...we are not.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

Story: बितेका कुरा

Listen to story 'Biteka Kura'. आज हामी बिशेष प्रस्तुती लिएर आएका छौ । कथाकार रुपनारायण सिहको कथा 'बितेका कुरा'लाई लिएका छौँ । नेपाली गद्य साहित्यमा यो एउटा चर्चित कथा हो । यो कथा नेपाली साहित्यको पाठ्यक्रममा समेत राखिएको कथा हो । कथा कस्तो लाग्यो, यसबारेमा तपाईँ आफैँ विश्लेषण गर्नुहोस् । बितेका कुरा कुनै राम्रा हुन्छन त कुनै नराम्रा, कुरा जस्तो सुकै होस् बितेका नराम्रा कुराहरु बिर्सिनु नै राम्रो हुन्छ रे । अन्यथा आगामी पलहरु अमिलो बन्छन रे । अत: पुराना बितेका नराम्रा कुराहरु, बिर्सिदिनुस् भन्ने बिशेष आग्रह का साथ आज मेरो रेडियो डटकमबाट रुपेश श्रेष्ठ को आवाजमा आज को कथा 'बितेका कुरा' राख्दैछु । आगामी हप्ता देखी पारीजात को उपन्यास 'शिरिस को फूल' लिएर उपस्थित हुनेछौ । (साभार: मेरो रेडियो )

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post