सरकार हाँक्न थालेको चार-चार महिना भइसकेपछि बल्ल आफ्नो चालढाल, तौरतरिका, ढाँचाकाँचा आफूअघिकाहरूको जस्तै भएको होस आएछ। रातो फित्ता काट्ने, पानसमा बत्ती बाल्ने, दोसल्ला 'ढाउने, अर्थ न बर्थका भाषण गरिहिँड्ने अनि यामानको माला पहिर्याई माग्ने। यस्ता काम त सबैले गर्दै आएका हुन्। आफूलाई क्रान्तिकारी भन्नेहरूले पनि त्यही काम गर्नु जरूरी थिएन। शुरुमै यस्ता समारोह, महोत्सव र अभिनन्दन कार्यक्रममा नगई खुरुखुरु काम गर्नुपर्ने थियो। तर अबेर नै सही त्यस कुराको बोध भएको देखेर स्वाभाविक तवरमा माथिको कहावत याद आयो। हुन त यसै कुरालाई ढिलै भए पनि बुद्धि पलाएछ पनि भन्न सकिन्छ।
यति बुद्धि पलाएर पनि अझ्ै पुगेको छैन। प्रधानमन्त्रीले आफू मात्र सभा-समारोहमा नगएर पुग्दैन। आफ्ना मन्त्रीहरूलाई पनि जानबाट सकेसम्म रोक्नुपर्छ। बोलाउन र अनुरोध गर्न त सबै आउँछन्। मन्त्री भनेको ठूला 'होदाका व्यक्ति हुन्, पावरवाला व्यक्ति हुन् भन्ने नै सबैमा परेको छ। एकहिसाबले त्यो कुरा हो पनि। मन्त्रीलाई बोलाउन पाउँदा आफ्नो पनि शान बढ्ने र सरकारी सञ्चारमाध्यममा यसै प्रचार पनि पाइने लोभ हुन्छ। समाज नै त्यस्तै छ, सोचाइ नै त्यस्तै छ। तर यसमा पनि क्रम भङ्ग हुनु पर्यो नि!
मन्त्रीहरू आफूले जिम्मा पाएका मन्त्रालय सम्हालेर बसुन्। इमानको अल्पता भएका काम ठगुवा, घाम तापुवा तथा हरेक नागरिकलाई भानुभक्तले झ्ैं कविता लेख्न तुल्याउने आलसी, हेपाहा, चाप्लुस र टेबुलमुनि हात थाप्ने प्रवृत्तिका अकर्मण्य कर्मचारीहरूलाई तह लगाएर तिनलाई काममा जोतेर बसुन्। आफू अन्तर्गतका मन्त्रालय, विभाग र कार्यालयहरूबाट हुनुपर्ने काम भए नभएको चनाखो भई रेखदेख गरेर बसुन्। जुन जनताको नाममा उनीहरू त्यहाँ पुगेका छन् तिनको कल्याण हुने काम गरुन्, केही काम देखाउन्। के यस्तो खालको क्रम भङ्ग गर्न सकिँदैन?
-ऋतुराज
*************************
माथि को क्रमभंग, ऋतुराज ले गरेका हुन् र यसलाई हिमाल खबरपत्रिका को नयाँ अंक बाट लिइएको हो ।








2 प्रतिक्रिया:
aakaar ji m ta uniharuko (ma-o) chaalaako kuraa garer samay nai kin barbad garnu jasto po laag n thaali sakyo.
r rituraj ...laai saadhubad.
aakaar ji m ta uniharuko (ma-o) chaalaako kuraa garer samay nai kin barbad garnu jasto po laag n thaali sakyo.
r rituraj ...laai saadhubad.
Post a Comment