Suscribe via RSS


Listen to Daily Morning Nepali News from Ujyaalo 90 Network: 7:00 AM NST Onward (24hr a day)
News Update>> दोश्रो दिन पनि बन्द हुने: काठमाडौँ विश्वविद्यालय मा जुलाई ०७,(मंगलबार) २००९ मा हुने भनिएका दोश्रो सेमेस्टर को सबै परिक्षाहरु फेरी पनि स्थगित गरिएको छ ।

Monday, January 05, 2009

धार्मिक हस्तक्षेप नेपालमा : विरोध चर्को भारतमा

| |

धर्मलाई राजनीतिक सिमानामा बाँधेर बाँध्न सकिन्न । त्यो पनि आजको ग्लोबलाइज्ड समाजमा । तर यस्ता सत्यहरु कम्यूनिष्ट सिद्धान्तले स्वीकार्दैन । अझै अपडेट छैन कम्यूनिष्ट पार्टी, समाजले उत्तरआधुनिकता वरण गरेको अपडेट फाइलहरु उसमा इन्स्टल भएका छैनन क्यारे ! विश्वलाई ग्रामका रुपमा लिने अवस्था बनेको समयमा कामरेडहरु उही धार्नी न बिसौलीका कुरामा अड्किएका छन् । नेपालको कुरा नगरौं यस सन्दर्भमा नेपालका धेरै ठूला नेता भन्नेहरु आफ्नै बारेमा अपडेटेड छैनन् । वास्तवमा कम्यूनिष्टहरु जहिले पनि कन्ट्रोल अल्ट अनि डिलिट गरेरै सट डाउन गर्न खोज्छन् । प्रक्रिया मिलाउने जाँगर छैन । विधि माने पो । खाली बलबाट मात्र समाधान खोज्ने । अहिलेको नेपाली पेरीफेरी हेरेर भन्ने हो भने त सबै भन्दा सामन्तवादी चरित्र भएको दल नै अरुलाई सामन्ती भन्दैछ भन्ने लाग्छ हो ।

माओवादीका हेडक्वाटर महोदयले नयाँ नेपाल र नयाँ जोशको कुरा धेरै गर्नुहुन्छ तर नेपाल भारत सम्बन्धका सवालमा उहाँका धारणा निक्कै पुराना छन् । २००० को भाइरस डिफिनेसनका फाइल जस्ता (म चाहिँ सेमेन्टेकको चलाउँछु, गोप्य कुरो) । नेपाली काँग्रेसले के प्रजातान्त्रिक एकताको कुरा गर्‍याथ्यो कामरेडी माउसले गणतान्त्रिक राष्ट्रवादी एकताको आइकनमा डबलक्लिक बजाइ हाल्यो । अनि नेपाली मानसिकता भारतको विरोध गरे राष्ट्रवादी हुने भन्ने त थियो कामरेडले तत्काल डिलिट बटन दबाए भारतीय मूल भट्टका आइकनमा । पत्तो भएन कामरेडलाई कि सिस्टम फाइल डिलिट गर्न चाहेछन् । धर्म त्यसमाथि आस्था अनि विश्वासको कुरा । इरर नदेखाउने त कुरै भएन । जति इरर आउँछ त्यति कन्ट्रोल अल्ट अनि डिलिट । पशुपतिमा भएको यहि हो । कन्ट्रोल अल्ट अनि डिलिट पनि चानचुने हो र ! वाइसीएल नामक नयाँ सफ्टवेयर नै इन्स्टल गरेर । समाज सँग कम्प्याटिवल नै नहुने अवस्था आयो । त्यसमाथि कन्ट्रोल अल्ट अनि डिलिटलाई रन भइरहेको लिगल डिभाइसले क्यान नट डिलिट दिस भट्ट फाइल भन्न पो थाल्यो त ।

तर कामरेड बन्दुकको बलले संसार कब्जाको यात्रामा लागेका । छाड्ने त कुरै थिएन दिए दनादन । तर पनि सिस्टम चल्न सकेन । खाली इरर मात्र । समस्या थपियो झन । दबाब पनि । एउटा करप्ट फाइल परेछ वाइसीएल राम्रो सँग फंगसन गर्न सकेन । समस्या झन थपियो । त्यो कानुन अनि संविधान भन्ने एन्टी भाइरसले वार्न गर्दा गर्दै पनि नयाँ भाइरसहरु पशुपतिनाथको सिस्टममा घुसाउने प्रयास जारी हुँदा त्यसको विरोध त भारतमा चर्को हुन थाल्यो त । नेपाली दूतावास (खासमा राजदूतावास हो है लोकतान्त्रिक भाषा चाहिँ दूतावास) अगाडी विरोध ।

क्यान गरेका हुन हो नेपालको मन्दिरको कुरामा भारतीयले विरोध - पशुपतिनाथ मक्का अनि भ्याटिकन जस्तो हो भन्ने त बुझेनन् कामरेडी सिस्टमका नयाँ फाइलले । करप्टेड फाइलले राम्रो फंगसन गर्न सकेन क्यार । नेपालका पुजारी भारतमा अनि भारतका पुजारी नेपालमा हुनु धार्मिक सदभाव अनि नेपाल भारत सम्बन्धको भित्री सामाजिक पाटो भन्ने कामरेडी सिस्टमलाई के थाहा - कामरेडी सिस्टम अझै पनि धर्मलाई डाटाबेसको मेमोरीमा सेभ गर्दैन अनि यस्ता कुरामा कामरेडी सिस्टम फेल खान्छ अनि सही रुपमा सिस्टम इन्स्टल नहुँदै कोल्याप्सको खतरा । अब कामरेडी कन्ट्रोल अल्ट अनि डिलिटको विरोध भारत अनि विश्वभर हुनेवाला छ । कामरेड वर्ल्डकै सिस्टम चेन्ज गराउन सक्ने अवस्थामा छैनन् उनी त युजर मात्र हुन एडमिनिस्ट्रेटर त अर्कै पो छ त । कामरेडलाई सुझाव के भने ती सबै पुराना सिस्टम अनि सिस्टम फाइलहरु रि-इन्स्टल गर्नुस् । नयाँ करप्टेड फाइलले काम गर्नेवाला छैन । नत्र होल कामरेडी सिस्टम नै कोल्याप्स होला है !

कामरेडी कन्ट्रोल अल्ट अनि डिलिटका प्रभावहरु कम्प्युटरको माकुरे जालोमा हेनुस् त

१. पशुपतिनाथ मंदिर से बेदखल हुए भारतीय पुजारी

२. पशुपतिनाथ में भारतीय पंडितों का एकाधिकार खत्म

३. नेपाल के पशुपतिनाथ मंदिर से भारतीय पुजारी हटाए गए

४. भारतीय पुजारियों को हटाने पर विवाद

५. पशुपतिनाथ मंदिर से भारतीय पुजारी हटाने पर विवाद

यि नमुना मात्र हुन है । धेरै नै नतिजाहरु राख्ने मन थियो तर लोडसेडिङले सकिएन ।

- कटुवाल बाजे

-------------------------------------------------------------------------------------

Related Post by Categories:



2 प्रतिक्रिया:

बेदनाथ पुलामी ( उमेश ) said...

धेरै राम्रो लेखकीय शैली - अझ त्यसमा कम्पुटरका प्रतीकात्मक शब्दहरुको झटारो -
एकदम शहि लागे तपाइका कुराहरु :-
"धर्मलाई राजनीतिक सिमानामा बाँधेर बाँध्न सकिन्न । त्यो पनि आजको ग्लोबलाइज्ड समाजमा । तर यस्ता सत्यहरु कम्यूनिष्ट सिद्धान्तले स्वीकार्दैन । अझै अपडेट छैन कम्यूनिष्ट पार्टी, समाजले उत्तरआधुनिकता वरण गरेको अपडेट फाइलहरु उसमा इन्स्टल भएका छैनन क्यारे ! "

Ametya said...

As long as i know, sex and religion are two things that r tooo much sensitive.

If u see the history then one can say that whatever war has been occured the main cause used to be sex or either relgion. We do understand this, but the poor maoist don't know abt this.

Post a Comment

Leave your comment here.

Aakar

हाम्रो नेपालमा !

हाम्रो नेपालमा !
नयाँ स्किम ? !... फिरौती तिर्न कम व्याजदरमा ऋण दिने त होला नि, हैन त ?
Cartoon By:


Read Aakar Post In Your Inbox...
Enter your email address:

Delivered by FeedBurner

web tracker
user(s) online

Leave your message here



आकारपोष्ट ईमेल:
aakarpost_email

नेपाल खबर

BBC Nepali Sewa

BBC World Live
Real Player is required. Install 

RealPlayer

अभिलेखालय

^