Skip to main content

कुरा आइटि पार्क को

अहिले को युग के को हो भनेर प्रश्न गरियो भने, सबैले दिने जवाफ एउटै हुन्छ । यो सुचना प्रविधि, कम्प्युटर प्रविधिको युग हो । अनि यही सुचना प्रविधि तथा कम्प्युटर प्रविधिलाई लक्ष्य गरेर नेपाल मा पनि आइटि पार्क को स्थापना गरियो । काभ्रे जिल्लामा आइटि पार्क त बन्यो तर यो अहिले एकदमै प्रयोगविहिन अवस्थामा रहेको छ ।

सायद IT Park पनि एक दिन त सञ्चालन मा आउँला भनेर, दिन कुरेर बसिरहेको जस्तो आभाष मिल्छ । करिब ३०० रोपनी मा फैलिएको, अत्यन्तै रमणिय स्थलमा रहेको सम्पुर्ण सुविधायुक्त आइटि पार्क प्रयोग विहिन अवस्थामा छ । सायद यस्तो दयनिय स्थिति देखेर होला, अहिले हाम्रा विज्ञान तथा प्रविधी मन्त्री गणेश साह जुर्मुराएका छन् ।
हाम्रो कृषी युग थियो, अब को युग कम्प्युटर को युग हो भन्ने बुझेका मन्त्री गणेश साह आइटि पार्क चलाउनै पर्छ भन्ने मान्यता राख्छन् । यसैको सुरुवाती कदम स्वरुप आज, वनेपाको आइटि पार्कमा एउटा सानो भलाकुसारी को कार्यक्रम राखिएको थियो । काठमाडौँ मा बसेर गफ हाँक्दैमा र आइटि पार्क को गफ दिँदैमा केही उपलब्धि हुँदैन भनेर नै यो कार्यक्रम आइटिपार्क मा नै गर्नुपरेको कुरा मन्त्रि साह ले प्रस्ट्याउनु भयो । कार्यक्रम मा आइटि पार्क हेर्ने उच्चस्तरिय सुचना प्रविधि आयोग (High Level Commission for Information Technology, HLCIT) का पदाधिकारीहरु, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिब, पत्रकार, स्थानिय निकायका प्रतिनिधहरु तथा आइटि मा संलग्न व्यक्तिहरुको उपस्थिति थियो ।
खास मा आज को कार्यक्रम मुख्य रुपमा, आइटि पार्कलाई कसरी सञ्चालन मा ल्याउने भन्ने विषयमा छलफल भएको थियो । उपस्थित व्यक्तिहरु ले आ-आफ्ना विचारहरु कार्यक्रम को दौरान राखेका थिए । आइटिपार्क मा कसरी कम्पनीहरुलाई आकर्षित गर्ने, कसरी चलाउने, के कस्तो सहुलियत, छुट दिने आदि विभिन्न विषयमा छलफल भएको थियो । आज को कार्यक्रम अब नयाँ रुपमा अगाडि जानलाई निकै नै फलदायी हुने देखिन्छ ।

विभिन्न समयमा माओवादीको बम विस्फोटन बाट आइटिपार्कमा क्षती पुगेको रहेछ तर त्यसको मर्मतसम्भार अहिले सम्म पनि नगरिएको देख्दा साह्रै चित्त दुखेर आयो । आइटिपार्क हेर्ने जिम्मेवारी पाएको आयोग को नाम चाँहि उच्चस्तरिय सुचना प्रविधि आयोग (High Level Commission for Information Technology, HLCIT) तर काम चाँहि खै, कुन स्तर को गर्‍यो, विश्लेषण गर्न गाह्रै छ ।

हुन त यहाँ, गफ दिने गरेका छन्, सुचना प्रविधी देश विकास को मेरुदण्ड हो तर पनि व्यवहार मा चाँहि, यो कुरा निकै पछाडि छोडिएको छ । यो आइटिपार्क बनाउँदा, यसको पनि एउटा भिजन थियो होला, केही सोचिएको थियो होला, खै ति कुराहरु कता गए ? हुन त, देशमा राजनिति स्थिर नभै’कन केही होला, जस्तो चाँहि लाग्दैन । आइटिपार्क जुन सोचका साथ बनाइएको थियो, त्यो कार्यान्वायन भएको छैन, कारण सरल छ, एउटा सरकारले नियम बनायो, अर्को ले त्यो फाइल कुन दुलो मा लगेर थन्क्यायो थाहा छैन ।

अझ भन्नुपर्दा यो पार्क टापुमा बनाइएको दरबार जत्तिकै भएको छ । हुन पनि सोच्ने हो भने प्रश्न उब्जन्छ - अन्य सुविधाहरु विकास नगरी यहाँ कसरी आइटी पार्क सफल हुन्छ र ? स्पष्ट दीर्घकालिन योजनाको अभावकै कारण झण्डै ३७ वर्ष अघि शुरु भएको नेपालको सूचना प्रविधिको यात्राले अपेक्षित गति लिन नसकेको हो । हरेक वर्ष बजेट भाषणमा गरिने इ गभर्नेन्स, इकमर्श जस्ता ठूलठूला प्रतिबद्धताहरु कागजमै सिमित छन् । गतवर्ष राष्टिय योजना आयोगले जारी गरेको तीन वर्ष अन्तरिम योजनामा सम्पूर्णआइटी क्षेत्रका लागि रु ४० करोड मात्रै विनियोजन गरियो ।

यसले रोजगारी र कारोबारका हिसाबले पनि संसारमै सबैभन्दा बढी अवसर र सम्भावना भएको क्षेत्र , सरकारी नीति निर्माताहरुको आँखामा पटक्कै पर्न नसकेको बुझाउँछ । अहिले सम्म नेपालमा जम्मा ७० वटा मात्र टेलिसेन्टर स्थापित छन् । जब कि १० औँ पञ्चवर्षिय योजनामै १५०० केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको थियो । यता सरकारी कार्यालयहरुलाइ आइटीको सञ्जालमा प्रवेश गराउने घोषणा वर्षौँ अगाडि गरिए पनि एकाध कार्यक्रमहरु बाहेक अन्य कुनै पनि योजनाहरु अगाडि बढेका देखिदैनन् ।

अझै पनि मालपोत,नापीजस्ता सामान्य जनताको पहुँच हुने निकायहरु कागजी 'ढड्डा'मै चलिरहेका छन । त्यसो त नागरिकता पासपोर्ट सवारी साधनको लाइसेन्स वितरणमा पनि सूचनाप्रविद्यिका खासै प्रयोग देखिदैन । भर्खरै 'एक बिद्यार्थी एक ल्यापटप' कार्यक्रमले बजार ततायो र तताइरहेको छ । भएका सम्भाव्यता र अवसरहरुलाइ सदुपयोग गर्न त परै जाओस संसारमै असफल भैसकेका यस्ता महत्वकाक्षी कार्यक्रमहरु लाइ सरकारी स्तरबाटै नेपालमा लागू गर्न खोज्नुलाइ नीतिनिर्माताहरुमा रहेको अदूरदर्शिता झलकाउछ ।

सरकारले त केही गरेन गरेन यहा नीजिक्षेत्रले पनि सम्पूर्णरुपमा सूचनाप्रविधिलाइ अङ्गिकार गर्न सकेको छैन । औपचारिकता निर्वाह गर्नका लागि प्रत्येक वर्ष क्यान इन्फोटेक गर्नमै व्यस्त कम्प्युटर एसोसियसन नेपाल ( क्यान ) को उक्त मेला पनि व्यापार मेलामै सीमित हुन पुगेको छ । यसले सूचनाप्रविधिको प्रयोग,विकास र विस्तारमा न त योगदान नै गर्न सकेको छ, न नीजिक्षेत्रलाइ उत्साहि नै ।

गुणस्तरीय जनशक्ति उत्पादनमा हाम्रो देश त्यति कटीबद्ध देखिदैन । सिक्नको लागि कलेज तथा विश्वविद्यालयहरु सर्वसुलभ नहुँदा ज्ञान हासील गर्न थुप्रै युवाहरु धेरै खर्च गरेर विदेसिन्छन र अवसर मिलेमा स्वदेश फर्कन हिच्किचाउछन् । यसले दक्ष जनशक्तिलाइ नेपालबाट धपाइरहेको छ । सरकार तथा सम्बन्धित निकायहरुले श्रृजनात्मक क्षमता बोकेकाहरुलाइ आफ्नै देशमा अवसर मिलाउनु आजको प्रमुख आवश्यकता र चुनौति पनि हो । इन्टरनेट तथा कम्प्युटर को प्रयोग बढेपनि त्यसको उपयोग शहरमा अनि त्यो पनि सामान्य सर्फिङ,च्याट,इमेल र टाइपमै सीमित छ । यसले आइटीको प्रभावकारीता र यसको माध्यमबाट हाम्रो देशले अपेक्षिित लाभ पाउन नसक्नुको रहस्य तफ संकेत गर्छ ।


मुख्य रुपमा अब कसरी आइटि पार्क चलाउने, कसरी कम्पनीलाई आकर्षित गर्ने भन्ने विषयमा आज प्रारम्भिक चरण को छलफल भयो । आज को जोश हेर्दा त, आइटिपार्क छिट्टै नै सञ्चालन मा आउने छनक देखिन्छ । अब नियमित रुपमा, आइटिपार्क मै यस विषयमा छलफल हुने भएको छ, आगामी दिनहरुमा । आशा गरौँ, केही महिना भित्रै आइटिपार्क सञ्चालन मा आउनेछ ।
---------------------------------------------------------
अफबिट:
अस्ति राती, फेसबुक मा अचानक मन्त्री गणेश साह ले च्याटमा भन्नुभयो, म विज्ञान तथा प्रविधि मन्त्री, पर्सी जनवरी ४ मा आइटिपार्क आउ है । हजुर हस्, मैले भने । म छक्क परेँ, ओहो, के रहेछ त्यस्तो आइटिपार्कमा मन्त्री ज्युले नै निम्तो दिनुभयो ।

त्यही भएर आज, बिहान आइटिपार्क लागियो, म अलिकति ढीलो भएछु । कार्यक्रम तल नै गरिएको रहेछ, न्यानो घाम मा , अनि त्यही ३०-३५ जना को उपस्थिति रहेको थियो । म १०-१५ मिनेट ढीलो पुगेको कारण, गेटपाले ले भित्र छिर्नै दिएनन्, भने यहाँ पत्रकारलाई मात्र छिर्न दिनु भनेको छ । लौ, आपत पर्‍यो । मैले भने मलाई मन्त्री ज्यु ले नै बोलाउनुभएको हो, उनी मैले भनेको के पत्याउँथे र ? अनि भित्र पहिले नै पुगेका एक साथीलाई फोन गरेर गेट मा बोलाएँ, अनि भित्र छिरियो ।

कार्यक्रम मा लामै छलफल भयो, सबैले आ-आफ्नो धारणा राखे, मैले चाँहि चुपचाप सुनिरहेँ, अब बोल्न को लागि पनि केही त थाहा हुनुपर्‍यो । मन्त्री ज्युले बोल्दा, मलाई तथा अन्य दुइ साथीलाई जोड गरेर बोलेको देख्दा, म मात्र हैन, उपस्थित सबैजना छक्क परे । मन्त्री ज्यु ले, मैले यिनीहरुलाई बोलाएको हुँ भन्दा, सबै छक्क परे । अनि हामी छक्क नपर्ने कुनै कारण नै थिएन ।

कार्यक्रम पछि, आइटिपार्क घुम्ने योजना अनुरुप सबै घुम्न लागे, म पनि जानै लागेको थिँए, वनेपाका रेडियो एबिसी एफएम का मधुसुदन गुरागाई ले मलाई हिँड्नै दिएनन् । मैले केही समय पहिले फेसबुक मा लेखेको कारण उनी रुष्ट हुन पुगेका रहेछन् । वनेपा को रेडियोले सबै फ्रिक्वेन्सी ढाकेर अरु रेडियो सुन्न डिस्ट्रब गर्‍यो भनेर मैले फेसबुक मा लेखेको थिएँ । त्यही कुरामा चलेको बहस का कारण उनीलाई रिस उठेको रहेछ । मैले जति भन्न खोज्दा पनि, उनले आफ्नै कुरा माथि पारे, मैले चुपचाप सुनिरहेँ । यता यसो भैरहँदा, माथि मन्त्री ज्युले चाँहि मेरो खोजी गरिरहनु भएको रहेछ, आकार खै भन्दै । म थिँए, यहाँ रेडियोको सम्बन्धमा डिस्कस गर्दै, त्यही भएर मन्त्रि ज्यु सित अनौपचारिक कुराकानी हुन भने पाएन । समग्रमा भन्दा, निकै अचम्म कै विच बित्यो आज को दिन ।

आइटि पार्क बारे यहाँ क्लिक गरि बुझ्नुहोस् ।

Comments

  1. साँच्चै यत्रो लगानी भएको र त्यत्रो सम्भावना बोकेको आईटि पार्कको उपयोग हुनु पर्ने हो, जे होस मन्त्रीज्युले यत्ती भएपनि तदारुकता देखाउनु भएछ त्यो पनि राम्रै हो।

    अनि अर्को कुरा चाहि ब्लग र फेसबुककै माध्यम बाटै भएपनि मन्त्रीसंग समेत चिनजान र अन्त पनि परिचित हुनु भएछ त्यो भने निक्कै रमाईलो लाग्यो ।

    ReplyDelete
  2. आइटि पार्क खै, अब चाँहि चल्छ कि, यसै हिसाब ले चासो राख्ने हो भने, अन्यथा कठिन नै छ ।

    अनि फेसबुक मार्फत, आज बोलाइएको भन्दा पनि सबैजना छक्क परे ।

    ReplyDelete
  3. खइ के भन्ने यार आइटी पार्क भएको गाउंमा साइवर क्याफे भेट्न मुस्किल रहेछ । ब्लगको बारेमा गफ गर्दा पत्ता लाग्यो धेरै बनेपाली अझै सूचना प्रविधिको पहुच बाहिर नै छन । आइटी पार्क काभ्रेको मात्र हैन नेपालको सपना हो । तर धेरैले त्यसलाइ काभ्रेको सपनामा मात्र सिमित गर्ने प्रयास गरेका छन । जो विडम्बनापुर्ण हो । बनेपा आएको बेलामा आइटी पार्क घुम्ने खुव जोश चलेको थियो तर साथिहरुले दिक्क लाग्छ भनेपछि जाने जागर पनि हरायो ।

    ReplyDelete
  4. साँच्चै रमाईलो त तपाईंको अफबिटको कुरा लाग्यो । आइटि पार्क चैं अब नियमित उतै छलफल हुने भनेपछि सञ्चालनमा आएकै ठहरिने भयो ।

    ReplyDelete
  5. Nice reading...baafre..babu le ta yetti ramro lekheko dekhera ma chakka pare...
    Its really nice to read you aakar, nice to know that because of facebook that you were called ....its great to know it...I wish to visit the IT park too....

    ReplyDelete
  6. btw, off beat is really wonderful..

    ReplyDelete
  7. मन्त्रीको आँखा आफूमाथि पार्न सफल भएकोमा बधाई:)

    यी मन्त्रीको बारेमा राम्रै धारणा थियो मेरो अहिलेसम्म, तर आजको कान्तिपुरमा यिनले पनि सोलार-माफियासंग मिलेर वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका निर्देशकलाई हटाएको कुरा समेटिएको लेख छ विकास थापाको। यी पनि उहि ड्याङका मूला त परेनन् भन्ने चिन्ता पो शुरु भएको छ अब।

    ReplyDelete
  8. कुरै, कुराको देश अनि लुट्ने र लुटाउने सस्कार माझ केहि हुन्छकि! आशा गर्औ !

    ReplyDelete
  9. btw, off beat is really wonderful..

    ReplyDelete
  10. साँच्चै रमाईलो त तपाईंको अफबिटको कुरा लाग्यो । आइटि पार्क चैं अब नियमित उतै छलफल हुने भनेपछि सञ्चालनमा आएकै ठहरिने भयो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post