Suscribe via RSS

Wednesday, December 31, 2008

भाषा ले जोडेको नाता

|
सन्दर्भ भुटान र वर्माबाट लखेटिएर नेपाल र थाइल्याण्ड लगायतका देशहरुमा शरणार्थीको जीवनविताइरहेका नेपालीहरुसँग भेटघाटको हो जसलाइ अमेरिकाले हालसालै भित्रायो।

भुटानबाट करिब सत्र वर्ष अगाडि विस्थापित भइ शरणार्थीको रुपमा नेपालमा आश्रय लिइ बसेका एक लाख भन्दा बढि शरणार्थी मध्य करिब साठ्ठि हजारलाइ अमेरिका ल्याउने नीति अन्तर्गत केहि परिवार upstate New York आइपुग्नु भएको रहेछ। हाल सम्म करिब सात हजारले नेपालछोडिसकेका रहेछन् र यो प्रक्रिया जारी छ।

अमेरिका प्रवेश पश्चात एउटा चर्च र गैरसरकारी सँस्था माफत वहाँहरुको हाल अस्थाइ व्यवस्थापन भैरहेको रहेछ। वसोवास र व्यवस्थापनको सहयोग गर्ने व्यवस्था पनि रहेछ। यस अवधिमा स्थानिय जिवन यापन र जागिरको व्यवस्था भै जीवन सुलभ हुने वहाँहरुको विश्वास छ।

आफ्ना देशबाट विभिन्न शिलशिलामा पृथ्वीको अर्को कुनामा जिवन यापन गर्दै गरेका मानिसहरुको भेटघाट जुराउने कार्यक्रम आयोजना गरेकी थिइन सिन्थिया दिदीले। सिन्थिया दिदी र उनकापति टम दाइले नेपालको दुर्गम गाउँमा करिव तीस बर्ष् सर्जनका रुपमा सेवा गरिसक्नु भएकोछ। वहाँहरु हाल न्युयोर्क मै हुनु हुन्छ। नेपालमै आफ्ना दुइ सन्तान हुर्काउनु भएको ती दम्पतीलाइ नेपाली भनेपछि औधि माया लाग्छ ।

Volunteer हरु पनि नेपालीहरुको मिजासिलोपन बाट दँग नै देखिन्थे। एकातिर विदेशमा सँघर्ष गरिरहेका नेपालीहरुले आफ्नो सन्तानलाइ नेपाली भाषा तथा मातृभाषा सिकाउने अवस्था नभएको भन्दै अँग्रेजी लगायतकाभाषा सिकाउँदै गएको स्थिती छ भने अर्को तिर पुस्तौं पुस्ता विदेशमा रहेर पनि नेपाली भाषा प्रति उहाँहरुले देखाउनु भएको मोह प्रति म कृतकृत भएँ ।

नेपालमैं पनि हाल विविधता र अनेकताका थुप्रै नाराहरु लागि रहेका छन् र नेपाल भित्रै जनजाति तथा भाषा भाषीहरु आन्दोलित अवस्थामा छन् भने अर्को तिर नेपालमा नरहेर पनि वहाँहरुकोभाषा मोह भँग भएको छैन। भाषा कै कारण पनि लखेटिनु परेको छ ।(मातृभाषा लगायतका विवादका कुरा पछि गरौंला।)

पक्कै पनि अबको प्रश्न भनेको सात समुन्द्र पारी वहाहरुले आफ्ना सन्तानलाइ आफ्नो परिचय कुन रुपमा स्थापित गर्नु हुनेछ भन्ने हो। एकातिर अत्यन्त प्रतिस्पर्धात्मक समाजसँग वाँच्नु छ भनेअर्को तर्फ आफ्नो परिचय जोगाउनु छ। विश्व आर्थिक मन्दि र वेरोजगारीले अमेरिकालाइ नराम्ररी गाँजेको बेला अमेरिका पुगेकासम्पूर्ण नेपाली भाषी शरणार्थी प्रति समर्पित।

- नविन कुमार मालाकार
(लेखक, Albany State University of New York, मा भौतिक शास्त्रमा PHD गर्दैहुनुहुन्छ ।)

7 प्रतिक्रिया:

कृष्ण said...

हुनत उहाँहरू यत्तिकैपनि सायद अाफ्नो देश नै जान रूचाउनु भएको थियो अब उहाहरूलाइ एक देशमा रहेको शरणार्थी बाट अर्को देशको शरणार्थी बनाउनु भन्दा ठुलो काम गरेको चाहि देखिन्दैन ।

BasantG said...

नबिनजीको पोस्टहरु अङ्रेजीमा मात्रै देख्न पाइएको थियो। यसपाली नेपालीमा पनि पढन पाइयो। खुशी लाग्यो। सायद नेपाली भाषी भुटानी र बर्मेली शरणार्थी को नेपाली भाषा प्रेमले उहालाई नेपालीमा लेख्न प्रेरणा मिल्यो र घचघचाएको पनि हुन सक्छ। जे होस राम्रो समचारमुलक लेख बनेको छ। मलाई पक्का बिश्वास छ, नबिनजीले राम्रो राम्रो लेखहरु नेपालीमा पस्किन सक्नुहुन्छ।

मेरो आफ्नो मान्यता के छ भने-उनिहरु बिसुद्ध नेपाली मात्रै होइनन। नेपाली भाषी वा नेपाली मुलका भुटानी वा बर्मेली शब्दले उनिहरुको सहि परिचय दिन्छ। जस्तै चिन बाट आएर अमेरिकन भएकालाई चिनिया अमेरिकन, भारत बाट आएर अमेरिकन भएकालाई भारतिय अमेरिकन वा भारतिय मुलको अमेरिकन भनिन्छ। हाम्रो तराई क्षेत्रमा बस्ने भारत बाट बसाईसरेकाहरुलाई भारतिय भन्न उपयुक्त हुदैन। उनिहरुलाई भारतिय मुलका नेपाली भन्नु पर्छ।

पक्कै पनि जे सुकै कारणले होस। शरणार्थी भएर बाच्नु आफैमा मरेर बाच्नु सरह हो। उनिहरुले शरणार्थी सिबिरहरुमा बर्षौ नारकिय जिबन बिताए। र अमेरिकि सरकारको सदिक्षाले उनिहरुलाई अमेरिकामा पुनर्बास गराइएको छ। सबभन्दा राम्रो त आफ्नै देशमा फर्किन पाउनु नै हुन्थ्यो। यो बिरानो मुलुकमा गार्है छ जिबन बिताउन। त्यसमा पनि अदक्ष मान्छेहरुलाई। सबैको सहयोगले केहि राहत मिल्ला की उनिहरुलाई।

धन्यबाद छ-टम बाजे र सिन्थिया बजै (नबिन जी ले दाई र दिदि भन्नु भयो यसो फोटो हेरेको त बाजे बजै भन्न मन् लाग्यो।)लगाएत अन्य महानुभावलाई जसले यो मानबिय सहयोग गरिरहनु भएको छ।

बेदनाथ पुलामी ( उमेश ) said...

I wish you all my friends Happy New Year 2009 may this year brings peace and joy to all of us.

एकल यात्री said...

Let the world be heaven
No hell
No criminal
No jail
Joy and Peace
No fear
May dream come true
HAPPY NEW YEAR

बिमल गिरी said...

Happy New Year 2009 to you and your family.

BasantG said...

नबिनजीको पोस्टहरु अङ्रेजीमा मात्रै देख्न पाइएको थियो। यसपाली नेपालीमा पनि पढन पाइयो। खुशी लाग्यो। सायद नेपाली भाषी भुटानी र बर्मेली शरणार्थी को नेपाली भाषा प्रेमले उहालाई नेपालीमा लेख्न प्रेरणा मिल्यो र घचघचाएको पनि हुन सक्छ। जे होस राम्रो समचारमुलक लेख बनेको छ। मलाई पक्का बिश्वास छ, नबिनजीले राम्रो राम्रो लेखहरु नेपालीमा पस्किन सक्नुहुन्छ।

मेरो आफ्नो मान्यता के छ भने-उनिहरु बिसुद्ध नेपाली मात्रै होइनन। नेपाली भाषी वा नेपाली मुलका भुटानी वा बर्मेली शब्दले उनिहरुको सहि परिचय दिन्छ। जस्तै चिन बाट आएर अमेरिकन भएकालाई चिनिया अमेरिकन, भारत बाट आएर अमेरिकन भएकालाई भारतिय अमेरिकन वा भारतिय मुलको अमेरिकन भनिन्छ। हाम्रो तराई क्षेत्रमा बस्ने भारत बाट बसाईसरेकाहरुलाई भारतिय भन्न उपयुक्त हुदैन। उनिहरुलाई भारतिय मुलका नेपाली भन्नु पर्छ।

पक्कै पनि जे सुकै कारणले होस। शरणार्थी भएर बाच्नु आफैमा मरेर बाच्नु सरह हो। उनिहरुले शरणार्थी सिबिरहरुमा बर्षौ नारकिय जिबन बिताए। र अमेरिकि सरकारको सदिक्षाले उनिहरुलाई अमेरिकामा पुनर्बास गराइएको छ। सबभन्दा राम्रो त आफ्नै देशमा फर्किन पाउनु नै हुन्थ्यो। यो बिरानो मुलुकमा गार्है छ जिबन बिताउन। त्यसमा पनि अदक्ष मान्छेहरुलाई। सबैको सहयोगले केहि राहत मिल्ला की उनिहरुलाई।

धन्यबाद छ-टम बाजे र सिन्थिया बजै (नबिन जी ले दाई र दिदि भन्नु भयो यसो फोटो हेरेको त बाजे बजै भन्न मन् लाग्यो।)लगाएत अन्य महानुभावलाई जसले यो मानबिय सहयोग गरिरहनु भएको छ।

कृष्ण said...

हुनत उहाँहरू यत्तिकैपनि सायद अाफ्नो देश नै जान रूचाउनु भएको थियो अब उहाहरूलाइ एक देशमा रहेको शरणार्थी बाट अर्को देशको शरणार्थी बनाउनु भन्दा ठुलो काम गरेको चाहि देखिन्दैन ।

Hamro Circle Update

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^