सडकको पुत्र

आकाश गड्गडाएर पानी बर्सन्छ धर्‌धर
काँप्छ सडकको पुत्र निर्वस्त्र भै उ थर्‌थर
छैन वस्त्र उ'मा, कैले आधा पेट उ भर्दछ
कहिले त झनै भन्दा अभावमै उ मर्दछ ।

छैन कोही यहाँ मान्छे मान्छे को दु:ख हेरने
जोछन् जति सबै आफ्नै दुनो रोटि समाउने
विवेकी जनको ज्ञान आज कुन्नी कता गयो
मानव सेवा परम धर्म भन्ने सुक्ति कहाँ गयो ?

न छन् आमा बुबा उस्का स्नेहले काखमा लिने
न छन् आफन्त कोही नै उ मर्दा शोकले रुने
कठैबरा भनिदिन्न आज लौ मान्छे ले किन ?
कैले आउला सुखी दिन, गनिरन्छ उ दिन-दिन,
गनिरन्छ उ दिन-दिन ॥

-समिर पोखरेल
बायोटेक दोस्रो वर्ष, काठमाडौँ युनिभर्सिटि ।

5 comments :

  1. सबैथोक मिलेको -यानि चिटिक परेको रहेछ - वाचन देखि लेखाई शैली पनी मिलेको ।
    तितो यथार्थ । मार्मिक किसिम को लाग्यो ।

    ReplyDelete