Skip to main content

युवा र मानव अधिकार










अपडेट: काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क ले आयोजना गरेको कार्यक्रम "मानवअधिकार र युवाको भूमिका" विषयक कार्यक्रम मा मानवअधिकारकर्मी कृष्ण पहाडीले राख्नुभएको विचार सुन्नुहोस् ।

आज मिति २०६५ मंसिर २२ गते आइतबार का दिन काठमाडौँ विश्वविद्यालय धुलिखेल मा “मानवअधिकार विश्वव्यापी घोषणापत्र,१९४८ डिसेम्बर १०” (Universal Declaration for Human Right) जारी भएको ६० औँ वर्ष को सन्दर्भमा काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क (Kathmandu University Amnesty International Youth Network) ले "मानव अधिकार र युवाहरुको भुमिका" विषयक अन्तरकृयात्मक कार्यक्रम गरेको थियो ।

कार्यक्रम मा तीन सय भन्दा बढि युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रम तीन बजे सुरु भएर साँझ साँढे पाँच बजे सकिएको थियो । कार्यक्रममा, काठमाडौँ विश्वविद्यालय का भूतपुर्व विद्यार्थीहरुले निर्माण गरेको “उजेली” नामक वृतचित्र समेत प्रदर्शन गरिएको थियो ।



कार्यक्रम को सभापतित्व काठमाडौँ विश्वविद्यालय एम्नेस्टि इन्टरनेसनल युथ नेटवर्क का संयोजक ओमप्रकाश सापकोटा ले गरेका थिए । कार्यक्रममा, प्रमुख अतिथि काठमाडौँ विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रोफेसर डाक्टर पुष्पराज अधिकारीले "मानवअधिकार सम्बर्धन गर्न प्रथमत आफ्नो आचरण सुधार्नुपर्ने" कुरा मा विशेष जोड दिनुभएको थियो । अर्का अतिथि मानवअधिकारवादी नेता कृष्ण पहाडिले “मानव अधिकार के हो, अनि के का लागि भन्दै, मानवअधिकार प्रति सबैजना सजग रहनुपर्ने” कुरा बताउनु भएको थियो । उहाँले "ग्लोबल वार्मिङ र मानवअधिकार" को बारेमा पनि बोल्नु भएको थियो ।

लन्डन बाट आउनु भएकी एम्नेस्टि ईन्टरनेसनल अन्तराष्ट्रिय सचिवालय सदस्य एलेन्डा फोस्ट (Yolanda Foster) ले "महिला हिंसा र यातना का विरुद्ध सबैलाई सचेत रहन आग्रह गर्दै, अब बन्ने नयाँ सविंधान मा महिला अधिकार को पुर्ण ग्यारेन्टि गराउन सम्पुर्ण महिला सभासद र सबै नेपाली महिलाहरुलाई आह्‍वान गर्नु भएको थियो । त्यस्तै एम्नेस्टि नेपाल सेक्सन का डाइरेक्टर रामेश्वर नेपाल ले “मानवअधिकार को बारेमा युवाहरुले चासो राख्नु सह्रानिय छ भन्दै, मानवअधिकार आन्दोलनमा युवाहरु को सहभागिता" को बारेमा प्रष्ट पार्नु भएको थियो । कार्यक्रम मा काठमाडौँ विश्वविद्यालय प्राध्यापक संघ का अध्यक्ष राम प्रसाद घिमिरे ले पनि “मानवअधिकार र युवा को भुमिका” का बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

माथिको अडियो डाउनलोड गर्नुहोस् ।

Comments

  1. tyo euta sir le ta beijjat nai garyo!!

    ReplyDelete
  2. bcoz of human rights...
    hehehe...

    ReplyDelete
  3. thanx for the information

    ReplyDelete
  4. Aakar ji, its really great ? It’s easy to read for your blog. I like it & more thanks for you to give me chance to hear voice of Krishn pahadi, I like his view of life & vision. I can say he is strong, fearless, & simple person, then so on. Many more……
    many many thanks for you . make continue …..as same.
    …n n….n ….o , could you tell me how to post our voice as like your process?? Plz.

    ReplyDelete
  5. धन्यबाद आकारजी, तपाईँ र तपाईँका केयूका साथीहरुलाई यो प्रयासको लागि!
    कृष्ण पहाडीज्यूलाई केहि समय यता मूलधारको पत्र-पत्रिकामा त्यति देखिँदैन नि, किन होला?

    बक्तब्य भने सुन्न पाएको छैन, अहिले काममा, भरे सुन्नुपर्ला।

    ReplyDelete
  6. कृष्ण पहाडि ज्यू किन पत्र पत्रिका मा देखिन्नु हुन्न हिजो आज, किन हो मलाई पनि थाहा छैन । तर पनि उहाँका भनाइहरु भने निकै मार्मिक र अनुसरण गर्न योग्य छ ।

    अनि बेदनाथ जी,
    आफ्नो बोली प्रसारण गर्न पहिले त एउटा अडियो इडिटिङ सफ्टवेयर को आवश्यकता पर्छ । Audiocity नाम को एउटा फ्रि एन्ड ओपन सफ्टवेयर डाउनलोड गरेर इन्सटल गर्नुहोस् । यसपछि तपाई आफ्नो बोली रेकर्ड गर्न सक्नुहुन्छ, इफेक्टहरु दिन सक्नुहुन्छ । यद्यपी .mp3 मा फाइल सेभ गर्न भने एउटा dll फाइलको आवश्यकता पर्छ, नेट मा त्यो पनि फ्रि डाउनलोड गर्न सकिन्छ ।

    यसपछि, अडियो ब्लगबाट बजाउन, अडियो फाइल अपलोड गर्नुपर्छ । फाइल अपलोड गर्नका लागि केही फ्रि साइटहरु छन् । archive.org साइट तपाईको लागि सबैभन्दा उपयोगी हुनेछ । यो साइटमा आफ्नो खाता खोलेर फाइल अपलोड गर्दिनुहोस्, यसले अटोमेटिक रुपमा कोड जेनेरेट गरिदिन्छ, त्यसपाछि त्यसलाई ब्लगमा राख्न सक्नुहुन्छ । तर मेरो मा भएको प्लेयर भने, archive.org बाट लिएको हैन है । आफ्नो छुट्टै प्लेयर बनाउन केही कोड सँग खेल्नुपर्ने हुन्छ ।

    अत: मेरो सुझाव चाँहि यो छ कि, तपाई archive.org को प्रयोग गर्नुहोस् । फाइल अपलोड गर्नुहोस् । बाँकि काम साइट ले नै गर्छ । पछि त्यसले दिएको कोड आफ्नो ब्लग मा राख्नुहोस् ।

    यदी तपाई अझै प्रस्ट हुनु भएन भने, ईमेल मा आफ्ना जिज्ञासा पठाउनु न है !

    ReplyDelete
  7. tyo euta sir le ta beijjat nai garyo!!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt     First Div:  SLC Result 2068  .txt     Second Div:  SLC Result 2068  .txt     Third Div:  SLC Result 2068  .txt     Unde

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post