मिसाइल म्यान

एपीजे अब्दुल कलाम, उनी साहित्यकारभन्दा पनि राष्ट्रपति हुन्, त्यसभन्दा पनि वैज्ञानिक हुन्, अझ त्यसभन्दा पनि खुला हृदयका धनी मानिस हुन् । साधारण लवाइ-खुवाइमा जीवन व्यतीत गरिरहेका मर्धन्य प्रतिभाका धनी यी विश्वप्रसिद्ध वैज्ञानिकको नेपाल आगमन अहिले चर्चाको विषय बनेको छ । आफ्नो मिहिनेत र बलबुताले देशलाई आणविक शक्तिसम्पन्न बनाउँदै भारतमा वैज्ञानिक क्रान्तिको सूत्रपात गर्ने त्यहाँका ११ औं राष्ट्रपति डा अभुल पकिर जैनुलाब्द्दिन अब्दुल कलाम आज मंगलबार हुने काठमाडौं विश्वविद्यालयको १४ औं दीक्षान्त समारोहमा प्रमुख अतिथिका रूपमा आएका छन् ।

आफू धर्तीमा आएपछि पृथ्वीले ७७ चोटी सुर्यको फन्को मारिसकेको बताउने कलामले भर्खरै एक टीभी च्यानलस“गको अन्तर्वार्तामा पृथ्वीजस्तै निरन्तर आफ्नै कार्यपथमा लम्किरहने बताए । विश्वका ३० भन्दा बढी विश्वविद्यालयबाट डाक्टर उपाधिद्वारा सम्मानित कलाम 'एरोनोटिकल इन्जिनियर' हुन् ।

महाशक्ति राष्ट्रहरूको निमन्त्रणालाई अस्वीकार गर्दै कलामले भारतमै पहिलोपटक सफलतापुर्वक स्याटेलाइट प्रक्षेपण गरे, जसले भारतलाई 'स्पेस क्लब'को सम्मानित सदस्य पनि बनायो । विभिन्न इन्स्टिच्युटहरूको नेर्टवर्क मिलाउँदै 'अग्नि' र 'पृथ्वी' मिसाइलको सफलतापुर्वक विकास गरेका उनी 'मिसाइल म्यान'का रूपमा पनि विश्वप्रसिद्ध छन् ।



Courage to think different,
Courage to invent,
Courage to travel into an unexplored path,
Courage to discover the impossible,
Courage to combat the problems
and succeed, Are the unique qualities of the youth.
As a youth of my nation,
I will work and work with courage to achieve success in all the missions.
-By Dr. Kalam


अमेरिका ब्रिटेनस्थित अक्सफोर्ड विश्वविद्यालयको निमन्त्रणालाई समेत कुनै कारणवश अस्वीकार गरेका कलामले काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोहको निमन्त्रणालाई सहर्षस्वीकार्नु विश्वविद्यालयको मात्रै नभई देशकै लागि पनि गर्व र प्रतिष्ठाको विषय हो । कलामको प्रमुख आतिथ्यमा दीक्षित हुने अवसर पाएका काठमाडौं विश्वविद्यालयबाट उत्पादित डाक्टर-इन्जिनियरहरूले अबको बाटो कस्तो लिने र कता गएर जागिर खाने भन्ने अन्योलबाट मुक्त हुन उनको हँसिलो चेहरा हेरेर, उनको संर्घषपुर्ण युवावस्था सम्झेमात्रै पनि काफी हुन्छ ।

विपन्न परिवारमा जन्मेर आफ्नै अदम्य साहसले आजको यो गरिमामय ओहोदामा आइपुगेका कलाम साधारण र गरिब माझीका छोरा रहेको बारे सायद कमैलाई हेक्का होला । कलामले 'कोटा प्रथा' अर्न्तर्गत पिछडिएका र गरिब भनेर कहिल्यै नाम भजाएनन् र सुविधा पनि लिएनन् ।

जे गरे सबैसँग खुला प्रतिस्पर्धामै उत्रेर गरे, जसको नतिजा आज विश्वसामु र्छलङ्ग छ ।

गरिबी नै शिक्षाको बाधक तत्त्व मान्नेहरूले विपन्नताका बाबजुद कलामको जुझारुपन र शिक्षाप्रतिको लगावबाट आर्जित बौद्धिकता हेरेर धेरै पाठ सिक्न सक्नुपर्छ । पत्रिका बेचेर बाल्यकालमा पढेका कलामबाट दुःख के हो र योस“ग कसरी जुध्ने भन्ने व्यावहारिक ज्ञान सिक्न सक्नुपर्छ । झुपडीबाट राष्ट्रपतिको महलसम्म पुग्दा पनि उनमा देखिएको 'उस्तै' सरलतालाई आत्मसात गर्न सक्नुपर्छ ।

आफू राष्ट्रपति रहँदासमेत देशका धेरै शिक्षालयमा गएर विद्यार्थीहरूलाई विज्ञान र प्रविध्रि्रति चाख जगाउन प्रश्न गर्ने कलामले युवा वर्गमाथि विशेष ध्यान दिने गरेका छन् । युवाहरूलाई उनको सुझाव छ- अर्बौं मान्छेका धनी हामीले आफूमा अर्बौं सोचाइहरू राख्न सक्यौं भनेमात्रै ठूला हुन सक्छौं ।

युवा वर्ग र विद्यार्थीमा मात्र सीमित नरहेको कलामको राजनेतासम्बन्धी आफ्नै धारणा रहेको छ । उनका अनुसार, नेतृत्व गर्ने नेतासँग स्पष्ट दृष्टि हुनुपर्छ । स्पष्ट दृष्टिविना कोही पनि नेता बन्न सक्दैनन् । नेताले जस्तोसुकै अप्ठयारा चुनौतीलाई सामना गर्दै हिँड्न सक्नुपर्छ । नेताले सफलता र असफलतालाई व्यवस्थित गर्न सक्नुपर्छ ।

तर हाम्रो देशमा नराम्रो संस्कार बसेको छ । आफ्नो स्वार्थअनुसार नचलेपछि सत्तासञ्चालकहरू जस्तोसुकै निर्णय गर्न पछि पर्दैनन्, चाहे त्यो कर्मचारी सरुवा-बढुवाको कुरा होस् या नीतिनिर्माण गर्ने प्रबुद्ध व्यक्तिसँग सम्बन्धित विषय नै किन नहोस् । दूरदृष्टि अधिकांशमा देखिन्न । अरूका राम्रा कुरालाई राम्रो भन्न पनि नसक्ने र भित्रभित्रै नकार्न पनि नसक्ने हाम्रा नेताहरूको अवगुणले गर्दा अन्ततोगत्वा राष्ट्रलाई नै घाटा परिरहेको छ ।

देशको राजनीतिदेखि अर्थनीतिसम्मका नीतिहरू विज्ञान र प्रविधिसँग जोडिएका हुन्छन् । देश र परिस्थितिअनुसार प्रविधिको विकास नभएसम्म देशको विकास सम्भव हुनै सक्दैन । आयातीत प्रविधिले तत्कालका लागि राहत दिए पनि दर्ीघकालीन समाधान दिन सक्दैन । यसका लागि राज्यले विज्ञान र प्रविधिको विकासमा लगानी बढाउनैपर्छ । यससँगै राज्यले गर्ने लगानीमा निजी क्षेत्र पनि आउनसक्ने वातावरणको निर्माण गर्नसकेचाहिँ हाम्रो देशमा धेरै कलामहरू जन्मने थिए होलान् ।

देशका गति र दिशा बदल्नसक्ने कलामहरू हाम्रा देशमा पनि छन् होलान् । जो बाल्यकालमा उनले जस्तै पत्रिका बेचेर जीविकोपार्जन गर्दैछन् वा उनका गरिब माझी बुबाजस्तै जसले छोरा पढाउनकै निम्ति भनेर फेवा, वेगनाश वा कोशीमा डुंगा चलाइरहेका छन् कि, यो त भविष्यले नै बताउला ।

-आशिष लुइटेल

ईलेक्टोनिक्स एन्ड इलेक्टिकल ईन्जिनियरिङ
तेस्रो वर्ष, काठमाडौँ विश्वविद्यालय ।

(१८ नोभेम्बर २००८, कान्तिपुर मा प्रकाशित)

7 comments :

  1. मैले एपीजे अब्दुल कलामको बारेमा पहिला उनी भारत को राष्ट्रपति भए पछि न्यूज़पेपर बाट उन लाइ चिनेको थिए -उनको आदर्श र एक्चुअल लाइफ धेरै सराहानीय लागेको थियो ।
    'मिसाइल म्यान' को थाप जानकारीको लागी आकर जी लाइ धन्यवाद छ अनि -आशिष लाइ पनी साथै कान्तिपुर publication लाइ पनी जसले एस्तो राम्रो कुरा काशित गर्यो ।

    ReplyDelete
  2. कान्तिपुरमा पढ्दा पनि याद गरेको थिएँ। आशीषजीले यो गल्ती हतारको कारणले गर्नुभएको हुनसक्छ। अक्सफोर्ड विश्वविद्यालय अमेरिकामा नभएर ब्रिटेनमा हैन र?

    कलामको बारेमा लेख्नुभएकोमा धन्यबाद! उनी निश्चय पनि एक महान मान्छे हुन् र हामी सबैका लागि प्रेरणाका स्रोत।

    ReplyDelete
  3. Thanks for your informative writing about Dr. Kalam's visit to Nepal. He is indeed a source of inspiration to many of us. I admire his simplicity along with his intellectual ability. yes, it is a matter of pleasure and prestige to have a chief guest like Dr. Kalam at the convocation ceremony. Best wishes to all the KU graduates for a bright future..

    ReplyDelete
  4. Asis bro halka mistake bhayacha ni. aakar bhai edit garihalana.

    ReplyDelete
  5. nice to read you on kantipur Aakar...

    ReplyDelete
  6. Ma Dr.Kalam lai hridaya dekhi nay samman garthachu.Yo lakh padhapachi yesto soch ayo ki Nepali sanga pani ta uha sanga gastay prativa ta hloa ni, kashay sanag bhaya pani nathakhiyako hola, kashay ko prativa lay dakhinay batabaran payako chayna hola, kashay ko prativa paristhiti lay dabauda dabauday padkana matra baki hola athaba yestay yestay...kahi karan lay bahira naayako hola.Khai hami lay aphno mind ra chatana lai nai saghuro banayara khali paisha ko pachiltira matra jhondayako hau ki athawa life lai nai bughna nasakaka hau???
    Ash garau hamro desh ma pani chaday nai uha gasta ra uha bhantha pani tagada dimag bhayakaharu dakhaparnay chan.

    ReplyDelete
  7. कान्तिपुरमा पढ्दा पनि याद गरेको थिएँ। आशीषजीले यो गल्ती हतारको कारणले गर्नुभएको हुनसक्छ। अक्सफोर्ड विश्वविद्यालय अमेरिकामा नभएर ब्रिटेनमा हैन र?

    कलामको बारेमा लेख्नुभएकोमा धन्यबाद! उनी निश्चय पनि एक महान मान्छे हुन् र हामी सबैका लागि प्रेरणाका स्रोत।

    ReplyDelete