Skip to main content

भुत सँग जम्काभेट

हजुरबुवा र म बिच कुराकानी भैरहेको छ । हजुरबुवालाई म पुराना कुराहरु सोध्दैछु, हजुरबुवा जवाफ दिनुहुन्छ, मेरो मन मा खुल्दुली झनै बढ्दै जान्छ । म सोध्छु “बा” (हजुरबुवा) दिनुहुन्छ, कुनै ईन्टरभ्यु लिएजस्तो । दशैँको कुराबाट सुरु भएको हाम्रो गन्थन धेरै पछाडि का पुराना कुराहरु सम्म पुगे ।

“पहिले नुन कसरी ल्याउनुहुन्थ्यो ?”, बा जवाफ दिनुहुन्छ – “दशैँ अगाडि माझिलाई १०-१५ रुपैँया दिएर लेकबाट आलु ल्याउन लागाइन्थ्यो, अनि तिहार पछि बेच्न पठाइन्थ्यो” । “वास्तवमा बाहुन बाठा नै हुन्, सबै माझिलाई फर्किँदा आफ्नो लागि एक पाथि नुन ल्याइ’दे भनिन्थ्यो, अनि सबैले ल्याउने भएकोले, धेरै भइहाल्थ्यो, वर्षभरिलाई पुग्थ्यो” ।
मेरो प्रश्न –“काम गरेको ज्याला दिइन्थ्यो त ?”, “काँ’दिनु, उनीहरुले लगेको ऋण नै फर्छौट हुँदैनथियो, तर काममा आएकालाई भने खाजा खुवाइन्थ्यो” – हजुरबुवाले भन्नुभयो ।

यस्तै कुराहरु भइरहेको वखत मैले प्रसंग बदलेँ । हुन त मलाई बुढा पुरानका “गफ” सुनिरहन मन लाग्छ । त्यही भएर पनि मैले कुरा अन्तै तिर मोड्ने हिसाबले सोधेँ “बा, यो विर, मसान, भुत प्रेत भन्ने हुन्छ ?”, “भूत भन्नाले याद आयो, एकपटक मेरो भुत सँग जम्काभेट भएको छ, केटा” ।



“ओहो ! भुतलाई नै भेट्नु भो ?” मेरो कौतुहलता ।

हजुरबुवा, भुमिसुधार को खरदार हुनुहुन्थ्यो, शिक्षक हुनुभन्दा पहिले, तर अहिले रिटायर भै’सक्नुभएको छ । स्टेशनरी सामान लिएर माथि रामेछाप डाँडा को अड्डामा जानुथियो । भुमिसुधार का खर्दार बाजे (हजुरबुवा) ले भरियाहरु लगाएर सामान लिएर उकालो लाग्नुभयो । बाटोमा रात परेकोले त्यसरात त्यहिँकतै चिनेको घरमा वास बस्नुभयो । भोलिपल्ट विहान ४ बजेतिरै हजुरबुवा “म हिँडे” भनेर झिसमिसे अँध्यारोमा नै उकालो लाग्नुभएछ, घरवेटि ले चिया खाएर जानु भनेको थियो रे, तर हजुरबुवा म गइहाल्छु, बाहुन को छोरो नुहाउनुपर्छ भन्दै उकालो लाग्नुभयो । हजुरबुवा झिसमिसे अँध्यारोमा बढ्दै हुनुहुन्थ्यो । हजुरबुवा ले आफ्नो अड्डा छेउमा एकाबिहानै कोहि बसिरहेको देख्नुभयो, घुम्मलुङ्ग लुगा ओडेर बसेको जस्तो । (वास बसेको ठाउँबाट अड्डा धेरै टाढा थिएन, आफन्त पर्ने को घर बाटोमा नै भएकोले वास बसिएको थियो ।)

सँधै आफूले पिसाव गर्ने ठाउँतिर देखिएको, आकृति देखिएपछि हजुरबुवा झसंग हुनुभयो किनभने त्यसठाउँमा हस्पिटल थियो जहाँ ल्याएको एउटा बिरामी त्यसै ठाउँमा मरेको थियो, महिना दिन अगाडि । हजुरबुवालाई के गरौँ, कसो गरौँ भन्ने भयो । भर्खरको ठिटो भएपनि असाध्यै डर लागेर आयो । मनलाई दह्रो पारेर अगाडि बढ्न खोज्नुहुन्छ । तर खै, के ले – के ले रोक्छ । यसो हेर्नुहुन्छ, अगाडि जाउँ भने अगाडिबाट झम्टा दे’ला अनि फर्कियौँ भने पनि लखेट्ला भन्ने चिन्ता । डेरा त अब नजिकै थियो तर पनि पाइला अगाडि बढ्दैन । पेट कटक्क काटेर आयो, छेउमा मकैघारी थियो बा त्यतै पस्नुभयो । अनि निस्केर फेरी हिँडौ भन्ने विचार लाग्छ तर फेरी पनि पेट कटक्क काट्यो । अनि त पखाला नै चल्न सुरु गर्‍यो, झन् अब त रगत मासी नै पनि पर्‍यो केही मिनेट को अन्तराल मा, बा साह्रै आँत्तिनुभयो । बल्लतल्ल उज्यालो भयो । बा, विस्तारै पाइला सार्नुहुन्छ, उज्यालो भएपछि अगाडि बढ्नुभयो तर त्यो अघिको आकृति उज्यालोमा पनि त्यहिँ थियो । नजिकै पुगेपछि थाहा पाइयो , “त्यो त रुख को ठूटो पो रहेछ”, जसलाई पहिले सायद याद गरिएको थिएन या भनौँ “भूत” भन्ने शब्दले मनमा डेरा जमाएकोले होशहवास उडेको थियो ।

जसोतसो आफ्नो डेरा मा त पुगियो तर रगतमासी पर्न छाडेन । हजुरबुवा साह्रै सिकिस्त हुनुभएकोले धामी लगाइयो तर हजुरबुवालाई “आफूलाई के भएको भन्ने थाहा छ”, अनि धामीमाथि पनि विश्वास थिएन । त्यही भएर डाक्टरी औषधी लिनुभएछ, हजुरबुवा बेलुका भने केही सद्दे हुनुभएछ । त्यसदिन देखि भुत, प्रेत, विर, मसान आदिको विश्वास लाग्न छाड्यो रे ! “भुत भन्ने कुरा हाम्रो मन मा हुँदोरहेछ, मन दह्रो पार्‍यो भने केही हुँदैन” – हजुरबुबाले आफ्नो कथा टुङ्ग्याउनु भयो ।

अनि मेरो कुरा गर्ने हो भने, मलाई भुतप्रेत मा विश्वास लाग्दैन तर पनि बेला-बेला मा त्यहाँ त्यस्तो भयो भन्ने कुराहरु सुन्नेगर्नाले कहिलकाँहि, यस्तो आत्माको अस्तित्व छ कि भन्ने पनि लाग्छ । साथीहरु, के तपाईलाई भुत प्रेत मा विश्वास लाग्छ ??

२०६२-०६-१७, सोमबार
“आकार” को डायरीबाट

Comments

  1. आकार जी को "भुत सँग जम्काभेट"-
    गजब !को नै रहेछ । ..........
    म पनी वुढा पाकाका कुराहरु निकै चाख लाएर सुन्ने गर्दछु - त्यस्ता कुराहरु सुन्न निकै मन पर्छ ।
    ...........कतै निकै अबेर (रात को ) सम्म बस्नु पर्दा, रात मा बिरामी कुर्न बस्नु पर्दा वा धामी झाक्री बस्दा -भुत को कुराहरु निस्किन थियो ।
    अनि भुत मा कतिको विस्वाश लाग्छ भन्ने कुरमा भने - अहिले को विज्ञानको जमाना मा कहा पत्याउनु र तर ...रातमा एकलै बस्नु पर्दा भने मन डराउछ । न पत्याउदा पनी ।

    ReplyDelete
  2. संसारमा देउताको अस्तित्व छ भने त्यसको उल्टो भुत-प्रेतको पनि अस्तित्व हुनु पर्ने हो।

    तर यौटा कुरा अलिकता प्रष्ट गरौं:- देउता भनेर मलाई व्यक्तिवादि भगवानमा पनि विश्वास नभए पनि मानव चेतनाको परम विकासमा बुद्धत्व वा ज्ञान प्राप्ति सम्भव छ जस्तो लाग्छ। त्यस्तै असल आत्माको अस्तित्वको रुपमा भगवान रहेपछि खराव आत्माको रुपमा भुत-प्रेत पनि नहोलान भन्न सकिन्न । तर देउता प्रतक्ष नभए झै भुत-प्रेतसंग पनि भौतिक रुपमा जम्काभेट भने सम्भव छैन , यो चौंथो आयामको कुरा हो ।

    ReplyDelete
  3. भूतसँग भेट्ने रहर मेरो पनि हो । तर अहिलेसम्म त्यो चान्स नपाइएकोले भूत छ नै भन्न सक्दिनँ ।

    ReplyDelete
  4. अब भुत र भगवान को कुर निकली हल्नुभयो आकार जि। मैले भुत र भगवानलाई चाँही आफ्नै हिसाबले बुझेको छु कतिको सत्यहो अथवा विश्वास लाग्दोहो थाहाचाही भएन । पहिले पहिले ऋषी मुनिहरु जङलमा बस्थे त्यसबेला पनि अहिलेको जस्तो दरिद्र आरुको बिगार गरिदिने मान्छे पक्कै हुन्थे होला । अब त्यतिबेला न त पुलिस थियो न त प्रशासन नै अनी अदालतको त कुरानै भएन । त्यस्तो त्यसबेलामा अभद्र र दरिद्र अथवा दुरचरी मान्छेहरुलाई राक्षसको नम्ले चिनिन्छ भने भगवान भनेको चाँही एउटा एस्तो शक्ती भएको अद्रिश्य शक्ती जस्ले चाँही मनमापनी नराम्रो सोच्यो भने उक्त अद्रिश्य शक्तिले सुन्न सक्छ र त्यसको सजय दिन्छ भन्ने दर देखाएर नियन्त्रन गरिएको हो कि जस्तो लाग्यो र भुत भन्नले चाँही ति ऋषी मुनिले कल्पना गरेको एउट भ्रम जसलाई तेही रक्षस को संज्ञा दिखिन्छ । अब रह्यो राम कृष्ण आदी नाम को यिनिहरु भनेको चाँही शायद महान पुरुषहरु जस्तो लाग्छ जस्ले केही शान्ति बनाइ राख्न तथा मनब जतिको बिकासमा महत्वपूर्ण सहयोग गरेको हुनुपर्छ । त्यसइलाई ऋषीहरु कथात्मक शैलिमा बिभिन्न किताबमा जस्लाई पुरन भनिन्छ त्यस्मा बर्नन गरेको हुनु पर्छ जस्तो लाग्छ। अन्त्यमा यो मेरो नितन्त मेरो बिचार मात्र हो यो कुनै कतै पढेर अथवा कसैले भनेको चाँही पाईदैन ।

    ReplyDelete
  5. आकारजी कुरो निकै रमाइलो छ। मेरो पनि यस्तै खालका केही घटना र संस्मरणहरु छन्। झन् गाउँघरमा छँदा साँझपख कुराकानी गर्दाताका यस्तै कुराकानीहरु सुन्न पाइन्थ्यो। कुनै बाटोघाटो, ओढार, झाडी या खोलाखोल्सासँग यस्तै थुप्रै भूतप्रेतका कथाहरु गाँसिएका हुन्थे। कसैले आफैले देखेको दाबी गर्थे र त्यसमाथि अझ मरमसलाहरु थपथाप गरेर सुनाएपछि हाम्रो मानसपटलमा पनि केही न केही छाप छाडी नै हाल्छ। त्यसैले झाडी या रुखका ठूटाको पनि हात खुट्टा पलाएर भूतको स्वरुपमा हाम्रो मनमा बास बस्ने स्थिति पैदा हुन पुग्छन्। अनि फेरी जुनसुकै रोगको लागि पनि भूतप्रेत लागेको विश्वास गर्ने र त्यही अनुरुप उपचार गर्ने या गराउने परम्परा यद्यपि छँदैछ हामी माझ नै। हुन त म पनि विश्वास गर्दिन भूतप्रेत हुन्छ या भेटिन्छन् भन्नेमा। तर पनि सानैदेखि सुन्दै आएको र डराउने मनसायले प्रयोग गरिएका कतिपय प्रसंगहरुकै कारणले पनि मनमा एकखालको स्थान बनाएको छ भन्ने कुरामा भने म दुईमत छुइन।

    ReplyDelete
  6. आफू त वर्तमानमा छु यार । भविष्यको थाहा छैन । भुतमा चाहीँ चकचके थिएँ । भुतको कुरा भन्या त्यै त हो

    ReplyDelete
  7. चारपाँचजना बीसे बाईसे जम्मा भएर नयाँ बन्दै गरेको घर रुङ्न बसेका थियौं । सबै सम्साँझै आ आफ्नो घरबाट गाँस टिपेर हिँडेका थियौं त्यसैले लालटिन बालेर अलि अग्लो ठाउँमा झुण्ड्याएर गफमा मस्त बन्यौं हामी । बिभिन्न गफका प्रसंगहरु चले , राजेश हमालका कुरा भए , उदितनारायणका कुरा भए , नेपाली काँग्रेसका कुरा भए , मदन भण्डारीका कुरा भए , गाउँकै खसीको मासु बेच्ने भोगेका कुरा भए , स्कुलमा वैंशको भेल उराल्ने मिस सरका कुरा भए , धर्मका कुरा भए , सबैका प्रेमिकाका कुरा भए । यावत यावत कुरा हुँदै गर्दा भुतका कुरा पनि आए । सबैले आ आफ्नो तर्क अनुशार भुत छ या छैन भनियो । त्यो बन्दै गरेको घर गाउँ भन्दा बाहिर मशान घाट ( लास जलाउने स्थान ) भएतिर बन्दै थियो । गाउँलेहरु भन्थे त्याँहा राँके भुत देखिन्छ भनेर । गाउँलेहरुको के कुरा मैले पनि आगोको झिल्को जस्तो कैले रातो कहिले पहेँलो त कैले निलो जस्तो देखिने राँके भुत देखेको थिएँ त्यही एरियामा । त्यसबखत म भुत हुन्छ भन्नेमा थिएँ । हामीमध्ये यौटाले निक्कै बलियो तर्क गरेर भुत हुँदैहुंदैन भन्यो । उसलाई भुतको डर हुन्छ कि हुँदैन तेरो मनमा भनेर सोध्यौं पनि, उसले हुँदैन भन्यो । भुतको डर नै हुँदैन तँलाई भने तेरो लागी भुत हुँदैन तर भुत हुनचाँही हुन्छ हामीले सम्झायौं उसलाई । उसले प्रगतिशिल मान्छेले यस्तो कुरा गर्नै सुहाउँदैन भनेर भुतको सम्बन्धमा मोदनाथको पुस्तक पढेको कुरा झिक्यो । त्यो बेला सम्म हामी कसैले उक्त किताब पढेका थिएनौं । हामीले उसलाई भुत होस कि नहोस तलाईँ भुतको डर हुँदैन भनेर हामीलाई प्रमाणित गरेर देखा भन्यौं ।
    उ जे पनि गरेर देखाउन तयार भयो । हामीले चिहानको माटो लिएर आईज भन्यौं । उ तयार थियो तर उसले ल्याएको माटो चिहानको भनेर कसरी पत्याउने ? त्यसैले उसलाई यौटा किलो दिएर चिहानघारीको नयाँ चिहान ( जो दिउँसो तिर त्यता गोठाला जाँदा वा खेल्दा सबैले देखेको थियौं ) मा ठोकेर आईज भन्यौं र साथमा यौटा मुँग्रो पनि दिएर पठायौं । हामी कसैसँग टर्च लाईट ( फ्ल्यास लाईट ) थिएन त्यो बेला भएको भनेको त्यही यौटा लालटिन थियो । उसले अँध्यारैमा जानुपर्ने शर्त थियो । उ किलो र मुँग्रो बोकेर गयो । यता हामी उतै भुतले खाएर मार्यो भने बर्वाद भन्दै उसलाई पर्खेर बस्यौं । उ फर्केर आईपुग्ने समय भै सकेको थियो तर आएन । बेपत्तै भयो उ । हामीले खोज्न चिहानघारीमा जाने निर्णय गर्यौं र दुईवटा पुल्ठो बनएर अझ सण्ठी ( जुटको भित्रिभाग ) बालेर राँको पनि र साथमा लालटिन पनि लिएर गयौं उतै । हामीलाई मनग्गे उज्यालो बोकेर जाँदापनि भुतको डर लाग्दैथियो । त्यसैले मान्छे त खतरा हो यार यस्तो डरलाग्दो ठाउँमा एक्लै आउने आँट गर्ने भन्दै जाँदैथियौं हामी । शँका पनि थियो हामीलाई कतै उ सुटुक्कै आफ्नो घरतिर त गएन भन्ने । हामी सबै डराउँदै डराउँदै चिहानघारी पुग्यौं र उक्त चिहानको छेउमै पुगेर उसलाई लम्पसार परेको देख्यौं । उ त चिहानको ढिस्को माथी नै पसारिएको थियो । हामी सबैजनाकोसातो पुत्लो उड्यो । ला यस्लाई त भुतले मारिसकेछ अब हामीलाई पनि मार्ने भयो भनेर हामी भाग्न खोज्दैथियौं तर हैन यो नमरेको पनि हुन सक्छ यस्लाई घर लौजाउँ भनेर बिस्तरै गएर तान्यौं । उस्लाई उठाउनै मुस्किल भयो हामीलाई जति तान्दा नि नआउने । भुतले चिहानभित्रबाट त तान्दैछैन भन्दै मजाले हेरेको त विचराले चिहानमाथी किलो ठोकेको रहेछ तर अध्यारोमा चिहानमा किलो ठोक्दा उसकै शर्टको एकपटी फेरो माथी ठोकेको रहेछ । हामीले किलो उखेलेर उसलाई उठाएर त्यही नयाँ घरमा ल्यायौं । निक्कैबेर पछि पानी छ्याप्दा छ्याप्दा उ बौरियो र भन्न लाग्यो । म कसरी बाँचे? मलाई त भुतले समातेर तानेको थियो ।
    उ केहिदिन सम्म विरामी पनि पर्यो । वास्तवमा भएछ के भने उ जोसिएर चिहानमा किलो ठोक्न गएपनि उ भित्र डर भने रहेछ भुतको त्यसैले चिहानमा किलो ठोक्दा कतै भुत त आउने हैन भन्दै डरले दाँयावाँया हेर्दै ठोकेछ किलो त्यसैले उसले शर्टमाथी किलो ठोकेको पत्तो पाएनछ । जब किलो दह्रै ठोकिसकेपछि उ घरतिर दौडनलाई खोजेछ तब किलोमा शर्ट परेको हुनाले उठेर लम्कनै सकेनछ बरु उसलाई भुतले चिहानबाटै तानेजस्तो लागेछ र त्यहीँ होस गुमाएर बेहोस भएर पसारिएछ । उसलाई हामीले तेरो शर्टमा किलो ठोकिएको थियो मुला । भुत हुँदैन रहेछ भन्ने तैंले प्रमाणित गरिस भन्दा उ हैन यार भुत हुन्छ । मलाई भुतले समातेर लडाएपछि भुतले मलाई साह्रै डरलाग्दो ठाउँमा लिएर गएको थियो । भुत कस्तो हुन्छ भन्ने पनि देखेँ मैले त भन्थ्यो । त्यसदिन देखि हामी भुत हुँदैन रहेछ भन्ने भयौं भने उ चाँही भुत हुन्छ भन्ने भयो ।

    ReplyDelete
  8. सारै राम्रो प्रसंग उठाउनु भयो।आकार जी ले,त्यसमाथि हाम्रो बसन्त जी ले झन हसाउनु भयो।बास्तवमा यि कुराहरु बिबादास्तै छ।अब भुत छैन भनौ भने अहिलेको एक्काइसौ सत्ताब्दीमा पनि हाम्रै देशमा भुत प्रेत बोक्सि भनि बिभिन्न किसिमको यातना दिईन्छ।बिस्वास गर्ने कि नगर्ने!!!साच्चि भन्नु पर्दा मेरो बिचारमा मन हो।

    ReplyDelete
  9. gr8 artical..thnx

    ReplyDelete
  10. दिपक जी,
    तपाईले भनेको भूत को कथाको त एउटा चलचित्र पनि बनेको रहेछ ।
    चलचित्र यहाँ छ ।
    http://www.youtube.com/watch?v=UVArjhoFXUA

    ReplyDelete
  11. malai ta daar lagcha ba...jasle je sukai bhane pani...
    tara tei pani...malai daar lagyo...bich bich ma rokidai rokidai...padeko ...

    ReplyDelete
  12. malai ta daar lagcha ba...jasle je sukai bhane pani...
    tara tei pani...malai daar lagyo...bich bich ma rokidai rokidai...padeko ...

    ReplyDelete
  13. दिपक जी,
    तपाईले भनेको भूत को कथाको त एउटा चलचित्र पनि बनेको रहेछ ।
    चलचित्र यहाँ छ ।
    http://www.youtube.com/watch?v=UVArjhoFXUA

    ReplyDelete
  14. manche janmane ra marne ta sadhai huncha.. aja hospital ma. teso bhaye ta teha basne lai ta bhut le basna khana nadinu parne.. mero biswas garnus sathi ho bhoot hunna.. tyo just hallucination ho. natra ma postmortem garne doctor, quarter ma eklai basthen . ahile samma kasaile tarsako thaha chaina ho. sab maan ko traas ho.

    ReplyDelete

Post a Comment

Popular posts from this blog

हेए माईट [कथा]

अनि मैले पनि “हेए माईट” भन्न थालेँ।

जिन्दगीको २३ बर्ष “नमस्कार”, “ओई”, “ओहो! के छ हालखबर”, “भाइ, सुन त”, “दाइ सुन्नुस् त” जस्ता सम्बोधनबाट वार्तालाप सुरु गरेर सकियो। त्यसपछि पलायन भईयो। त्यहाँ एक दशक बिताउँदा आफ्नै पारामा “हेलो” “हाई”, “एक्स क्युज मी”, “ए ! तपाई नेपाली हो” जस्ता सम्बोधनले वार्तालाप सुरु गरियो । अर्को अर्थमा भन्दा, यसैमा बानी परिसकेको थियो, त्यहाँ यही ढगंले बोलाउनु पर्छ भन्ने थिएन। मान्छेहरू सम्बोधन गरेकै आधारमा व्यवहार गर्दैनथे। आफुलाई जे ठिक लाग्छ त्यही अनुसार सम्बोधन गर्दा हुन्थ्यो। त्यसपछि जिन्दगीको नयाँ अध्याय सुरु गर्न गुँड सारेर बिल्कुलै नयाँ ठाउँमा लागियो।


१४ घन्टाको फ्लाईटबाट निस्केर ईमिग्रेसनमा पुग्ने बित्तिकै एउटा पुलिस आएर “हेए माईट” भन्यो। यताकाले “माईट” भन्छन् भनेर त पहिलै यता आएका साथीहरूले च्याटमा “अ’राईट माईट” भनेको सुनेको थिएँ तर के, कति, कस्तो ठाउँमा, कति मात्रामा “माईट” प्रयोग गर्नु पर्ने हो भनेर चाँहि राम्रो संग बुझेको थिईन। ईमिग्रेसन सकेर बाहिर पुग्ने बित्तिकै एउटा साउथ एसियन उबर ड्राईभर “हेए माईट” भन्दै आयो र छुट्ने बेलामा “अ’राईट माईट” भनेर गय…

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free.
Install Nepali Unicode Romanized in Windows XP:
Install:
Run setup file;
Go to control Panel;
Open Language and Regional settings;
Open Regional Language Options;
Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages):
Click apply-it might ask for windows CD:
Insert CD or you can directly copy "i386" files too;
And install all: then you have done;
Click for details;
Then click add a tab;
A new popup will appear:
Select "Sanskrit" in the first box;
Select "Nepali unicode (romanized)" in second box;
Click "ok";
You have successfully installed it;
Press "alt+shif…

Aadha Baato (आधा बाटो) [Download] #Novel #Shrutisambeg

श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” को सम्पूर्ण डाउनलोड लिंक लिएर आएका छौ |आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ ।“राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् ।आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ ।उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ ।कार्यक्रम को अडियो श्रृंखला उज्यालो नाइन्टि नेटवर्क को कार्यक्रम श्रुतिसम्बेग बाट लिइएको हो ।Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –1Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –2Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –3Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –4Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –5Krishna Dharabasi’s…

Download Tihar Dhun and Deusi Bhailo Songs

Listen to Deusi Bhailo Songs.

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ ।

Download Tihar Songs: Bhailini/Bhailo - भैलो

Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन

Download Tihar Songs: deusi re / देउसी रे

Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली

Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को

Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा

नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Shruti Sambeg : Radha [Review & Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up.Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban.Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went.Radha faces a…

एक रातको कथा

भोलिपल्ट घर फर्कने रात थियो । सम्पूर्ण सामानहरु प्याक गरिसकेपनि केहि छुटेछकी भनि सोच्न बसेको थिएँ । कतैबाट तिरिरि बाँसुरीको धुन सुन्दा मनै आनन्दित भयो । "ए, निदाइस क्या हो ? फोन बजिरहेछ", रुममेटले चिच्यायो । कल रिसिभ गरेँ, निद्राकै झोकँमा, "हेलो, सुनन आज म नेपाल बाहिर जाँदैछु, यस अघि पनि कल गर्न पाइन । म विस्तारमा पछि कल गरौँला", एउटा हतारिएको खवर सुने । "ए ....., शुभयात्रा है", भने तर म अझै पनि निद्रामै थिए । वास्तवमा उनिलाई मैंले ठम्याउनै सकिन, सायद निद्रामा भएरै होला, न त नाम नै सोध्न भ्याँए आफ्ना सबै परिचित व्यक्तिहरुलाई याद गर्दा पनि त्यो आवाज ठम्याउन सकिन । अब मात्र मैले प्रतिक्षा गर्नुपर्नेछ, उनको दोस्रो कलको ।

अर्को विहानै आफ्नो वाटो लागिसकेको थिएँ । यात्राका दौरानमा मेरो मन सधैं मेरो जन्मथलो पुगिरहेको हुन्थ्यो । जुन माटोमा म जन्मे, जहाँ हुर्केँ, मेरो वात्सल्य , बालसखा सबै झल्झल्ती याद आउन थाले । मलाई घर छिटो पुग्नु छ, किनभने मेरो प्रतिक्षामा कसैले धेरै महिना विताएको छ । त्यही बेला मैले लेख्न थालेँ :
“मेरो आउने वाटो हेरी, चौतारीमा कुर्छे होली,
मेरो…