अव्यक्त पिडा

“नहाँसेर बाँच्न नसकिने जिवन तर हाँसेर बाँच्न नपाएको मान्छे, आफैँमा कति ठूलो बिरोध हो ।”
सायद यी माथिका हरफहरु साहित्यिक कार्यक्रम बुलबुल कै कुनै अंकमा सुनेझैँ लाग्छ । कहिलेकाँहि घोत्लिने गरेको छु, तिनै शब्दहरु माथि, तिनै भनाइहरु माथि ! साँच्चै, हाँस्नै नपाएको मन को पिडा कस्तो हुन्छ होला ? अनि पिडा कति अथाह हुन्छ होला ? अनुमान गर्न निकै नै मुस्किल छ ।

तिहार को टिका लगाइसकिएको थियो । अनि खाना खाएर दिउँसो एकछिन तेर्सो बसेथेँ, भुसुक्कै निदाएछु, बिउँझदा बेलुका को ४ बजिसकेको थियो । उठ्दा खेरि मोबाइल मा एसएमएस आ’को संकेत बजिरहेको थियो, हत्तपत्त एसएमएस हेरेँ, लगभग १ घन्टा भइसकेछ एसएमएस आएको, एसएमएस पढेँ । यहाँ एसएमएस मा के थियो भनेर उल्लेख नगरौँ तर एसएमएस मा कसैको वास्तविकता थियो, कसैको कथा थियो, अनि कसैको व्यथा थियो, अनि कसैको तितो यथार्थ थियो, अनि कसैका लागि बल्झिएको घाउ थियो । साँच्चै भन्ने हो भने, एसएमएस मा कसैको जिवन भोगाइको तितो यथार्थ र वास्तविकता थियो । अनि वर्णन नै गर्न नसकिने एउटा अथाह पिडा थियो, अनि ती पिडाहरु मेरो सामु छताछुल्ल पारिएको थियो एसएमएस मार्फत । “सुख बाँढ्दा सुख बढ्छ भन्छन्, अनि दु:ख बाँढ्दा दु:ख घट्छ भन्छन्”, सायद यही भएर होला, मलाई एसएमएस आएको थियो, केही तितो अनुभव सेयर गरिएको थियो ।

एसएमएस पढेपछि फोन गरेँ, उताबाट मलिन अनि मधुरो स्वर नै थियो, हो खुशी को कुनै संकेत थिएन, मात्र लाग्थ्यो यस्तो विरक्त कहिले लागेको थिएन, यस्तो तितो यथार्थ नितान्त पहिलोपटक थियो, उनका लागि । अनि मेरा लागि पनि त, एकदमै भिन्न अनुभव रह्‍यो । म त्यो पिडालाई महशुस गर्न सक्छु तर अहँ किन म अभिव्यक्त गर्न सक्दिन । म त्यसै-त्यसै अन्यौल मा थिँए, मलाई ती एसएमएस का शब्दहरुले केही सोच्न बाध्य बनाइरहेको थियो, तर के थियो भन्न कठिन छ ।

कति आशा र सपनाहरु छन्, पुरा हुन्छन् हुँदैनन्, भविष्य के होला, म यस्तै-यस्तै सोचिरहेँथे । सोच्दै जाँदा म कहाँ-कहाँ निकै टाढा पुगेछु, डर लागेर आयो । अनि म कोठाबाट बाहिर निस्किँए, त्यसपछि घर को सबैभन्दा माथिल्लो तल्ला मा गएर, चिसो हावामा आफूलाई छाडिदिँए ।

कोटेश्वर छेउमा छ, म बसेको घर । अनि घरमाथि बाट उड्छन् जहाजहरु । एउटा ठूलो जहाज ले मलाई झस्काइदियो । अनि त्यही जहाजलाई एयरपोर्टमा नबसुन्जेल सम्म हेरिरहेँ । अनि अस्ति लुक्ला मा भएको विमान दुर्घटना सम्झेँ, अनि आजैमात्र भारतको आसाम राज्यमा भएको श्रीङ्खलाबद्ध विस्फोट सम्झेँ, अनि फेरी उनको एसएमएस सम्झेँ । मेरो मनमा पनि ठूलो विस्फोट भयो, मन अधैर्य भयो, अनि मनको व्यथा भुलाउन नोटबुकका पाना मा बलपेन ले कोर्न थालेँ ।

घरको छतबाट काठमाडौँ देखिन्छ , काठमाडौँ मतलब यहाँ बाट म, एयरपोर्ट, पशुपति को वन, कोटेश्वर, धरहरा, स्वयम्भु, पुल्चोकको कान्तिपुर एफएम तथा टिभि टावर, गोदावरी एरिया, बालकुमारीको सनराइज होम्स, भक्तपुरको लोकन्थली अनि सानोठिमी को परिक्षा नियन्त्रण कार्यालय देखिरेहको छु, चारैतिर घुमीघुमी म हेरिरहेको छु । एयरपोर्टमा लहरै बत्ति बलेका छन्, एउटा बत्ति चाँहि धेरै उज्यालो छ, अनि सरर हिँडेको अनुभव हुन्छ त्यो चहकिलो बत्ति, जहाज बस्नेबेला मा !

आकाश खुल्ला नै छ, छिटपुट बादल छन् । घाम पश्चिमपट्टिको किर्तिपुरको डाँडाबाट पारीपट्टि डुब्नै लागेको छ । सगर पनि निकै रातो देखिएको छ । दक्षिणपट्टि फुल्चोकी डाँडाको टेलिभिजन टावर देखिरहेको छु । अनि पूर्वपट्टि नगरकोट को डाँडा देखिरहेको छु, जहाँ अझै घाम लागिरहेकै छ । उत्तरतिरका हिमालहरु भने बादल ले छेकिएको छ, तर पनि म अनुमान गर्न सक्छु, त्यो हिमाल नै हो, घाम मा टल्किएको । साँझ ढल्दैछ, रात पर्दैछ ।

म एफएम अध्यात्मज्योति बाट बेलुका ५ बजे बज्ने पुराना सदाबहार हिन्दी गितहरु सुनिरहेको छु, किशोर कुमार, मोहम्मद रफी, मुकेश, लता, गितादेवी आदि सबै गाइरहेकाछन् । मेरो मन पनि शितलताको अनुभव गरिरहेको छ, सायद म ती गितहरुमा, यही अवस्थाको चित्रण पाइरहेको छु ।

सहरमा आतसवाजी भैरहेको छ, पटाङ-पुटुङ को आवाज आइरेहको छ । बत्तिहरुले घरहरु झिलिमिली देखिएकाछन्, अनि मनहरा खोला को पुलमाथि गाडिहरुको लस्कर छैन, सायद तिहार भएर होला, गाडिहरु निकै थोरै छन् ।

साँझ ढल्दैछ, रात पर्दैछ । सायद मेरो मन पनि केही हलुका महशुस गरिरहेको छ । उनको दोश्रो एसएमएस आइसकेको छ, मेरो एसएमएस को रिप्लाइ बनेर । म यथार्थलाई भुल्ने कोशीस गर्दैछु । यीनै डाँडाकाँडा, आकाश, बादल, घर, हिमाल, जहाज, एयरपोर्ट, टावरहरु हेरेर ।

सायद मेरो गन्थन केहि पनि बुझिएन होला, अनि यहाँ म खासै बुझाइरहन पनि आवश्यक ठान्दिँन । मात्र म यहाँ, यथार्थलाई भुलाउने कोशीस गरिरहेको छु । कुरालाई अन्तै मोड्ने प्रयास गरिरहेछु । उ त्यहाँ परको घरबाट एउटा ठूलो आतसबाजी भयो । जहाज ल्याण्ड गर्दै थियो । त्यो गरिएको आतसबाजीले जहाजलाई केही असर गर्‍यो या गरेन थाहा भएन तर त्यो आतसबाजी जहाज कै सम्मुख पुगेर पड्किएको थियो । अनि अहिले पनि सहरभरि पड्किरहेकाछन्, सहर तिहार मनाइरहेको छ ।

8 comments :

  1. kasto ramrari lekhdo raichau timi... yo article padera malai feri ghar farkina maan lagyo...

    ReplyDelete
  2. oo aakarG.
    bastam ma k vayo ko, purai padhera pani bhujnai sakeyena.
    van6an pir share garda kam hun6, then why r u packing it deep inside of u?

    ReplyDelete
  3. मुकुन्द !
    यो मेरो कथा होइन, यो मेरो साथी को कथा हो अनि उसको व्यक्तिगत कुरा भएकोले मैले नलेखेको हुँ । तर त्यो उसको कथाले मलाई पनि केही असर गर्‍यो, अनि मैले ती तितो यथार्थलाई भुल्न, या भनौँ ध्यान अन्तै मोड्न, त्यही क्षण यो जे पायो त्यही लेखेको हुँ ।
    अनि यो कुरालाई म बुझाउन पनि चाहन्न नि त साथी ।

    ReplyDelete
  4. अाकार जी तपाइको लेखने शैलीको कुरै छैन, खुसीलाग्यो लेख पढेर ।।। तपाइले जुनसुकै कुरालाइ पनि लेखन सक्नुहुन्छ यसमा दुविधा छैन । जे हो यो जो सँग सम्वन्धित भएपनि सम्वन्धित ब्यक्तिलाइ धर्यताका साथ धिरज भइ अगाडि वढन शुभकामना ।।।।।

    ReplyDelete
  5. timi kaile haseko thiyau, timro samu uni ruda........................

    ReplyDelete
  6. मुकुन्द !
    तिमीले एकदम सही कुरा गर्‍यौ यार ।
    अरुको दु:ख मा हाँस्नु भनेको त बेवकुफी मात्र हो ।

    ReplyDelete
  7. Aakar ji
    thank u very much for ur frens heart touching story sharing to us. ur writing style ia so nice keep it up

    ReplyDelete