शुभचिन्तकहरु

उ शुभचिन्तकहरुको बथानले घेरिएको हुन्छ, जसरी सङ्लो खोलाको माछा जालको गोटिले घेरिएको हुन्छ, जसरी कैदी पर्खाल र नेल ले घेरिएको हुन्छ, जसरी देश साँध सिमाना ले घेरिएको हुन्छ । उ यसकारण बाँचेको थियो, कि कुनै शुभचिन्तकले उसलाई मर्ने सल्लाह दिएका थिएनन् ।

शुभचिन्तक नं १ ले भन्नुभयो – तिम्री पत्नी ठिक छैनन्, छाडिदेउ ।
उसले त्यागिदियो ।

नं २ ले भन्नुभो – भोजनले तिम्रो स्वास्थ्य बरबाद गर्छ ।
उसले खान छोड्यो ।

नं ३ ले भन्नुभो – घर तिम्रो लागि उपयुक्त छैन ।
उ रुखमुनि बस्न लाग्यो ।

नं ४ ले भन्नुभो – लुगा लगाउनाले तिम्रो जीउमा सूर्यको भिटामिन “डि” जान पाउँदैन ।
उ नांङ्गै बस्न थाल्यो ।

नं ५ ले भन्नुभो – तिमी जस्तो असल मान्छे ले यस वाहियात संसारबाट चाँडै मुक्ति प्राप्त गर्नुपर्छ ।
उसले आत्महत्या गर्यो ।

अनि सबै शुभचिन्तकहरु मिलेर उसको सिनुको सुरुवा बनाउनुभयो र आजसम्म जति शुभचिन्तकहरु उपदेश ओकल्नु हुन्छ, त्यसमा त्यही सुरुवाको डकार बढि हुन्छ ।

मलाई आफ्ना शुभचिन्तकहरुबाट यही अनुभव भएको छ ।

-जगदिश घिमिरे
(धेरै वर्ष अघि लेखिएको प्रस्तुत कथा, साह्रै घत लागेर यहाँ राखिएको हो )

3 comments :

  1. के त्यस्ताहरुलाई शुभचिन्तक भन्न मिल्ला र? म सोच्दै छु.....

    ReplyDelete
  2. आजसम्म जति शुभचिन्तकहरु उपदेश ओकल्नु हुन्छ, त्यसमा त्यही सुरुवाको डकार बढि हुन्छ - Jastai Nepal ka Neta bhanaudaaharu , hai na ta Aakar g .

    ReplyDelete
  3. जगदिश घिमिरे ज्यूको यस लघु आकार कथामा शुभ चिन्तकहरुको चित्रण चित्त बुझ्दो भएर पनि उ पात्र स्वयँमा शुभ चिन्तनको अभाव पो खट्कियो त हौ ।

    ReplyDelete