त्यस्तै केही नयाँ गर्ने आशा बोकेर केही नयाँ प्रतिभाहरुले केही फरक गर्न खोजेका छन् चलचित्र “हे युवा” मार्फत भन्ने मलाई लागेको छ । यद्यपी सुटिङ सकिएको छैन, अनि अझ चलचित्रकर्मीहरु को राजनितिका कारण उक्त चलचित्र हामीले नेपालमा कहिले हेर्न पाउँछौ त्यो पनि ठेगान छैन । “यहाँ चलचित्र बनाउन भन्दा पनि चलाउन गाह्रो छ”, यसै भनेका थिए एक चलचित्रकर्मी केही हप्ता अघि एउटा टेलिभिजन कार्यक्रम मा ।

नयाँ आशा र सम्भावना बोकेको चलचित्र “हे युवा” का नायक राजबल्लभ कोइराला ले हामीलाई एक ईमेल अन्तर्वाता मा यो चलचित्र “हे युवा” मुख्यत: युवाहरु वरिपरि केन्द्रित रहेको बताएकाछन्, जो केही नयाँ गर्न चाहन्छन्, जो समाज मा केही नौलो र नयाँ काम गर्न लागिपरेकाछन् । समग्रमा युवाहरुले देश र समाज मा परिवर्तन गर्न चाहेकाछन् । तर कुरा यही हो कि, हामी आफैँ बाट नै यो सुधारको सुरुवात नगरेसम्म केही हुनेवाला छैन । संसार बदल्न हामी आफैँबाट सुरुवात गर्नुपर्छ भन्ने सन्देश सहित यो चलचित्र बनेको छ ।
युवाहरु माथि बनेको यो चलचित्र पुर्ण रुपमा भर्खर कलेज पासआउट भएका (चलचित्र ग्रयाजुएट) युवाहरुले नै बनाएका छन् । युवाहरुलाई मुख्य टार्गेट गरेर बनाइएको यो चलचित्रमा राजबल्लभ कोइराला, धिरेन शाक्य, बिनोद पौडेल, विष्णु पाण्डे, किशेन, सन्चिता लुईटेल, निर शाह आदिले अभिनय गरेकाछन् ।
डिजीटल प्रविधिमा खिचिएको यस चलचित्रमा ५.१ साउण्ड सिस्टम राखिएको छ भने, चलचित्र मा एउटा मात्र गित रहेको छ, जसलाई चलचित्र प्रमोसन गर्ने हिसाब मा चलचित्रमा राखिनेभएको छ । रामराजा दाहाल को निर्देशन रहेको चलचित्रमा विनोद पौडेल को कथा तथा स्क्रिप्ट रहेको छ । त्यसैगरी रामराजालाई चन्दु झा, शेखर, सुवास आदिले निर्देशनमा सहयोग गरिराखेका छन् । काठामाडौँ वरिपरि छायांकन गरिएको चलचित्र मा छाँयाकारका रुपमा सुशन, भिम आदिले आफ्नो कौशल देखाइरहेकाछन् ।
कम बजेट मा राम्रो चलचित्र बन्दैन भन्ने नेपाली चलचित्रकर्मीहरुलाई यस चलचित्रले गतिलो झापड हान्ने अपेक्षा गरिएको छ । साथै, यस चलचित्र नेपाली चलचित्र को जगतमा एउटा नयाँ कोशे ढुङ्गा सावित हुने आशा मैले गरेको छु । हामी ले नेपाली चलचित्र प्रति गर्व गर्न सकौँ भन्ने कामना सहित चलचित्र “हे युवा” को सफलताको लागि लाखौँ लाख शुभकामना छ । आशा छ, मेरो आशा निराशामा परिणत हुने छैन, बाँकि कुरा चलचित्र हेरे पछि गरौँला है !








2 प्रतिक्रिया:
tyo ta nepaliko kurai thulo hun6 bhan6n! tystai ho nepali film maker harule sadhani ekai khalko film banaer different kisimko bhanne gardan6n.
...kuro k ho bhane sandarbha r bisaya bastu bhane ramrai lieka hun6n tar lack of presantation & editing with adjust raheko pain6.... yo pani heraun ta ...katai junai jogi aaepani kkkkk chirieko bhane jhai chaahi nahos .....
नेपाली चलचित्र पनि राम्रो हुन्छ नि । मैले पनि पाँच वर्षछि आएर सानोसंसार हेरें । सानो संसार बाट म निक्कै प्रभावित भएँ । त्यसैले त त्यसमा देखाए जस्तै मोबाइलको सेट पनि किनें मैले । केही कुरा त नेपाली चलचित्रबाट पनि लिउँ न हैन ।
अब म...तिमी बिना मरिहाल्छु हेर्नेवाला छु । सबै चलचित्र राम्रा नभए औंसत भएपनि केही नेपाली चलचित्र हामीलाई सिनेमाघरमा बोलाइछाड्ने खालका छन् ।
धेरै जसो केबुल अनि डिभिडी सिडीका चक्कामा हिन्दी वा अंग्रेजी चलचित्र हेरे पनि नेपाली चलचित्र प्रति म फिदा भएको छु । राम्रा निर्देशकका चलचित्र छुटाउन हुन्न है ।
मुना-मदन त झन छाड्नै हुन्न । सबै मिलेर मुना-मदन चलचित्र हेर्न जाऔं है ।
Post a Comment