शुभकामना

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दशैं आयो दशैं आयो
यही आनन्द चर्चाले
सबै संकष्ट बिर्सायो

ठूला साना सबैलाइ
दशैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दंग
सबैको देखिंदै आयो
उज्यालो चेहरा रंग
----------------------------------
हामीहरुको महान चाड बडादशैँ को उपलक्षमा यस ब्लगका सम्पुर्ण शुभचिन्तक तथा देश विदेश मा रहनुभएका ब्लगर मित्रहरु तथा पाठकहरुमा "आकार" को तर्फबाट शुभ विजयादशमीको हार्दिक मंगलमय शुभकामना !


--------Happy Dashain--------

This cartoon says more than 1000's words about our reality. (click on photo for larger view)

Note:
This cartoon is created by ABIN and "Aakar Post" has got the permission to publish it. Please do not PUBLISH this card in any blog or website or by any means without permission.
Thank You !

5 comments :

  1. oussssssssss akar g ko dashin offer ta gajab ko rahe6 ...........kahi na bhayeko jatra...ha.......bhane jasto, subhakaman ramro lagyo SSSSSSSSS

    ReplyDelete
  2. May this great festival of Dashain bring good fortune & prosperity in your life. May the blessings of Goddess Durga always be with you and your dear ones. Happy Dashain!!!

    ReplyDelete
  3. Wish you a HAPPY VIJAYA DASHAIN 2065

    ReplyDelete
  4. आकारजीको सान्दर्भिक शैलीको शुभकामना छ यार। कार्टुन त साँच्चै नै आफैमा धेरै कुरा लुकाएर अडिएको छ। लौ तपाईलाई नी शुभकामना छ दशैँको।

    ReplyDelete
  5. लौ गजब स्टाईलले शुभकामना लिएर आउनुभएछ यार । तपाईंलाई पनि दशैंको शुभकामना है ।

    कार्टुन लेखेरै देखाउन चैं अलि बर्कत पुगेन तर कल्पना गर्नुस् है हाम्रो दशैंमा तपाईंको कार्टुनको जवाफ कार्टुन यस्तो कोरें मैले मेरो दिमागमा ।
    ( हाम्रै दशैं त हो , भट्टी छँदैछ क्यारे के को पेट्रोलको , पानीको ,ग्याँसको चिन्ता गर्ने बेकारमा ? भट्टीबाट निस्केपछि आफैं आफ्नो सुरक्षा गार्ड हुने , सेक्युरिटी नि पर्दैन भो । )

    ReplyDelete