मायाप्रितिका कुरा

-गगन पौडेल
फार्मेसी दोश्रो वर्ष, काठमाडौँ युनिभर्सिटि ।
क नजर थियो हेरिरहने, अहिले लाग्छ ममता छिपेको थियो त्यस हेराइमा । जसरी एक शिशुप्रति उसको जननीको नजर लोलाउँछ र टोलाउँछ ठ्याक्कै त्यस्तै । एकटक ले हेरिरहने ती ठूला-ठूला आँखा, लाग्थ्यो कि त्यस आँखामा समुन्द्रको गहिराइ छ । ती रसिला मदहोशी नयन, म डुबिसकेँथे । जब म ति लोचन नियाल्थेँ, मलाई संसारको अद्’भुत खुशी मिलेजस्तो लाग्थ्यो, मानौँ कि म कुनै स्वर्गमा छु, यो संसारको घच्चाघमासान बाट धेरै टाढा, केवल खुशी र प्रशन्नता मात्रै साथमा भएजस्तो ।

जब नजरसँग नजर टकराउँथ्यो, ती झुकेका परेली आहा ! लाग्थ्यो घामको सुनौलो किरणको स्पर्शले नयाँ उमंग ल्याएको छ म मा, जब ती नजर उठ्थे लाग्थ्यो घाम डुब्न लागेको छ र चराचुरुङ्गीको चिरबिरसँगै ती आफ्ना बासस्थानतिर लाग्न लागेकाछन् । लाग्थ्यो कि आफूलाई सदासदाका निम्ति उनलाई समर्पण गरिदिउँ । लाग्थ्यो लाजले लाली छाएको त्यो मुहार देख्दा भर्खर कोपिला फक्रेर गुलाबमा परिणत भएको छ अनि मलाई बोलाइरहेछ, “आउ, आकाश ! मलाई अंगाल म तिम्री हुँ केबल तिम्री, मैले मेरो तनमन नै तिमीलाई सुम्पिसकेँ, मलाई चुँडेपनि केही मतलब छैन म हाँसीहाँसी आफूलाई समर्पित गर्छु ।”



इसाराले इसारा गर्थ्यो । अब त्यहाँ बोल्ने मुख र सुन्ने कानको जरुरत नै थिएन । त्यहाँ त मन बोलिरहेथ्यो अनि मनले सुनिरहेथ्यो । लाग्थ्यो दुवै छातिमा एउटै मुटु चलिरहेछ र दुवै शरीरमा एउटै मुटुबाट रक्तसंचार भइरहेछ । त्यस मुटुभित्र मायाको अथाह समुन्द्र थियो । जति मासे पनि, जति दिएपनि नसकिने । एकको अर्को प्रतिको आदरभाव र सम्मान पनि त्यत्तिकै व्याप्त थियो ।

“आकाश, ए ! आकाश के टोलाइरहेछ, यो केटो ।” म झस्किँए, म त मायाको संसारमा हराइपोसकेछु । एक पागल सरह भौँतारिदैँ पो छु । साँच्चै माया पागलपन हो, जसको कुनै औषधी नै छैन । “प्रेम रोग हो अरे !” त्यसको उपचार कि त प्रेमीसँग हुन्छ कि त प्रेमिकासँग । जबकोही व्यक्ति त्यस अवस्थाबाट गुज्रिन्छ तब उसलाई संसारको कुनै औषधी र संसारको कुनैपनि चिकित्सकले निको पार्न सक्दैन रे ! हो रहेछ, साँच्चै नै – त्यसैले म यो औषधीलाई कहिल्यै गुमाउन चाहन्न सदासदा का लागि साथ मा नै राख्छु, आफ्नै समिपमा , अंगालोमा बाँधेर मुटुको कुनै कुना मा लुकाएर….. मुटुको कुनै कुनामा लुकाएर….. ।

2 comments :