हाइकु

नेपाल बन्द
टायर ढुंगामुढा
सफल भयो !

इलेक्ट्रिकल
मेकानिकल इयस
भयो झडप !

उसले पेल्यो
थर्कियोहोला उ त
तर्सन्न है म !

तिम्रा समय
भोली के होला के'था
खेलौँ जुहारी !

साह्रै खन्चुवा
हस्पिटल को बास
पैसा खत्तम !

फेरी नि चर्चो
नालिस हाल्दै छ रे
लुकेर बस !

मुटुको टुक्रा
बाँच्ने लक्षण छैन
लुकेर बस !

चुपचाप उ
भण्डार रित्तियो रे
बहुलाएछ !

अँधेरी रात
बेठेगान बिजुलि
कठै विचरा !


घाँटि सुकेछ
पाइला लम्कियो रे
बिजुली छैन !

पसल थियो
तर रित्तै वालेट
नाटक गर्छौ ?

दाजु चतुर
सँगै थिए म पनि
पैसा जोगाए !

मातृका नाम
सँधै जंगल बास
गुण्डाकै शैली !

इन्द्रजात्रा ले
काठमाडौँ तनाव
भोलि नि बन्द ?

नोट: हाइकुको बारेमा धेरै जानकारी छैन । यहाँ प्रस्तुत गरिएका हाइकुहरु फेसबुक ग्रुपमा खेल्दा-खेल्दै, जिस्किँदा-जिस्किँदै लेखिएको हो । त्यसैले, यहाँ नबुझ्ने प्रसंगहरु धेरै होलान् । साथै, यससँगै सम्बन्धित हाइकुहरु "उजेली" को ब्लगमा पनि पढ्न पाउनुहुनेछ । दुबै मिलाएर पढ्दा चाँहि केहि बुझिएला कि ???

3 comments :

  1. तपाईहरु दुबै जनाको हाईकुको फ्यूजन बनाएर पढ्दा पनि अझै राम्रो बुझिएन हो!

    ReplyDelete
  2. उजेली जी र तपाईंले सल्लाह गरेर बरु एकपटक एकातिर अर्को पटक अर्कोतिर राख्ने गर्नुभएकोभए राम्रो हुन्थ्यो कि ? तपाईंहरुको हाईकु दोहोरी देख्दा कुनै समयमा मैले Poetry.com मा हाईकु लेखेको स्मरण भयो , उबेला ब्लगमा पनि राख्थें त्यता लेखेको हाईकु आजभोली त्यो क्रम छुटेछ मात्र हैन सम्झनामै ओझेल परेछ , सम्झाईदिनुभयो अब पसेर लेख्ने गर्नुपर्यो भन्दैछु । यता भए मध्येमा साह्रै मनपर्यो ।

    ReplyDelete
  3. यता भए मध्येमा

    अँधेरी रात
    बेठेगान बिजुलि
    कठै विचरा !

    साह्रै मनपर्यो

    ReplyDelete