दया

महाशय ! कहाँ बसेको उठ, यो सिट मेरो हो”, युवति सिटमा बसेको युवकलाई हकार्छे ।

“तपाई शान्त भएर बस्नुस्, टिकट म सित पनि छ”, युवक आफ्नो टिकट देखाउँछ । “यो कसरी हुन सक्छ, दुबैलाई एउटै सिटको टिकट ?”

“खै, कसरी भयो, टिकट काट्नेलाई नै सोध्नुहोस”, युवक बसेकै ठाउँबाट उत्तर दिन्छ । युवति भने स्टाफहरु बोलाएर रडा’को नै मच्चाउन थाल्छे । युवक को जिरह देखेर सबै सम्झाउन थाल्छन्- “नारीलाई अलिकति दया गरेर पछाडि बसिदेउ भाइ ! पछाडि बस्तै मा केही तिमीलाई के नै भैहाल्छ ?”

“दया हैन, अधिकारको कुरा गर्नुस । यो सिट मेरो हो …….” उ नियममा आफू माथि परेको दावि गर्छ । केही नलागेपछि विचरी पछाडि बसी र समस्याको समाधान भयो ।



यात्रा क्रममा बस खचाखच भरियो ।

“लौन हजुरहरु हो ! मलाई कतै टुसुक्क बस्न दिनोस्’न ।” एउटि सानी नानी च्यापेर अप्ठ्यारोसँग उभिएकी महिला बसेकाहरुलाई अनुरोध गर्छिन । ती अघि नारीप्रति दयाका शब्द उकेल्नेहरु भने सुनेका नसुन्यै भए । उही युवकले दया गरेर आफू बसेको सिट छाडिदियो ।

तर पछाडि बसेकी युवती भने रिसले मुर्मुरिँदै हुन्छे, “राँडी…….. ! उसकी स्वास्नी होली अनि ………!”

-रमा पराजुली
'साप्ताहिक' बाट साभार

5 comments :

  1. It's a really nice article. A big chunk of our society feels relieved to give advises and wisdom to others, but they themselves would not do those things!

    ReplyDelete
  2. नेपाली नारी हरु तेसै पछी परछन त उनी हरु आँफै एक अर्क लाई सम्झिन सक्दैन त अरु ले कसरी सम्झनु राम्रो कथा रहिछ पढेर रमाइलो लाग्यो

    हजुर को ब्लग लाई महिले मेरो blog exchange मा राखेको छु हज्रु को तर्फ बाट नि चाडै हुन्छ होल भने आश छ नेपाली म ब्लग पढ्न पढेर साह्रै खुशी लाग्यो keep on blogging धन्द्य्बाद .

    ReplyDelete
  3. when i came to delhi, i was pleasantly surprised that they have reserved seats for women.. any girl could ask to leave men if they were taking those sears... i leave my place for elderly and women most of the time... it's difficult for them to travel in public vehicles... but at least the rule makes it easier...

    khusi lagyo timile yo post gareko dekhera.. i'm missing many things and it's good to read such works... keep it up dude

    ReplyDelete
  4. सबै साथीहरूमा २०६५ बडादशैँको मंगलमय शुभकामना .

    नेपालमा यातायातको राम्रो सुबिधा नभय सम्म यस्तै हो ।
    जे होस मन छुने लेख छ.
    दशैँको ताका हामी धेरै जसोले लामो दुरीको यात्रामा सबैले भोगी आएको सत्य पनि हो .

    ReplyDelete
  5. आकारजी मंगल् धुन को लागि धन्यवाद ।
    मंगलधुन को ध्वनी सुनेर नेपालमा नै भएको अनुभव भयो।
    धन्यवाद

    ReplyDelete