हाम्रो खाने काम

खान हामी सँधै अगाडि, सबैभन्दा पहिलो हाम्रो काम खाने । जतिसुकै अभावमा पनि खाइएकै छ, भलै राम्रो नभएपनि । जतिसुकै महंगीमा पनि बाँचिएकै छ । हाम्रो पहिलो काम नै खाने काम भएकोले, उहिले स्वर्गिय व्यङ्ग्यकार भैरव अर्याल ले पनि हाम्रो यो प्रवृतिलाई नै दह्रो दनक दिएका थिए । महाकवि लक्ष्मी प्रसाद देवकोटा ले पनि लेखेकै हुन् । तर जसले जति नै भनेपनि हाम्रो बानि कहाँ परिवर्तन भा’छ र !

नेताले देश खाए, जनताले त्यही सुकेको च्युरा खान पनि गाह्रो हुँदै गए । सर्वहारा को अर्थ पनि गज्जबैले लगाए: सर्व‌+आहार = सर्वहारा, भन्नको मतलब भेटेको जति सबै को खाने हो रे । मेरो दिमाग पनि यो भन्दा माथि उठ्न सकेन, खान छाडेर काँ’ अरु कुरा सोच्ने फुर्सद छ र ? यहाँ कसैले पनि भ्रष्टचार गर्दैन, खान को लागि गरेको काम पनि कहिँ भ्रष्टचार हुन्छ र ? यो गरेकै खानको लागि हो, उहिले गिरिजा ले “लाउडा” खाएरे, अनि तिनले पनि खाए रे, अनि उसको त कुरै नगरौँ, अधिक नै खाए रे । खा’को त हो नि, ला’को हैन, राखेको हैन क्यारे त ! अरुलाई बाल मतलब !


देशमा चुनाउँ हुँदा पनि खाए रे, अस्ति कोशीमा बाढि आउँदा पनि खाए रे, सुकुमबासी बनेर पनि खाए रे, भाले भएर पनि सुत्केरी भत्ता खाए रे, उताबाट पनि चोक्ट्याए रे, अब पनि खान कै लागि सबै मरिमेटेका छन् रे ! कोशीमा बाढी नआउँदा नै नेपाल आयलनिगम डुब्यो रे, नेपाल वायुसेवा निगम पनि डुब्यो रे, धेरै खाएकै ले गर्दा डुबेको हो रे, अहिले बचाउने नाम मा पनि खा’कै छन् रे ! साँच्चै भन्ने हो भने देश नै डुब्न आँटिसक्यो रे ! त्यहीपनि खान छोड्दैनन् रे, बरु सत्तामा पुग्ने बित्तिकै सजिलै खानलाई आफ्ना मान्छे भर्ति गर्छन् रे । जसले जतिसुकै जे भनेपनि, अनि जस्तो परिस्थितिमा पनि हामी खान छाड्दैनौँ रे, किनकी हामीलाई बाँच्नु छ, बाँचेर मात्र पनि भएन केही गर्नुछ । हो त ! हाम्रो सबैभन्दा ठूलो खाने काम अझै बाँकि नै छ, त्यति त सक्नुपर्यो नि हैन र ???

यहाँ खाने कुरालाई अनि खाने बानिलाई भन्छु भनेथे, खै थाहै नपाइ कुरो अर्कैखाले खानेकाम मै अल्झिएछु । खैर यहाँ म, भैरव अर्यालको केही तर्क राख्दैछु नेपालीले खाना खाने सन्दर्भमा:
भात खानु भनेको ज्युनार गर्नु, भोजन गर्नु, भान्सा गर्नु, हसुर्नु, घिच्नु र धोक्र्याउनु पनि हो ।
ज्युनार गर्नु:
चौरासी व्यञ्जनका दर्जनौँ दर्जन रिकापीहरु वरिपरि सजाएर बडेमानको थालमा घिउ चुहिने दुई पन्युँ मसिनाको मसलादार भुजा पस्किएर चम्चाले एकपछि अर्को रिकापी चहारेको दृश्य ध्वनित हुन्छ ।

भान्सा गर्नु: कमसेकम दालभात तरकारीको साथै ट्वाक्क एक थोक अचार, चार चौटा मासु या एक गिलास दुध र एक दुई वटा फुलको बास्ना आउँछ ।

भोजन गर्नु: निम्तालु बाहुन वा जोगी वा ज्वाँइ भानिजले निमन्त्रकको घरमा कुनै धार्मिक चाडपर्वमा दक्षिणा समेत लिइ खिर, मालपुवा वा एक टपरी दहीभात बजाएको बुझिन्छ ।

भात खानु: सिलाबरको वा पित्ले थालमा पस्केको रातो‍-रातो चपरी भात केही न केही एक थोक तरल तिहुनसित मुछेर गाँस हाल्नु भन्ने बुझिन्छ । (भान्सा भो हजुर ! भन्ने निबन्ध बाट)

अर्यालको खाने स्टाइल ले सामाजिक असमानता झल्काउला या भनौँ सामाजिक संरचना कस्तो छ भन्ने कुरा या भनौँ, जनताको आर्थिक अवस्था कस्तो छ भन्ने कुरा । विस्तारै यी कुराहरु हराउँदै गएको भान भए पनि, हामी जहिँ को तहिँ छौ, त्यही भएर त ३०-४० वर्ष अगाडि लेखिएको कुरा पनि अहिले कै परिस्थिति भन्दा केहि फरक छैन । अझ यहाँ त खानको लागि, जे पनि हुन थालेको छ । खान सिकाउने यिनै नेता हुन्, यही राजनिति गर्ने लाउकेहरु हुन् । सँगैका देश कहाँ पुगिसके तर हामी भने यही खाने काम मै अल्झिरहेका छौँ । आउनोस् हामी पनि खाऔँ, म पूर्वबाट सुरु गर्छु, तपाई पश्चिमबाट, अनि तपाईचाँहि उत्तरबाट खानुस्, हाम्रा छिमेकिलाई केही भन्नै पर्दैन, उनी दक्षिण बाट खाइदिहाल्छन् । “न रहेगा बाँस, न बजेगा बाँसुरी” यसै गरौँ है, अरु के गर्नु त नखाऔँ भन्दा पनि नलाग्ने ।

-कोशी पिडितलाई दिएको राहत पनि अरुले नै खाइदिए रे, ठूलाबडाले लुटिदिए रे, त्यही खाएको घटनाले गर्दा मेरो दिमाग पनि खान थालेपछि, यो पोष्ट यहाँ टाँसो लाएँ है !
Releated Post:भोज हाम्रो सँस्कृति

7 comments :

  1. हाम्रो देशका नेता हरुलाई खाने बानी लागिसकेको छ यो छुटाउन गार्हो हुन्छ होला!!
    सबैले खादा खादा यो देश त खोक्रो हुन मात्रै बाँकी छ होला ..

    Great writting!!

    ReplyDelete
  2. कोशी पीडितका लागि भनेर लगेको राहतसमेत खाने कथित ठूलाबडाहरु, थुक्क--! मान्छे किन यति अधम हुन्छन्?!

    ReplyDelete
  3. आकार जी
    अरु त खाए खाए, यो बाढि पीडितको सहयोग पनि'घिचेछन'। यस्ता 'घीच्चड" लाई कसरि तह लाउने हो ?

    ReplyDelete
  4. hmm...it's an extremely disappointing news, but not a shocking one! for those who know about our leader's moral-less 'history' even in dealing calamities.
    BTW, the narration is quite interesting!

    ReplyDelete
  5. आकार जि, हाम्रातिर खानुलाई अझै जाकिनु र चिरिनु पनि भन्छन् ।
    तपाईँले भनेजस्तै विषयको एउटा कविता लेखेको थिएँ मैले ७ कक्षामा हुँदा । म त्यो कवितालाई भोलि मेरो ब्लगमा हाल्छु । हेर्नुहोला है !

    ReplyDelete
  6. दीपक जडितSeptember 11, 2008 at 4:59 AM

    काट्टे बाहुनको भागको काट्टो सम्म खाएकै हुन , युद्धको चपेटामा गाउँ नै लपेटेर घरैपिच्छे किरिया पनि खाएकै हुन - कोसीको राहत के छोड्थे ?

    ReplyDelete
  7. कोशी पीडितका लागि भनेर लगेको राहतसमेत खाने कथित ठूलाबडाहरु, थुक्क--! मान्छे किन यति अधम हुन्छन्?!

    ReplyDelete