अबफेरी मेरो देशमा

अबफेरी मेरो देशमा
हिटलरको घृणित युद्ध नचर्कियोस
ओसिएका बम वारुदहरु
शान्ति खलबलाउनको निम्ति
बुलन्द्र आवाज लिएर नपड्कियोस्

भर्खरै मात्र सकिएका छन् पोतेर
जनयुद्धले चर्किएका घरका भित्ताहरु

ममतामयी आमा! अबफेरी तिम्रो काख
उजाडिएको मरुभूमिझैँ रित्तो नहोस्
वावा! तिमीले सनाखत भएका
लाशहरु जिम्मा लिन नपरोस्

भाईटिकामा चेली! तिमीले
माईतीको प्रतिविम्ब खोज्दा
क्षतविक्ष्‍यत भएर यत्रतत्र छरिएका
शरिरका टुक्राहरु नहोउन्

तिजमा माईती तिमीले
चेलिको सामिप्यता
वेपत्ता र वेवारिशे पारिएको
समाचार अखबारहरुमा नहोउन

पबित्र शिन्दुर छरिएको शिउँदो
हो त्यो, कहिल्यै नपुछियोस
दैवले जुराएको मिठो साथ
त्यो पनि नछुटियोस

देशका कर्णधार नावालकहरु
टुहुरा र टुहुरी नहोउन
स्वर्ग जस्तै घर - परिवार
बिचल्ली र बिस्थापित नबनुन

परिवर्तन ल्याउने परिवर्तनकारिलाई
हृदय देखिनै प्रणाम छ
परिवर्तनको लागी प्राणदिने शहिदहरुलाई
समग्रमा हामी सबैको लाखौं पटक सलाम छ।

-मन्जील दिप सुब्बा
आङ्सराङ् - ५ बरबोटे पाँचथर मेची नेपाल।
हाल – Qatar Foundation.
Email – manjeeldip@yahoo.com

0 प्रतिक्रिया :

Post a Comment