सडक माहत्म्य

नेपाल को सडक कति धेरै सस्तो
आन्दोलन त्यहीं हुने,
जुलुस पनि त्यहीं
अरु त अरु भए,
नेता जान्छन् त्यही सडक !

विशेषता धेरै भएको सडक
अरु कहाँ-कहाँ छ र ?
मान्छे तात्न त्यही सडक त
फोहर फ्याँक्न त्यही सडक,
अरु त अरु भए,
हुने गर्छ दिनहुँ झडप !

आफ्नो माग पुरा गराउन
सबै ताक्ने त्यही सडक
स्वास्नि कुटे त्यही सडक
पार्टि फुटे त्यही सडक,
अरु त अरु भए,
कुख्रो किचेपनि त्यही सडक !

गाडि गुड्नुपर्ने त्यहाँ
गाडिको त नामै छैन
कहिले जान्छन् विद्यार्थी त
कहिले शिक्षक त्यही सडक,
अरु त अरु भए,
मुल्य बढे त्यही सडक !

-सुनिल घिमिरे

0 प्रतिक्रिया :

Post a Comment