धन्न बाँचियो

नेपाल को पूर्वि भाग जलमग्न छ । कोशी व्यारेज मा आएको बाढिका कारण ५० हजार भन्दा बढि मानिसहरु विस्थापित भएका छन् । जे जति क्षति भएको छ, अनि जति पिडा छ, त्यो त बाढिपिडित सँग मात्र छ अरु को लागि त यो केही होइन, सबैलाई रमिता नै छ । हो साँच्चै यहाँ एक नेपालीलाई दुख्दा अर्कोलाई हाँस उठ्छ । अनि पुर्व को आवाज पश्चिम ले सुन्दैन अनि पश्चिम को आवाज पुर्व ले सुन्दैन अनि समग्रमा जनताको आवाज सरकारले सुन्दैन, यदि सरकार बहिरो नभइदिएको भए सायद हामी ले बाढिका कारण यती धेरै क्षति व्यहोर्नु पर्ने थिएन ।

कोशी को ड्याम फुटेर गाउँ मा पसेको बाढिका कारण सबैतिर जलमग्न छ । टाढा-टाढा सम्म पानी छ, अनि पानी मा हेलिँदै मान्छेहरु हिँडिरहेकाछन्, कोहि आफन्त खोजिरहेकाछन्, कोही सबथोक गुमाउनुको पिडा ले रोइरहेकाछन् । समाचार मा देखाइएका यी दृश्यहरु निकै नै मार्मिक छन् । कोही घाइते छन्, कतै के बगाइरहेको छ, कतै के, अनि जमिन देख्न पाइएको छैन । बाढिले यति ठूलो उपद्रो गरिसकेको छ अनि उद्धारको काम पनि जारी छ तर केही व्यक्तिहरु चाँही धनि बन्न खोजिरहेकाछन् । उनीहरु पानी मा आफन्त खोजे झैँ, सम्पति फेलापार्न लागिपरेकाछन्, कसैलाई यो बाढि रमिता लागेर बस नै रिजर्ब गरेर बाढि प्रभावित ठाउँ मा गए भन्ने पनि सुनिएको छ जसको कारण सेना र प्रहरीको उद्धार कार्य मा नै बाधा उत्पन्न भइरहेको छ । भारत को मिचाहापन र नेपाल को लाचारीका कारण यस्ता समस्याहरु घटिरहेकाछन् ।

बाढि के हो भन्ने कुरा सायद सबैले अनुभव गरेकाछैनन् होला भन्ने मेरो बुझाइ छ । म यहाँ आफ्नो ५ वर्ष को उमेर मा आफूले खेप्नुपरेको बाढिको बारेमा आफ्ना कुराहरु लेख्दैछु । सामान्यतया: पहिले बाल्यकाल का कुराहरु प्राय: सम्झिँदैन तर पनि आफूले भोगेको अनि देखेको भएर होला, २०५० साल को बाढि अझै पनि मेरो मानसपटल मा ताजैछन् । लगातार परेको झरि अनि बाग्मति मा बढेको पानी को बहाब का कारण २०५० सालको साउन महिनामा रात को समयमा बाढि आयो । तर म त सुतिरहेको थिएँ, के भइरहेको छ भन्ने कुरा थाहा हुने कुरा नै भएन, अनि बुवा,ममि ले पनि रात को समयमा उठाउने कुरो भएन, त्यतिखेर म ५ वर्ष को थिँए अनि मेरो भाइ ३ वर्ष को । हाम्रो उत्तर फर्किएको सानो काठको घर थियो, ३ कोठा भएको । म रात को करिब १-२ बजेतिर निन्द्राबाट बिउझिँदा बुबा बाहिर बार्दलि मा हुनुहन्थ्यो अनि अनुहार मा झल्किरहेको थियो बाढिको पिडा, सोच्नुभएको थियो रे ! बाढिले घर भत्कायो भने अनि बाढि ले बगायो भने पनि आफू त पौडि खेलेर तर्छु, तर यीनीहरु के गर्छन् भन्ने पिर परेको थियो, अनि कहिले हाम्रो अनुहार हेर्नुहुन्थ्यो त कहिले बर्को ले अनुहार छोप्नु हुन्थ्यो ।

भाइ पनि केही बेरपछि उठ्यो भने ममि पनि पहिले नै उठिसक्नुभएको थियो, अनि बार्दली मा एकजना छिमेकी को परिवार पनि आएर बसिरहेका थिए, हाम्रो घर केही सुरक्षित होला कि भन्दै कारण उनीहरु को भुँइतले घर त सबै डुवाइसकेको थियो । रात को १-२ बजेदेखि रेलिङ बाट हेरिरह्यौँ सबैतिर पानी छ, पानी नै परिरहेको छ, मुस्किल ले पर १-२ मिटर सम्म देख्न सकिन्छ । पानी घरमाथि बाट नै बगेको छ । तराई का काठ का घर को अन्दाज छ भने कल्पना गर्न सक्नुहुन्छ, हामी घरमाथी थियौँ अनि पानी को सतह हातै ले भेटिन्थ्यो । रातभर त्यतिकै बस्यौँ, बिहान उज्यालो भएपनि बाढि घटेको थिएन, झन् अब उज्यालो मा त के के देखियो, के के । कसैको भैँसी, कसैको गाई, कसैको घर, कसैको खाट, अनि कहिले त मान्छे नै बग्दै आइरहेका हुन्थे, हामी टुलुटुलु हेरेर बस्थ्यौँ अनि लाग्थ्यो हाम्रो हालत पनि यस्तै हुनेहोला । राती बाढि पसेको थाहा पाउने बिति्कै केही सामानहरु घरमाथि ल्याउनुभएछ, बुवा ममि ले, तर भैँसी बगाएछ तर त्यसको पाडि घर मै भएकोले र रातभर पाडि कराएकोले हाम्रो भैँसी भने बिहान सकुशल आयो । तर हाम्रो घरबाट पनि निकै चिजबिजहरु बगायो, धन्न हामी कसैलाई केही भएन अनि घर पनि भत्किन बाट जोगिएको थियो, तर खेतबारी भरि बालुवा मात्रै थियो, अनि अर्को कुरा हामीसँग पिउने पानी पनि थिएन, सोच्नुस् त हामी ले त्यही बाढि को पानी खानुपरेको थियो त्यस दिन । अनि हामी हेरिरहन्थ्यौँ के बगाएर ल्याउँछ, अनि को बग्छ, हाम्रो घर भत्किने हो कि, अनि आफुपनि बग्ने हो कि भन्ने लागिरह्यो । दिउँसो करिब १-२ बजेतिर भने पानी को बहाब घट्यो र आँगन को एकछेउ मा ममि ले आगो बालेर त्यही बाढिको पानीमा जाउलो पकाउनु भयो अनि त्यही खायौँ, कसो कसो हाम्रा मकैका खोयाहरु घरमाथि राखिएकोले दाउराको समस्या भने परेन । त्यसपछि मान्छेहरुको हल्लीखल्ली सुरु भयो, अनि मान्छेका लस्करहरु सुरक्षित ठाउँको खोजीमा लागेको थियो । सबै कहाँ जाने,के खाने भन्ने अलमल मा थिए भने कोही रोइरहेका थिए, सर्वस्व गुमाउनुपरेको पिडाले । सबैजना खैलाबैला गरिरहेका थिए, कसैले हामीलाई जाउँ है हिँड, हामी त हिँड्यौ भनिरहेका थिए तर थाहा थिएन जाने कहाँ हो ? अनि के खाने ? अनि पानी मा कसरी हेल्लिने हो ? गाउँघर तिर पानी घटको भएपनि जंगल मा चाँही मान्छे को कम्मर सम्म पानी थियो ।

सबैको लस्कर अनिश्चित गन्तव्य तिर लागेपछि हामी पनि उनकै पछि लाग्यौँ, पानी मा हेलिँदै तर हामी साना केटाकेटि हिँड्न सक्ने कुरो पनि भएन । अगाडिको लस्कर जता जान्थ्यो सबै त्यतै जान्थे । बाटो भरि झन् विभत्स दृश्यहरु देखिन्थे । हामी जंगल को बाटो बाट कतै गइरहेका थियौँ, अनि वरिपरि पानी मा लाशहरु तैरिरहेका थिए, गोरु गाढा, टायर गढि सबै तैरिरहेका थिए । अनि कोही चाँही आफन्त खोज्ने र गइरहेको लस्करलाई बाटो देखाउनेहरु थिए अनि त्यहिँ थिए
, अरुहरु जो लाश मा गएर गरगहना खोजिरहेका थिए, कोही बगेर आएका टिन का बाक्साहरु पैसा को आशाले फुटाउँदै थिए । हामीलाई त्यो सँग कुनै मतलब थिएन किनकी हामी त भागिरहेका थियौँ, पानी नभएको ठाउँ खोजिरहेका थियौँ । पानी मा हेलिँदै ३-४ घन्टा मा एउटा अनजान (मेरा लागि) ठाउँ मा पुगियो । आफु त बाँचियो तर त्यसदिन देखि कति कथाहरु सुनेँ पिडाको साध्य छैन । कोही कसरी मरेछन्, कोही परिवार सहित नै बगेछन्, कतिलाई आफ्नै घरले थिचेछ, कति का धनमाल नष्ट भएछन् । सायद यो सबै भन्ने मेरो सामर्थ्य छैन । मसँग मात्र छ मेरो आफ्नो कथा ।

अहिले जहाँ बाढि आएको खबर सुनेपनि मेरो मन मा त्यही ५० साल आँखा अगाडि आउँछ अनि त्यही तैरिरहेका लाशहरुको सम्झना आउँछ । म सोच्छु अनि अनुभव गर्छु बाढिले कत्तिको पिडित भइन्छ । अनि अहिले पूर्व का बाढि प्रभावित को कथा यो भन्दा बेग्लै छैन, यो पछि झन् अर्को ठूलो चुनौति छ,रोग फैलने, अनि के खाने किनकी खेतबारी जति सबै बाढिले बगाइसकेको छ । हाम्रो दिन पनि त्यसरी नै बित्यो जसरी अब का पिडितहरु को अवस्था छ । हामीलाई हेर्न मन्त्री हेलिकप्टर चढेर आउँथे, सान्त्वना का स्वर बोल्थे, राहत भन्दै केही चिउरा दिन्थे, ओढ्ने एउटा कम्बल दिएका थिए प्रतिपरिवार । त्यतिखेर लुट्ने ले भयंकर लुटे अनि डुब्नेहरु नराम्रो सँग भासिए, दु:ख को दलदल मा । मेरो एउटै कामना छ, बाढि पहिरो कसैले भोग्नु नपरोस् ।

6 comments :

  1. This kind of disaster is dangerous to properties and human life.....

    ReplyDelete
  2. आकारजी ,हरेक साल हामीले बाढीको तण्डब भोग्दै आएका छौं । तपाईंको कथा मेरो पनि हो झैं महसुस भयो पढ्दै जाँदा । म पनि तराई बासी भएकोले धेरै नजिकबाट बाढीको ब्याथा भोगेको छु मैले पनि । यसपाली अझ भयावह भएर आयो बाढीको ताण्डब ।

    ReplyDelete
  3. मेरो घरपनि तराईतिरै भएपनि हाम्रोतिर त्यति बाढी आउँदैन । बाढीको प्रत्यक्ष अनुभव त छैन तर कहिलेकाहीँ उर्लेर आएको भेललाई हेर्छु अनि सोच्छु बाढी यसरी नै आउँछ, म यसमा परेँ भने के चैँ बाँकि रहन्छु होला । मेरो कल्पनाजस्तै यथार्थमा परेका दाजुभाइ-दिदीबहिनीहरूको पीडालाई भने म महसुस गर्न सक्छु । चाहेर पनि केहि गर्न नसक्ने लाचार जीवन बिताउन विवश छौँ । शब्दबाट दिएको सहानुभुतिले भोकाएको पेट त भर्दैन, गुमाएका सामान र आफन्त त फर्कदैनन् तरपनि आडभरोसा चाहिँ हुने आसले लेख्न चाहिँ मनलाग्छ । हाम्रो यो लेखाइले हाम्रो चित्त त केही हदसम्म बुझाउँछ तर विपत्तीमा परेकालाई भौतिक सहयोग गर्न पाए साँच्चै नै मानवताको मिठो अनुभुति हुन्थ्यो होला ।

    ReplyDelete
  4. बाफ रे! तपाईको पढ्दा मलाई म आफै पनि त्यही भएको जस्तो कहालि लाग्यो ।

    पक्कै पनि प्राकृतिक बिपदालाई रोक्न त सकिदैंन तर घटना घटि सकेपछि गरिनु पर्ने उद्दारकार्य पनि राम्ररि हुन नसकेको देख्दा भने चित्त दुख्छ ।

    ReplyDelete
  5. बाफ रे! तपाईको पढ्दा मलाई म आफै पनि त्यही भएको जस्तो कहालि लाग्यो ।

    पक्कै पनि प्राकृतिक बिपदालाई रोक्न त सकिदैंन तर घटना घटि सकेपछि गरिनु पर्ने उद्दारकार्य पनि राम्ररि हुन नसकेको देख्दा भने चित्त दुख्छ ।

    ReplyDelete
  6. आकारजी ,हरेक साल हामीले बाढीको तण्डब भोग्दै आएका छौं । तपाईंको कथा मेरो पनि हो झैं महसुस भयो पढ्दै जाँदा । म पनि तराई बासी भएकोले धेरै नजिकबाट बाढीको ब्याथा भोगेको छु मैले पनि । यसपाली अझ भयावह भएर आयो बाढीको ताण्डब ।

    ReplyDelete