Suscribe via RSS

Tuesday, June 24, 2008

Environmental Week

| |
“जुन ५” अर्थात विश्व वातावरण दिवस मनाए उनीहरुले, भव्यताका साथ । भव्यता यसअर्थमा पनि कि, यो वर्ष एक हप्ता नै वातावरण दिवस मनाए उनीहरुले अनि कार्यक्रम मा देशका लब्धप्रतिष्ठित व्यक्ति अनि कम्पनिको पनि सहभागिता थियो । मान्नैपर्छ, कार्यक्रम निकै भव्य थियो ।

दिनहुँ वृतचित्र तथा नाटक, साथमा चित्रकला प्रतियोगिता, फोटो प्रतियोगिता, वृक्षारोपण, म्याराथन सबै भयो, एकसाता सम्म । जनचेतना जगाउने धेरै कामहरु भए, विश्वमा बढ्दै गएको तापमान तथा “ग्लोबल वार्मिङ” को विषयमा पनि धेरै चर्चा भयो । अझ नेपालको सन्दर्भमा भएकाले होला, आन्दोलन को निहुँमा टायर बाल्न नहुने तथा भौतिक संरचना नष्ट गर्न नहुने कुरा पनि जोडतोड ले उठेको थियो कार्यक्रमभरी । त्यस्तै पेट्रोलियम पदार्थको सट्टमा “बायोफ्युल” लाई प्रोत्साहन गर्नुपर्छ भन्ने कुरा पनि उठ्यो ।

कार्यक्रम जति ठूलो थियो, त्यही अनुसार नै कार्यक्रम को बजेट पनि ठूलै थियो । कार्यक्रमको अन्तिम दिन कोषाध्यक्षले खर्चको विवरण तथा कार्यक्रमका लागि आएको बजेट को विवरण सार्वजनिक गरे । तर कार्यक्रम मा भएको खर्च भन्दा “डेढी” खर्च भएको विवरण कोषाध्यक्ष ले पेश गरेपछि, आक्रोशित समूहले आयोजक को बिरुद्धमा नारावाजी गर्दै, कार्यक्रम स्थलमै तोडफोड गरे भने विरोधस्वरुप टायर पनि बाले ।

3 प्रतिक्रिया:

दीपक जडित said...

सुन्दर छ कथा । उत्तिकै चोटिलो प्रहार पनि । आकारजी कथाको शिर्षक पनि नेपालीमै राख्नुभए हुन्नथ्यो र ? अंग्रेजीमा लेखेर नेपाली रुपान्तरण गर्नुभएको भएपनि पुरै कथा रुपान्तरण गर्दा शिर्षक पनि गर्नुभए हुन्थ्यो नि । मैले त पढुञ्जेल सम्म कथा भनेर पत्तै पाईनं । म त कुनै सत्य कुरालाई आफ्नै ढंगले लेख्नुभएछ भन्ने ठान्दैथें जब कथा भनेर थाहा पाएं त्यसबेला त्यही कुरा नै कथामा बेजोड लाग्यो ।

" बातावरणिय सप्ताह " नरिसाउनुस् है मुख चिलायो , मैले त नेपालीमा शिर्षक लेखिदिएं ।

दिलीप आचार्य said...

मैले शायद पहिला पनि भनिसकें जस्तो लाग्छ तपाईको कथामा समाजको नकारात्मक यथार्थता प्रति गहिरो व्यङ्य छ ।

मानसिक रुपमा स्वच्छ हुन नसकेसम्म गरिएका सबै भौतिक कार्यको यहि ताल हुन्छ । तपाई यो कथाको माध्यमबाट सामाजिक चित्रण गर्न र शन्देस दिन सफल हुनु भएको छ। Great !!!

Arati Lohorung said...

छोटो अनी मिठो लाग्यो यो कथा। कथा भनेको समाज चियाउने झ्याल हो रे। यो कथाबाट हामी हाम्रो सामाज चियाउन सक्छौ ।
Well done ! Keep it up !

Post a Comment

Leave your comment here.

Aakar Tech Blog

Recent Posts

हाम्रो नेपालमा !

हाम्रो नेपालमा !
उ त्यो टेबुलको भाई हो, उताको भाञ्जी, सँगैको साली...तिनी’रू कोही ’नि एमाले हैनन् त ! कसरी एमालेकरण भयो भन्नुभा’ ?
Cartoon By:

Read Aakar Post In Your Inbox...
Enter your email address:

Delivered by FeedBurner

web tracker
user(s) online

Leave your message here

Follow aakarpost on Twitter

Hamro Circle Update

अभिलेखालय

^