Suscribe via RSS

Saturday, June 21, 2008

एक्लोपन

|
-ईशान गजुरेल

रमेश भित्रभित्रै गुम्सिँदैछ, ऊ ५२ वर्षको भयो । तर उसको उमेर गुम्साइको कारण होइन । उ डराउँछ जीवनदेखि यसको मतलब समाजले परिभाषित गरेको पागल, बहुला या निष्काम, खत्तम उ छैन । उ सँग बस्न घर छ, अन्न उब्जाउने प्रशस्त खेत छ, परिवार छ तर पनि उ कता-कता एक्लो जोगी जस्तो छ । तर उ आफैँमा एउटा भिन्न चरित्र होइन, उ जस्ता मान्छे अनगिन्ति छन् – अरुजस्तो उ एउटा चल्तापुर्जा मेसिन भएको छ । उसले जे काम गर्छ, निश्चित हिसाब किताब गरेर मात्र गर्छ, कहिले उ नाफा मा हुन्छ त कहिले उ घाटामा । उसको दिमागका तर्क अब शरीरको निर्देशन केन्द्र भन्दा बढि केही रहेन ।

यही एक्लोपनले विरक्तिएको रमेश पुरानो पिपल को रुखमुनि बसेको छ,मानौँ उ कुनै ध्यान गर्न निस्किएको हो । त्यही रूखमा कुनैदिन उ साथीहरु सँग लुकामारी खेल्थ्यो, आज त्यही लुकेको अस्तित्वलाई खोज्न उ त्यहाँ बसेको छ । यसो रुखतिर हेर्छ, पातहरु पलाउँदैछन्, केही हप्ता अघि त्यो रूख हाड र छाला मात्र भएको शरीर जस्तो थियो, पातहरु झरेर, रुख को उतारचढाव देखेर उ मुस्कुराउँछ । फेरि सम्झिन्छ, रुखको उमेर, यो उसको बाउभन्दा अगाडि जन्मिएको प्राणी हो र सम्भवत यो नाती-पनाती को उमेर सँगै वृद्ध हुन्छ होला ।

एक जोडदार हावाको झोंकाले उसको ध्यान खल्बलाउँछ । उ आफ्नो परिचय खोज्छ तर खोज्ने ठाउँ भेट्दैन । आफूलाई मान्दा उसले एक लामो र गहिरो यात्रा गर्नुपर्छ स्वयम भित्र । यही यात्रा देखि उ डराउँछ र पाइला अघि बढाउँछ, शिर भुईंमा झुकाउँछ र अनिश्चित गन्तव्यतिर लम्किन्छ ।

9 प्रतिक्रिया:

Basanta Gautam said...

मैले नबुझेको पनि हुनसक्छ, तर ईशानजीले कथाको उठानमात्रै गरेर छोडिदनुभएको छ। अन्यमा 'क्रमश:' लेख्न भुल्नुभएको त हैन कतै? रमेश किन त्यस्तो भयो त्यो त पाठकले थाहा पाउनुपर्यो नि। अथवा यो कथाले देखाउन खोजेको के हो।

मैले नबुझेको पनि हुनसक्छ, क्षमा चाहन्छु।

दिलीप आचार्य said...

साधारणतया: आफुले नबुझेको कुरामा म "कमेण्ट" लेख्‍दिन । तर यसपाला नबुझेर पनि केहि लेख्दैछु यो "कमेण्ट" होईन प्रश्न हो ।

सबैभन्दा पहिला "तर उसको उमेर गुम्साइको कारण होइन" भनेको पनि बुझीन "तर उसको गुम्साइको कारण 'उमेर' होइन" भनेको हो की?

कृपया अन्यथा नलिनु होला मैले साँच्चै यो कथाको 'थिम' बुझीन । अत्यन्त आध्यात्मिक धारमा लेखीएको हो की ? कृपया मिल्छ भने बुझ्न पाए हुन्थ्यो ।

aAkaR said...

मुख्य कथा को चुरो मैले पनि बुझेको छैन, तर कुरा यत्ति हो, यसलाई दार्शनिक पाराले वा भनौँ आध्यात्मिकपारा ले लेखिएको हो कि भन्ने छनक आउँछ । आशा छ, ईशान ले नै यसको जवाफ दिनेछन् ।

Bharat said...

Katha ta ramrai Rahecha tar sathiharule bhaneko jasto ali Prasta sang kathako nayekko background diyeko bhaye hune jasto lagcha. aru ta sabai thik cha

दीपक जडित said...

ईशानजी को रमेशको उमेर ५२ वर्ष हुनु अर्थात ५२ नै हुनु र त्यो उमेरमा सबैथोक हुँदाहुंदै पिपलको रुखमुनि बसेर बसेर बनस्पतिलाई प्राणी भन्दै आफ्नो परिचय नै बिर्षेर निहुरी मुण्टी लाएर उध्येश्य विहिन हिंड्नु र ईशानजीले त्यसलाई एक्लोपन भन्नु । अहँ मैलेपनि बुझ्न सकिनं देखाउन खोजेको के हो यो छोटो कथामा । रमेशलाई पागल भन्नपनि सकिनं एक्लो भन्न पनि सकिनं अझ उसको दिमागको तर्क शरिरको निर्देशन केन्द्रभन्दा बढि केहि रहेन भनिएको र त्यसैलाई एक्लोपन भनिएको कुरा बुझ्न सकिनं मैले । छोटोकथामा नयाँ प्रयोग बोकेर देखापरेको पनि हुनसक्छ यो कथा त्यसो हो भनेपनि कथा पाठकले चुरो भेट्नुपर्ने गरेर हुनुपर्ने हो । मैले कथा पढ्दा भने पात्रलाई जीवन्त महसुस गर्न सकियोस् जस्तो लाग्छ तर यस्तरी एक्लिने रमेश मैले महसुस गर्नै सकिनं ।

badri said...

Story is good..n keep it up...
... ya little bit difficult to understand as other frens said..

Netra P. Paudyal 'Krishna' said...

story is good. I liked it.

Netra P. Paudyal 'Krishna' said...

story is good. I liked it.

aAkaR said...

मुख्य कथा को चुरो मैले पनि बुझेको छैन, तर कुरा यत्ति हो, यसलाई दार्शनिक पाराले वा भनौँ आध्यात्मिकपारा ले लेखिएको हो कि भन्ने छनक आउँछ । आशा छ, ईशान ले नै यसको जवाफ दिनेछन् ।

Hamro Circle Update

Archives

web tracker
user(s) online
Free Hit Counter

creative commons license
^