Skip to main content

SLC

इन्टरनेटमा खबरहरु पढ्दै थिँए,मेरा आँखाहरु ई-कान्तिपुर को यो खबर मा गएर टक्क रोकिए ।

March 17 - Sarlahi District Education Office has arrested one person and suspended sixteen invigilators on charge of misconduct on first day of SLC exam. Similarly, 10 invigilators from Krishnamati Secondary School exam centre, two from the Public Secondary School exam centre and 4 from the Musali exam centre were also suspended. Invigilator Mr. Dhirendra Kumar Singh, who was helping the students by writing the answers on the blackboard, at Gamhadia exam centre, was also caught red hand by an exam monitoring team. The guilty was handed over to the police.


My Observation:

लाग्यो स्थिति अझै उस्तै रहेछ, मैले ४ वर्ष अघि एस एल सी दिँदा जस्तो हाल थियो अहिलेपनि त्यस्तै रहेछ । अनि लाग्यो यस्तो मामला मा सर्लाही निकै अगाडि रहेछ । म यहाँ कुरा गर्दैछु,सोमबार भएको एस एल सी परीक्षाको,जुन परीक्षा मा सर्लाहीबाट अत्याधिक संङ्ख्यामा invigilator हरू पक्राउपरेका छन् साथै १६ जना जति invigilator हरू suspended भएका छन् । यसरी पनि कतै exam भएको होला र ??? अनि यस्तो परीक्षाको के महत्व ???

समाचार अनुसार कुनै-कुनै परीक्षा केन्द्रहरु मा त शिक्षक ले नै उत्तरहरु धमाधम बोर्डमा लेखिदिएका थिए रे ! यस्ता कुराहरु अरुलाई पत्यार नलाग्न सक्छ तर मलाई पत्यार लाग्छ अनि खासै केही फरक पनि लाग्दैन,किनकी मैले SLC सर्लाही कै नेपाली मिडियम स्कुल बाट पास गरेको हुँ । अनि परीक्षा मा के-कसो हुने गरेकोछ,अलि-अलि मलाई अझै याद छ । तर विश्वस्त हुनुस्,हामीले (म तथा मेरा स्कुलका साथीहरु) ले भने यस प्रकार को परीक्षा दिएनौँ – त्यहाँ त एउटा हल्ला नै चलेको थियो की हाम्रो स्कुलले कमिसन नदिएकाले उक्त स्कुलका विद्यार्थीहरु अर्थात हामीहरुलाई बेग्लै ठूलो हलमा राखिएको हो रे ! तर कमिसन दिने जतिलाई (जिल्लाका सबै बोर्डिङ स्कुलहरु को परीक्षा केन्द्र कृष्णामति मा वि मलंगवा थियो ।) अरु कोठामा राखिएको हो रे जहाँ शिक्षक ले science, math जस्ता परीक्षामा ब्लाकबोर्ड मै उत्तरहरु धमाधम लेखिदिन्छन् रे । मलाई यी कुराहरु थाहा हुने पक्कै थिएनन्,यदी मेरा केही साथीहरु ईङ्गलिस बोर्डिङ स्कुल मा नपढेका भए । हो,उनीहरुले नै भने –“उत्तर सर ले बोर्डमा लेखिदिनुभयो,कसरी गरीयो,कति answer आयो थाहै भएन”,जब मैले परीक्षा सकिएपछि मेरो उत्तर जाँच्ने हिसाबले science को numerical को उत्तर सोधेको थिएँ । पहिलो दिन को परीक्षाले नै नराम्रो ईम्प्रेसन भै’सक्यो सर्लाहीको,अब निश्चित छ,सर्लाही जिल्लाको यस वर्षको SLC को रिजल्ट पनि राम्रो हुने छैन । अनि विद्यार्थीको अंक पनि धेरै आउनेवाला छैन । म पनि यस्तै अवस्थाको शिकार भएको थिएँ ।

आइरन गेट भनेर डर देखाइने एस एल सी लाई धेरै विद्यार्थीले काल कै रुपमा हेर्ने गरेकाछन्,तर मलाई केही लाग्दैन अनि केही लागेन पनि । एस एल सी सेन्टअप मा डिस्टिङसन् आएकाले झनै उत्साही बनेर दिएको SLC परीक्षाको नतिजा मा सत्तरी प्रतिशत पनि नआएपछि,म एकपटक अत्यन्तै निराश बन्न पुगेको थिएँ । आज तिनै दिनहरु फेरी एकपटक सम्झिएँ । ति सम्झनाहरु दिमाग मा झल्झली आइरहेका छन्,अनि खैलाबैला गरिरहेका छन् । यहाँ जाँचको नम्बरबाट यो राम्रो र त्यो नराम्रो विद्यार्थी हो भन्ने गरिन्छ,अत: जसरी भएपनि राम्रै नम्बर ल्याउनै पर्छ तर अफसोच परिस्थिति खलनायक बनिदिन्छ ।
कुरा पनि कति लाजमर्दो छ है, सदरमुकाम मलंगवा मा नै रहेका परीक्षा केन्द्रहरुमा शिक्षक आफैँले उत्तरहरु बोर्डमा लेखिदिए । यस्ता कुराहरु बारम्बार दोहरीनुमा को जिम्मेवार छ ? विद्यार्थी,शिक्षक,अभिभावक वा शिक्षानिती नै ??? अब यत्ति कामना छ, बाँकी रहेका परीक्षामा यस्तो नहोस् ।

Comments

  1. Bro Its every where in world.

    ReplyDelete
  2. I was also a student from government school and still remembering that day when light was gone a day before exam. So went for sleep and i started to learn from 2 o'clock morning of the exam day....Today's students are faccing the regular cut off power. How it hampers their study no one is caring.

    Another case i am remembering. A mother of one student of class 10(frm bording school) used to give rupees just only for going to school. He was too poor in education and is still as PYACCHE. But wonders when he passed the exam with first division.

    now i am asking what is the difference in between he and me ??? The passing habit due to school recommdation(means strategy, donation) must be stopped otherwise do cancel the SLC exam which is only for government school student.

    ReplyDelete
  3. ya aakar Jee, I think its common in many schools now...
    but there is a still one question, is it correct answer or not wirtten by teacher on the boards????? ..........

    ReplyDelete
  4. 12 years back, when i appear slc exam, few of my frens were saying DITTO question yaar. Later when we asked what happen, they said that our school provided them with question in science examination and it was provided to some poor studetns what they said. Any ways the one who did nto got that question were the one who scored highest marks.

    ReplyDelete
  5. Hi, actually this is chandra mani pandey and given the s.l.c exmanation in 2062 so i remember that day of chaitra 14th was the first day of english exmanation . i was hopefull gone to give the exmanation of english so i passed that day with confirm but i didn't used to learn any time at home what ever i was wrighting in the s.l.c exmanation that was only what i learn in shree pashupati higher secondary school witch is located in saljhandi ward no 4 . just people who guy r going to give the slc exmanation so be hope fully and go and give the exam so u can passed but if u will learn hard at home in school u will be the gratuated person in life but i didn't resued that time ki i have to learn like this . but today i am working for prwe-production house in mumbai as an office executive manager ok all right guy please follo the like to watch me in youtube http://www.youtube.com/watch?v=oHxcuRU8qGI

    ReplyDelete

Post a Comment

Popular posts from this blog

यसपाली को गाईजात्रा

'सबको मालुम् है मै बिहारी नही फिर भि कोही हिन्दी बोल्न दबाब डाले तो मैं क्या करु ?' हवनकलीः तपाईंको मातृभाषा त मैथिली हैन र - फोरमानन्दः हो, लेकिन मातृभाषाभन्दा अहिले हाम्को पितृभाषा हि मन पड्ता है । हवनकलीः यो नेपाली वर्णमाला राम्रोसंग पढ्नुस् क्यारे । फोरमानन्दः हिन्दी भाषामें नेपाली वर्णमाला नही मिलता क्या ? क-कौन बनेगा, ख-खरबपती, ग- गोली मारो अ-अरुणाचल, आ-आदमी, इ-इन्तजार हवनकलीः उप-राष्ट्रखतीज्यू, सपथको बेला किन दौरा सुरुवाल नलगाएको ? फोरमानन्दः क्यौं हमको बहुत गर्मी होता है । दौरा सुरुवालमे भेन्टिलेसन नही होता है न । Damdev......Devi......Aakh bandh Karo Na...Banda aakh mey Itna achhi Lagti ho ki ..............Main sabda mey kaha nahi sakta. Damdev- dekho, Maine yog Sab ko Nisulka sikhata hu. Maile aap se kavi Paise Maga hey ? Bhakta-Nahi Swami..Paisa nahi, Rupaye Maga hai. Hai..Aapne Kaka Bikendra Yadav ko Luck Kiya jaye....Lekin Yeh Hamre Rule ke Khilaf hai. Hum Bikendra Yadav ko Luck kar Nahi sakte hai. Devi Aur Sajjano, Maii hun Manojtav

म आउँदैछु प्रिय

"हातमा हात ओठमा ओठ म आउँदैछु प्रिय म आउँदैछु प्रिय !..." भन्ने पंक्ति सँगै भिडियो सुरु हुन्छ । राजन कठेत को निर्देशन मा बनेको भिडियो निकै मजाले सलल बगेको छ । भिडियो अन्तिम सम्म नहरेसम्म यो के को लागि र कुन विषयमा बनेको भिडियो हो भन्न मुस्किल नै पर्छ । एउटा सन्देशमुलक कुरा भिन्नै कन्सेप्ट मा बनेको भएर पनि भिडियो निकै राम्रो लाग्छ । काठमाडौँ विश्वविद्यालय मिडिया स्टडिज का साथिहरुले बनाएको छोटो र मिठो भिडियो आज यहाँ राख्दैछु । भिडियोमा अभिनय रहेको छ पर्वत थापा को भने, क्यामरा मा छिरिङ र कविता वाचन मा रतन रहेकाछन् । भिडियोको बारेमा: A very short, both romantic and funny video(1 min. 25 secs.), made by KU students (2009) with Parbat Thapa (Electrical Engineering 4th/last year) in the scene....Poem narration by Ratan Aanad Karna, background score by Diwas Manandhar and Parbat Thapa, editing by Shekhar KC and Rajan Kathet, camera by Prem Tshering Sherpa and, scene selection, photography direction, script, concept and direction by Rajan Kathet. It was a good homework before making th

हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ ?

फेसबुक आफैँमा व्यापक सञ्जाल । हामी फेसबुक विना त अधुरो नै हुन्छौँ जस्तो लाग्छ हिजोआज । तर यसो सोच्नुहोस् त हामी मरेपछि हाम्रो फेसबुक प्रोफाइल के हुन्छ होला ? फेसबुक का सुरक्षा प्रमुख म्याक्स केली ले २६ अक्टोबर २००९ मा ब्लग मार्फत मृत्यु भएका व्यक्तिहरु को फेसबुक को प्रोफाइललाई सर्च को नतिजा मा नदेखाइने जनाएकाछन् । फेसबुक प्रयोगकर्ता को मृत्यु पछि, उक्त व्यक्ति को प्रोफाइललाई सिल गरिने अनि सर्च को नतिजामा नदेखाउने बताएकाछन् । तर मृत्यु भएको व्यक्ति प्रति सम्मान का शब्द लेख्न या आफ्नो श्रद्धा व्यक्त गर्न उक्त व्यक्ति को प्रोफाइल को वाल भने, आफ्ना आफन्त अनि साथिहरु को लागि सँधै खुल्ला राखिने जनाइएको छ । अक्टोबर २३ मा फेसबुक नयाँ डिजाइनमा आएपछि, फेसबुक ले यस्तो कुरा सार्वजनिक गरेको हो । फेसबुक प्रयोगकर्ताहरु ले फेसबुक को नयाँ ‘सजेसन’ र ‘रिकनेक्ट’ भन्ने सुविधा का कारण समस्या सिर्जना भएको बताउँदै, ब्लग र ट्विटर मा आफ्ना गुनासाहरु लेखेपछि फेसबुक ले, यो नयाँ निति अगाडि ल्याएको हो । फेसबुक ले मृत्यु भइसकेका व्यक्तिहरु को प्रोफाइल देखाउँदै साथि बनाउन ‘सजेसन’ दिन थालेपछि, समस्या सिर्जना भए

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld

Subscribe to Aakar Post